Thursday, February 18, 2016
मरेको भाइ फर्केर आउने आशामा यिनले ठड्याए सात तले घर
मरेको मानिस फर्किएर आउने भन्ने कुरै हुँदैन । तर मानिसको मनले कहाँ मान्छ र ? आफ्नो प्रिय मान्छे मरिसकेपछि पनि जिउँदै जस्तो लाग्छ र कुनै दिन टुप्लुक्क फर्केर आइहाल्छ की जस्तो लाग्छ ।
चीनमा एकजना व्यक्तिले यस्तै आशामा ७ तलाको घर ठड्याएका छन् । चीन ५५ वर्षीय हू गुआंगज्हूले १० वर्षको अथक मेहेनतमा ढुंगा माटो तथा काठबाट ७ तले भवन खडा गरेका छन् ।
१० वर्ष पहिले नै मरिसकेको आफ्नो मरेको भाइ फर्केर आउनेछ र यहीँ घरमा बस्नेछ भन्ने उनको अपेक्षा छ । उनी कुनै इन्जिनियर तथा डकर्मी होइनन् तर उनले बनाएको घर निकै मजबुत छ ।
हेरौँ मरेको भाइ फर्किने आशामा दाजुले बनाएको ७ तले घर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment