Thursday, February 25, 2016
कराँते महासंघको संरक्षकबाट लाेकमान सिंह कार्कीको राजीनामा
१३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीेले राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको दावा गुरुङ नेतृत्वको नेपाल कराँते महासंघको संरक्षक पदबाट राजीनामा दिएका छन् ।
अख्तियारका आयुक्त कार्कीले एक साताअघि भारतको गुवहाटीमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदकको संभावना रहेको लोकप्रीय खेल समावेश नगरिएको तथा सागमा नेपालको प्रदर्शन कमजोर रहेको भन्दै संरक्षक पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
यता नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङले भने संरक्षक कार्कीको राजीनामाको बिषयमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए ।
दुई कराँते महासंघ अस्तित्वमा रहेसंगै विवाद चुलिएपछि सबै मुलुकका ओलम्पिक कमिटीको बैठकले सागमा कराँते नराख्ने निर्णय गरेको थियो ।
नेपालमा पनि पछिल्लो चार बर्षदेखि दुई कराँते महासंघ सक्रिय छन् । राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघको नेतृत्व दावा गुरुङले गरेका छन् भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराँते महासंघको नेतृत्व पुरेन्द्रबिक्रम लाखेले गरिरहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment