Friday, December 4, 2015

उपेन्द्र यादवले अमेरिकी र बेलायती राजदूतलाई भेटे

१८ मंसिर, काठमाडौं । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अमेरिकी र बेलायती राजदूतसँग भेटवार्ता गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेप्लिज तथा बेलायती राजदूत रिचर्ड मोरिसले यादवलाई छुट्टा छुट्टै भेट गरेका हुन् । भेटवार्तामा जारी मधेस आन्दोलनको माग, अवस्था, विकसित वार्ता प्रक्रिया लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । छलफलमा फोरम नेपालका अध्यक्ष यादवले मधेसी, थारु, आदिवासी जनजाति, दलित, महिला लगायतले नयाँ संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउन आन्दोलन गरेको बताए । साथै उनले आफूहरुको मागप्रति संविधान जारीकर्ता तीन दल एवं सरकारी रवैयाबारे अवगत गराएको यादवको निजी सचिवालयले जनाएको छ ।

No comments:

Post a Comment