Saturday, February 27, 2016
यस्तो पनिः दाइजो नपाउँदा ससुराले बुहारीलाई बनाए ‘वेश्या’
एजेन्सी । बुहारीका लागि सासु ससुरा भनेका भगवान सरह मानिन्छ ।
तर, धेरै कारण बुहारी र सासु ससुराको सम्बन्ध पछिल्लो समय राम्रो रहेको पाइँदैन् । कही सासु ससुराले दुःख पाउँछन् भने कही बुहारीले । तर, बुहारीले दुःख पाउने घटना पछिल्लो आधुनिक समाजमा शायदै होलान ।
अपवादका रुपमा भारतको हरियाणामा दाइजोका कारण यस्तो घटना हुन गएको छ । जसमा श्रीमानको पनि साथ छ । विवाह गरेको एक महिना नवित्दै नवदुलहीलाई परिवारले वेश्या बन्न बाध्य पारेका छन् कारण हो दाइजो नल्याउनु ।
गरिब परिवारबाट भित्र्याएकी बुहारीलाई दाइजो नल्याएको निहुँमा उनका लोग्ने तथा घरपरिवारले पोर्न फिल्म निर्मातालाई बेचेका हुन् । ती महिलाको बिहे भएको अझै डेढ महिना पनि भएको छैन । बिहेमा उनका बुवाआमाले खासै दाइजो दिन सकेनन् । दाइजो नपाएपछि लोग्ने बेखुस भए र अन्ततः उनलाई पोर्न फिल्म बनाउने मानिसलाई बेचेका छन् ।
ती महिला बल्लतल्ल आफुलाई पोर्न फिल्म निर्माताको चंगुलमा पर्नबाट बचाएर भाग्दै आफ्नो माइती बिहार आएर शरण लिएकी छिन् ।
बिहारको शारण जिल्लाको तरैया माइती भएकी ती पीडित महिलाले आफ्नो लोग्ने तथा घरका सबै परिवार विरुद्ध मुद्धा हालेकी छिन् । उनका अनुसार दाइजो नल्याएको भन्दै उनलाई लोग्ने तथा सासु ससुराले बिहेको केही दिनपछि नै दुख दिन सुरु गरेका र अन्तिममा पोर्न फिल्म बनाउनेलाई बेचिदिएका बताइन् ।
लोग्नेपक्षले दाइजोको रुपमा २ लाख रुपैयाँ तथा एउटा बाइक मागेको तर ती महिलाका बाबुले दिन नसकेपछि सम्बन्ध बिग्रिएको थियो । पीडित महिलाका अनुसार उनका लोग्नेले आफ्नै बहिनीको सहयोगमा उनलाई पोर्न फिल्म बनाउनेलाई बेचेका थिए ।
उनलाई ७ लाख भारुमा बेचिएको थियो । आफुलाई दामकाम गरेर बेचिएको र भोलि बिहान किन्ने मान्छे आउने सुइँको पाएपछि उनी रातारात घरबाट भागेर आफ्नो माइती बिहार पुगेकी हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment