Monday, February 8, 2016

तीर्थ यात्रु बोकेको ट्याक्टर दुर्घटना, दुईको मृत्यु

२५ माघ, नवलपरासी । माघे औँशी मेला स्नान गर्न आएका दुई भारतीय तीर्थ यात्रुको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक सुभाष गैरेका अनुसार नवलपरासी गुठीसूर्यपुरा-७ सूर्यपुरामा नम्बर नखुलेको ट्रयाक्टर आइतबार राति दुर्घटना हुंदा ट्रयाक्टरमा सवार दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परी भारत उत्तरप्रदेश नेचरुनबाट त्रिवेणी आउंदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी भारतको उत्तरप्रदेश मिठौरा सिमरा निवासी ६० वर्षीय कर्मवती देवी गुप्ता र सोही स्थानका १७ वर्षीय रमेश गुप्ताको ट्याक्टरको टलीले च्यापेर ज्यान गएको हो । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने अन्य १० जना सामान्य घाइते भएका छन् । घाइतेको अहिले बर्दघाटको चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

No comments:

Post a Comment