Tuesday, February 16, 2016

हामीले गर्ने ७ गल्ती, जसले दिमागमा असर पूराउँछन्

स्वस्थ रहनका लागि खानपान सँगै जिवनयापन समेत नियमबद्ध हुनु आवश्यक हुन्छ हामीले हाम्रो दैनिक जिवनमा काम, आराम तथा मनोरन्जन जस्ता अत्यावश्यक पक्षहरुलाई समय छुट्टाएकै हुनुपर्छ
mind2त्यो भयो भने मात्र हामी शारीरिक तथा मानसिक सामाजिक रुपमा पनि स्वस्थ हुन्छौँ
तर अहिलेको व्यस्त जिन्दगीमा जिवनयापनको नियम पालना वा नियमबद्धता भन्ने कुरा तोडिँदै गएको
जसका कारण मानिसमा अस्वस्थता बढ्दै गएको हामीले हाम्रो दैनिक जिवनमा गर्ने गल्ती जसले हाम्रो मस्तिष्कमा असर पूराइरहेका छन् ती यस्ता छन्ः
· पर्याप्त नसुत्ने: जब हामीले पर्याप्त निद्रा लिदैनौँ हाम्रो मस्तिष्कलाई पनि आराम प्राप्त हुँदैन समयसँगै मस्तिष्कको काम गर्ने क्षमतामा पनि ह्रास आउँछ जसका कारण मस्तिष्कसँग जोडिएका विभिन्न खाले समस्या तथा रोगहरु पैदा हुन्छन्
· बिहानको खाजा नखानु:  बिहान खाजा अर्थात् ब्रेकफास्ट गर्नु हाम्रो मस्तिष्कको स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ बिहानको नास्ता नगर्नाले हाम्रो मस्तिष्कमा पर्याप्त ग्लुकोज आपूर्ति हुन पाउँदैन जसका कारण दिनभर थकाइ महसुस हुन्छ
· एकैचोटी धेरै काममा हात हाल्नु: अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले गरेको एक अनुसन्धान अनुसार जो मानिसले धेरै कामकुरामा हात हालेका हुन्छन् जसलाई मल्टिटास्किंग भनिन्छ, उनीहरुको मस्तिष्कको क्षमता विस्तारै ह्रास भैरहेको हुन्छ
· कम पानी पिउनु: यदि तपाइँ दिनमा गिलास भन्दा कम पानी पिउनुहुन्छ भने तपाइँको मस्तिष्कमा पानीको कमी हुन्छ जसका कारण मस्तिष्कका तन्तुहरु खुम्चिन्छन् विभिन्न खाले मस्तिष्करोगको खतरा हुन्छ
· धुम्रपान:  धुम्रपानका क्रममा हाम्रो सरीरमा विभिन्न खाले हानिकारक रसायन प्रवेश गर्दछन् यसले रगतलाई गाढा बनाइदिने गर्छन् जसका कारण मस्तिष्कमा रगतको आपूर्ति कम हुन्छ विभिन्न खाले मानसिक रोग उत्पन्न हुन्छन्
· तनाव लिनु : तनाव मस्तिष्कका लागि हानिकारक हुन्छ जब तपाइँ तनावमा हुनुहुन्छ सरीरमा कोर्टिसोल नामक हर्मोन रिलिज हुन्छ जसले मस्तिष्कमा असर पूराउँदछ
· धेरै खानु: जब हामीले धेरै खान्छौँ, अझ जंकफूडहरु धेरै सेवन गर्छौँ तब हाम्रो मस्तिष्कले सोँच्दछ की पेट भरिसकियो धेरै खानेकुरा तथा जंक फूड खाएको लामो समयपछि समेत पुनः भोक लागेको संकेत मस्तिष्कले दिँदैन यसले दिमागी क्षमतामा असर पूराएको हुन्छ


No comments:

Post a Comment