Saturday, February 13, 2016

ब्लड प्रेसर नियन्त्रण गर्ने यी हुन् घरेलु उपाय



उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ यो तत्कालै कुनै ठूलै असर पार्ने रोगजस्तो नदेखिएपनि यसले मानिसलाई विस्तारै रोगी बनाउँदै मृत्युशैयामा पूराइरहेको हुन्छ
उच्च रक्तचापको समस्याका सुरुवाती लक्षणहरुमा चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु लगायतका हुन्छन् उच्च रक्तचापको नियन्त्रणमा ध्यान नदिइएमा हृदयाघात, मस्तिष्कघात तथा मृगौला फेल हुने जस्ता प्राणघातक समस्या पैदा हुन्छन्
जिवनशैली तथा खानपानमा ध्यान दिनेहो भने उच्च रक्तचापलाई काबुमा राख्न सकिन्छ आयुर्वेद चिकित्सकहरुका अनुसार केही घरेलु खानेकुराहरुको नियमित सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ जुन यस्ता छन्ः
· मेवा खानुहोस् : उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खाुनपर्छ मेवामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ
· केरा खानुहोस्:   केरामा पनि पोटासियम पर्याप्त मात्रामा पाइन्छ, जसले सरीरमा नुनको असर कम गर्दछ दिनहुँ २।३ वटा केरा खानु रक्तचाप नियन्त्रणका लागि लाभदायी हुन्छ
· लसुन: लसुनमा पाइने एन्टीअक्सिडेन्ट तथा एलिसिन तत्व रक्तचाप नियन्त्रण गर्न सहयोगी हुन्छन् त्यसैले हरेक बिहान खाली पेट लसुनका दुइ केश्रा तथा एक गिलास पानी पिएमा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ
· अदुवा: खानामा अदुवा पर्याप्त मात्रामा सामेल गर्नुहोस् अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाइन्छन्
· मरिच: आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुुुहोस् केही तताउनुहोस् चिसो भइसकेपछि २।२ घण्टामा थोरै थोरै गरेर पिउनुहोस्
· तुलसी तथा निमको पात:  तुलसी तथा निमका पातको केही रस पानीमा मिलाएर दिनहुँ बिहान खाली पेटमा पिउने गर्नाले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग पुग्दछ
· मेथी: एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस्
· गाजर पालुंगोको रस: दिनहुँ बिहान बेलुका एक गिलास गाजर तथा पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ
· अमलाको रस मह:  चम्चा अमलाको रस एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्ने तथा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ
· कागती पानी: रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउनुपर्छ
· गहुँ तथा चनाको रोटी:  गहुँ तथा चनाको पिठोको बराबर मात्रा मिलाउनुहोस् सोही पिठोबाट रोटी बनाउनुहोस् यस्तो रोटी खानाले सरीरको उपापचयन प्रक्रियामा सुधार आउने तथा रक्तचाप सन्तुलित हुने गर्छ
एजेन्सीको सहयोगमा

No comments:

Post a Comment