Thursday, December 3, 2015
मोदीको विरोध गर्दै भारतमा युद्ध थाल्ने आइएसको चेतावनी
१७ मंसिर, काठमाडौं । सिरिया र इराकको केही भाग कब्जामा लिएको इस्लामिक अतिवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हिन्दु अतिवादी’को आरोप लगाएको छ ।
मंगलबार सार्वजनिक गरिएको आइएसको घोषणापत्रमा अबको युद्ध भारतमा केन्द्रित हुने बताइएको छ ।
‘अब यो अभियान भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायतका मुलुकमा विस्तार हुनेछ’ आइएसको घोषणापत्रमा भनिएको छ ।
घोषणापत्रमा भारतको राजनीतिक अवस्थाको विश्लेषण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिवादीको संज्ञा दिइएको छ । मोदीलाई उसले हतियारको पूजा गर्ने दक्षिणपन्थी हिन्दु राष्ट्रवादी भएको विश्लेषण गरेको छ ।
‘भारतमा हिन्दुहरुको गतिविधि निकै बढेको छ, जसले गाई खाएको अभियोगमा मुस्लिमहरुलाई मारिरहेका छन्’ आइएसको घोषणापत्रमा भनिएको छ ।
भारतमा मुस्लिममाथि ज्यादती भएका कारण त्यहाँ आइएसको गतिविधि बढाउनुपरेको घोषणापत्रमा बताइएको छ ।
आगामी दिनमा हरेक देशमा आइएसले युद्ध गर्ने भन्दै उसले विश्वभर रहेका डेढ अर्ब मुस्लिमलाई आफ्नो शक्तिका रुपमा ब्याख्या गरेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment