Friday, December 4, 2015

बालुवाटार वार्ता छाडेर मधेसी मोर्चाका नेताहरु भारतीय दूताबासमा

१८ मंसिर, काठमाडौं । बालुवाटार वार्ता छाडेर मधेसी मोर्चाका नेताहरु भारतीय दूताबास पुगेका छन् । साँझ ६ बजे सत्तारुढ दल, विपक्षी कांग्रेस र मधेसी मोर्चाको त्रिपक्षीय वार्ता बोलाइएको थियो । तर, सिंहदरवारमा भेला भएका मोर्चाका नेताहरु बालुवाटारको साटो लैनचौर पुगेका छन् । स्रोतका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवसहितका नेताहरु लैनचौर पुगेका हुन् । भारतीय राजदूतसँगको छलफलपछि मोर्चाका नेताहरुले तीन दलसँग छलफल गर्ने नगर्ने तय हुने बताइएको छ ।

No comments:

Post a Comment