Friday, December 4, 2015
मधेशी मोर्चाको विरोधबीच वीरगन्जमा राजावादीको जुलुस प्रदर्शन
वीरगन्ज – संघिय समावेशी मधेशी युवा गठबन्धन मोर्चाको विरोध पश्चात पनि वीरगन्जमा शुक्रबार विभिन्न राजावादी संघ संगठनहरुले विरोध जुलुससहित राजसंस्थाको पुर्नस्थापना गर्न माग गरेका छन् । वीरगन्जको घण्टाघर चोकमा राजावादी संगठनहरुले जुलुस निकाल्न तैयारी गरीरहेको बेला संघिय समावेशी मधेशी युवा गठबन्धन मोर्चाका ईश्वर यादव लगायतका युवाहरुले हस्तक्षेप गरी कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह सहितको ब्यानर घण्टाघरमा झुण्डयाई ¥याली निकाल्ने तैयारी गर्न जम्मा भई रहेको बेला गठबन्धन मोर्चाको युवा कार्यकर्ताहरुले ब्यानर आफनो नियन्त्रणमा लिई च्यातेका थिए । घटना भई रहदा प्रहरी मुकदर्शक बनेर बसेको थियो । गठबन्धन मोर्चाको विरोध पश्चात पनि पूर्व निर्धारित कार्यक्रम अनुसार ११ बजे राजावादी संगठनहरुले पूर्वराजाको तस्बिर सहितको अर्को ब्यानरमा विभिन्न नाराबाजीका साथ विरोध जुलुस निकालेका थिए ।
‘राजा आउ देश बचाउ, राजसस्था पूर्नस्थापना गर्नुपर्ने, २०७२ को सविधान खारेज गरी २०४७ को सविधान लागु गर’ लगायतको नारा लगाउदै घण्टाघर चोकबाट विरोध जुलुस निकालेका हुन । राजसस्था पुर्नस्थापना संघर्ष समितिको नेतृत्वमा निकालिएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगि पर्साका निमित प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ । निमित प्रजिअ भण्डारी मार्फत प्रधानमन्त्री केपी ओलीलाई बुझाईएको ज्ञापन पत्रमा २०७२ को सविधानमा छुटेका सम्बैधानिक राजसंस्था, हिन्दु राष्ट्र र मधेशी मुद्दालाई अविलम्ब सम्बोधन गरी देशको स्थितीलाई सहज बनाउन माग गरिएको छ । ज्ञापन पत्रमा २०७२ को सविधानलाई संशोधन गरी वा पुनर्लेखन गरी सम्बैधानिक राजसस्थालाई राष्ट्रप्रमुखको रुपमा संवैधानिक मान्यता दिनुपर्ने उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउदै समितिका अध्यक्ष गणेश साहले राज्य धर्मको रुपमा हिन्दुत्वलाई सम्बैधानिक मान्यता र मधेशी मुद्दालाई सम्बोधन गरी मुलुकलाई छिटो निकास दिन प्रधानमन्त्री ओलीसंग माग गर्नुभयो । उहाले साढे तीन महिनादेखि जारी रहेको मधेश बन्दले नोपली जनताको दैनिकी सारै कस्टकर बन्दै गएपनि सरकारले ध्यान नदिएको प्रति चिन्ता जनाउनु भयो । विरोध जुलुसमा नेपाल विद्यवत परिषद, नेपाल राष्ट्रवाद संघ, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रभक्त देशभक्त समूह लगायत राष्ट्रवादी संगठनहरुको सहभागिता रहेको थियो । परिषदका केन्द्रिय सदस्य नरेशराज गिरी, जिल्ला अध्यक्ष्ँ रामनारायण साह, नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनक साह, नागरिक सघर्ष समितिका दिनानाथ यादव, राष्ट्रभक्तका पशुपति रौनियार, रेखा साह, सतिश श्रीवास्तव, अध्यानन्द कलवार, शेख अमिर, शिवंशंकर प्रसाद, मुम्ताज आलम, सौकत अलि लगायतको सहभागिता रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment