Monday, December 7, 2015

धेरै ब्वाईफ्रेन्ड फेरेपछि १० वर्ष कान्छोसँग बिहे गर्दै छिन् प्रिति जिन्टा

एजेन्सी– बलिउड अभिनेत्री प्रिति जिन्टा झन्डै एक वर्षदेखि अमेरिकाका जीन गुडइनफसँग डेटिंगमा छिन् । अहिले उनले गुडइनफसँग बिहे गर्न लागेको समाचारले बलिउड तातेको छ । स्रोतकाअनुसार आगामी वर्षको जनवरीमा बिहे गर्न दुबै सहमत छन् । प्रितिले अहिलेसम्म बिहेका विषयमा मुख खोलेकी छैनन् । तर, दुईबीचको बिहे अमेरिकामा गोप्य रुपमा हुने बताइएको छ ।preity-zinta1_1448268646
बिहे हल्ला मात्रै रहेको प्रिति निकटका व्यक्तिको दाबी
यसैबीच केही व्यक्तिले भने गुडइनफ उनका राम्रो साथी मात्रै रहेको दाबी गरेका छन् । उनी आफ्ना भाईलाई भेट्न अमेरिका जाने गरेको र त्यसैक्रममा गुडइनफसँग भेट भएको स्रोतलाई उद्धृत गर्दै भारतीय एजेन्सीहरुले जनाएका छन् ।
रोचक कुरा प्रितिभन्दा गुडइनफ १० वर्षले कान्छा छन् । उनी फाइनेन्सियल एनालिस्टको काम गर्छन् । प्रिति जिन्टा अहिले ४० वर्षकी भइसकेकी छिन् । स्रोतकाअनुसार प्रिति र जीन गुडइनफको भेटघाट एक भ्रमणका दौरान अमेरिकामा भएको थियो । उनी यस वर्ष आईपिएलको फाइनल हेर्न प्रिति जिन्टासँगै भारत आएका थिए ।
थुप्रै थिए प्रितिका ब्वाईफ्रेन्ड
यसअघि थुप्रै व्यक्तिसँग प्रितिको नाम जोडिएको थियो । यसमा व्यापारी नेस वाडियाको नाम समेत छ । दुबै जनाबीच लामो प्रेम सम्बन्ध थियो । तर, पछिल्लो वर्ष एक आईपिएल म्याचका दौरान दुबैबीच विवाद सुरु भयो र उनीहरु अलग भए ।
सन् १९९८ मा हिट चलचित्र दिल से रिलिज हुदाँ नै प्रितिको अफेयर मोडल तथा कोरियोग्राफर मार्क रोबिनसनसँग चलेको बताइएको थियो । मार्क आफैँले पनि प्रितिसँग लिभ इन रिलेशनसिपमा रहेको बताएका थिए ।
मार्कपछि उनको जीवनमा डेनमार्कका लार्स जेल्डसन आए । तर, जेल्डसनले अभिनेत्री सुचित्रा पिल्लईसँग बिहे गरे । प्रितिको नाम अस्टेलियाका चर्चित क्रिकेटर ब्रेटलीसँग समेत जोडीएको थियो ।
ब्रेटली प्रितिको आईपिएल टिम पन्जाब किंग्स एलेभेनबाट खेल्दा उनीसँग प्रेममा थिए । होटल व्यापारी विक्रम चटवालसँग जोडिएर पनि प्रितिको नाम चर्चामा थियो ।
तर चटवालले भने यस विषयलाई इन्कार गरे । धेरैले प्रितिसँगको प्रेम सम्बन्ध नै चटवाल र उनकी पत्नी प्रिया सचदेवबीचको डिभोर्सको कारण रहेको औल्याउँदै आएका छन् ।

No comments:

Post a Comment