Saturday, February 27, 2016
फेसबुकमा ब्वाईफ्रेण्डसँग च्याट गर्न नदिएपछि…
एजेन्सी । आफ्ना ब्वाईफ्रेण्डसँग फेसबुकमा च्याट गर्दा कुटाई खाएपछि एक युवती घर छोडेर फरार भएकी छिन् ।
लखनउको गाजीपुर थाना क्षेत्रमा शनिवार राति घरबाट लापत्ता भएकी युवतीलाई एक युवकसँग २० घण्टापछि भेट्टाएपछि यस्तो रहस्य बाहिर आएको हो । किशोरीसँग भेटिएका फेसबुक फ्रेण्ड अर्थात ब्वाईफ्रेण्डले आफूलाई निर्दोष भनेका छन् । प्रहरीले दुबैलाई सोधपुछ गरिरहेको समाचारमा जनाइएको छ ।
प्रहरीका एसओ गाजीपुर आलोकमणि त्रिपाठीले इंदिरानगरको सेक्टर–डीमा बस्दै आएकी १४ वर्षीय युवती शनिवार दिउँसो तीन बजे गायव भएकी थिईन् । सर्वाेच्च अदालतमा वकील रहेकी उनकी आमाले अपहरणको आशंकामा रिपोर्ट दर्ता गराएको बताए ।
त्यसपछि प्रहरीले कल डिटेलका आधारमा युवती र युवकलाई रेलबाट समोतेको हो । उनीहरु अर्काे सहर भाग्न लागेका थिए ।
प्रहरी एसओ त्रिपाठी भन्छन्– किशोरी आफ्नी आमा र भाईसँग बस्दै आएकी थिइन् । जबकि उनका पिता एक अन्य महिलासँग अलग्गै बस्छन् । किशोरीको गौरवसँग फेसबुकबाट दोस्ती भएको थियो । दुबै अधिकांश समय च्याटिङ गर्थे ।
यसैक्रममा आमाले शनिवार दिउँसो छोरीलाई कुटेकी थिइन् । र मोबाइल खोसेकी थिइन् । त्यसपछि रिसाएर किशोरी आफ्नो घरबाट भागेकी थिइन् । र गौरवलाई फोन गरेर आफ्नो समस्या सुनाएकी थिइन् । त्यसपछि दुबै जना भागेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment