Friday, December 4, 2015

नाइट क्लबमा अज्ञात हतियारधारीले गोली हानी १२ को हत्या

कायरो: इजिप्टको राजधानी कायरोमा रहेको एक रात्रि क्लब (नाइट क्लब)मा अज्ञात बन्दुकधारीले गोली हानी १२ जनाको हत्या गरेको छ । शुक्रबार भएको सो गोलीकाण्डमा अरु केही घाइते पनि भएका छन् । त्यसको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यसको जिम्मेवारी कसैले लिएको छैन । साथै यस विषयमा प्रहरीले पनि अनुसन्धान जारी रहेको जनाएको छ । दक्षिणी कायरोको अगोजा जिल्लामा सो गोलीकाण्ड भएको बताइएको छ ।

No comments:

Post a Comment