Monday, December 7, 2015

यस्ता कुराको तारिफ चाहन्छन पुरुष



कसैले तारिफ गरेको सुन्न निकै मज्जा आउँछ र घिरौँला जत्रो नाक बन्छ । महिलाहरु प्रसंसाका निकै भोका हुन्छन् भनिन्छ । तर महिला मात्र होइन, पुरुषहरु पनि आफ्नो तारिफ सुन्न उत्तिकै मन पराउँछन् । फरक यत्तिमात्र हो की महिलाहरु खासगरी आफ्नो सुन्दरताको विषयमा कसैले तारिफ गरिदेओस् भन्ने चाहन्छन् भने पुरुषहरुमा यस्तो चाहनाको दायरा अलिक फराकिलो हुन्छ ।
धेरैजसो पुरुषहरु आफ्नो पार्टनरको मुखबाट यस्ता खाले कुरा सुन्न मन पराउँछन्ः
· पुरुषहरुलाई आफ्नो पार्टनरले म तपाइँसँग जति त अरु कसैसँग पनि खुसी हुन सक्दिन भनेको सबैभन्दा राम्रो लाग्छ । पार्टनरले आफुसँग बिताएका पलहरु सबैभन्दा उत्तम रहेको ठहर गर्नुजति रोमान्चक पुरुषका लागि अरु केही हुँदैन ।
· हरेक पुरुष चाहन्छ की उसको महिला पार्टनरले उसको समझदारीको सह्राना गर्दछ । मलाई तपाइँले जत्तिको राम्रो सल्लाह त अरु कसैले पनि दिन सक्दैन भनेर फुक्र्याइयो भने पुरुषहरु पुलकित हुन्छन् ।
· आदर तथा सम्मान पाउनु कसलाई मन पर्दैन ? जब कुनै महिला आफ्नो पार्टनरसँग मैले तपाइँलाई इज्जत गर्छु वा मान गर्नु भन्छिन् भने उनको त्यो पुरुष पार्टनरले जिवनमा सबैभनदा ठूलो खुसी अनुभुति गर्दछ ।
· यदि तपाइँ आफ्नो पुरुष पार्टनरलाई खुसी पार्न चाहनुहुन्छ भने उसको व्यक्तित्वको तारिफ गर्न नभुल्नुहोस् । आफ्नो लुक्सको तारिफ अरुले गरिदेओस् भन्ने चाहना महिलामा जस्तै पुरुषमा पनि हुन्छ ।
· भलै खाना बनाउने शौख भएका पुरुषहरु निकै कम हुन्छन् । तर यदि तपाइँको पुरुष पार्टनरले खाना बनाएर तपाइँलाई खुवाउँदै छ भने नमिठो भएपनि मीठो मानेर खाइदिनुहोस् र उसको पाक कलाको प्रसंसा गर्न नभुल्नुहोस् । महिला पार्टनरले आफ्नो कामको सह्राना गरिदेओस् भन्ने चाहना पुरुषहरुको हुन्छ ।
एजेन्सीको सहयोगमा

No comments:

Post a Comment