Thursday, December 10, 2015

दिल्लीबाट फर्किएपछि मधेसी मोर्चा र सरकारबीच पहिलोपटक वार्ता

२४ मंसिर, काठमाडौं । तीन दल र आन्दोलनरत मधेसवादी दलको मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरमा वार्ता सुरु हुँदैछ । वार्तामा दुवै तर्फका शिर्ष नेताहरु सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । भारत भ्रमणबाट फर्केपछि मोर्चासित दलहरुको पहिलो वार्ता हुन लागेको हो । पुनर्निमाण प्राधिकरणसम्वन्धी विधेयक संसदमा प्रस्तुत गर्नअघि हुन लागेको वार्तामा सबै विषयमा छलफल हुने सल्लाहकार दाहालको भनाइ छ । सरकारले प्राधिकरणको विधेयक प्रस्तुत गर्ने क्रममा अवरोध नगर्न मधेसवादी मोर्चालाई अनुरोध गरेको छ । विहीबार दिउँसो तीन बजे बस्ने भनिएको संसद बैठक पनि मधेसी मोर्चासागको वार्ताका कारण साँझ ५ बजेलाई सारिएको छ ।

No comments:

Post a Comment