Monday, February 8, 2016

गुगलमा २ सय बाख्राले गर्छन् जागिर, के हुन्छ काम ?

सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलले आफ्ना कर्मचारीको रुपमा बाख्रालाई पनि जागिर दिएको छ भन्दा अनौठो लाग्ला । तर गुगलको कार्यालयमा २ सय वटा बाख्रा कर्मचारीको रुपमा रहेका छन् । तर गुगलमा यी बाख्राले कुनै हार्डवेयर तथा सफ्टवेयर निर्माण गर्ने काम गरिरहेका छैनन् । मात्र यिनीहरुको काम भनेको गुगल परिसरको चौरमा पलाएको घाँस खानु अर्थात चर्नु हो । अमेरिकास्थित गुगलको माउन्टेन भ्यू मुख्यालयमा यी बाख्राहरुलाई जागिर दिइएको हो । चौरको घाँस खाने काम गर्ने यी बाख्राहरुलाई त्यो गरेबापत नियमित रुपमा तलब तथा अन्य सुविधाहरु पनि दिइएको छ, अन्य कर्मचारीलाई जस्तै । हप्तामा एक पटक यी बाख्राहरुले गुगल परिसरको चौरमा चर्दछन् । यसरी नियमित रुपमा बाख्रा चरेपछि चौरको घाँस बढ्न पाउँदैन र सफाचट् हुन्छ । गुगलले आफ्नो कार्यालय परिसरको चौरको घाँस काट्नका लागि मेसिनको प्रयोग गर्दैन र सोही कारण यी दुइ सय बाखैलाई जागिर दिएको छ । घाँस काट्ने मेसिन प्रयोग गर्दा त्यसबाट निस्कने धुवाँ तथा आवाजले भित्र काम गरिरहेका कर्मचारीहरुलाई डिस्टर्ब गर्ने भन्दै गुगलले घाँस खानकै लागि बाख्रालाई जागिर दिएको हो । वास्तवमा गुगलको परिसरभित्रै ती बाख्राहरु पालिएको भने छैन । कुनै बाख्रा फार्मबाट नियमित रुपमा ती बाख्रा फार्मकै कर्मचारीले गुगलमा चराउन ल्याउने बन्दोवस्त गरिएको छ । बाख्रा चराउन ल्याउने गोठालोलाई विशेष तालिम दिइएको हुन्छ, ता की बाख्राहरु गुगलको चौरमा राम्रोसँग चरेर घाँस सफाचट् पारुन् तर कार्यालयभित्र नछिरुन् । यसरी घाँस खानका लागि बाख्रालाई जागिर दिने कामको सुरुवात याहुले पहिलोपटक सन् २००७ मा गरेको थियो । जसलाई पछि गुगलले सिको गरेको हो ।

No comments:

Post a Comment