Friday, December 4, 2015

तीन दलको साझा प्रस्ताव तयार, तीन महिनामा सिमांकन टुंग्याइने

मंसिर १८, २०७२- प्रमुख तीन दलले आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग सहमतिका लागि तीन बुँदे साझा प्रस्ताव तयार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले मधेसी मोर्चाका मागबारे साझा प्रस्ताव तयार पारेको हो । बैठकले प्रदेशको सिमांकन राजनीतिक समिति गठन गरि तीन महिनामा टुंगो लगाउने र संविधानमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । तीन दलले समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारणबारे अघिल्लो सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

No comments:

Post a Comment