Saturday, February 27, 2016
हेर्नुस् दुनियाको सबैभन्दा लामो अगरबत्ती
दुनियामा अचम्म अचम्मका कुरामा किर्तिमान बनिरहेका हुन्छन् । भारतका एक व्यक्तिले दुनियाको सबैभन्दा लामो अगरबत्ती निर्माण गरेर विश्वकिर्तिमान कायम गरेका छन् । भारतको बडोदरास्थित तर्सालीका विहा भाइ भरवार्दले ४ हजार किलो तौल भएको अगरबत्ती बनाएका छन् ।
यो अगरबत्ती पन्चगव्यबाट बनाइएको छ । अर्थात् यसमा गहुँत, गाइको गोबर, दही, घिउ तथा दुध लगायतका सामाग्री प्रयोग भएका छन् । ७० दिन लगाएर बनाएको यो अगरबत्ती बनाउन २१ सय किलो गाइको गोबर तथा १८० लिटर गाइको दुध प्रयोग गरिएको छ ।
त्यस्तै ५ सय लिटर गहुँत, ४५ लिटर घिउ तथा ५ सय किलो नरिवलका जटा पनि प्रयोग गरिएको छ यसमा । दुइवटा बाँसमा यी सबै पदार्थ लेपन गरेर अगरबत्ती बनाइएको छ ।
२ लाख ९५ हजार भारुको लागतमा उनले बनाएको यो अगरबत्तीको लम्बाइ १२१ फिट रहेको छ ।
राजस्थानको उज्जैनमा हुने कुम्भमेलामा जलाउनका लागि यो यो विशाल अगरबत्ती बनाइएको हो । उज्जैनमा लैजानका लागि अगरबत्तीको शोभायात्र सुरु भैसकेको छ र यसलार्य राजस्थानका विभिन्न सहरहरुको परिक्रमा भैरहेको हो ।
उज्जैनमा कामधेनु महायज्ञका बेला यो अगरबत्तीलाई जलाइनेछ । यो अगरबत्ती निरन्तर ४५ दिनसम्म जलिरहनेछ । यो अगरबत्ती विश्वको सबैभन्दा लामो अगरबत्ती रहेको र यसलाई गिनिज बुकमा लेखाउन पहल गरिने बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment