Friday, December 4, 2015

सविधान संशोधन विधेयक अघि बढाउने एमालेको निर्णय

नेकपा एमालेले कांग्रेस नेतृत्वको सरकारले संसद्मा पेश गरेको संविधान संशोधन विधेयकलाई अघि बढाउने निर्णय गरेको छ। शुक्रबार मध्यान्ह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय गरेको हो। एमाले उपमहासचिव घनश्याम भुषालले कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेसहितको सहमतिमा संशोधन प्रस्ताव पेस भएको र यस्तो निर्णय दलीय सहमतिकै अधारमा भएको हुनाले उक्त संशोधन प्रस्तावलाई अघि बढाउने निर्णय भएको बताए।

No comments:

Post a Comment