Thursday, February 25, 2016
पाकिस्तानी क्रिकेट टीमले भारत जाने अनुमति पायो
१३ फागुन, काठमाडौं । पाकिस्तान सरकारले आफ्नो क्रिकेट टीमलाई भारतमा हुने टी-२० विश्वकपमा भाग लिन अनुमति दिएको छ ।
विश्वकप मार्च ८ देखि सुरु हुनेछ । र, पाकिस्तानले आफ्नो पहिलो खेल मार्च १४ मा कोलकत्तामा खेल्नेछ ।
पाकिस्तान र भारतबीच क्रिकेट सम्वन्धमा लामो समयदेखि चिसोपन आएको छ ।
तर, पाकिस्तान सरकारले टी-२० विश्वकपमा भाग लिने अनुमति दिएको छ र, यो यो प्रतियोगिताका लागि मात्र भएको सरकारले बताएको छ ।
अहिले ढाकामा रहेका पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष शाहरयानर खानले भने, मलाई खुसी लागेको छ कि हाम्रो सरकारले टीमलाई भारतको भ्रमण गर्ने अनुमति दिएको छ ।’
क्रिकेट बोर्डले टीमका लागि भारतमा विशेष व्यवस्था गर्न भनेको उनले बताए । साथै उनले पाकिस्तानी क्रिकेट समर्थकको भिसा र अन्य सुविधालाई अघि बढाइने उनको विश्वास छ ।
यो विश्वकपमा भारत र पाकिस्तान एकै समूहमा छन् र १९ मार्चमा धर्मशालामा खेल्नेछन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment