Monday, February 8, 2016

भारतीय विदेशमन्त्री स्वराज सुशीललाई श्रद्धाञ्जली दिन काठमाडौं आउँदै

२६ माघ, काठमाडौं । दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई भारत सरकारका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्न भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौं आउने भएकी छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आउने अनलाइनखबरलाई जानकारी दिए । कोइरालाको राजकीय सम्मानबारे निर्णय गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा परराष्ट्रमन्त्री कमल थापाले स्वराज काठमाडौं आउने जानकारी गराएका थिए । स्वराज बुधबार बिहान काठमाडौं अाइपुग्ने परराष्ट्र मन्त्री थापाका जनसम्पर्क तथा सञ्चार सल्लाहकार मोहन श्रेष्ठले बताए ।

No comments:

Post a Comment