Friday, December 4, 2015
मानव शरिरसँग जोडिएका ५ ठूला रहस्य
मानव सरीरसँग जोडिएका कैयौँ प्रकारका भ्रान्ती तथा रहस्यहरु छन्, जसलाई पर्गेल्न गाह्रो छ । जति खोतल्यो उति धेरै रहस्य फेला पर्दछ । वैज्ञानिकहरुले सरीरको कोषिका देखि वंशाणु कणसम्मलाई समेत खुट्याएर विभिन्न आविष्कार तथा अनुसन्धान गरिसकेका छन् । तथापि आम मानिसमा भने विभिन्न मिथक तथा भ्रान्तीहरु कायमै छन् । मानव सरीरसँग जोडिएका ५ वटा यस्तै रहस्यमय भ्रान्तीहरु यस्ता छन् :
१. मोटा मानिसहरुमा उपापचयन अर्थात् मेटाबोलिज्म दर कम हुँदैन । आम मानिसहरु भने मोटा मानिसहरुको मेटाबोलिज्म अर्थात् खानेकुरा पचेर उर्जामा परिणत हुने दर कम हुने ठान्दछन् । मोटा मानिसहरुको शारीरिक अंग ठूला हुने भएकाले पातलो जिउका मानिसको तुलनामा उनीहरुले धेरै उर्जा खपत गर्दछन् । त्यसैले मोटा मानिसहरुको मेटाबोलिज्मको दर कम हुने नभै उल्टै बढि हुन्छ ।
२. यदि तपाइँको भुँडी ठूलो छ, तपाइँ मोटो हुनुहुन्छ भने तपाइँको सरीरलाई स्याउजस्तो कहलिन्छ । हिप तथा थाइ पुष्ट भएकाको सरीरलाई नासपाती फिगर भनिन्छ । परम्परागत मान्यता अनुसार स्याउ आकारका मानिसमा मुटुरोगको खतरा बढि हुन्छ र मधुमेहको आशंका पनि बढि हुन्छ । तर हालका अध्ययनहरुले भने जिउको आकार स्याउ होस् वा नास्पाती यदि वजन आवश्यकता भन्दा बढि छ भने त्यो स्वास्थ्यका लागि खतरनाक हुने देखाएको छ ।
३. हरेक महिलाको सपना तथा चाहना हुन्छ की उनीहरुको जिउडाल छिनेको कम्मरयुक्त अर्थात् आवरग्लास शेपको होस् । तर सबैको चाहना पूरा हुने कुरै भएन । बेलायती महिलामा गरिएको एक अध्ययनले ६३ प्रतिशत महिलाको कम्मर छिनेको नभै कम्मर, काँध र छातिको परिधि बराबर हुने गरेको छ । केवल १३ प्रतिशत महिलाको मात्र आवरग्लास फिगर थियोे । उमेर बढेसँगै महिलाको आकार आयातकार हुन्छ ।
४. कहिलेकाहीँ पुरुषको स्तनको आकार पनि बढ्दछ । धेरै बियर पिउँदा पुरुषको स्तनको आकार बढ्दछ भन्ने मान्यता छ, तर यो गलत हो । स्तन कोषिकाको संख्या तथा आकार बढ्दा स्तनको आकार बढ्दछ । मोटो तथा धेरै वजन भएका पुरुषको स्तन पनि ठूलो हुन्छ । किनकी जिउमा हुने बोसोले महिला हर्मोन इस्ट्रोजेन उत्पादन हुन्छ, जसका कारण स्तनको आकार बढ्दछ ।
५. टर्कीका अनुसन्धानकर्ताहरुले २ सयजना पुरुषमा गरेको सर्भेक्षणबाट के पाएका छन् भने जसको बडी मास इन्डेक्स अर्थात् बिएमआइ बढि हुन्छ उनीहरु सम्भोग कार्यमा पनि धेरै टिक्न सक्छन् जबकी पातलो जिउ भएका पुरुषहरु छिटै स्खलित हुन्छन् । पातलो जिउ भएका मानिसको सरीरमा टेस्टेस्टेरोन हर्मोन कम हुने भएकाले यस्तो हुनसक्ने बताइन्छ । बीबीसीको सहयोगमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment