Saturday, February 27, 2016

पप गीत सुन्दा बालकलाई मृत्युदण्ड

एजेन्सी । मुसलमान धर्म कट्टर हुन्छ भन्ने त सुनिएको थियो तर, यति कट्टर हुन्छ भन्ने थाहा सायदै होला । तर, इराकको मोसुलमा एक १५ वर्षीय किशोरलाई दिइएको सजायले प्रमाणित गरिदिएको छ । पश्चिमा देशहरुको पप गीत सुनेको भन्दै उनलाई गाउँले जम्मा गरेर मृत्युदण्डको सजाय दिइएको छ । उनको हत्या इश्लामिक स्टेट (आईएस)का लडाकुले गरेका हुन् । डेलीमेलको समाचार अनुसार १५ वर्षीय अयहैम हुसैन आफ्ना पिताको पसलमा पश्चिमी संगीत सुनिरहेका थिए त्यही बेला आईएसका जिहादिहरुले उनलाई पप संगीत सुन्दै गरेको देखे । उनलाईस्थानीय शरिया कंगारू कोर्टमा पेस गरियो, जहां उनलाई मृत्युको सजाय सुनाइयो । त्यसपछि आतंकवादी लडाकुहरुले नाबालिग किशोरको टाउको खुलेयाम शरीरबाट अलग गरिदिए । यो घटनापछि स्थानीय नागरिक त्रास फैलिएको छ । पप गीतले मुसलमान धर्ममा चोट पुगाएको भन्दै उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो । सिरिया र इराकमा अखडा बनाएर गतिविधी गर्दै आएको आईएस विश्वकै क्रुर तथा मुसलमान समर्थक आतंकवादी संगठन हो । यो संगठनले पश्चिमा देशहरुलाई मुख्य दुश्मन ठान्छ । पछिल्लो समय पेरिसमा १३० जनाको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणपछि यो संगठनमाथि युरोपका देशहरुले तीव्र हवाई कारवाही गरिरहेका छन् ।

No comments:

Post a Comment