Monday, February 29, 2016

आउँदैछ ६ गिगाबाइट र्‍याम भएको विश्वको पहिलो स्मार्टफोन

चिनिया स्मार्टफोन निर्माता कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो एक्स्प्ले फाइभ ल्याउने भएको छ । कम्पनीद्धारा जारी गरिएको एक टिजर पोष्टका अनुसार यो फ्लागशीप स्मार्टफोन आउँदो df लन्च गरिनेछ । यो स्मार्टफोनको सबैभन्दा विशेष कुरा भनेको यो विश्वको यस्तो स्मार्टफोन हुनेछ, जसमा ६ गिगाबाइटको र्‍याम हुनेछ । भिभो एक्स्प्ले फाइभमा शक्तिशाली स्नापड्रागन ८२० प्रोसेसर हुनेछ । क्वाड एचडी डुअल कर्ब्ड स्क्रिन ६ इन्चको हुनेछ । यसमा १६ मेगापिक्सेलको मुख्य क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । यसमा ४३ सय मिलिएम्पिएर आवरको शक्तिशाली ब्याट्री हुनेछ जुन एकपटक चार्ज गरिसकेपछि लामो समयसम्म चार्ज टिक्नेछ । ६ गिगाबाइट र्यामका कारण यो मोबाइल फोन निकै तिव्र तथा शक्तिशाली हुने र प्रयोगमा नयाँ अनुभव हासिल हुने कम्पनीले दाबी गरेको छ । स्मार्टफोन ह्यांग हुने समस्या हुनेछैन । यो स्मार्टफोन बजारमा कहिले पठाइनेछ भन्ने बारेमा भने कम्पनीले केही खुलाएको छैन ।

No comments:

Post a Comment