Friday, February 26, 2016

यौनीको झिल्ली च्यातिनुका यस्ता छन् कारण

काठमाडौं । विवाह अगाडि कसैसँग सेक्ससम्बन्ध नराखेको युवती पाउन केटाहरूले धेरै चाहना पालेर राखेका हुन्छ । कसैसँग सेक्स नराखेकी युवती नपाइने पनि होइनन् । पाइन्छन् । तर त्यसमा विश्वासको ठूलो भूमिका हुन्छ । विवाह अगाडि युवतीले कसैसँग सेक्स राखेकी छिन् वा छैनिन् त्यो भने पत्ता लगाउन धेरै गाह्रो विषय हो । यदि युवती कुमारी छिन् भने पहिलो पटक सेक्स गर्ने क्रममा यौनीबाट रक्तश्राव हुनुपर्छ र हुन्छ भन्ने मान्यता चिकित्सकहरूले पनि राखेका छन् । तर यो विषय प्रत्येक विषयमा जरुरी मानिदैन । यसले युवती कुमारी छिन् वा छैनिन् भनेर पत्ता लगाउनु मुर्खता हो । यदि युवती खिलाड़ी हो, साइकिल चलाउँछिन्, अन्य शारीरिक श्रम गर्छिन् भने यस्तो अवस्थामा योनिको झिल्ली (हाइमेन) च्यातिन सक्छ । यस्तो अवस्थामा पहिलो पटक सेक्स गर्दा योनीबाट रगत नआउन पनि सक्छ । यद्यपि तपाइकी पत्नी वा केटी साथी स्कुलको समयदेखि नै शारीरिक गतिविधि जस्तै खेलकुद, व्यायाममा सक्रिय छिन् भने पहिलो पटक सेक्स गर्ने बेला यौनीबाट रगत आउँदैन । त्यसैले युवतीको कुमारित्व कसरी पत्ता लगाउने भन्ने विषय युवाहरूले आफ्नो मनबाट हटाउनु पर्ने यौन चिकित्सकहरूले सुझाव दिएका छन् । युवती वा पत्नीले धोका दिन चाहेमा सजिलै तरिकाले हाइमेन सर्जरीमार्फत कुमारित्व अर्थात यौनीमा झिली लगाउन सकिन्छ । यसबाट तपाईले सोँचे अनुसार युवती कुमारी भएको भ्रम पर्न सक्छ । यति युवती मन परेको छ भने कुमारी छ कि छैन भनेर खोज्नुभन्दा पनि अबदेखि कसरी आफ्नो जीवनलाई सहि रुपमा अगाडि बढाउन सकिन्छ त्यतातर्फ लाग्नु पर्छ । एजेन्सीको सहयोगमा

No comments:

Post a Comment