Wednesday, December 2, 2015

मितेरी पुलमा मोर्चाका कार्यकर्ता र भारतीय नागरिकबीच ढुंगा हानाहान

१७ मंसिर, काठमाडौं । वीरगन्ज रक्सौलको मितेरी पुलमा मधेसी मोर्चाका कार्यकर्ता र भारतीय नागरिकबीच ढुंगा हानाहान भएको छ । पुलमा बसेका मोर्चा कार्यकर्ता र भारतीय क्षेत्रबाट आएका भारतीय नागरिकबीच ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ । बुधबार राति नेपालबाट एक भारतीय ट्रक सीमा पार गराएको विषयलाई लिएर मोर्चाका कार्यकर्ता र भारतीयबीच विवाद भएको र सोही विवादका क्रममा बिहीबार बिहान ढुंगा हानाहान भएको पर्सा प्रहरीले जनाएको छ । मोर्चाका कार्यकर्ताले सीमामा कुनै सवारी चल्न नदिने भन्दै सीमा क्षेत्रमा इन्धन बेच्न बसेका भारतीय नागरिकको इन्धन पोखिएको र सोही विषयलाई लिएर त्यहाँका नागरिकले नेपाली आन्दोलनकारीलाई ढुंगा प्रहार गरेका थिए । भारतीयको ढुंगा प्रहारबाट सत्रुधन यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । यादवको उपचारका लागि नारायणी क्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ ।

No comments:

Post a Comment