Monday, December 7, 2015
मधेसी नेताहरुले भारतीय विदेश सचिव र सुरक्षा सल्लाहकार भेट्दै
मंसिर २२, २०७२- दिल्ली दौडाहामा रहेका मधेसी मोर्चासम्बद्ध नेताहरुले मंगलबार भारतीय विदेश सचिव एस.जयशंकर र प्रधानमन्त्रीका सुरक्षा मामला सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्दैछन् । मधेसी आन्दोलनलाई सम्बोधन गर्दै जारी नाकाबन्दी खुलाउने उपायमा प्रस्तावित ‘राजनीतिक रोडम्याप’का बारे बिभिन्न चरणमा भारतीय नेताहरुसँग परामर्श गर्ने क्रममा नेताहरुले दिउँसो ११ बजे साउथ ब्लकमा विदेश सचिव जयशंकरलाई भेट्न लागेका हुन् ।
‘मधेसी आन्दोलनका बारेमा राष्ट्रिय–अन्र्तराष्ट्रिय मन्चमा फैलाइएको भ्रम र अफवाह चिर्ने क्रममा हामी दिल्ली आएका हौं, यही क्रममा विदेश सचिव तथा सुरक्षा सल्लाहकारलाई भेटेर यथार्थ स्थिती सम्झाउन चाहेका हौं,’ मोर्चाका नेता राजेन्द्र महतोले भने ।
नेताहरुले अपरान्ह ६ बजे सल्लाहकार अजित डोबलसँग भेट गर्ने प्रारम्भिक कार्यक्रम छ । डोबलसँग भेटवार्ता गरेपछि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताबारे निक्यौल हुनेछ ।
मधेशी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव दुई दिनयता दिल्लीमा भेटघाटमा व्यस्त छन् । साथमा, मोर्चासम्बद्ध तराइ मधेश लोकतान्त्रिक पार्टीका ह्दयेश त्रिपाठी र चन्दा चौधरी पनि दिल्लीमा छन् । ‘बिशेषत देश/बिदेशका मिडियाबाट हाम्रो आन्दोलनबारे भ्रम फैलाउने काम भैरहेकाले जति सक्दो मिडिया भेटघाट र ब्रिफिङबाटै यथार्थ बुझाउनमा हामी लागेका छौं,’ महतोले भने, ‘मधेशी हक/अधिकारका बारे रहेको भ्रम चिर्न धेरै सफल भएका छौं ।’
मधेशी मोर्चासम्बद्ध नेताहरुको धारणा बुझ्न मंगलबार अपरान्ह अब्जर्भर रिसर्च फाउण्डेसन(ओआरएफ)ले बहस कार्यक्रम संचालन गर्दैछ, बहसमा पूर्व राजदूत जयन्तप्रसादले अध्यक्षता गर्नेछन् । साँझ ७ बजे जवाहरलाल नेहरु विश्वबिद्यालयस्थित तराइ मधेश स्टडी ग्रुपले प्राध्यापक एसडी मुनिसहितको उपस्थितीमा मधेशी मोर्चासम्बद्ध नेताहरुसँग अन्र्तक्रिया गर्ने भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment