Thursday, February 25, 2016
प्रधानमन्त्री ओलीको फ्लाइट ढिलो गर्नेलाई कारबाही !
१३ फागुन, काठमाडौं । भारत भ्रमण पुरा गरेर स्वदेश फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोलीको भीभीआईपी फ्लाइट झण्डै एक घण्टा ढिलो भयो ।
प्रधानमन्त्री ओली मुम्बईबाट नेपाल वायुसेवा निगमको आरए २०१ बाट बुधबार राति ८ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने तय भएको थियो ।
तर, फ्लाइट एक घन्टा ढिला भयो । प्रधानमन्त्री ओलीकै फ्लाइट ढिला भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति बनाएको छ ।
वायुसेवा निगमको काम कारवाहीबाट उडान व्यवस्थापनमा लापरवाही हुन गएको भन्दै मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा चार सदस्यीय समिति बनाएको छ ।
‘अन्तर्राष्ट्रियस्तरको अति विशिष्ट उडानको पूर्व जानकारी हुँदाहुँदै गैर जिम्मेवारीपूर्वक लापरवाही गरेको पाइएकोले उल्लिखित विषयमा छानवीन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न छानवीन समिति गठन गरिएको छ’मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
समितिमा वायुसेवा निगमका निर्देशक जनकलाल कालाखेती र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभास झा सदस्य छन् भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल फ्लाइट अपरेशन डिपार्टमेण्टका निर्देशक सुधीरकुमार चौधरी सदस्य सचिव छन् ।
समितिलाई भीभीआईपी फ्लाइट ढिला हुनुको कारण पसत्ता लगाउने र दोषी पदाधिकारीलाई काबारहीको सिफारिस गर्ने कार्यादेश दिइएको छ । मन्त्रिस्तरीय निर्णयबाट बनेको छानविन समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment