Friday, December 4, 2015
एक वर्षपछि किन घट्छ सहवासको सन्तुष्टि र दर ?
वैवाहिक सम्बन्धको ठ्याक्कै एक वर्ष पुग्दासम्म मानिसहरु आफ्नो पार्टनरसँगको यौन जिवनका कारण सबैभन्दा खुसी हुन्छन् । तर त्यसपछि भनेे त्यो खुसीको तहमा विस्तारै गिरावट आउने गर्छ । एक अध्ययन अनुसार सम्बन्धको एक वर्षपछि जोडीहरुमा सेक्सप्रतिको रुची, धैर्यता तथा सम्भोग कार्यको दरमा गिरावट आउँदछ ।
शोधकर्ताहरुले २५ देखि ४१ वर्ष उमेरका ३ हजार जना मानिसमा विभिन्न अवसरमा उनीहरुको यौन जिवनलाई सूचिकृत गर्न लगाएर यस्तो निष्कर्ष निकालेका हुन् ।
मानिसहरु आफ्नो पार्टनरसँगको यौन सम्बन्ध कायम भएको ठ्याक्कै एक वर्ष बित्दासम्म यौन जिवनलाई लिएर सबैभन्दा उच्चतम सन्तुष्टि तथा खुसीको तहमा पुग्दछन् ।
म्युनिखस्थित लडविग म्याक्सिमिलियन विश्वविद्यालयकी शोधकर्ता क्लाउडिया समिडबर्गका अनुसार बच्चा हुनुले दम्पतीको यौन सन्तुष्टिमा खासै भूमिका खेल्दैन । तर यौन सम्पर्कको दरमा भने बच्चाको उपस्थिति र उमेरले उल्लेख्य फरक पार्ने उनी बताउँछिन् ।
तर बच्चा भन्दा पनि श्रीमान श्रीमतीबीच हुने झैझगडा तथा मनमुटाबले यौन सम्बन्धमा सबैभन्दा ठूलो प्रभाव पार्ने शोधकर्ताको ठहर छ । उनका अनुसार बढि झगडालु दम्पतीहरुको सेक्सको दर तथा सन्तुष्टि पनि कम हुँदैजान्छ ।
शोधकर्ता भन्छिन्ः यदि सन्तुष्ट यौनजिवन चाहनुहुन्छ भने आपसी झगडालाई स्थगित गर्नुस्।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment