त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपाल र नेपाली जनताका तर्फबाट जापानी सम्राट्को सुस्वास्थ्य र दीर्घायुको कामना गरे । उनले नेपाल र जापान आफ्नो दौत्यसम्बन्ध
सो अवसरमा जापानी राजदूत ओगावाले एक असल मित्र राष्ट्रका हैसियतमा जापानले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने स्पस्ट गर्दै हालै जारी संविधान कार्यान्वयनमार्फत् सदैव शान्त र समृद्ध नेपाल देख्ने जापानको चाहना रहेको बताए ।
राजदूत ओगावाले संविधान जारी भएपछिको परिस्थितिमा नेपाली नागरिकले ऊर्जालगायतका विभिन्न क्षेत्रमा समस्या भोगिरहेकोप्रति जापान सरकारको गम्भीर ध्यानाकर्षण भइरहेको प्रसंग पनि उल्लेख गरे ।
समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सभासद, पूर्वमन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालमा रहेका विदेशी नियोगका प्रमुख र प्रतिनिधि तथा नेपालमा रहेका जापानी नागरिकको सहभागिता थियो । रासस
No comments:
Post a Comment