Friday, February 19, 2016

यी हुन् भारतीय कन्हैयाका समर्थक नेपाली

७ फागुन, काठमाडौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी संगठनका अध्यक्ष कन्हैया कुमारको गिरिफ्तारीप्रति नेपालका लेखक, पत्रकार तथा बुद्धिजीविहरुले भत्र्सना गरेका छन् । वाक स्वतन्त्रतासम्बन्धी बिषयलाई बढावा दिने अभिप्रायले गरिएको भाषणलाई लिएर कन्हैयालाई पक्राउ गरी राजद्रोहको अभियोग लगाइनु अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको भन्दै नेपालका बुद्धिजीवि तथा नेहरु विश्वविद्यालयका पूर्वविद्यार्थीहरुले बिरोध गरेका हुन् । भारत सरकार एक संस्थाको विद्धत अभ्याससम्बन्धी स्वतन्त्रतालाई खारेज गर्न आक्रमकरुपमा प्रस्तुत भएको नेपाली बुद्धिजीविहरुले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यो भारतीय नागरिकहरुका लागिमात्र नभई अझ समान तथा न्यायपूर्ण समाजको परिकल्पना गर्ने प्रत्येक व्यक्तिका चिन्ताको बिषयमा भएको भन्दै भारत सरकार भिन्न मत राख्नेहरुलाई निमिट्यान्न पार्ने खेलमा लागेको आरोप लगाइएको छ । भिन्न मत राख्ने आवाजहरु बन्द गर्न र स्वतन्त्र अभिव्यक्तिमाथि अवरोध पैदा गर्न गरिएको भारत सरकारको यस्ता हर्कतको विज्ञप्तिमा भत्र्सना गरिएको छ । विज्ञप्तिमा लेखकहरु मञ्जुश्री थापा, खगेन्द्र संग्रौला, सिके लाल, किशोर नेपाल, हरि रोका, रवि थापा, आन्विका गिरी, प्रवीन अधिकारी, प्रशान्त झा, आदित्य अधिकारी, श्रद्धा घले, राजेन्द्र महर्जन, भोगीराज चाम्लिङ, उज्ज्वल प्रसाईँ, सुदीप पोखरेल, स्मिता मगर, नयन सिन्धुलीय, इरिशा सुवाल, ज्ञानु अधिकारी तथा दिप्ती शेरचनले ऐक्यवद्धता जनाएका छन् । त्यस्तै नेएनयुका पूर्वविद्यार्थीहरु ऋषि झा, रोशनराज बराल, केशव बस्याल लगायतले पनि जेएनयुका विद्यार्थीप्रति ऐक्यवद्धता जनाएका छन् । कन्हैयाको गिरफ्तारीको बिरोध गर्नेहरुमा अनशु गुरुङ, अनुभनव अजित, विमल अर्याल ईश्वरी भट्टराई, राजनीतिकर्मी शिवराम यादव, ब्रबिम कुमार, प्रदीप परियारलगायत छन् । त्यस्तै अनुसन्धानकर्ता, चिरन मानन्धर, अमान्दा मानन्धर गुरुङ, दिप्ती गुरुङ, हौसला जिम्बा, शिखा किरण, कविहरु उज्ज्वल महर्जन, युक्त बज्राचार्यलगायतले पनि विज्ञप्तिमा ऐक्यवद्धता जनाएका छन् ।

No comments:

Post a Comment