Friday, February 19, 2016

एकैचोटीमा ६ हजार प्रतिशत महंगियो पेट्रोलको भाउ !

पेट्रोलको भाउमा एकाएक झण्डै ६ हजार प्रतिशतले वृद्धि भएको छ । इन्धन संकटको बेला झसँग पार्ने खालको यो समाचार हाम्रो देशको भने होइन । दक्षिण अमेरिकी देश भेनेजुयलामा २० वर्षयता पहिलोपटक पेट्रोलको मूल्य बढाइएको छ । पेट्रोलको भाउ बढाउँदा सरकारले चानचुने वृद्धि गरेको छैन । ५ हजार ९ सय प्रतिशतले बढाएको छ । राष्ट्रपति निकोलस मदुरोका अनुसार पेट्रोलको मूल्य बढेर प्रति लिटर ०।६० डलर अर्थात् झण्डै ६६ रुपैयाँ पूराइएको छ । जबकी यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ १० पैसा थियो । पछिल्लो बढोत्तरीपछि कम गुणस्तरको पेट्रोलको मूल्य प्रतिलिटर झण्डै ११ रुपैयाँ पर्नेछ । देशको आर्थिक संकट समाधान गर्ने उपायका रुपमा विभिन्न कदमको घोषणा गरेका राष्ट्रपतिले सोही प्रयास स्वरुप पेट्रोलको भाउमा समेत भारी वृद्धि गरेका हुन् । पेट्रोलको भाउ बढाउँदा सरकारले वर्षेनी ८० करोड डलर बचाउने उनको दाबी छ । अझैपनि देशमा इन्धनको भाउ सबैभन्दा सस्तो रहेको उनले बताएका छन् ।

No comments:

Post a Comment