Tuesday, February 16, 2016
फेसबुकले किन हटायो आइसक्रिम खाइरहेकी महिलाको फोटो ?
आइसक्रिम खाइरहेकी एक महिलाको पेन्टिंगलाई आपत्तिजनक तथा उत्तेजक भन्दै फेसबुकले हटाइदिएको छ । उक्त तस्वीरमा धेरै अंग प्रदर्शन तथा उत्तेजक सामाग्री रहेको फेसबुकको दाबी छ ।
अमेरिकाको फिलाडेल्फिया म्यूजियम अफ आर्टले आफ्नो फेसबुक पेजमा बेल्जियमकी कलाकार एभलिन एक्सेलले सन् १९६४ मा बनाएको आइसक्रिम शीर्षकको एक पेन्टिंंग पोष्ट गरेको थियो । तर उक्त चित्र पोष्ट भएको केही घण्टामै फेसबुकले त्यसलाई हटाइदियो ।
फेसबुकको यस्तो कदमप्रति असन्तुष्टि जनाउँदै म्युजियमले आफ्नो फेसबुक पेजमा लेखेको छः एक्सेलको यो पेन्टिंले आत्मविश्वासले पूर्ण एक सक्रिय महिलालाई दर्साउँछ, जो पेन्टिंगमा निस्फ्रक्री भएर आइसक्रिम खाइरहेकी महिलाजस्तै आफ्नो शर्तमा सन्तुष्टि प्राप्त गर्न चाहन्छन् ।
एक्सेलको उक्त पेन्टिंगले कलाको स्थापित परम्परालाई चुनौति दिने र सन् १९६० को सेक्सुअल रिभोलुसनको स्वच्छन्दतालाई दर्साउने दाबी म्युजियमको छ ।
फेसबुकले कुनै कलाकृतिलाई प्रतिबन्धित गरेको यो पहिलोपटक भने होइन । यसअघि फेसबुकले डेनमार्कको कोपनहेगनस्थित लिटिल मारमेडको शालिकको तस्वीरले पनि नग्नताको नियम उल्लंघन गरेको भन्दै हटाइदिएको थियो । फेसबुकको यस्तो नग्नता विरोधी नीतिको विषयमा विभिन्न खाले विवाद उठ्ने गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment