Tuesday, February 9, 2016
६० वर्षका व्यक्ति गरे १९ वर्षकी गर्भवती प्रेमीकासँग विवाह
अमेरिकाको ओहायोमा ६० वर्षका एक व्यक्तिले १९ वर्षकी प्रेमीकासँग विवाह गरेका छन् । ती व्यक्तिको विवाहमा पहिलो श्रीमतीसमेत खुसी छिन् ।
थम मिलर नामका ती व्यक्तिले विवाह गरेकी १९ वर्षकी प्रेमीका रेबा गर्भवती समेत छिन् । उनले म्यान्सफिल्डमा नयाँ घर बनाएका छन्, जसमा उनका दुवै पत्नीहरू बस्छन् । मिलरले यसअघि ५ वटा महिलाबाट १२ सन्तान भइसकेको दावी पनि गर्छन् ।
मिलर दुवै पत्नीसँग सातामा ३-३ रात सुत्ने गर्छन् । म्यान्सफिल्डमा उनको आफ्नै चर्च छ जहँ उनले रेबासँग विवाह गरेका थिए ।
मिलर र उनकी पहिली पत्नी बेलिडाले विवाहको ७ वर्षपछि नै एक भन्दा बढी विवाहको विषयमा छलफल गरेका थिए । तर, यो उपाय रेबासँग भेट भएपछि मात्र सत्यमा परिणत भयो । रेबालाई दुवैले रेबा बच्चा हुँदा देखिनै चिन्थे ।
४४ वर्षकी रेबिडा र रेबाले आफूहरु यस विवाहबाट खुसी भएको समेत जनाएका छन् । रेबा भन्छिन्, ‘पहिले मेरो परिवारलाई मैले गरेको काम ठिक नभएको लागेको थियो, किनकी मैले विवाहित पुरूषलाई छानेको थिए । तर, अब उनीहरू पनि यस सम्बन्धबाट खुसी छन् ।’ यस्तै, बेलिडा भन्छिन्, ‘म घरमा एक अर्की महिला चाहन्थे । यो घरमा एक बहिनी भएजस्तै हो । मिलर मेरो जीवनको प्रेम हो भने रेबा मेरो लागि आशिर्वाद ।’
यस्तै मिलरले आफू मात्र यस्तो व्यक्ति भएको जसले आफ्नो जीवनमा एक भन्दा बढी जीवनसाथीलाई ठाऊँ दिएको बताएका छन् । मेरो यस निर्णयलाई मेरा दुवै पत्नीले पनि बुझ्छन् र स्वीकार्छन् ।
मिलेर निकै लामो समयसम्म ड्रग र अपराधसँग जोडिएका थिए । सन् २००३ मा उनले एक स्थानीय पत्रिकासँगको कुराकानीमा आफूमाथि तीन गोली चलाइएको बताएका छन् । यतिमात्र नभई उनी २० पटकभन्दा बढी जेल बसेका छन् भने ५ फरक-फरक महिलाबाट १२ वटा सन्तान छन् । सन् १९९१ मा जेलमा उनले एक व्यक्तिलाई चक्कु प्रहार गरेका थिए र त्यहाँ उनले बाइबल चोरेका थिए । यसपछि मात्र उनलाई ईश्वर भएको महसुश हुन थाल्यो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment