Saturday, February 27, 2016
१ सय २१ वर्षको बिरालो इन्टरनेटमा हिट !
विश्वको सबैभन्दा बुढो बिरालो अहिले कति वर्षको भयो ? गिनिज बुकमा दुनियाको सबैभन्दा बुढो बिरालोको रुपमा नाम लेखाएको कर्डुरोय नामको उक्त बिरालो १ सय २१ वर्षको भएको छ ।
१ सय २१ वर्ष सम्म कुनै बिरालो बाँच्न भनेर पत्याउन सकिने कुरै भएन । वास्तवमा त्यो बिरालो बल्ल २६ वर्षको मात्र भएको छ । तर बिरालो वर्ष अनुसारको गणनाबाट उक्त बिरालोको उमेर १ सय २१ वर्ष पुगेको छ । १ सय २१ वर्षको यो बिरालो अहिले सोसल मिडियामा भाइरल नै बनेको छ । कुनै सेलिब्रेटी भन्दा कम छैन यो अमेरिकी बिरालो ।
अमेरिकाको ओरेगनमा एक दम्पत्तिले पालेको यो किर्तिमानी बिरालोको आफ्नै इन्स्टाग्राम, फेसबुक तथा स्नाच्याट अकाउन्ट छ । उसको इन्स्टाग्राम अकाउण्टमा झण्डै ६ हजार फलोअर्स छन् ।
यो बिरालोका मालिक एश्ले रीड ओकुराले गत वर्षको अगष्टमा यसको इन्स्टाग्राम अकाउण्ट खोलिदिएकी थिइन् । विश्वको सबैभन्दा बुढो बिरालोको रुपमा गिनिज बुकमा नाम लेखाएकै दिन यसको सोसल मिडिया अकाउण्ट खोलिदिएकी थिइन् उनले । त्यसयता यसको सोसल मिडिया साइट निरन्तर अपडेट भैरहेको छ र उसको दैनिकीका सबै कुरा अपडेट भैरहेका छन् इन्टरनेटमा ।
आफुले सको फेसबुक तथा स्न्यापच्याट अकाउण्ट पनि निरन्तर अपडेट गरिदिने र सकेसम्म उसको फलोअर्स तथा अन्य जिज्ञासुका प्रश्न तथा सुझावहरुको सकेसम्म जवाफ दिने गरेको ओकुरा बताउँछिन् ।
यो बिरालोको जन्म सन् १९८९ को अगष्ट १ मा भएको हो । यो बिरालो निकै स्वस्थ छ र उसको स्वास्थ्य तथा उमेरलाई ध्यान दिँदै ओकुरा दम्पतिले उसलाई सन्तुलित खानेकुरा खुवाउने गरेका छन् । ओकुरा ६ वर्षकी छँदा उनले यो बिरालो घरमा ल्याएकी थिइन् र बिहेपछि पनि बिरालोलाई सँगै राखिन् ।
यो किर्तिमानी बिरालोलाई अर्को वर्ष साथी जुटाइदिने बिचार ओकुरा दम्पत्तिको छ । अर्थात् उनीहरुले अर्को वर्ष उनीहरुले बच्चा जन्माउने योजना बनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment