Wednesday, December 2, 2015
बाँकेको जमुनाहा नाकामा प्रहरीमाथि पेट्रोल बम प्रहार
१६ मंसिर, नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । झडपमा एक प्रहरी र दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले भारतीय भूमिबाट ढुंगा प्रहार भएपछि स्थिति असहज बनेको बताए । ढुंगा लागेर एक प्रहरी जवान घाइते भएको उनले जानकारी दिए ।
थरुहट मधेस संयुक्त संघर्ष समिति बाँकेका प्रवक्ता पशुपति दयाल मिश्रले भने आफूहरुको शान्तिपूर्ण धर्नामा प्रहरीले ढुंगा हानेको आरोप लगाए । ‘प्रहरी संयमित नभएपछि झडप भयो, हाम्रा कार्यकर्ताहरु एक दर्जन जति घाइते भएका छन्,’ मिश्राले भने ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment