Friday, December 4, 2015

प्रशासनले राजविराजमा निषेधाज्ञा हटायो

भारदह-रुपनी र राजमार्गमा यथावत सप्तरी : सप्तरी प्रशासनले सदरमुकाम राजविराज नगर क्षेत्रमा केही सातादेखि लगाएको निषेधाज्ञा शुक्रबारबाट हटाएको छ । गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीन आन्दोलनकारीको मृत्युपछि सदरमुकाम राजविराजसहित भारदह र रुपनीमा लगाएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाकारी दिए। उनका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै रहेको बताउँदै सदरमुकाम राजविराजमा स्थिति शान्त देखिएकाले यहाँको निषेधाज्ञा तत्कालका लागि हटाइएको छ । पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि बलान खोला र गाईघाट कदमहा सडकखण्डको ५०० मिटरमा पर्ने उत्तर र दक्षिणक्षेत्रमा राति ८ देखि बिहान ७ बजेसम्म लगाइएको निषेधाज्ञा जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

No comments:

Post a Comment