Friday, December 4, 2015
‘बिहारतिर बग्ने नेपालका सबै नदीमा बाँध बनाऊँ’
नेपाली नदी छेक्दा बिहार अन्नको खानी हुने भारतीय सांसद्को दाबी
काठमाडौं : नेपालमा नाकाबन्दी लाइरहेको भारतीय सत्तारुढ भारतीय जनता पार्टीका एक सभासद्ले नेपालबाट बिहारतिर बग्ने सबै नदीहरुमा बाँध बनाउन भारत सरकारलाई आग्रह गरेका छन् ।
भारतीय तल्लो सदन लोकसभामा शुक्रबार बोल्दै भाजपाका सांसद् भोला सिंहले बिहारसँग जोडिने सबै नदीहरुमा बाँध बनाउन सुझाएका हुन् ।
‘यदि नेपालबाट बगेर आउने नदीहरुमा बाँध बनाइयो भने बिहारलाई अन्न भण्डारका रुपमा विकास गर्न सकिन्छ’, उनले भने ।
भारतले लामो समयदेखि कोसी नदीमा उच्चबाँध बनाउन नेपाललाई दबाब दिँदै आएको छ ।
उसले सुनसरीको चतरामा २ सय ६९ मिटर अग्लो संरचनासहतिको उच्चबाँध बनाउने योजना अनुरुप प्रराम्भिक सर्भे पनि पुरा गरिसकेको छ ।
पुर्वको ताप्लेजुङदेखि रामेछापसम्मका १५ जिल्लाका ५५ गाविसस्थित तीन सय ६३ वटा नेपाली गाउँ डुबाउने गरी बनाउने भनिएको उच्च बाँधको चर्चा भारतको संसद्सम्म पुगेको हो ।
भारत सरकारले नेपालका कोशी, नारायणी र गण्डकीसहितका नदीहरुमा अग्ला बाँध बाँधेर भारतीय नदीसम्म नेपाली नदीलार्इ जोडी बिहार र उत्तरप्रदेशमा सिँचाइ गराउने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment