Monday, February 8, 2016

सुशीलको निधनमा पूर्वराजा ज्ञानेन्द्रको श्रद्धाञ्जली

२६ माघ, काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाहले शोक व्यक्त गरेका छन् । पूर्वराजा शाहले कांग्रेस केन्द्रीय कार्यालयमा शोक सन्देश पठाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रका पूर्वमुख्य सचिव पशुपतिभक्त महर्जन शोक सन्देश लिएर कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । कोइरालाको पार्थिव शरीर अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । कोइरालालाई श्रद्धाञ्जली दिने नेता-कार्यकर्ताहरुको सानेपामा घुइँचो छ ।

No comments:

Post a Comment