Friday, December 4, 2015
सत्तारूढ दल र कांग्रेसको बैठक बालुवाटारमा सुरू, अाजै मधेसी मोर्चासँग वार्ता हुने
सत्तारूढ दल र  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। बैठक नेकपा एमाले, एकीकृत नेकपा माअोवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी,  राप्रपा नेपाल लगायतका सत्तारूढ दलका शीर्ष नेताहरू सहभागी छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बैठकमा सहभागी छन्।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली कांग्रेसबाट सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, प्रकाशमान सिंह, नेता रामशरण महत र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,नेता नारायणकाजी श्रेष्ठ सहभागी छन्।  उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति राणा  पनि बालुवाटारमा आइसकेका छन्।
दलहरुको बैठक सकिएपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुसँग वार्ता गर्ने तयारी छ। 
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment