Thursday, December 3, 2015
नाकाबन्दी केही दिनमै हट्छ : परराष्ट्र मन्त्री थापा
काठमाडौं : उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले केही दिनभित्रमै भारतीय नाकाबन्दी अन्त्य हुने बताएका छन् ।
दुई दिने अनौपचारिक भ्रमण सकेर बिहीबार दिउँसो काठमाडौं ओर्लेपछि परराष्ट्र मन्त्री थापाले नाकाबन्दी केही दिनमै खुल्ने बताएका हुन् ।
‘भारत र नेपालबीच रहेको असमझदारी हटाउन मेरो भ्रमण फलदायी भएको छ’, थापाले भने, ‘सीमामा भइरहेको आपूर्ति र पारवाहनको अवरोध केही दिनमै हट्ने विश्वास लिएको छु ।’
खुसी मुद्रामा पत्रकारहरुसँग प्रस्तुत भएका मन्त्री थापाले आफ्नो भ्रमणका क्रममा भारतीय उच्च तहसँग गहन र खुला वार्ता भएको बताउँदै दुई देशबीचको असझदारी चिर्न आफू सफल भएको दाबी गरे ।
‘यो भ्रमणमा मैले भारतीय नेतृत्वसँग सघन र गहन वार्ता गरेँ’, नाकाबन्दी खुल्ने संकेत गर्दै उनले भने, ‘सौहार्दपूर्ण वार्ताको परिणाम केही दिनमा नै सीमामा भइरहेको आपूर्ति र पारवाहनको अवरोध हट्ने छ ।’
उनले नेपाल–भारतबीचको असमझदारी अब तोडिएको बताउँदै आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढीकरण गर्न मेरो महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
मन्त्री थापा आफ्नो अनौपचारिक भ्रमणका लागि मंगलबार भारत गएका थिए । उनले भारतमा रहँदा विदेशमन्त्री सुस्मा स्वराजसहितका उच्च नेतृत्वसँग भेट गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने उनको प्रयास भने सफल हुन सकेन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment