Thursday, February 18, 2016
मृत्युदण्डबाट बच्न भियतनाममा एक महिलाले गरिन् जेलभित्रै गर्भधारण
जेन्सी–भियतनाममा मृत्युदण्डको सजाय सुनाइएकी एक महिला गर्भवती भएपछि जेलका चार सुरक्षा गार्डलाई निलम्बन गरिएको छ । ४२ वर्षिया निग्यूयन थी हुले मृत्युदण्डबाट बच्नका लागि अर्का एक पूरुषको सहयोगमा कागारारभित्रै गर्भवती हुने उपाय निकालेकी थिइन् । यस विषयमा भियतनामको उत्तरी क्वांग निन्हा राज्यका प्र्रहरीले केही प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । भियतनामको कानूनअनुसार कुनै पनि महिला कैदीको ३ वर्षभन्दा मूनिको बच्चा भए वा महिला कैदी गर्भवती अवस्थामा रहे उसलाई मृत्युदण्डको सट्टा आजीवन कारावासको सजाय दिइन्छ । पेटमा बच्चा बोकेपछि अब यि महिलाले पनि मृत्युदण्डबाट छुटकारा पाएकी छिन् । हुले २७ वर्षका एक पूरुषसँग २ हजार ३ सय अमेरिकी डलर तिरेर विर्य मगाएको र त्यसलाई सिरिंगमार्फत गत अगस्टमा दुइपटक प्रयोग गरेको बताइएको छ । उनले अप्रिलमा बच्चालाई जन्म दिने अपेक्षा गरिएको छ । यसअघि सन् २०१२ मा उनी डग्सको कारोबारमा समातिएकी थिइन् । दुई वर्षपछि उनलाई मृत्युदण्ड सुनाइयो । उनको अपिलले सन् २०१४ मा अदालतले अस्विकार गरेको थियो । भियनामका कानूनअनुसार गर्भवती महिला वा ३ वर्षभन्दा कम उमेरको बच्चा भएका महिलालाई फाँसी दिइन पाइदैँन । सन् २००७ मा यसैगरी दुई महिलाहरु जेलभित्रै गर्भधारण गरेर फाँसीको सजायबाट बचेका थिए । त्यसपछि त्यस्तो कार्यमा सघाउ पुर्याउने जेलका दुई सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको थियो । अहिले हूले त्यस्तै जुक्ती निकालेर मृत्युदण्डबाट छुटकारा पाएकी छिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment