Sunday, May 31, 2015

कसरी छुटाउन सकिन्छ त सुर्तीजन्य पदार्थको लत ?

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने भनाइ आजभोली हरेक व्यक्तिलाई थाहा भएको सामान्य कुरा हो । धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्दछ भन्ने थाहा हुँदाहुँदै पनि नेपालसहित विश्वभर कुनै न कुनै बहानामा धेरै व्यक्तिहरु सुर्तीजन्य पदार्थ सेवनको लतमा फसेका छन् । महिला, पुरुष, धनी, गरिव, बालबालिका, किशोर किशोरीरु, युवायुवती, बृद्धबृद्धादेखि चिकित्सक र स्वास्थ्यकर्मी समेतले लुकेर होस् या खुल्ला रुपमा नै किन नहोस् चुरोट तथा अन्य कुनै न कुनै सुर्तिजन्य पदार्थ सेवन गरिरहेका छन् । कोहीले साथीभाइको करले, कोहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र कोहीले हर्ष बढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् । विश्वभर सुर्तीजन्य पदार्थको सेवनवाट आम मानिसहरुमा पर्ने गएको समस्या र स्वास्थ्यमा पर्ने असरबारे जनचेतना फैलाउन तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा कम गर्ने नीति नियम बनाउन सहयोग गर्ने उद्देश्यले हरेक वर्ष मे ३१ तारिखका दिन विश्व सुर्तीजन्य पदार्थरहित दिवस विविध कार्यक्रम गरी मनाइन्छ । विश्व स्वास्थ्य संगठनको आयोजनामा यस बर्ष ‘सुर्तीजन्य पदार्थको गैरकानुनी व्यापारलाई रोकौं’ भन्ने मुल नारा सहित मनाइँदै छ । गत वर्षदेखि विश्वभर सुर्तीजन्य पदार्थमा लगाइएको करमा वृद्धि गरी यसको प्रयोग घटाउने प्रयत्न गरिएको थियो । हाल सुर्तीजन्य पदार्थको प्रयोग केहि घट्दोक्रममा देखिए तापनि उल्लेखनीय सुधार आउन सकेको छैन । एक सर्वेक्षण अनुसार विश्वमा प्रयोग हुने हरेक १० वटा चुरोटमध्ये एउटा चुरोट गैरकानुनीरुपमा बिक्री वितरण भइरहेको देखिएको छ । सुर्तीजन्य पदार्थमा कर बढाउनुको उद्देश्य नै यसको प्रयोगमा कमी आवस् भन्ने हो । तर त्यस्मा उल्लेखनीय सुधार हुन सकिरहेको छैन । त्यसैले यसको विक्री वितरणलाई नियन्त्रण गर्न यसको गैरकानुनी व्यापारलाई रोक्नुपर्दछ । यही मान्यतालाई ध्यान दिएर यस वर्षको नारा ‘सुर्तीजन्य पदार्थको गैरकानुनी व्यापारलाई रोकौं’ भन्ने तय गरिएको हो । विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार विश्वभर करिव ६ मिलियन ब्यक्तिहरु सुर्तीजन्य पदार्थको सेवनको कारणबाट ज्यान गुमाइरहेका छन् । जसमध्ये करिव ६ लाख मनिसहरु अरुले सेवन गरेको सुर्तीजन्य पदार्थको प्रभावले ज्यान गुमाइरहेका छन् । हरेक छ सेकेण्डमा एक ब्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको छ । करिव ८० प्रतिशत प्रयोगकर्ताहरु हाम्रो देश जस्ता कम तथा मध्यम आयस्रोत हुने देशहरुमा छन् । यस अर्थमा हेर्ने हो भने हाम्रो जस्तो मुलुकमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नको लागि हामी सबै लाग्नुपर्ने देखिन्छ । सुर्तीजन्य पदार्थका असरहरु चुरोट, सुर्ती, खैनी, तमाखु आदि बढी मात्रामा प्रयोग हुने सुर्तीजन्य पदार्थ हुन् । सेवन गर्ने वित्तिकै तत्काल असर नपरे पनि लामो समय पछि यिनीहरुको गहिरो असर देखिने गर्दछ । हालसम्म ४ हजार भन्दा बढी रसायनहरु सुर्तीजन्य पदार्थमा भेटिइसकेको छ । जसमध्ये करिव २५० हाम्रो शरीरका लागि हानीकारक छन् र ५० वटा भन्दा बढीले क्यान्सर निम्त्याउँदछन् । यो कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । सामान्य रुपमा मुख, गिजा तथा दाँतहरुको समस्यादेखि लिएर फोक्सो, मुटु र पेटमा असर गर्ने क्षमता सुर्तीजन्य पदार्थहरुमा हुन्छ । संसारभर नसर्ने रोगहरुको प्रकोप बढ्दो क्रममा छ । जसको प्रमुख कारक तत्व भनेको नै हाम्रो जीवन शैली र सुर्तीजन्य पदार्थको प्रयोग नै हो । लामो समयसम्म निरन्तर प्रयोग गर्नाले नसर्ने खालका दीर्घ रोगहरु देखा पर्दछन् । रक्तनली विगार्ने, रक्तचाप बढाउने, मुटुसम्वन्धी दीर्घरोग लाग्ने, हृदयाघात हुने, मस्तिकमा असर गर्ने, फोक्सो विगार्ने, दम हुने, फोक्सोको क्यान्सर हुने, स्वासनलीको क्यान्सर हुने, रगत तथा पाठेघरको क्यान्सर हुन मद्दत गर्ने आदि जस्ता रोगहरु सुर्तीजन्य पदार्थको सेवनले लाग्छ । त्यसैगरी गर्भवती आमाले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भ खेर जाने, मरेको बच्चा जन्मिने, समय नपुगी जन्मिने, कम तौल भएको बच्चा जन्मिने तथा शिशुको शारिरीक तथा मानसिक विकासमासमेत असर गर्दछ । सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुको मुख गन्हाउँछ । जस्ले गर्दा अरु व्यक्तिहरु उसको नजिक पर्न हिचकिचाउँछन् । एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थको कारणबाट अरु नजिकका व्यक्तिहरुलाई समेत असर पारिरहेको हुन्छ । रोकथाममा नेपालको प्रयास सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन जारी गरेको छ । प्रभावकारी कार्यान्वयन गर्न जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ०७१’ जारी पनि भइसकेको छ । नीति नियममा हाम्रो देश नेपाल बलियो नै देखिन्छ । यद्यपी कार्यान्वयन पक्ष भने त्यति राम्रो देखिएको छैन । सुर्तीजन्य पदार्थको बट्टामा नकारात्मक असर गर्ने चित्र अंकित गरिएको छ । सम्पूर्ण सार्वजनिक ठाउँहरुमा सुर्तीजन्य पदार्थको प्रयोगमा प्रतिवन्ध लगाइएको छ । तर यसको पूर्ण पालना भैरहेको छैन । नियमित अनुगमन र कारवाही पनि हुन सकेको छैन । सुर्तीजन्य पदार्थको करबाट उठेको रकमको ७५ प्रतिशत रकम वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र २५ प्रतिशत रकम क्षयरोग तथा अन्य रोग नियन्त्रणमा लगानी गर्ने भन्ने उल्लेख छ । नेपाल सरकारको तर्फबाट सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा तथा सुर्तीजन्य पदार्थको प्रयोग परित्याग गर्ने जस्ता कार्यक्रमहरु अगाडि बढाइएको छ । तैपनि यी कार्यहरुको पुर्णरुपमा पालना तथा अनुगमन हुन सकेको छैन । यसकालागि सरकार मात्र नभइ हरेक ब्यक्ति, समाज, संघ संस्था सबै लाग्नुपर्ने देखिन्छ । कसरी छुटाउन सकिन्छ लत ? कुनै पनि लतबाट मुक्त हुनु त्यति सजिलो कुरा पक्कै पनि होइन । सानैदेखि लागेको बानी कहाँ जान्छ र भन्छौं हामी । तर, लत त्याग्ने प्रयत्न गर्दैनौं । यदि कोशिस गर्ने हो भने लत हटाउन सकिन्छ सजिलै । भनिन्छ नी संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । त्यसका लागि हामीले निरन्तर इमान्दारीतापूर्वक प्रयत्न भने जारी राख्नुपर्छ । त्यसैले सानैदेखि लागेको बानी हटाउन सकिँदैन भन्ने पुरानो मानिसकतालाई सबैभन्दा पहिले हामीले त्याग्न जरुरी छ । आत्मैदेखि र मानसिकरुपमा तयार भएर म यो लत छुटाउँछु भनेर लाग्ने हो भने सहजै छुटाउन सकिन्छ । यस्ता लट हटाउन बिभिन्न स्वास्थ्य संस्था, क्लिनिकहरु पनि खुलेका छन् । निम्न कुराहरुमा ध्यान दिने हो भने सुर्तीजन्य पदार्थको लतबाट मुक्ति पाउन सकिन्छ । अरुको दबावबाट होइन की भित्री मनदेखि नै सुर्तीजन्य पदार्थको म प्रयोग गर्दिन भनेर दृढता व्यक्त गर्नुस् र आत्मबल सहित मानसिकरुपमा तयार हुनुहोस् । एकैपटक म छोड्छु भनेर लाग्दा अन्य किसिममा समस्याहरु देखिन सक्ने हुंदा १-२ हप्ता कम मात्रा तथा पटक घटाउनुहोस् । तपाईंले एक दिनमा ५ खिल्ली चुरोट खानुहुन्छ अथवा एक दिनमा ५ प्याकेट गुटखा खानुहन्छ भने एक दिनमा ३ खिल्ली चुरोट खानुस् र एक दिनमा ३ प्याकेट मात्रै गुटखा खानुस् । यो मात्रा दैनिकरुपमा घटाउँदै जानुस् । सजिलै धुमपान र मद्यपान जस्ता कुलतबाट मुक्ती मिल्छ । आफ्नो योजनालाई परिवारका सदस्य, अफिसका साथीहरु, कलेजका साथीहरु लगायत आफ्नो नजिकमा सम्पूर्ण व्यक्तिहरुलाई सुनाउनुहोस् । सुर्तीजन्य पदार्थमा हजुरले गरेको दैनिक लगानीको हिसाब किताव गर्नुहोस् र उक्त रकम कुनै नयाँ काममा लगानी गर्ने तर्फ सोच बनाउनु होस् । सुर्ती चुरोट लगायत अन्य कुनै पनि सुर्तीजन्य पदार्थहरु आफ्नो घर अफिसबाट हटाउनुहोस् त्यसको सट्टामा मिठाई, चकलेट आदि राख्न्नुहोस् । सुरु सुरुको अवस्थामा अन्य खानेकुराहरु जस्तैः छुर्पी, चकलेट आदिले मुखलाई व्यस्त बनाउनुहोस् । पहिला सुर्ती जन्य पदार्थ सेवन गरेर सकिने समयलाई अन्य तरिकाले व्यतित गर्नुहोस् । गीत सुन्ने, पत्रिका पढ्ने तथा अन्य चिजहरु चकलेट, फलफूलको सेवन गर्नुहोस् । बिहान साँझ कसरत तथा अन्य कृयाकलापहरुमा व्यस्त रहनुहोस्, पानी धेरै पिउने बानी बसाल्नुहोस् । माथिका यी कृयाकलापहरुलाई नियमित रुपमा दोहोर्‍याउनुहोस् जसले गर्दा सुर्तीजन्य पदार्थको सेवनलाई छोड्न सहयोग पुग्दछ । सुर्तीजन्य पदार्थको प्रयोगलाई त्याग्नैपर्छ । यसको प्रयोगबाट हाम्रो स्वास्थ्यमा पर्न गएका असरहरु घटाएर स्वस्थ जीवन विताउन तर्फ हामी सबैको ध्यान जान जरुरी छ । किनकी रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु वेश हुन्छ ।

Saturday, May 30, 2015

अर्थमन्त्रीका पीएले २७० बण्डल जस्ता बेच्न खोजेपछि….. (बैंकले विद्यालयलाई दिएको जस्तामा कांग्रेस नेताको घोटाला)

१६ जेठ, काठमाडौं । इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायतास्वरुप दिएको तीन सय बण्डल जस्ता अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले बेच्न लैजाँदै गरेको अवस्थामा स्थानीयबासीले पक्रेर प्रहरीलाई बुझाएका छन् । विद्यालयलाई दिएको जस्ता बिक्रीमा लैजाँदै गरेको थाहा पाएपछि स्थानीयबासी यतिबेला छहरेमा भेला भएर अर्थमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् । बैंकले उक्त जस्ता पाता कबिलासका विद्यालय भवन बनाउनका लागि सरकारलाई दिएको थियो । उक्त जस्ता गाडीमा हालेर कबिलास पुर्‍याइएको थियो । अर्थमन्त्रीका सहयोगी रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएर बाँकी २७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेका थिए । गाडी फर्काएर छहरे भन्ने ठाउँमा रोकेपछि रमेशले गाडी चालकलाई फोन गरेर सो जस्ता कोटेश्वस्थित हार्डवेयर पसलमा झारिदिन आग्रह गरे । त्यसपछि गाडी चालक र महतवीच भाडामा बार्गेनिङ सुरु भयो । चालकले त्यति थोरै पैसामा आफूले जस्ता काठमाडौं नपुर्‍याउने बताए । फोनमा बार्गेनिङ हुन थालेपछि स्थानीयले शंका लागि गाडीमा हेर्दा जस्तापाता फेला पर्‍यो र तत्कालै नुवाकोट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई खबर गरियो । स्थानीयबानसीले अनलाइनखरबलाई दिएको जानकारी अनुसार महतले उक्त जस्ता कोटेश्वरको जस्ता पसलमा बुझाइदिन अह्राएको चालकले वयान दिएका छन् ।

Friday, May 29, 2015

पानीमाथि दौडिन सक्ने युवती, जादू होइन साँच्चीकै (फोटोफिचर सहित)

पानीमाथि हिड्ने भनेपछि कुनै जादुको काम भन्ने सोँच्नुहोला । तर लेन्का ट्यानर कुनै जादुगर होइनन् । न त उनले जादुगरले जस्तै बरफको ढिक्का वा पानीमा तैरिने वस्तुको प्रयोग गर्छिन् । स्लोभाकियाकी यी २८ वर्षे पौडीबाज सिंक्रोनाइज्ड स्विमर हुन् र उनको क्षमताको राज भनेकै उनी पानीमुनि उल्टो भएर पनि हिड्न सक्छिन् र पानीको सतहमा पनि दौडिन सक्छिन् । सन् २०१० देखि बेलायतको नटिंघममा बस्दै आएकी लेन्काले पछिल्लो २० वर्षदेखि पानीमा हिड्ने यो स्टन्टको तालीम लिइरहेकी छिन् र आफ्नो यो सीपलाई अब पौडीखेलको प्रवर्द्धनमै प्रयोग गर्नसक्ने आशा उनमा छ ।
‘मेरो लागि पानीमा दौडिनु कुनै गाह्रो काम होइन, किनकी मैले २० वर्षदेखि यो अभ्यास गर्दै आएकी छु’ उनी भन्छिन्, ‘मेरो लागि महत्वपूर्ण कुरा भनेको मेरो खेललाई बढावा दिनु हो ।’ लेन्का ६ वर्षकी हुँदादेखि नै पौडीखेलमा सहभागी हुँदै आएकी थिइन् । लेन्काले अहिले अक्वास्टार्स नामक सामुहिक पौडी समूहको गठन गरेकी छिन् । यो समुहले नटिंघममा नियमित रुपमा पौडी अभ्यास गर्दै आएको छ । आफ्नो यो सीप आफ्ना सहकर्मीहरुमा पनि सिकाउने लक्ष्य उनको छ ।

बुटवल पावर कम्पनीले अवरुद्ध विद्युत् उत्पादन सुरु गर्‍यो

६ जेठ, प्यूठान । बुटवल पावर कम्पनी (विपिसी) प्यूठानले पाँच दिनदेखि अवरुद्ध रहेको विद्युत् उत्पादन शुक्रबारबाट सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले चितवन र लमही हुँदै प्यूठानसम्म वितरण गर्ने १३२ केभी विद्युत् प्रसारण लाइनमा विद्युत् आपूर्ति कटौती गर्दा सो कम्पनीले विद्युत् उत्पादन बन्द गरेको थियो । विपिसीले विद्युत् उत्पादन नहुँदा र नेपाल विद्युत् प्राधिकरणले पश्चिम क्षेत्रमा आपूर्ति गर्दै आएको १३२ केभी विद्युत् प्रसारण लाइनमा समस्या हुँदा झन्डै एक सातासम्म प्यूठान, रोल्पा, अर्घाखाँचीसँगै यस क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमितता भएको र विद्युत् आपूर्तिमा केही सुधार भएपछि उत्पादन सुरु गरेको वितरण प्रमुख श्याम थापाले बताए । “विद्युत् प्राधिकरणले यस क्षेत्रको विद्युत् आपूर्तिमा प्राविधिक समस्यासहित भूकम्प प्रभावित जिल्लामा थप विद्युत् पठाएकाले समस्या आएको थियो ।” प्राधिकरण बिजुवार शाखाका निमित्त प्रमुख प्रकाश केसीले भने “प्राधिकरणको प्राविधिक समस्या समाधान भयो । विपिसीले पनि विद्युत् उत्पादन सुरु गरेको छ । अब विद्युत् आपूर्तिको समस्या समाधान हुन्छ ।” गर्मी मौसम सुरु भएसँगै विद्युत् धेरै खपत हुने गरेको र विद्युत्को उत्पादनदर पनि घट्दै गएकाले विद्युत्को आवश्यकताअनुसार पूर्ति गर्नसक्ने अवस्थामा अहिले आफूहरु नभएको समेत वितरण शाखा प्रमुख थापाले बताए । रासस

काठमाडौ केन्द्र बनाएर १२ भूकम्पको झड्का

१६ जेठ, काठमाडौ । वैशाख १२ को विनाशकारी महाभूकम्पपछि काठमाडौ केन्द्र भएर नै १२ भूकम्प गएका छन् । महाभूकम्पपछि पनि शक्तिशाली भूकम्प गएको र पटक पटकको पराकम्पले गर्दा त्रास अझै हट्न सकेको छैन । काठमाडौ बढी जोखिमपूर्ण रहेको भूगर्भविदहरुले बताएपछि काठमाडौमा बस्नेहरुलाई बढी नै त्रास रहेको देखिन्छ । भूकम्प गएको एक महिना भन्दा बढी भइसक्दा पनि राजधानीको जनजीवन पुरानै अवस्थामा फर्किन नसकिरहेका बेला काठमाडौ उपत्यका केन्द्र भएर पराकम्पहरु गइ नै रहेपछि त्रास अझ बढेको हो । शनिवार विहान एक बजेर ५२ मिनेट जाँदा काठमाडौ नै केन्द्र बनाएर ४ म्याग्नेच्यूटको पराकम्प आएको थियो । जुन, राती मस्त निदाएकाहरुलाई त्रसित बनाउने किसिमको थियो । कम म्याग्नेच्यूटको भए पनि ठूलै झड्का दिएपछि राती नै काठमाडौबासीहरु घर बाहिर निस्किएका थिए । वैशाख १२ को भूकम्पपछि दुई हजार बढी पराकम्प गइसकेको छ भने काठमाडौ केन्द्र भएर अहिलेसम्म १२ वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कुकुरको भव्य विवाह, बेहुली कुकरले लगाइन् २ लाखको पहिरन (फोटो फिचर)

अस्ट्रेलियाका मेलवर्नमा हालै भएको कुकुर विवाह निकै चर्चाको विषय बनिरहेको छ । भाले र पोथी कुकुरबीच भएको विवाह कुनै करोडपति मानिसको विवाह भन्दा कम भव्य थिएन । नहोस् पनि किन ? विवाह समारोहमा बेहुली बनेकी जस्मिन नामकी पोथी कुकुरले २ हजार डलर अर्थात् २ लाख रुपैयाँ पर्ने पहिरन लगाएको थियो । बेहुलो भाले कुकुरको नाम ज्यास्पर थियो र उसले पनि महंगो शुट पहिरिएको थियो । यो भव्य तथा महंगो र अनौठो विवाहमा सहरका साढे ३ सय भन्दा बढि मानिस सहभागी भएका थिए । बेहुली कुकुरले लगाएको ड्रेस चानचुने थिएन । अस्ट्रेलियाका चर्चित डिजाइनर क्रेग ब्रुबुकले उक्त पहिरन डिजाइन गरेका हुन् । सेतो रंगको तथा कृत्रिम हिरा जडित उक्त पहिरनमा जस्मिनको रुप निकै खुलेको थियो । कुकुर र कुकुर्नीको यस्तो महंगो विवाह कसले गराइदियो होला ? वास्तवमा कुकुरको उद्धार तथा स्याहारमा संलग्न संस्था पग रेस्क्यु एण्ड एडप्सन भिक्टोरिया नामक संस्थाले यो भव्य विवाहको आयोजना गरेको हो । उक्त संस्थाका अनुसार यी जस्मिन र ज्यास्परबीच पछिल्लो ७ वर्षदेखि प्रेम चलिरहेको छ । मेलबर्न सहरको पश्चिमी तट बेथर्स प्याभेलियनमा अघिल्लो आइतबार भएको विवाहमा उपस्थित पाहुनाहरुले आ आफ्ना घरका पाल्तु कुकुर लिएर सहभागी भएका थिए ।

राजधानीमै बन्दैछ लासहरुको छुट्टै सहर !

लासको सहर ! सुन्दैमा झसँग भइने । वास्तवमा सहर त जिउँदो मान्छे बसेको पो हुन्छ, मरेको मान्छे अर्थात् लासको सहर कसरी हुन्छ ? तर विश्वमा एउटा यस्तो देश पनि छ जसले मरेका मानिसहरुका लागि छुट्टै सहरको निर्माण गर्दैछ । लासहरुको यो अनौठो सहरमा एयर कण्डिसनर, चम्किला विजुली बत्ती तथा लिफ्ट लगायतका सम्पूर्ण आधुनिक सुविधाहरु उपलब्ध हुनेछन् । लासहरुको यो सहर इजरायलको राजधानी जेरुसेलममा बन्न लागेको हो । जेरुसेलमलाई यहुदीहरुको पवित्र सहर पनि मानिन्छ । यहुदीहरुले मानिस मरिसकेपछि जेरुसेलममै अन्त्येष्टि गर्दछन् । इजरायलमा वर्षेनी ३५ हजार यहुदीको मृत्यु हुने गरेको छ । सोही कारणले अन्त्येष्टिका लागि समेत जग्गाको अभाव हुदै गएको छ र बचेको जमिनको भाउ पनि आकाशिएको छ । अन्त्येष्टिका लागि जग्गाको अभाव हुँदै गर्दा समस्याको समाधान खोज्दै मानिसहरुले ५ करोड डलरको कोष खडा गरेर विशाल मुर्दाघर बनाउन थालेका छन् । उक्त मुर्दाघरमा २० हजार भन्दा पनि बढि लासलाई अन्त्येष्टि गर्न सकिनेछ । उक्त भवनमा कैयन् भूमिगत सुरुङ हुनेछन् ।

९ हजारको खाना खाएर २ लाख ‘टिप्स’

रेष्टुरेन्टमा खानपिन गरेपनि उठेको बिलमा केही थपथाप गरेर वेटरलाई टिप्स दिनु स्वभाविकै हो । तर यदि कसैले उठेको बिलभन्दा २२ गुणा बढि टिप्स दिन्छ भने त्यो आठौँ आश्चर्य नभएर के होला ? अमेरिकामा भएको छ यस्तै । अमेरिकाको वासिंटनका एक मनकारी मानिसले यो हप्ता एउटा रेष्टुरेन्टका कर्मचारीलाई झण्डै मुर्छा पर्ने बनाइदिए । उनले सोमबार बेलुकी साथीसँगै गएर ब्लु ४४ रेष्टुरेन्टमा बियर तथा गुम्बो भन्ने परिकार खाए । त्यसको बिल उठ्यो ९३ डलर, अर्थात् झण्डै साढे ९ हजार रुपैयाँ । तर उनले वेटरले ल्याएको बिलको झण्डै २२ गुणा रकम छाडे, बिलबुकमा । ९३ डलरको बिल तिर्नुपर्नेमा ती पुरुषले २ हजार डलर अर्थात् झण्डै २ लाख रुपैयाँ टिप्स दिएका हुन् । रेष्टुरेन्टका प्रोप्राइटर क्रिस नार्देलीका अनुसार गुम्बो निकै मन पार्ने ती मानिसले बिलमा लेखेका थिए -‘तपाइँको गुम्बोका लागि धन्यवाद’। उनले ९३ डलरको बिलमा २ हजार डलर टिप्स दिएको थाहा पाउँदा सबै कर्मचारी आश्चर्यचकित भएको र ग्राहकको सन्तुष्टि देखेर मख्ख परेको बताए । आफ्नो नाम नखुलाएका ती ग्राहकले त्यो टिप्स कसलाई दिने भन्ने बारेमा पनि खुलाएका रहेछन् । आफुले दिएको २ हजार डलर मध्ये १ हजार डलर भान्छे जेम्स टर्नरलाई र अरु ५-५ सय डलर प्रोप्राइटर नर्देली र वेट्रेस लाउरलाई ड्यालीलाई दिन उनले आग्रह गरेका छन् ।

कुकुरको मृत्युलाई ५ सयलाई मृत्यु भोज, कपाल मुण्डन

मान्छेको मृत्य हुँदा पितृ प्रसाद ग्रहणका लागि पुण्य तिथीका अवसरमा पितृभोजको आयोजना गर्ने चलन त रहेकै हो । तर हुँदाहुँदा कुकुर मर्दा समेत सयौँ मानिसलाई बोलाएर मृत्यु भोजको आयोजना गरिएको छ । आफ्नो घरमा पालिरहेको जर्मन शेपर्ड जातको प्यारो कुकुर मरेसँगै एउटा परिवारले भव्य मृत्युभोजको आयोजना गरेको छ । भारतको इन्दौरमा क्याटरिङ व्यवसाय गर्ने एक परिवारले आफ्नो परिवारको सदस्यलाई जस्तै माया गर्ने कुकुर पिकी मरेपछि हिन्दु विधिविधान सहित उसको अन्तिम संस्कार मात्र गरेनन् झण्डै ५ सय आफन्तलाई निम्ता गरेर मृत्युभोजको समेत आयोजना गरे । रुक्मिणी नगरका पप्पु चौहानको १२ महिनाको कुकुर पिकीको मृत्यु भएपछि परिवारमा शोक छायो । मानिसको मृत्यु हुँदाजस्तै सारा विधि पूराएर अन्त्येष्टि गरियो । अनि १२ औँ दिनको पुण्य तिथीमा मृत कुकुरको आत्माको स्वर्गमा बास होस् भनि भव्य मृत्युभोजको आयोजना गरियो । चौहानका अनुसार पिकी उनको परिवारको छोरी जस्तै प्यारो थियो । ७ महिनाअघि माथिल्लो तलाबाट खेल्ने क्रममा खसेपछि पिकीको ढाड भाँचिएर ओछ्यानमा परेको थियो र सात महिनासम्म ओछ्यानमा परेसँगै गएको मे १४ मा उसको मृत्यु भयो । पिकीको मृत्युमा चौहानका कान्छा छोरा विवेकले कपाल मुण्डन समेत गरे ।

गुगलले मनायो नेपालको गणतन्त्र दिवस

विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ । देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्नो पेजमा राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ । नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले पहिलोपटक आफ्नो सर्च इन्जिनको होमपेजमा स्वयम्भू, पशुपतिनाथ र मैनबत्तिको बिशेष आकृति राख्दै नेपालप्रति सम्मान प्रकट गरेको छ । गुगलले आफ्नो ब्लग पोष्टमा लेखेको छ- एक दशक लामो विद्रोह र आन्दोलनपछि सन् २००८ मे २८ मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो । सात वर्षपछि नेपाल शान, शान्ति र अधिकारको अन्तराष्ट्रिय प्रतिक बनेको छ ।’ गुगलले आफ्नो डुडल पेजले आजका दिन सारा नेपालीलाई आफु बिश्वका लागि प्रेरणा बनेको महसुस गराउने बिश्वास ब्यक्त गरेको छ । नेपालीहरुको उच्च लगनशीलताले हामी सवैको मार्गमा प्रकाश छर्ने गुगलले विश्वास लिएको छ । हालैको विनाशकारी भूकम्पछि सारा बिश्वको मन र मष्तिस्क नेपाल र नेपालीसँगै रहेको भन्दै गुगलले भनेको छ- यो तस्वीरले राष्ट्रिय दिवसको उत्सव, बुद्धको प्राथना र बिश्वका लागि मार्गदर्शक प्रकाशको अर्थ दिने छ । नेपालबाट गुगल सर्च गर्ने सवै ग्राहकले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् । प्रयोगकर्ताले यसलाई सामाजिक संजालमा सेयरसमेत गर्न सक्छन् ।

धादिङलाई केन्द्र बनाएर ५.२ रेक्टरको पराकम्प

१५ जेठ, काठमाडौं । धादिङलाई केन्द्र बनाएर बिहीबार अपराहृन ५.२ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ४४ मिनेटमा ५.२ रेक्टर स्केलको पराकम्प गएको हो । यससँगै बिहीबार पाँच पराकम्प गएको छ । मध्यहृन १२ बजेर ३० मिनेटमा धादिङ र गोरखाको सीमालाई कैन्द्र बनाएर ४.८ रेक्टर स्केलको पराकम्प गएको थियो । वैशाख १२ को विनाशकारी भूकम्पपछि २ सय ७० भन्दा बढी पटक ४ रेक्टर स्केलभन्दा माथिका पराकम्प गइसकेको छ । ठूलो भूकम्पछि ससाना पराकम्प गइरहने भन्दै भूकम्प विद्हरुले नआत्तिन र सकर्त रहन आग्रह गरेका छन् ।

Wednesday, May 27, 2015

पोखरामा अनौठो सर्प भेटियो (तस्बीरसहित)

पोखरा, जेठ १३–पोखरामा मंगलबार अनौठो सर्प भेटिएको छ । शिशुवामा नजिकै टल्कने सुनौलो रङको अनौठो दुर्लभ सर्प भेटिएको हो । मंगलबार बिहान यस्तो प्रकृतिको सर्प भेटिएपछि नाग देवता भन्दै पुजा गर्नेको भीड लागेको छ । देशमा परेको विपतबाट छुट्कारा दिलाउन र शुख शान्ति र समृद्धि मिलोस् भन्ने कामनासहित स्थानीयले जोडी सर्पको भव्य पुजा गरेका हुन् । सर्पलाई वन कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । अत्यन्तै दुर्लभ प्रजातिको उक्त जोडी सर्पको उद्धार गरी जिल्ला वन कार्यालय कास्कीमा ल्याइएको छ । अनौठो सर्पलाई सुरक्षित ठाउँमा लगेर छाडिएको जिल्ला वन कार्यालय कास्कीका सहायक वन अधिकृत खगेन्द्र बरालले बताए । आजको रातो पाटीमा । खबर छ

राहतको पैसाले घर र गाडी किनेको भेटियो

केही दिन अघि अमेरिकाबाट आएका एकजना गैरआवासीय नेपाली (एनआरएन)ले मसँग भेट गर्नुभयो । उहाँले सरकारको खातामा जम्मा भएको रकम दुरुपयोग हुनसक्ने भन्दै मसँग गुनासो पनि गर्नुभयो । मैले उहाँलाई भनें- प्रधानमन्त्री राहत कोषमा जम्मा भएको पैसा योजना आयोगको उपाध्यक्ष अध्यक्ष भएको संयन्त्रले खर्च गर्छ, जसमा नेपाल सरकारका ६ जना सचिव हुन्छन् । र, यो पैसाबाट एक रुपैयाँ पनि प्रशाशनिक खर्च हुने छैन । संवैधानिक निकायकोरुपमा रहेको महालेखा परीक्षकले यसको अडिट गर्छ । सरकारले संसद, जनता, अख्तियार र मिडियालाई पारदर्शीरुपमा हिसाब बुझाउनुपर्छ । त्यसैले प्रधानमन्त्री राहतकोषमा जम्मा भएको एक रुपैयाँ पनि हिनामिना हुँदैन भनेपछि एनआरएनका ती मित्रले ‘ओ हो कुरो यस्तो रहेछ । तर, अमेरिकामा त सरकार कांग्रेस र एमालेको छ, प्रधानमन्त्री राहतकोषमा जम्मा भएको रकम कांग्रेस र एमालेका कार्यकर्तालाई मात्रै बाँडिन्छ, त्यसैले संससंस्थामा जम्मा गरेको राहतको मात्रै सदुपयोग हुन्छ भन्ने व्यापक हल्ला छ’ भन्नुभयो । म तपाईहरुलाई यो कुरा प्रष्ट बताउँ कि नेपालमा एउटा समूह नै रहेछ, जो निरन्तर द्वन्द्व भइरहोस्, भूकम्पलगायतका महाविपत्तिहरु आइरहुन् भन्ने ठान्दो रहेछ हाइटीमा भूकम्प गएका बेला काम गरेका एकजना प्राध्यापकलाई संयोगबस काठमाडौंमा भेट्ने अवसर पाएँ । उहाँले यतिबेला एउटा यस्तो समूह हुन्छ, जसले राहत संकलनका नाममा ब्रम्हलुट गर्छ भन्ने सुनाउनु भयो । मैले स्वयं पनि त्यस्ता सक्रिय समूहहरु भेटेँ । त्यसैले बरु त्यस्तो राहत नआए पनि नआओस् भनेर भूकम्प पीडितलाई राहत संकलन गर्ने नाममा बैशाख १२ गतेपछि खुलेका खाता ‘एयरमार्क’ गरी राष्ट्र बैंकमा रहेको सरकारको खातामा सीधै जम्मा गर्ने निर्णय गरिएको हो । नेपालमा एउटा गिरोह नै छ म तपाईहरुलाई यो कुरा प्रष्ट बताउँ कि नेपालमा एउटा समूह नै रहेछ, जो निरन्तर द्वन्द्व भइरहोस्, भूकम्पलगायतका महाविपत्तिहरु आइरहुन् र बैंक खाता खोलेर स्वदेश तथा विदेशमा रहेका नेपाली तथा संघ संस्थाबाट पीडितका लागि भन्दै राहत संकलन गर्न पाइयोस् भन्ने ठान्दोरहेछ । त्यस्ता उद्देश्यले खोलिएका सामान्य खातामा पनि २०/२५ लाख रुपैयाँ जम्मा हुँदो रहेछ । त्यो रकम लिएर यहाँ आउने अनि दुई चार जना मिडियाका साथीहरु बोलाएर १० प्रतिशत राहत बाँडेको देखाउने अनि अतिरिक्त शुल्क (ओभरहेड) जोडेर ९० प्रतिशत झ्वाम पार्ने प्रवृत्ति रहेछ । मिडियाका साथीहरुले पनि राहत बाँडेको फोटोसहित देखाइदिनुहुन्छ । अनि त्यो संस्थाले मेरो संस्थाले पीडितका लागि यस्तो गर्‍यो, उस्तो गर्‍यो, तर सरकारले खै गरेको ? भन्दै हिँड्ने पेशा नै रहेछ केही मानिसहरुको । गरिब नेपालीका नाममा सार्वजानिकरुपमा चन्दा माग्ने अधिकार सरकारबाहेक अरु कसैलाई छैन । त्यस्तो पैसा देशमा भित्र्याएर देशको बेइज्जत गर्नुछैन । म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको खर्च एक रुपैयाँ पनि दुरुपयोग हुने छैन । प्रशासनमा एक रुपैयाँ पनि खर्च गरिने छैन नेपालीको नाममा सार्वजानिकरुपमा आहृवान गरेर पैसा उठाउने त्यो संस्था र व्यक्तिले अडिट पनि गर्नु नपर्ने, आफूले मनलाग्दी खाए पनि हुने । सरकार एकदमै कमजोर र भ्रष्ट छ भनेर विदेशमा प्रचार गर्दै हिँड्ने । उनीहरुले म र मेरो संस्थामात्रै ठीक सरकार बेठीक भनेर प्रचार गर्ने गरेको पाइयो । उ ठीक हो कि होइन भनेर उसको अडिट रिपोर्ट सार्वजानिक हुँदैन । दशकौंदेखि नेपालमा विभिन्नखालको उत्पात भइराखोस् र गरिब नेपालीका नाममा विदेशमा रकम संकलन गरेर झ्वाम पार्न सक्रिय गिरोहले सरकार भ्रष्ट छ, अपारदर्शी छ भनेर भ्रम फैलाइरहेका साथीहरुले संकलन गरिएको राहतबाट घर र गाडी किनेकोसमेत भेटियो । उनीहरु मसँग आएर निकै उफ्रिए । तपाईहरुले ती मान्छे र संस्थालाई चिन्नुहुन्छ म अहिले तिनीहरुको नाम सार्वजानिक गर्न चाहन्न । ती साथीहरुले तत्काल एयरमार्क रोक्नुपर्‍यो भन्दै अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसमेतलाई दबाव दिए । भ्रष्टाचारको सम्भावना छैन जब कि अहिलेको स्थितिमा सरकार जनताबाट निर्वाचित भएर आएका प्रतिनिधिका बीच अर्थात संसदप्रति उत्तरदायी छ । साथै, जनता, अख्तियार र मिडियाप्रति उत्तरदायी छ । सभासदले एउटा त्रिपाल लिएर जाँदा मिडियाले मुख्य समाचार बनाए । जसकारण सभासदहरुले त्रिपाल फिर्ता गर्नुपर्‍यो । ती सभासदहरुको पनि घर भत्किएको थियो होला । त्रिपालमा बस्नुपर्ने अवस्था थियो होला । फलानो बैंकले भूकम्प पीडितलाई यति करोड राहत दियो भनेर सुन्न पाइयोस् । यो तपाई बैंकरहरुको सामाजिक उत्तरदायित्व पनि हो तर, मिडिया र सोसल मिडियामा भएको आलोचनापछि सभासदहरुले त्रिपाल फिर्ता गरे । यसले के देखाउँछ भने सरकारबाट वितरण हुने राहतमा एउटा त्रिपाल पनि हिनामिना वा दुरुपयोग हुने सम्भावना न्यून छ । म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको खर्च एक रुपैयाँ पनि दुरुपयोग हुने छैन । प्रशासनमा एक रुपैयाँ पनि खर्च गरिने छैन । हाइटीमा भूकम्प पीडितका लागि ६ विलियन डलर बैदेशिक सहायता आयो । तर, सरकारी संयन्त्रले खोज्दा पनि ३ बिलियन डलर मात्रै भेट्टायो । अरु पैसा कहाँ गयो कहाँ ? र, यतिखेर नेपाललाई हाइटीसँग तुलना गरेर विश्लेषण गरिएको सुनिरहेको छु । यस्तो महाविपत्ति जापान, चीन र भारतको गुजरातमा पनि आएको थियो । उनीहरुले महाविपत्तिलाई अवसरकोरुपमा परिणत गरेका पनि त छन् नि ? ती ठाउँमा विपत्तिको सम्पूर्ण व्यवस्थापन सरकारमार्फत भएको हो । निजी क्षेत्रलाई सहभागी गराउने आफ्नो पार्ट छ । तर, किन नेपाललाई ती देशसँग तुलना गरेर हेरिँदैन ? अन्त्यमा, बैंकहरुसँग मेरो एउटै आग्रह छ । सरकार र राष्ट्र बैंकलाई तपाईहरुबाट केही चाहिएको छैन, फलानो बैंकले यति नाफा कमायो भनेर जसरी यसअघि पत्रिकामा पढ्न पाइन्थ्यो । बस, त्यसरी नै फलानो बैंकले भूकम्प पीडितलाई यति करोड राहत दियो भनेर सुन्न पाइयोस् । यो तपाई बैंकरहरुको सामाजिक उत्तरदायित्व पनि हो । आज को अनलाइन खबरमा । खबर छ

बसको ढोकाबाट खसेर वीरगन्जमा यात्रुको मृत्यु

वीरगन्ज(पर्सा)-पर्साको बिन्दवासिनीमा बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भेडियाहीबाट वीरगन्जतर्फ आउँदै गरेको ग१ख १४६४ नम्बरको यात्रुबाहक बसबाट लडेर पर्साको भीष्वाकाल रिजवान आलमको मृत्यु भएको हो। हातबाट मोबाइल खसेपछि टिप्नको लागि ओर्लने क्रममा बसको ढोकाबाट लडेर गम्भीर घाइते भएका उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ। बस र चालक बिन्दवासिनी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ। मृतकको साथबाट रु दुई लाख फेला परेका कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस

भ्रष्टाचार अभियोगमा स्वीट्जरल्याण्डमा फिफाका अधिकारी पक्राउ

१३ जेठ, काठमाडौं । स्वीटजरल्याण्डको प्रहरीले भ्रष्टाचारको अभियोगमा अन्तरराष्ट्रिय फुटबल एशोसिएसन फिफाका ६ जना पदाधिकारीलाई बुधबार बिहान गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक हुन बाँकी छ । स्वीट्जरल्याण्डको ज्युरिचस्थित एक होटलबाट उनीहरुलाई पक्राऊ गरिएको बीबीसीले जनाएको छ । वर्षेनी हुने फिफाको बैठकमा सहभागी हुन ज्युरिच पुगेका बेला उनीहरु पक्राउ परेका हुन् । यो बैठकबाट फिफाका अध्यक्ष सेप ब्राटर पाँचौंपटक अध्यक्षमा चुनिने तयारी थियो । द्भ फिफाका अध्यक्ष सेप ब्राटर अमेरिकामा भ्रष्टाचार गरेको आरोपमा उनीहरुलाई स्वीस प्रहरीले पक्राउ गरेको बताइएको छ । पछिल्लो २० वर्षदेखि उनीहरुले पैसा बाहिर पठाउने गरेको आरोपमा उनीहरुलाई पक्राऊ गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमा जनाइएको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरुलाई सादा पोशाकका प्रहरीले पक्रेका छन् । स्वीस न्यायालयको संघीय कार्यालयलाई उधृत गर्दै समाचारमा जनाइए अनुसार उनीहरु भ्रष्टाचारको अभियोगमा समातिएका हुन् । यसअघि फिफा प्रमुख ब्राटरले अमेरिकी अनुसन्धान अाफू विरूद्ध नरहेको भन्दै फिफाका पूर्वअधिकारी विरूद्ध अनुसन्धान भइरहेको हुनसक्ने बताएका थिए ।

हातले खाना खानुका फाइदा

चम्चा तथा काँटाले खानुभन्दा हातले खाँदा अलग्गै आनन्द मिल्छ । यो कसैको व्यक्तिगत विचार होइन, अध्ययनले पुष्टि गरेको कुरा हो । अमेरिकाको म्यानहटनमा केही दिन अघि यस्ता मानिसहरु भेला भए जसले चम्चा, काँटा छाडेर हातले भोजन गर्ने इच्छा राख्दथे । यसमा आम अमेरिकी सर्वसाधारण देखि केही नाम चलेका मान्छेहरु पनि थिए । यद्यपि हातले खाना खाने विषयलाई लिएर विभिन्न खाले धारणाहरु नभएका होइनन् । कतिपय योग विज्ञ तथा वैज्ञानिकहरुले समेत हातले खाना खाने क्रममा हाम्रो हातका अन्य औँला तथा बुढीऔँलाबीच मिलन भएर एउटा मुद्रा बन्ने र त्यो मुद्राले हाम्रो सरीरलाई स्वस्थ राख्न मद्दत पूराउने बताउँछन् । भोजन विज्ञका अनुसार खाना पकाउने प्रक्रिया पनि भावनात्मक विज्ञानमा आधारित रहेको छ । भोजन तयार गर्ने, पकाउने तथा पस्किने प्रक्रियामा पकाउने वा पस्किने मानिसको प्रेम पनि समाहित भएको हुन्छ, जसले आफ्नो प्रभाव छोड्दछ । विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन । आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ । पूर्वीय भोजनहरु खिचडी, दाल-भात, हलुवा, रोटी जस्ता परिकारहरु खानुको असली आनन्द हातबाटै प्राप्त हुन्छ । हातले खाना खाँदा खानेकुरालाई मुछ्ने र हातसम्म पूराउने प्रक्रियामा ध्यान केन्दि्रत गर्नुपर्छ । यसलाई माइण्डफुट सेटिङ पनि भनिन्छ । त्यसैले हातले खानु भनेको चम्चा वा काँटाले खानुभन्दा बढि लाभप्रद छ । माइण्डफुट इटिङका अन्य केही फाइदा पनि हुन्छन् । ती मध्ये सबैभन्दा महत्वपूर्ण भनेको यस्तो प्रकारको खुवाइले खानामा भएका पोषकतत्वहरु सरीरले सजिलैसँग लिन सक्छ । साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ । प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ । पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् । हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ । भोजन ग्रहणका बेला पलेटी कसेर बस्दा सुखासनको मुद्रा बन्दछ । यसबाट स्वाद ग्रन्थीहरु सक्रिय हुने र भोजन सही ढंगले पेट सम्म पुग्ने र राम्रोसँग उपापचयन हुन्छ । जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ ? तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ । यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ । पाचन रस सही ढंगले उत्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्दछ र पोषक तत्वपनि सरीरले राम्रोसँग ग्रहण गर्दछ ।-एजेन्सीको सहयोगमा

नेपाली मुलकी सञ्जिता भइन् ओबामाकी सल्लाहकार

वाशिंगटन डिसी । अमेरिकामा बस्ने नेपाली मुलकी सञ्जिता प्रधानले कडा मेहनत र परिश्रमकै कारण आफू अमेरिकी राष्ट्रपति बाराक आबामाको सल्लाहकार भएको बताएकी छन् । प्रधान एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बाराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त भएकी हुन् । ओवामाको सल्लाहकारसदस्यमा नियुक्ति भएपछि पहिलो पटक अन्तर्वार्ता दिदै आफूले प्रारम्भिकस्तरबाट नै काम गर्दै यहाँसम्म पुगेको बताइन् । कडा मेहनत, परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन् पाएकोमा आफूलाई गर्व लागेको बताइन् । “अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि जहाँ पनि पुग्न सकिने रहेछ”, उनले भनिन् । आफू अमेरिकाको सम्मानित पदमा पुगेकोमा सबै नेपालीलाई गर्व हुनु स्वाभाविक भएको उनले बताइन् । राष्ट्रपति ओवामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गरेका थिए, जसमध्ये प्रधान एक हुन् । सल्लाहकार समितिमा नियुक्त भएकाहरु अधिकांश स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् । धेरै बर्ष सम्म भुटानी पुनस्र्थापनाको क्षेत्रमा काम गरेकी प्रधानलाई सोही विज्ञताको आधारमा नियुक्त गरिएको बताएको छ । आफू सहि समयमा सहि आवाज उठाउनु पर्छ भन्ने सिद्धान्त बोकेर हिड्ने महिला भएको उनले बताइन् । आफूले गरिव दुःखी, ओझेलमा परेका र सतहभित्र लुकेर बसेका समुदायको पक्षमा वकालत गर्दै आईरहेको उनले बताइन् । एसियनहरुमा सबै भन्दा बढी भाषाको पनि समस्या देखिएको उनले बताइन् । ‘भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान गर्न गाह्रो हुन्छ’, उनले भनिन्, ‘मैले यिनै क्षेत्रमा समस्याको पहिचान गर्दै बहस गरेको छु । यस्ता धेरै कुराको प्रेरणाको श्रोत आफ्ना पिताबाट प्राप्त गरेको हुँ ।’ आफ्नो नियुक्तबारेमा नेपाली समुदायमा अझ पनि केही भ्रम जस्तो लागेकोले आफ्नो नियुक्ति भनेको एक प्रकारको अवैतनिक जस्तै भएको उल्लेख गर्दै स्वयंसेवक रुपमा काम गर्नु पर्ने बताइन् । परिवारको समर्थन र सहयोगका कारण आफू अमेरिकाको सम्मानित स्थानमा पुगेको उनले बताइन् । ‘एसियनहरुको समस्या के हो ? त्यसमा म सहयोग गर्न सक्छु । म अहम् भूमिका निर्वाह गर्न सक्छु तर धेरैले पत्राचार गर्दै मेरो नियुक्तिको प्रवृति नबुझेर सवाल, सल्लाह, सुझाव र प्रश्नहरु पठाइरहेछन्,’ उनले भनिन् । मानव अधिकारको लागि काम गरिरहेको बताउदै उनले विवादरहित र तटस्थ भइ सेवा गर्ने बताइन् । प्रधान नियुक्त भएको आयोगको बैठकमा पहिलो पटक सहभागी हुँदासमेत नौलो नलागेको उनले प्रतिक्रिया दिइन् । राज्यस्तरमा आफूले यसरी नै काम गरिरहेकाले कुनै अप्ठेरो नभएको पनि उनले बताइन् । एसिया प्यासिफिक आइसल्याण्डरको लागि नियुक्ति भएकी प्रधानले अमेरिकामा भएका सबै एसियन समुदायसँग मिलेर काम गर्ने गर्नुपर्ने बताइन् । अमेरिकाभरि रहेका नेपाली समुदायका मुद्दा, अस्थायी सुरक्षित हैसियत, स्वास्थ्य, बिदेशी सम्पत्ति परिवहन लगायतका समस्याका विषयमा नेपाली समुदायसँंगै काम गर्न चाहेको पनि उनले प्रष्ट्याइन् । संखुवासभाको चैनपुर पुर्खेउली घर भएकी उनले अमेरिकामा बस्ने नेपालीहरुको खाका (प्रोफाइल) लेख्ने प्रयास गरिरहेको पनि जानकारी दिइन् । धरानको बिजयपुर उच्च माध्यमिक विद्यालयमा अध्ययनपछि उनले भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गरेकी थिइन् । अमेरीका पुगेपछि भने उनी सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी छिन् ।

विश्वका आधा मानिस अनलाइनमा

विश्वको कुल जनसंख्याको आधा मानिसमा इन्टरनेटको पहुँच स्थापित हुन थालेको एक रिपोर्टले देखाएको छ । संयुक्त राष्ट्रसंघ अन्तरगतको अन्तराष्ट्रिय टेलिकम युनियन, आइटियुले सार्वज्निक गरेको रिपोर्ट अनुसार यो वर्ष सन् २०१५ को अन्त्य सम्ममा विश्वका झण्डै आधा मानिसले इन्टरनेट प्रयोग गरिरहेका हुनेछन् । विश्वमा अहिले जनसंख्या ७ अर्ब २० करोड रहेकोमा यो वर्षको अन्त्यसम्ममा ३ अर्ब २० करोड मानिस अनलाइनमा हुने आइटियुको प्रक्षेपण रहेको छ । इन्टरनेटको पहुँचमा रहेका मध्ये २ अर्ब मानिस विकाशशील देशका हुनेछन् । जबकी नेपाल तथा सोमालिया जस्ता अति कम विकशित देशका जम्मा ८ करोड ९० लाख मानिस मात्र इन्टरनेटको पहुँचमा हुने आइटियुले उल्लेख गरेको छ । अति कम विकशित देशको कुल जनसंख्या ९४ करोड रहेको छ । राष्ट्रसंघीय रिपोर्टका अनुसार सन् २०१५ को अन्त्यसम्ममा विश्वमा इन्टरनेट चलाउने मोबाइलको कुल संख्या ७ अर्ब पुग्नेछ । अमेरिका र युरोपमा अहिले पनि ७८ प्रतिशत मानिसले मोबाइल ब्रोडब्याण्डको प्रयोग गरिरहेका र विश्वको ६९ प्रतिशत भागमा थ्री जी कभरेज रहेको छ । यद्यपि ग्रामीण क्षेत्रमा मोबाइलबाट इन्टरनेटको कभरेज केवल २९ प्रतिशत मात्र रहेको छ । मोबाइल ब्रोडब्याण्डको फैलावटको हिसाबले अफ्रिका सबैभन्दा पछाडि रहेको र केवल १७.४ प्रतिशतले यो सुविधा उपयोग गरिरहेको देखिएको छ । यो वर्षको अन्त्यसम्ममा विकशित देशका ८० तथा विकाशशील देशका ३४ प्रतिशत घरधुरीमा कुनै न कुनै प्रकारको इन्टरनेटको पहुँच पुग्ने रिपोर्टमा उल्लेख छ । सन् २००० मा विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या केवल ४० करोडमा रहेकोमा पछिल्लो पन्ध्र वर्षमा सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले विश्वलाई अभूतपूर्व दिशामा लगेको आइटियु टेलिकम्युनिकेसन डेभलपमेन्ट ब्युरोका निर्देशक ब्राहिमा सानोउले बताए । विश्व डिजिटल समाजतर्फ तिब्रगतिमा लम्किरहेको भन्दै उनले दिगो विकाशको लक्ष्य हासिल गर्ने मामिलामा सूचना प्रविधिले अझै महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.६ रेक्टर स्केलको धक्का (एक मिनेट भित्रै २ पराकम्प)

१३ जेठ, काठमाडौं । बुधबार एक मिनेटको अवधिमा २ पराकम्पनको धक्का महसुस भएको छ । १ बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्पन गएको थियो । त्यसको १ मिनेटपछि सिन्धुपाल्चोकलाई नै केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि बुधबारै १२ बजेर ३ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको थियो । धक्का महसुस गरेकाहरु घरबाट बाहिर निस्किएका थिए । गत वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एक महिनाको अवधिमा २० हजार पटक साना-ठूला पराकम्पन गएको भूकम्प मापन केन्द्रको तथ्यांक छ ।

नक्कली फेसबुक आईडी बनाएर महिलालाई दुर्व्यहार गर्ने समातिए

१३ जेठ, काठमाडौ । सामाजिक सञ्जाल फेसबुकको नम्कली आईडी बनाएर महिलामाथि दुर्व्यहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाको नाममा नक्कली आईडी बनाएर सोहीमार्फत अश्लिल म्यासेज पोष्ट गर्ने, पीडित महिलाहरुसँग यौन आकांक्षा राख्ने र मोबाईलको रिचार्ज कार्ड नम्बर माग गर्नेजस्ता काम गर्दै आएका काठमाडौको नागार्जुन नगरपालिका ८ बस्ने ३३ वर्षीय उत्तम खड्कालाई प्रहरीले पक्राउ गरेको हो । खड्काले आफ्नो माग पूरा नगरे पीडितहरुको नाङ्गो तस्विर तथा भिडियो पोष्ट गरिदिन्छु भनी धम्किपूर्ण म्यासेज पठाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्कालाई विद्युतिय कारोवार ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

११ लाख मौरीले जिउ ढाकेर विश्वकिर्तिमान (फोटो फिचरसहित)

किर्तिमान कायम गर्नका लागि मानिसहरु यस्ता यस्ता काम गर्छन् की जसको बारेमा सुन्दैमा जो कोहीलाई पनि आश्चर्य तथा डर लाग्छ । यस्तै मध्येका एकजना मानिस चीनमा छन् जसले लाखौँ मौरीलाई आफ्नो जिउमा बसालेर विश्वकिर्तिमान कायम गरेका छन् । चीनका एकजना मौरी पालक किसान गाओ बिंगुओले आफ्नो सरीरमा १ सय ९ किलो ५ सय ग्राम मौरी बसालेर विश्वकिर्तिमान कायम गरे । यति धेरै तौल कायम गर्नका लागि उनले ११ लाख मौरीलाई एकसाथ आफ्नो जिउमा बसालेका थिए । अघिल्लो वर्ष उनले आफ्नो जिउमा हजारौँ मौरीलाई बसालेर किर्तिमान कायम गरेका थिए । त्यतिबेला मौरीको तौल ३२.६ किलो थियो । तर यो पटक भने लाखौँ मौरीलाई आफ्नो जिउमा बसाले र १ सय ९ किलो भन्दा बढि तौलका मौरीको बथानले जिउ ढाके ।
५५ वर्षीय गाओ ले जिउमा १ सय ९ किलो मौरी बसाउनका लागि कैयन् पटक प्रयास गरेका रहेछन् । उनले यसका लागि ६० पटक अभ्यास गरेका थिए । गिनिज बुकमा नाम लेखाउनका लागि जिउमा मौरी बसाउने कार्यक्रम दाइयुइ जिल्लामा आयोजना गरिएको थियो । जहाँ मौरी भरिएका ३० वटा घार लिएर २० जना मौरीपालक आएका थिए । गाओले सुरुमा आफ्नो जिउमा झण्डै एक दर्जन रानी मौरी बसालेर अन्य मौरीलाई आकषिर्त गरेका थिए । झण्डै तिन घण्टामा उनले जिउ पूरै मौरीले लछप्पै ढाकियो । मौरीले जिउ ढाकिएपछि उनी कुनै भिरमौरीको गोलो जस्तै देखिएका थिए । मौरीमुनि मान्छे छ भन्ने कुरा थाहा पाउने एउटा मात्र सुत्र थियो, उनको ओँठमा चेँपिएको चुरोट । चुरोट सल्किएका कारण मुखको भागमा भने मौरी बसेका थिएनन् ।

New Schedule BBS 3rd year exam routine 2072 Tribhuvan University

Tuesday, May 26, 2015

स्नातक तस्रो वर्षको परीक्षा जेठ ३१ बाट

काठमाडौ, जेष्ठ १२ - त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षका परीक्षा जेठ ३१ गतेबाट सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘अब एक दिनमात्र परीक्षा ढिलो भयो भने क्यालेन्डर मिचिने छ,’ परीक्षा नियन्त्रक केशव बास्तोलाले कान्तिपुरसित भने, ‘त्यसैले तत्काल जेठबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेका छौं ।’ शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, विज्ञान, कानुन संकायमा स्नातक तह तेस्रो वर्षमा करिब साढे दुई लाख परीक्षार्थी छन् । भूकम्पबाट धेरै क्याम्पसहरुको भवन ध्वस्त बनेका छन् । त्रिविले सुरक्षित रहेका क्याम्पस भवनलाई मात्र परीक्षा केन्द्र बनाउन निर्देशन दिएको जनाएको छ । महाभूकम्पका कारण त्रिविले वैशाखबाटै हुनुपर्ने कानुन संकायअन्तर्गत एलएलएम दोस्रो वर्ष, बिएएलएलबी पाँचौं सेमेस्टर र १० महिने काउन्सिलिङ साइकोलोजी विषयको परीक्षा स्थगित गरेको थियो । उक्त परीक्षासमेत तत्काल सुचारु हुनेछ । परीक्षा तालिका मंगलबार सार्वजनिक हुने जनाइएको छ ।

हावाहुरीले चितवनको केरा खेतीमा पाँच करोड रुपैयाँको क्षति

चितवन–सोमबार राति आएको हावाहुरीले चितवनको केराखेतीमा पाँच करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । हावाहुरीले पदमपुर, पिठुवालगायत पूर्वी चितवनमा रहेको केराबारीमा नोक्सान पुर्याएको चितवन केरा उत्पादक संघले जानकारी दिएको छ। केराखेतीको विमा पर्ने नीति दुई वर्षअघि सुरु भए पनि चितवनमा विमा गर्नेहरुको संख्या अत्यन्त कम छ । हावाहुरीले क्षति गरेको मध्ये बिमा गरेका किसानहरु जम्मा दुईजना मात्रै भएको संघले जानकारी दिएको छ । चितवनमा सवा पाँच सयका हाराहारीमा केराखेती गर्ने किसानहरु भए पनि जम्मा ३३ जनाले मात्रै बिमा गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । दुई विघामा केरा खेती गरेका पदमपुर गाविस– ९ का रामलाल चौधरीले पनि क्षति बेहोरेका छन् । उनको खेतमा २५ सयका हाराहारीमा केराका बोटहरु छन् । जसमध्ये तीन सय बोटको केरा सोमबारको हावाले ढलेर नोक्सान भएको उनले बताए । उनले केरा खेतीको बिमा गरेका छैनन् । जसका कारण पर्याप्त राहत पाउन पनि सक्दैनन् । 'एउटा बोटबाट केरा बेचेर कम्तिमा तीन सय र बढीमा सात सय रुपैयाँसम्म आम्दानी लिन सकिन्थ्यो । तर हुरीले नोक्सान भएपछि साह्रै गाह्रो हुने भयो,' रामलालले भने । उनले हावाहुरीका कारण वर्षेनी नोक्सान बेहोर्नु परेको बताए । उनकै आडमा चार बिघामा केरा खेती गरेका बुद्धसेन चौधरीको आधा केरा नोक्सान भएको छ । 'हावाहुरीले यो पटक चितवनमा पाँच करोड रुपैयाँ बराबरको केरा नोक्सान गरेको हाम्रो प्रारम्भिक अनुमान छ । जसमध्ये पदमपुरमा मात्रै तीन करोड रुपैयाँ बराबरको क्षति भयो होला,' चितवन केरा उत्पादक संघका अध्यक्ष बिष्णुहरि पन्तले भने । बिमा गरेमा लागत मुल्यको ९० प्रतिशतसम्म क्षतिपूर्ति पाइने अवस्था छ । चितवनमा दुई हजार बिघाभन्दा बढी जमिनमा केरा खेती हुन्छ । तर ३३ जना किसानको १२० बिघा खेतको केराको मात्रै बिमा भएको चितवनको जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत धनबहादुर थापाले बताए । कृषि विमाको प्रिमियम रकमको ७५ प्रतिशत सरकारले नै बेहोर्ने गर्छ । तर पनि किसान बिमामा आकर्षित हुन सकेका छैनन् । 'विमा गर्दा राहत रकमको आकार ठुलो हुन्छ । किसानले सन्तोष गर्न मिल्ने ठाउँ हुन्छ । तर बिमा नगर्दा पाउने राहत साह्रै न्युन हुन्छ । अघिल्ला वर्षहरुमा चितवनमा १० करोड रुपैयाँसम्मको केरा नोक्सान भएको विवरण पठाउँदा केही लाख रुपैयाँ मात्र राहतका लागि आएको थियो,' वागवानी विकास अधिकृत थापाले भने । किसानले विमा रकम चाडै पाएमा आकर्षण बढ्ने अध्यक्ष पन्तको धारणा छ । उनी केरा खेतीको बिमा गर्ने जिल्लाको पहिलो किसान हुन् । उनको गएको फागुनमा केरा खेती नोक्सान भयो । तर विमा वापतको रकम अझै नपाएका कराण किसानहरुमा के हो कसो हो भन्ने अन्यौल रहेको उनले बताए । रकम पाउन थालेपछि विमा गर्नेहरु बढ्ने उनको आशा छ । विमा कम्पनीका प्रतिनिधि भानु तिवारी कम्तिमा तीन महिनापछि दावि गरेको रकम प्राप्त हुने बताउँछन् । विमा नगरे पनि हावाहुरीबाट सोमबार नोक्सान बेहोरेका किसानहरुलाई सरकारले ऋणको व्याजमा सहुलियत दिनु पर्ने केरा व्यवसायीहरुको माग छ । त्यस्तै मल खादमा पनि सहुलियत दिन कृषि विकास कार्यालयमा अनुरोध गरेको अध्यक्ष पन्तले जानकारी दिए ।

यस वर्षको मनसुन खतरा, सजग रहन मौसमविद्को आग्रह

भक्तपुर-अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन्। मगलबार रफत् सञ्चार क्लबद्वारा आयोजित अन्तरक्रियामा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले सरकारदेखि जनतासम्मले अब निकै सहज हुनुपर्ने बताएका हुन् ।अबको एक सातापछि नेपालमा मनसुन सुरु हुने बताउँदै उनले महाभूकम्पले पहाडका धेरै स्थानहरुको जमिन धुजाधुजा पारेकाले पहिरो जान सक्ने सम्भावना उच्च रहेको बताए । शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनमुनिको पानी तथा वर्षात्को पानीले चिरा परेको जमिनलाई बगाउने खतरा भएको बताए ।नेपालका हिमताल फुट्न सक्ने खतरा भएको चर्चा गर्दै उनले सरकार अहिलेदेखि नै सजग भएर जोखिम न्यूनीकरणका लागि पहल सुरु गर्नुपर्ने जनाए ।उनले भने- "अहिले नै धेरै स्थानमा सुख्खा पहिरो जान थालेको छ, वर्षात्मा थप जोखिम बढेको छ, जोखिम न्यूनीकरण गर्न विभाग एक्लैले मात्र केही गर्न सक्दैन, पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजग रहनुपर्छ ।" मौसमविद् एवम् जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक डा मदन सिग्देल र मौसमविद् सुदीप कायस्थले अहिले पूर्व मनसुन सुरु भइसकेकाले सजग हुनुपर्नेमा जोड दिए ।भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र गोर्खा पहिरोको हिसाबले पनि उच्च जोखिममा रहेको औँल्याउँदै उहाँले उहाँले जमिन सतहको पानी व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ थियो । रासस

भैँसीसँग डराएर यसरी रुख चढ्यो सिंह (फोटो फिचर)

जंगलको राजा भनेर के गर्नु ? आफ्नै सिकारहरुबाट डराएर टाङमुनि पुच्छर लुकाउँदै ज्यान जोगाउन रुख चढ्नु परेपछि । एउटा कातर सिंहको यस्तै अनौठो तथा रोचक तस्वीर सार्वजनिक भएको छ, जहाँ भैँसीका बथानसँग डराएर एउटा शेर रुख चढेको छ र अलिबेर रुखमा बसेपछि फुत्त झरेर कुलेलम ठोकेको छ । केन्याको मासाइ मारा वन्यजन्तु आरक्षमा पूर्व आर्मी ६३ वर्षीय चाल्र्स कोम्यनले श्रीमतीसँग घुमफिर गर्न गएको बेलामा यो अद्वितीय क्षणलाई आफ्नो क्यामरामा कैद गर्न सफल भएका हुन् । उनीहरु जंगली भैँसीको बथान नजिकै थिए । भैँसीको बथान नयाँ जन्मिएको पाडोको सुरक्षाका लागि एकैठाउँ जम्मा भएका थिए । वातावरण शान्त थियो । तर एकाएक त्रस्त भयो । एउटा भाले सिंह भैँसीको बथानतर्फ धावा बोल्ने शैलीमा आयो । भैँसीका बथानहरु अलि सतर्क भए अनि हिम्मत जुटाएर सबै मिली उक्त सिंहलाई लखेट्न थाले ।
जमिनमा भागेर मात्र ज्यान जोगाउन नसकिने ठानेपछि सिंह नजिकैको रुखमा फुत्त चढ्यो । भैँसीका बथान पनि के कम ? सिंह झर्ला र सिङले रोपौँला भनेर रुखको फेँद घेरेर बसे । रुखमा धेरै बेर झुण्डिइरहँदा सिंहलाई थकाइ लागेछ क्यारे । विस्तारै तल र्झन थाल्यो अनि फेँदमा झुम्मिएका भैँसीका बथानलाई केही तर्साएजस्तो गरी फुत्त भुइँमा झरेर सुइँकुच्चा ठोक्यो र नजिकैको झाडीमा हरायो । फोटोग्राफर कोम्यन उक्त क्षण रौँ ठाडो हुने खालको त्रासदीपूर्ण क्षण रहेको भन्दै निकै चामत्कारिक तथा बिर्सनै नसकिने खालको क्षण रहेको बताउँछन् ।

सिके राउत इटहरीबाट पक्राऊ

१२ जेठ, इटहरी । मधेसलाई छुट्टै राज्य बनाउनुपर्छ भन्दै हिँड्ने सिके राउत इटहरीबाट पक्राउ परेका छन् । राज्य विप्लवको मुद्दा खेपिसकेका राउतलाई मंगलबार दिउँसो साढे ३ बजे प्रहरीले पक्राउ गरेको हो । नेपाल सरकारको आदेशअनुसार उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक डिएसपी विनोदकुमार शर्माले बताए । इटहरीबाट प्रसारित एरीना टेलिभिजनमा दिउँसो साढे ३ बजेको अन्तरवार्ता दिन गएका उनलाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

गुगलले बनाउँदैछ नयाँ अपरेटिङ सिस्टम ‘ब्रिलो’

इन्टरनेट जाएन्ट गुगलले ती सबै डिभाइसहरुमाथि कब्जा जमाउन चाहन्छ जो इन्टरनेटसँग जोडिएका होउन् । चाहे ती डिभाइसको स्क्रिन डिजिटल होस् वा नहोस् । दी इन्फर्मेसनको रिपोर्ट अनुसार गुगल अहिले एक नयाँ अपरेटिङ सिस्टमको निर्माणको जुटिरहेको छ । उक्त रियल टाइम अपरेटिङ सिस्टमको कोड नाम ‘बि्रलो’ राखिएको छ । यो निकै सानो अपरेटिङ सिस्टम हुने र त्यसलाई स्टोर गर्नका लागि केवल ३२ देखि ६४ एमबीको र्याम पर्याप्त हुनेछ । यो अपरेटिङ सिस्टमलाई सानो उपकरण इन्टरनेट अफ थिंग्स (आइओटी) डिभाइसमा प्रयोग गर्न सकिनेछ । यो नयाँ अपरेटिङ सिस्टम पनि एन्ड्रोइडकै ब्राण्डमा रिलिज गरिने विश्वास गरिएको छ किनकी कम्पनीको एन्ड्रोइड युनिटसँग सम्बन्धित समूहले नै यो अपरेटिङ सिस्टमको निर्माण गरिरहेको छ । यदि यो नयाँ अपरेटिङ सिस्टमलाई एन्ड्रोइडकै नामबाट जारी गरियो भने त्यसबाट एन्ड्रोइडको पछिल्लो भर्सनको मेमोरी क्षमता भन्दा निकै कम हुनेछ । एन्ड्रोइडको सबैभन्दा पछिल्लो भर्सनले ठीकसँग काम गर्नका लागि ५ सय १२ एमबी र्याम ओगट्छ । फच्र्युनमा छापिएको समाचार अनुसार बि्रलो गुगलको हार्डवेयर डिभिजनको रुपमा रहेको नेष्ट डिभिजनको उत्पादन नभएको गुगलले प्रष्ट पारेको छ । तर यो अपरेटिङ सिस्टमले नेस्ट डिभाइसमा पनि काम गर्नेछ । घरेलु थर्मोस्टाट लगायतका उपकरण बनाउने कम्पनी नेस्टलाई गुगलले सन् २०१४ मा खरीद गरेको हो । गुगलले उत्पादन गर्न लागेको बि्रलो नामक रियल टाइम अपरेटिङ सिस्टम स्मार्ट लक्स, सेन्सर जस्ता आइओटी डिभाइसमा व्यापक प्रयोग गर्ने अपेक्षा गरिएको छ । डिभाइस निर्माताहरुलाई मेमोरी तथा सेक्युरिटटी सम्बन्धि डाटाको पहुँचका लागि समेत बि्रलोको प्रयोग गर्न गुगलले अनुरोध गर्ने फच्र्युनले उल्लेख गरेको छ । यद्यपि यस्तो अपरेटिङ सिस्टम उत्पादनमा काम गर्ने गुगल एक्लो पात्र होइन । सामसुङले पनि यहीँ लक्ष्यका साथ टाइजेन अपरेटिङ सिस्टमलाई बजारमा उतारेको थियो । यद्यपि यसले खासै सफलता प्राप्त गर्न सकेन र केवल सामसुङ टेलिभिजनमा मात्र सिमित रह्यो । यसको साथै एप्पललको होमकिट पनि एउटा यस्तो प्रणाली हो जसका माध्यमबाट प्रयोगकर्ताहरुले आफ्नो आइफोनबाट स्मार्ट बल्ब, स्मोक अलार्म आदिसँग सम्पर्क स्थापित गर्न सकिन्छ । होमकिटलाई हायर, वाइथिंग्स, फिलिप्स, आइडिभाइसेज, बेल्किन, हनिवेल तथा क्विकसेट जस्ता उत्पादकको साथ रहेको छ ।

भूकम्पमा खाटमुनि लुक्ने कि नलुक्ने ?

१२ जेठ, काठमाडौं । नुवाकोटको तुप्चे गाविस–१ की १७ वर्षीया उत्सना शर्मा रिजाल वैशाख १२ गते विनाशकारी भूकम्प आउँदा साथीहरुसँग छिमेकीको घरमा टेलिभिजन हेर्दै थिइन् । अचानक भूकम्प आएपछि उनका अन्य तीन साथी कराउँदै घर बाहिर भाग्न थाले । उत्सना पनि हतारिँदै ढोकासम्म पुगेकी थिइन्, तर रोकिएर अरुलाई पनि “बाहिर नजाऊ, खाटमुनि लुक्नुपर्छ”, भन्दै उनी भित्र पसिन् । दुर्भाग्य, एक मिनेट नबित्दै घर पूर्ण ध्वस्त भई उत्सनाको मृत्यु भयो । संयोग, उत्सनाका भाइ उत्सव आफ्नै घरको टेबुलमुनि लुकेर घाइते भएर बाँच्न सफल भए । भूकम्प आउँदा खाट वा टेबुलमुनि लुक्नुपर्छ भन्ने ज्ञान विद्यालयमा शिक्षकहरुले पनि दिने गर्छन् । रेडक्रसमा कार्यरत पिता उद्धव शर्मा रिजालले पनि त्यही गरे । नेपाल रेडक्रस सोसाइटीको नुवाकोट कार्यालयमा कार्यरत रिजालले आफ्ना छोराछोरीलाई मात्र होइन अरु धेरै बालबालिकालाई यस्तै शिक्षा दिँदै आएका छन् । रिजालले भने-“सायद, छोरीलाई त्यस प्रकारको सचेतना नदिएको भए बाँच्ने थिइन् कि भन्ने लाग्छ, तर आठ हजारभन्दा धेरै मानिसको मृत्यु भएकाले मैले यो दुःखलाई सम्हालेको छु । सचेतना शिक्षाबारेमा चाहिँ समीक्षा गर्नुपर्ने बेला आयो ।’ घर पूरै भत्कने अवस्थामा थिएन भने कोठाका अन्य सामान झरेर चोटपटक लाग्नबाट बच्नका लागि चारखुट्टे पलङ वा टेबुलमुनि लुक्नु उचितै हुन्छ । तर, कच्ची घरमा त्यो लागू भएको देखिएन । उत्सनाको निधनबाट शोकमा डुबेका पायोनियर आवासीय विद्यालयका उनका साथीहरु आफू बाँचेकामा धन्य सम्झन्छन् तर भाग्ने भन्दाभन्दै भित्र लुक्दा उनको मृत्यु भएकामा अहिले पनि त्रसित छन् । विपत्तिमा सचेतनाको शिक्षाले मात्रै काम गर्छ वा बचाउँछ भन्ने त होइन तर त्यसले मानिसलाई सकेसम्म सुरक्षित बनाउन मद्धत गरेको हुनुपर्ने हो तर यस पटकको विनाशकारी भूकम्पले भूकम्पीय शिक्षा तथा सचेतनामा कार्यरत संस्था र व्यक्तिलाई पनि नयाँ पाठ सिकाएको छ । व्यवस्थापिका–संसद्ले गठन गरेको राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिबाट धादिङ अनुगमनमा खटिएको उपसमितिका तर्फबाट प्रतिवेदन पेस गर्दै एमाओवादी सभासद् टोपबहादुर रायमाझीले भने-“रेडियोबाट भूकम्प आउँदा खाटमुनि लुक्नु भन्ने सूचना सुन्ने गरेका आधारमा त्यसलाई पछ्याउँदा पनि धेरै मानिसको निधन भएको पाइयो ।” भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले ‘भूकम्प गएका बेला हुने दस काम’ अन्तर्गतको पहिलो सुझावमा ‘आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउन र टेबुल वा अरु कुनै बलियो वस्तु मुनि जान’ भन्दै आएको थियो । त्यसमा “घरभित्र हुनुहुन्छ भने विशेषगरी टेबुल, खाट वा अन्य दरिलो र बलियो वस्तुको मुनि बस्नुहोस्”, भनिएको छ । यसरी बस्दा खाट वा टेबुलको खुट्टा समातेर टाउकोमा चकटी, तकिया वा बाक्लो र नरम वस्तुहरु राख्नु सम्भावित जोखिमबाट बच्ने उत्तम उपाय मानिन्छ । “यदि टेबुल वा खाट नभए टाउकोमा नरम र बाक्लो वस्तु राखेर सुरक्षित किसिमले कुनै एक छेउमा उभिनुहोस्”, भनिएको छ । विपत्का बेला सबै स्थान र समयमा एउटै शिक्षा र सचेतनाको पालना गर्नुपर्छ भन्ने होइन रहेछ भन्ने स्पष्ट सन्देश यी तथ्यहरुले दिन्छन् । भूकम्पीय शिक्षाबारे विद्यालय तहमा पाठ्यक्रम बन्नुपर्ने आवाज उठिरहेका बेला त्यसको तर्जुमा गर्दा कस्ता सन्देशसहित राख्ने भन्ने बहस पनि चलेको छ । यसबारे रुचीका साथ हाल प्रतिक्रिया दिन विज्ञहरु तयार पनि छैनन् । एनसेटले यस पटकको भूकम्पपछिको आफ्नो सचेतना कार्यक्रमलाई अब कसरी सञ्चालन गर्ने भन्ने सोचे पनि निक्र्योल भने गरिसकेको छैन । विद्यालय भूकम्पीय सुरक्षा कार्यक्रम प्रमुख सूर्यप्रसाद आचार्य विस्तृत विश्लेषण गरेर अघि बढ्ने बताए । नेपाल रेडक्रस सोसाइटीका महासचिव देवरत्न धाख्वाले खुलास्थानमा पुगेर पनि फर्केर आएर खाट वा टेबलमुनि लुक्दा ज्यान गएको भन्ने कतिपय घटना पाइएको र यसलाई केलाउने क्रममा रहेको बताए । उनले भने-अहिलेसम्मको भूकम्पीय शिक्षा गलत नै भनिहाल्न मिल्दैन, कसले कसरी बुझे भन्ने हो । पक्कै पनि यसले नयाँ अनुभव र पाठ दिएको छ । आगामी दिनमा पुनरवलोकनका साथ अघि बढ्नुपर्छ ।” रासस

कालीगण्डकीको पहिरो सुरुवात हो, अरु हेर्न बाँकी छ : विज्ञ (कहाँ-कहाँ देखियो पहिरोको जोखिम ?)

१२ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले बढी क्षति पुर्‍याएका क्षेत्रमा पहिरोको अर्को संकट आउने खतरा देखिएको छ । विज्ञहरुको टोलीले त्यस्ता खतराको सम्भावना देखिएका कतिपय स्थानको निक्र्योलसमेत गरेको छ ।
भूकम्पले ठाउँठाउँमा जमीन चिराचिरा परेका छन् भने अधिकांश ठाउँमा जमीन कमजोर बनेको छ । अब वर्षायाम सुरु हुनासाथ धेरै ठाउँमा पहिरोको खतरा बढी हुने विज्ञले बताएका छन् । विज्ञहरुले पहिरोको जोखिमको अध्ययन गरिरहेका छन् । खानी तथा भूगर्भ विभाग नेतृत्वको टोलीले पनि स्थलगत अध्ययन गरिरहेको छ । गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा भूकम्पीय पहिरोको जोखिम रहेको भूगर्भविद् रञ्जनकुमार दाहालले अनलाइनखबरलाई बताए । उनले भने- ‘जमीन कति हल्लियो, पहाडको स्लोप कस्तो छ भन्ने आधारमा विश्लेषण गरेको हो ।’ वर्षायाममा आउने पहिरोको पूर्वसंकेतका रुपमा कालीगण्डकी नदी थुन्ने गरी म्याग्दीको राम्चेमा आएको पहिरोलाई लिइएको छ । ‘अबको तीन महिना हाम्रा लागि निकै गाह्रो छ’ उनले भने-’कालीगण्डकीको पहिरो यो सुरुवात हो । पहिलो सिन सुरु भयो । अरु हेर्न बाँकी छ ।’ दाहालका अनुसार गोरखाको माथिल्लो भागसम्मको जमिन भूकम्पले निकै कमजोर बनेको पाइएको छ । गोरखाको मुख्य बजारदेखि पूर्वको गाउँ पनि र बुढीगण्डकीको किनारमा पहिरोको जोखिम छ । यस्तै लाप्राक र माथिका गाउँहरु भूकम्पीय पहिरोको जोखिम छ । स्थानीय दैवी प्रकोप उद्धार समितिले समेत लाप्राकसहितका २२ वस्तीका मानिसहरुलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रालयलाई सिफारिस गरिसकेको छ । रसुवामा त्रिशुली नदीको किनारै किनार प्रसस्त मात्रमा समस्या देखिएको छ । रसुवामाथिको चिनियाँ भागहरुमा पनि भूकम्पीय पहिरोले सताउन सक्छ । ‘पहिरोले माथिल्लो भागमा त्रिशुली नदी थुनिन सक्छ’ दाहालले भने । सिन्धुपाल्चोकको लामोसाँघुभन्दा माथि प्रशस्त पहिरो जान सक्ने ठाउँहरु देखिएको छ । गाउँको पनि समस्या छ । सडकलाई पनि समस्या छ । दोलखाको सुनखानी क्षेत्र, जहाँ पराकम्पनका केन्द्रहरु धेरै रहृयो । सुनखानी र आसपासका क्षेत्रहरुमा पनि पहिरो जाने सम्भावना देखिएको छ । लामाबगरका माथिल्ला बस्तीहरुलाई पनि भूकम्पले कमजोर बनाएको छ । मनाङको चामे जाने बाटोमा धेरै ठाउँमा पहिरोको खतरा छ । लमजुङको बेसीशहरबाट माथि लागेपछि तालगाउँ र त्यसमाथिका गाउँहरुमा पहिरोको जोखिम रहेको भूगर्भविद दाहालले बताए । उनका अनुसार विषेश गरेर सडक आसपासका क्षेत्रमा नै पहिरोको जोखिम छ । यसैगरी काठमाडौं प्रवेश गर्ने नाकाकारुपमा रहेको पृथ्वी राजमार्गमा पर्ने मलेखुबाट मुग्लिन नारायणघाटसम्मको सडक पनि पहिरोले कमजोर बनाएको छ । पृथ्वी राजमार्गमा डुम्रे, बन्दीपुरसम्मको भागमा बढी प्रभावित हुने सम्भावना देखिन्छ । राजमार्गहरुमा पहिरोको जोखिम बढी सडक विभागले पनि भूकम्पका कारण राजमार्गहरुमा पहिरोको जोखिम बढेको बताएको छ । पासाङल्हामु राजमार्गको वेत्रावती, धुन्चे, स्याप्रुबेसी हुँदै रसुवागढी पुग्ने सडकमा पहिरोको जोखिम छ ।
कोदारी राजमार्गमा बाह्रबीसे कोदारी क्षेत्रमा पनि पहिरो जान सक्ने आंकलन गरिएको छ । गोरखामा पर्ने ११ किलो-छेपेटार सडकमा बालुवादेखि बार्पाक र लाप्राक सडक पनि पहिरोको उच्च जोखिममा छ । मुग्लिन नारायणगढ सडक खण्डमा पनि यो वर्ष पहिरोको जोखिम बढी छ । ‘हामीले अहिले जोखिमको अध्ययन गरिरहेका छौं’ सडक विभागका प्रवक्ता उमेश झाले अनलाइनखबरसँग भने-‘अहिले नै विभिन्न गाउँमा सुख्खा पहिरो गएको छ भने वर्षादको समयमा योपटक बढी पहिरो जाने सहजै अनुमान गर्न सकिन्छ ।’ पहिरोबाट कसरी सुरक्षित रहने ? पहिरोलाई रोक्न सम्भव छैन । त्यसैले यसबारे जोगिनलाई सतर्कता अपनाउनको विकल्प रहँदैन । विज्ञहरुका अनुसार भूकम्पका कारण धाँजा फाटिएको जमिन छ भने वर्षातमा बग्ने सम्भावना धेरै हुन्छ । दाहालले भने-जोखिममा रहेका बस्तीहरुलाई सार्नु नै अहिलेको विकल्प हो ।’ उनका अनुसार भूकम्पले जमीनहरुमा चिराचिरा परेको छ भने त्यसको गहिराइ हेर्नुपर्छ । साना-साना धाँजा परेका छन् भने त्यसलाई टालिदिनुपर्छ । यसले वर्षा हुँदा त्यो धाँजा फाटिएको ठाउँमा पानी पस्न दिँदैन । तर, ठूला ठूला चिराहरु छन् भने सम्वन्धित निकायलाई भन्ने र त्यहाँ नबस्नु नै उत्तम हुन्छ । वर्षादको समयमा पृथ्वी राजमार्गसहितका राजमार्गहरु अरु बेलासमेत पहिरोले अवरुद्ध हुँदै आएका छन् । यो क्रम यो वर्ष बढ्ने अनुमान गरिएको छ । त्यसैले राजमार्गहरुमा पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने विज्ञहरुको सुझाव छ । उनीहरुका अनुसार राजमार्गमा वर्षा नाप्ने यन्त्रहरु राख्नुपर्छ । पानी कति पर्‍यो भन्ने आधारमा यात्रा गर्नु हुन्छ कि हुँदैन भनेर सूचना दिनुपर्छ । वर्षा निश्चित लेभलमा पुगेपछि यो बाटोमा पहिरो जान सक्छ भनेर चेतावनी दिने र रातिको समयमा बाटो बन्द गर्ने हो भने मानवीय क्षति कम गर्न सकिन्छ । सडक विभागको तयारी विभागका प्रवक्ता झाका अनुसार पहिरोले सडक अवरुद्ध भए तत्काल खुलाउन सक्ने गरी उपकरणहरु तयारी अवस्थामा राखिनेछ । आवश्यक उपकरण खरिदका लागि रकम समेत माग गरिएको छ । तर, पूर्वसूचना केन्द्रहरु स्थापनाबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।

एक महिनामा २० हजार बढी धक्का

१२ जेठ, काठमाडौं । झण्डै ९ हजारको मृत्यु हुने गरी विनाशकारी भूकम्प गएको मंगलबार एक महिना पुगेको छ । वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाकलाई केन्द्र बनाएर ७.८ (राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७.६) रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि लगातार पराकम्पन आइरहेको छ ।
मंगलबार दिउँसो २ बजेर ११ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । लगातारको पराकम्पनकै क्रममा वैशाख २९ गते ७.४ (राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.८) रेक्टर स्केलको भूकम्प गएको थियो । जसले दोलखामा ठूलो क्षति पुगेको छ । केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका २ सय ५९ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ भन्दा कम रेक्टर स्केलका भूकम्पहरुको विवरण सार्वजनिक गरेको छैन । ‘सुरुका दिनमा दैनिक एक हजारदेखि १३ सयसम्म ससाना कम्पन जान्थे । अहिले ३ सयसम्म छ’ केन्द्रका प्रमुख लोकविजय अधिकारीले अनलाइनखबरसँग भने-‘यो रेकर्ड भएपनि हामीले सार्वजनिक गरेका छैनौं । यसको खास अर्थ पनि छैन ।’ विगतमा पनि एक दिनमा ससाना भूकम्प १०/१२ वटासम्म जान्थ्यो । जुन, आममानिसलाई महसुस नै हुँदैनथ्यो । वैशाख १२ को शक्तिशाली भकम्पपछि एक महिनामा साना र ठूला गरी २० हजार भन्दा बढी धक्का गएको छ । ठूलो भूकम्प गएपछि लगातार पराकम्पनहरु जानु स्वभाविक भएको विज्ञहरुले बताएका छन् । यस्ता पराकम्पनबाट आत्तिन नहुने तर, सतर्क भने रहनु पर्ने उनीहरुको सुझाव छ । नेपाल प्रहरीका अनुसार विनाशकारी भूकम्पमा परी अहिलेसम्म ८ हजार ६ सय ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । झण्डै २२ हजार घाइते भएका छन् । ५ लाख ७ हजार १७ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । २ लाख ६९ हजार १९० घरमा आंशिक क्षति पुगेको छ । भूकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा भूकम्पले अधिंकाश घर भत्किएका छन् भने बाँकी घरमा पनि क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा सरकार अहिले पुनर्निर्माण अभियानमा जुटेको छ ।

चीनले दियो मोबाइल अस्पताल

काठमाडौं : चीन सरकारले नेपाली सेनालाई दुईवटा मोबाइल फिल्ड अस्पताल हस्तान्तरण गरेको छ। छाउनीस्थित जगदल गणमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले चिनियाँ जनमुक्ति सेनाका तर्फबाट नेपाली सेनालाई मोबाइल फिल्ड अस्पताल हस्तान्तरण गरेका हुन्। राणाको चीन भ्रमणका क्रममा चिनियाँ सरकारका तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप ५९ मिलियन आरएमबीबराबरका दुईवटा मोबाइल फिल्ड अस्पताल उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सहयोगस्वरूप प्राप्त प्रत्येक मोबाइल अस्पतालमा १२ वटा गाडी प्रयोग हुने भएकाले २४ वटा गाडी र आठवटा ट्रक नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। यसैबीच नेपाली सेनाको मेडिकल टिमले सोमबार भूकम्प प्रभावित दोलखाको चरीकोट, रामेछापको मन्थली र रसुवाको धुन्चेमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सेनाले भूकम्पबाट घाइते एक हजार दुई सय ४० जनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार गरिसकेको छ। त्यस्तै तीन सय २६ जनाको शल्यक्रिया गरेको छ। यसैगरी विभिन्न स्थानबाट तीन सय १५ जनालाई हेलिकोप्टरबाट उपचारका लागि वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। भारतका कम्ब्याट इन्जिनियरको टोलीले सोमबार भक्तपुरका विभिन्न स्थानबाट भग्नावशेष हटाएको नेपाली सेनाले जनाएको छ। क्यानाडाको टोली र नेपाली सेनाको इन्जिनियर टोलीले काठमाडौं शंखरापुर र साँखुबाट २५ ट्रक भग्नावशेष हटाएको छ।

5000 बर्ष पहिले गरिएको यी भयानक 15 भबिष्यवाणी जुन पुरा हुदै गएका छन...

कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएकाछन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं। कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ। वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्। हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका छन्।
भागवत पुराणमा गरिएका १५ भविष्यवाणी जुन पुरा पनि भइरहेका छन। भबिष्यवाणी १ धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ। श्रीमद् भागवत् १२-२-१। भबिष्यवाणी २ कलियुगमा केवल 'धन' मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ। श्रीमद् भागवत् १२-२-२। भबिष्यवाणी ३ पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ। श्रीमद् भागवत् १२-२-३। भबिष्यवाणी ४ व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ। श्रीमद् भागवत् १२-२-४। भबिष्यवाणी ५ कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ। श्रीमद् भागवत् १२-२-५। भबिष्यवाणी ६ एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ। श्रीमद् भागवत् १२-२-६। भबिष्यवाणी ७ जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ। श्रीमद् भागवत् १२-२-७। भबिष्यवाणी ८ अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ। श्रीमद् भागवत् १२-२-९। भबिष्यवाणी ९ मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन। श्रीमद् भागवत् १२-२-१०। भबिष्यवाणी १० कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ। श्रीमद् भागवत् १२-२-११। भबिष्यवाणी ११ मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन। श्रीमद् भागवत् १२-२-१२। भबिष्यवाणी १२ कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्। श्रीमद् भागवत् १२-३-४१। भबिष्यवाणी १३ संकार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ। श्रीमद् भागवत् १२-३-३८। भबिष्यवाणी १४ सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्। श्रीमद् भागवत् १२-३-३६। भबिष्यवाणी १५ सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।

जलाउँदै गरेको शव चिताबाटै उठाइयो

वीरगन्ज : चितामा जलाउँदै गरेको शव प्रहरीले आतबार साँझ बरामद गरेको छ । पर्साको सेढवा गाविस–६ घर भई पर्साकै सुवर्णपुर गाविस–७ बाघमोर्चा टोलमा बस्ने सुरेश महतो कंकडकी १२ वर्षीया छोरी शोभावती कुमारीको जलाउँदै गरेको शव प्रहरीले बरामद गरेको हो । बाघमोर्चा खोला नजिकैको दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा शव बरामद गरिएको प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए । शव चितामा जलाउदै गरेका बेला गाँउकै एक व्याक्तिले खबर गरेपछि प्रहरी चौकी सुवर्णपुरबाट गएको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक उमाशंकर यादवले बताए । प्रहरीका अनुसार शोभावतीको मृत्यु रहस्यमय भएको सूचनाको आधारमा शव बरामद गरिएको हो । प्रहरी घटनास्थलमा पुग्दा मलामी गएका सबै फरार भएका थिए । प्रहरीले बालिकाका बुवा सुरेशलाई नियन्त्रणमा लिएको छ । बालिकाको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । बालिाकाका बुबा सुरेशले भने शोभावतीले पासो लगाएर आत्महत्या गरेको बताएका छन् । तर पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओलीले भने आत्महत्या गरेपनि प्रक्रिया पुरा गरेर शव दाहसंस्कार गर्नुपर्नेमा गाँउलेले हतार गरेकोले जलाउँदै गर्दा शव बरामद गर्नुपरेको बताए । ‘बालिकाको घाँटीमा निलडाम छ, झुण्डिएर मरेको पनि हुन सक्छ’, उनले भने, ‘तर मुचुल्का उठाएर पोष्टमार्टम गरेरमात्रै शवको दाहसंस्कार हुनुपर्छ । ’ कर्तव्य ज्यान होस वा आत्महत्या प्रहरीले आवश्यक अनुसन्धान गर्न पाउनुपर्ने उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ ओलीले बताए ।

Monday, May 25, 2015

व्यवहार नसुधारे विराटको करियर बर्बाद

कोलकाता–भारतीय क्रिकेटर विराट कोहलीलाई पूर्व कप्तान मोहम्मद अजहरुद्दिनले आफ्नो व्यवहार सुधार्न सुझाव दिएका छन्। आइतबार कोलकातामा आइपिएल–८ फाइनल खेल हेर्न पुगेका अजहरले विराटलाई 'गिफ्टेड क्रिेकेटर' भएको बताए। 'म चाहन्छु विराटलाई दुनियाले एक राम्रो ब्याट्सम्यानको रुपमा याद गरुन,' अहजरले भने,' यदि उनले आफूलाई नियन्त्रणमा राख्न सकेनन् भने विराटको करियर बर्बाद हुन्छ।' कतिपय पूर्वक्रिकेटरले भने विराटलाई रिसमाथि नियन्त्रण गर्न सुझाव दिइसकेका छन्। पूर्वकप्तान विशन सिंह बेदीले केही दिन पहिला विराटलाई आफ्नो स्वभावमाथि नियन्त्रण गर्न सुझाव दिएका थिए। 'टेष्ट कप्तान विराट कोहोलीको स्वाभावलाई नियन्त्रण गर्दै मार्गदर्शन दिनलाई बिसिसिआईले मजबूद कोच नियुक्त गर्नुपर्छ',उनले भने।बेदीले क्रिकेट कबड्डी खेल नभएको भन्दै लामो समयसम्म क्रिकेट खेल्ने हो भने विराटले आफ्नो स्वभावमा परिवर्तन गर्नुपर्ने बताए। विश्वकपमा एकजना पत्रकारलाई अभद्र व्यवहारबाहेक आइपिएल खेलको समयमा आफ्नो गर्लफ्रेण्ड अनुष्का शर्मासँग भेट गरेर नियमको उल्लंघन गरेका थिए। आइपिएलको एक खेलको समयमा कोहलीले अम्पायरसँग झगडा गरेका थिए। विराट लगातार विवादमा तानिन थालेपछि बिसिसिआईले उनको व्यवहारमाथि निगरानी राख्ने बताएको थियो।

Sunday, May 24, 2015

लोक सेवा आयोगका स्थगित अन्तर्वार्ता कार्यक्रमहरु सञ्चालन हुने बारेको अत्यन्त जरुरी सूचना

सात जिल्ला बाहेकका अति प्रभावित विद्यार्थीका लागि पुनः परीक्षा हुने

काठमाडौं- विनाशकारी महाभूकम्पका कारण अति प्रभावित विद्यार्थीका लागि उच्चमाध्यमिक शिक्षा परिषदले पुनःपरीक्षा गर्ने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा जेठ २० गते र कक्षा ११ को परीक्षा असार १ देखि तोकेर कार्यतालिका आएपछि भूकम्पका कारण अति प्रभावित विद्यार्थीले विरोध गरेका थिए । हाललाई भूकम्पबाट अतिप्रभावित ७ जिल्ला दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोर्खा र रामेछापमा परिस्थिति सामान्य नहुन्जेल परिषदका सबै परीक्षा स्थगित गरिएको हो । परिषदले अति प्रभावित ७ जिल्लासँगै अन्य जिल्लाका भूकम्पका कारण घरबारविहीन भएका, आमाबुवा गुमाएका, मानसिक रुपमा विक्षिप्त, आर्थिक रुपमा क्षति भएका, हातखुट्टा गुमाएका, घाइते भएका विद्यार्थीको पनि परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको परिषदका उपाध्यक्ष चैतन्य मिश्रले जनाए । उपाध्यक्ष मिश्रका अनुसार पीडित विद्यार्थीले जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिस, डाक्टरको सिफारिस र आफ्नो सम्बन्धित प्लस टुको सिफारिससहित निवेदन दिनुपर्छ । परिषदले कक्षा ११ को परीक्षा दिएर १२ मा जानेका लागि समेत अभिभावक गुमाएका घरबारविहीन अनाथ विद्यार्थीका लागि कक्षा १२ को शिक्षा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । उपाध्यक्ष मिश्रले भूकम्पबाट अति पीडित विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परिषदले भूकम्प प्रभावित ७ जिल्लासँगै पुनः परीक्षा सञ्चालन गर्ने तय गरेको जनाए । उनका अनुसार अति प्रभावित ७ जिल्लाबाहेक अन्य ६८ जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० देखि र कक्षा ११ को असार १ देखि सञ्चालन मिति तय गरी परीक्षा तालिका सार्वजनिक गरिएको छ । परिषदले सबै प्लस टुका प्राचार्यलाई आफ्ना विद्यार्थीको पूर्ण विवरण राख्न निर्देशन दिएको छ । उपाध्यक्ष मिश्रका अनुसार परीक्षा केन्द्रहरु भुइँतल्ला र दोस्रो तल्लासम्म विद्यार्थीमैत्री निर्धारण गर्न प्राविधिकसहितको अनुगमन टोलीलाई निर्देशन दिइसकेको छ । उनका अनुसार परिषदले परीक्षा केन्द्रमा उद्धार टोली र डाक्टरसहितको स्वास्थ्य शिविरको समेत व्यवस्थापन गर्ने निर्णय गरेको छ । उच्चमाध्यमिक विद्यालय सञ्चालक संघ (हिसान)का महासचिव युवराज शर्माले घरबार, अभिभावक गुमाएका भूकम्प पीडित विद्यार्थीका लागि निःशुल्क भोजन र बासको व्यवस्था गर्न परीक्षा सञ्चालन हुनै सबै जिल्लाका सदस्यहरुलाई निर्देशन दिएको जनाए । परिषदको निर्देशन अनुसार हिसानले चौर, बास्केटबल कोर्ट तथा सुरक्षित भुइँतल्लामा परीक्षा केन्द्र पाल र टहरामा समेत बनाउने व्यवस्था मिलाएको छ । भूकम्पका कारण आर्थिक क्षति भएका विद्यार्थीलाई सबै प्लस टुले सबै शुल्क मिनाहा हुने गरी प्रवेशपत्र उपलब्ध गराउन हिसानले सबै प्लस टुलाई आइतबारै निर्देशन जारी गरिसकेको छ । उनका अनुसार एक परीक्षा केन्द्रमा ५ सयभन्दा बढी विद्यार्थी नराख्ने व्यवस्था गरिएको छ । परिषदले केन्द्राध्यक्ष र सुरक्षा गार्ड, प्राचार्य र परीक्षा निरीक्षकलाई समेत मनोवैज्ञानिक परामर्श दिने व्यवस्था गरेको छ । परिषदका उपाध्यक्ष मिश्रले परिषदले परीक्षा सञ्चालन गरिने ६८ जिल्लामध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरबाहेकका अन्य जिल्लामा दैवीप्रकोप उद्धार समितिसँग समन्वय गरी सोमबारसम्म परीक्षा केन्द्र तोकिने जनाए । उनले काठमाडौं उपत्यका, ललितपुर र भक्तपुरमा जिल्ला परीक्षा समन्वय समितिको सहकार्यमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, प्राविधिक र परिषद प्रतिनिधिको टोलीले अनुगमन गरी सुरक्षित केन्द्रमा मात्र परीक्षा केन्द्र तोक्ने कार्य अघि बढाएको दाबी गरे । उनले हाल कक्षा १२ को ४ लाख ४२ हजार ४ सय ५५ र कक्षा ११ को ४ लाख ५४ हजार ७ सय १५ गरी ८ लाख ९७ हजार १ सय ७० परीक्षार्थीले ९ सय २२ परीक्षा केन्द्रबाट परीक्षा दिने जनाए ।

भूकम्प पीडितको ५० हजारसम्मको ऋण मिनाहा (निजी बैंकबाट लिइएको ऋण पनि मिनाहा हुने विस्तृत कार्यविधि अर्थमन्त्रालय र राष्ट बैंकले बनाउँदै)

काठमाडौं, जेष्ठ ११ - सरकारले भूकम्पपीडितलाई ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको छ। अर्थमन्त्री रामशरण महत संयोजक रहेको मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले यसअघि ऋण लिइसकेका पीडितको ५० हजार रुपैयाँँसम्म ऋणको साँँवा र ब्याज मिनाहा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद् हँुदै समितिमा पुगेको भूकम्पपछिको एकीकृत कार्ययोजना बनाउने क्रममा ऋण मिनाहाको पनि निर्णय भएको हो। यससम्बन्धी कार्यविधि राष्ट्र बैंक र अर्थ मन्त्रालयले तयार पार्दै छन्। ‘कति ऋण हो?, भूकम्पबाट कति क्षति भएको हो?, आर्थिक हैसियत के हो? के शीर्षकमा ऋण लिएको हो? भन्ने विषयको मूल्यांकन गरेर मिनाहा गरिने हो,’ महतले भने, ‘यससम्बन्धी कार्यविधि बन्दै छ। मोडालिटीबारे कार्यविधिले निर्धारण गर्नेछ।’ कार्यविधि बनाउन अर्थ र राष्ट्र बैंक जुटिसकेको उनले बताए। समितिको निर्णयअनुसार यस्तो कार्यविधि १५ दिनभित्र बनाइसक्नुपर्नेछ। ‘प्रभावित क्षेत्रका बैंकका ऋणीहरूका लागि ऋणको सीमा, आर्थिक अवस्था र क्षतिको आधार हेरी ब्याज र ऋण भुक्तानी तोकिएको पुनर्संरचना गर्ने एवं कार्यविधिबमोजिम ५० हजारसम्मको ऋणको साँँवा र ब्याज मिनाहा दिने,’ निर्णयमा उल्लेख छ। ऋण मिनाहा सरकारी मात्रै नभएर निजी बैंकले समेत गर्नुपर्नेछ। त्यसको प्रावधानबारे अहिले नै कार्यक्रम भने बनिसकेको छैन। समितिका सचिव शान्तराज सुवेदीले ऋण मिनाहाको निर्णय भए पनि थप व्यवस्था कार्यविधिले गर्नेछ। ‘यो जुन कुनै बैंकबाट ऋण लिएको भए पनि मिनाहा दिनुपर्छ,’ उनले भने, ‘यससम्बन्धी बृहत् कार्यविधि भने दुई निकायले बनाउनेछन्। उक्त मापदण्डका आधारमा कार्यक्रम तह हुनेछ।’ कार्यविधि बनिसकेपछि चालू आर्थिक वर्षको असार मसान्तसम्मको यससम्बन्धी काम सम्बन्धित बैंकले सक्नुपर्नेछ। सरकारको उक्त निर्णयपछि मिनाहा भएबराबरको रकम सरकारले बेहोर्नुपर्नेछ। सरकारले यसअघि भूकम्प प्रभावितहरूका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गरिसकेको छ। २ प्रतिशत ब्याजमा १५ देखि २५ लाख रुपैयाँँसम्म ऋणको व्यवस्थासम्बन्धी उक्त व्यवस्थाको कार्यविधि राष्ट्र बैंकले छलफलका लागि राखेको छ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीद्वारा आत्महत्या

सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन्। उनले आइतबार राति आफ्नै निवासमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्। उनको सुसाइड नोटमा इच्छामरण लेखिएको छ। 'इच्छामरण हो। शव अस्पताललाई दान दिनू। क्रिया खर्च पाँच लाख भूकम्पपीडितलाई दिनू,' सुसाइड नोटमा लेखिएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ। खिलराज रेग्मी प्रधानन्यायाधीश हुँदा चार वर्ष अस्थायी न्यायाधीशको रुपमा कार्यरत रहँदा पनि न्यायापरिषदले स्थायी नियुक्तिी नगरेको भन्दै उप्रेतीले म्याद सकिनु एक महिनाअघि राजीनामा दिएका थिए। कम्पनी ऐन र वाणज्यि ऐनमा दख्खल भएका उप्रेती संवैधानिक कानुनका पनि ज्ञाता थिए। नेपालको संविधान २०४७ का विषयमा उनले दुई वटा कृतिसमेत प्रंकाशित गरेका थिए।

अनौठो खुलासाः धुम्रपानका अम्मलीहरु भोट हाल्न डराउँछन्

मानिसले गर्ने धुमपान र चुनावमा गर्ने मतदानमा के सम्बन्ध होला ? गरीब तथा अशिक्षित समाजमा नेताहरुले रक्सी चुरोट खुवाएकै भरमा भोट हाल्न नजाने मानिसहरु पनि गएर खुवाउनेलाई भोट हाल्ने गरेको भन्ने खालका समाचार हामीकहाँ सुनिन्छ कहिलेकाहीँ । यसबाट धुमपानले चुनावमा भोट हाल्ने दर झन बढाउँछ की जस्तो लाग्नसक्छ । तर होइन, एक नयाँ अध्ययनले धुमपानले मतदानको दर घटाउने देखाएको छ । अमेरिकाको कोलोराडो विश्वविद्यालयका शोधकर्ताका अनुसार धुम्रपान गर्ने ६० प्रतिशत मानिसले मतदानमा भाग लिँदैनन् । धुम्रपानका अम्मलीहरु मतदानबाट बञ्चित हुने दर निकै उच्च हुने भएकाले अम्मलीहरु समाजमा सिमान्तीकृत हुने सम्भावना बढिरहेको शोधकर्ताहरुको ठहर छ । शोधकर्ता सहायक प्राध्यापक कारेन एलब्राइटका अनुसार धुमपान तथा सुर्ति सेवन गर्ने मानिसहरु तिब्र रुपमा सिमान्तीकरणमा परिरहेका छन् र धुमपान नगर्ने मानिसहरुको भन्दा अम्मलीहरुको आत्मविश्वास समेत निकै कम हुने पाइएको छ । शोधकर्ता एलब्राइट भन्छन्, ‘हाम्रो अध्ययनबाट यो कुराको खुलासा भएको छ की सिमान्तीकरणमा पर्ने स्थिति वैयक्तिक स्तरभन्दा वृहत छ र त्यस्ता व्यक्तिहरु राजनीतिक प्रणाली तथा राजनीतिक संस्थाहरुबाट समेत टाढिइरहेका हुन्छन् ।’ साइन्स डेलीका अनुसार उक्त शोधका क्रममा ११ हजार ६ सय २६ जना मानिसलाई सहभागी गराइएको थियो । सहभागीलाई उनीहरुको धुम्रपानसँग सम्बन्धित व्यवहारका विषयमा विभिन्न प्रश्न सोधिएको थियो । साथै उनीहरुलाई हालै भएका चुनावहरुमा भोट हाले नहालेको विषयमा पनि सोधिएको थियो । त्यसबाट के खुलासा भयो भने दैनिक रुपमा धुम्रपान गर्ने मध्ये ६० प्रतिशत मानिसहरुले धुम्रपान नगर्नेहरुको तुलनामा मतदानमा भाग लिएनन् । आखिर धुम्रपान गर्ने मानिसहरुमा के कारणले गर्दा मतदानप्रति अरुची पैदा भएको हो ? त्यसको कारण भने पत्ता नलागेको शोधकर्ता बताउँछन् । तर यसको एउटा कारण भनेको धुम्रपानका अम्मलीहरु राजनीतिक दल तथा नेताहरुलाई दमनकारी ठान्दछन् किनकी राजनीतिक दलहरुले सूर्तिजन्य पदार्थमाथि विभिन्न खाले कर तथा बन्देजहरु लगाएका हुन्छन् ।

गोरखालाई केन्द्र बनाएर ५ रेक्टरको पराकम्पन

११ जेठ, काठमाडौं । गोरखालाई केन्द्र बनाएर सोमबार विहान ५ रेक्टर स्केलको पराकम्पन गएको छ । विहान ३ बजेर २३ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस भएको थियो । गोरखाको बार्पाकलाई केन्द्र बनाएर वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको थियो ।

फेसबुक बारे तपाइँले थाहा नपाएका ९ रोचक तथ्यहरु

झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट हो । तर फेसबुकका ठ्याक्कै वास्तविक प्रयोगकर्ता कति छन् भन्ने बारेमा कतिजनालाई थाहा छ ? मार्केटिङ र्फम विसपोन्डले फेसबुकको बारेमा केही पछिल्ला ४० तथ्यहरु सार्वजनिक गरेको छ । जसमध्ये ९ रोचक तथ्य बिजनेस इनसाइडरले यसरी प्रस्तुत गरेको छ- 1· फेसबुक खासै बुढो भएको छैन । अर्थात् यसका प्रयोगकर्ता उमेर छिप्पिएका मात्र छैनन् । सन् २०१४ मा माध्यामिक तहमा अध्ययनरत ८७ प्रतिशतले आफ्नो अझै पनि फेसबुक अकाउण्ट रहेको बताएका छन् । त्यस्तै ७० प्रतिशत फेसबुक प्रयोगकर्ता किशोर किशोरीहरु फेसबुकमा आफ्ना अभिभावकसँग साथी छन् । 2· फेसबुक किशोरी तथा युवतीहरुका लागि खासै सुरक्षित देखिँदैन । फेसबुक प्रयोगकर्ता ६६ प्रतिशत किशोरीहरुले फेसबुकमा आफुलाई दुव्र्यवहार हुने गरेको बताएका छन् । 3· फेसबुक प्रयोगकर्ताले आफ्नो रिलेसनसिप स्टाटस परिवर्तन गर्ने दिनमा फेसबुक पोष्टमा हुने अन्तरक्रिया २ सय २५ प्रतिशतले वृद्धि हुन्छ । तर २८ प्रतिशत नवविवाहित महिला पुरुषले मात्र आफ्नो विवाह भएको केही घण्टाभित्रै फेसबुकमा रिलेसनसिप स्टाटस परिवर्तन गर्ने गरेको पाइएको छ । अर्थात् विवाह भैसकेपछि पनि फेसबुक प्रयोगकर्ताहरु आफ्नो सिंगल स्टाटस फेर्न तत्कालै रुचाउँदैनन् । 4· फेसबुकमा साथी रहेका मध्ये सबैभन्दा धेरै ‘अनफ्रेण्ड’ गरिने साथीहरु स्कुल पढ्दाताकाका साथीहरु नै हुन् । किनकी उनीहरुले असम्बन्धित तथा ध्रुविकृत पोष्टहरु गर्दछन् । 5· अमेरिकामा १९.४ प्रतिशत जागिरेहरु उनीहरुको कार्यस्थलमा फेसबुक चलाउनबाट बञ्चित छन् । ३० प्रतिशत अमेरिकीले भने अफिसमा काम गरिरहेको बेलामा समेत फेसबुक चलाइरहन्छन् । 6· सबैभन्दा धेरै फेसबुक फ्यान भएको टेलिभिजन शो ‘दी सिम्पसन’ हो । यो एनिमेटेड कार्टुन शो को फेसबुक पेजमा ६ करोड ९६ लाख फ्यान रहेका छन् । बढि फ्यान भएका टेलिभिजन शो मा दोश्रोमा मिस्टर बिन र तेश्रोमा स्पोन्जबब रहेका छन् । 7· फेसबुकमा सबैभन्दा लोकप्रिय संगीतकर्मी शाकिरा हुन् । उनका १० करोड फेसबुक फ्यान छन् । त्यस्तै दोश्रो स्थानमा ९ करोड १० लाख फ्यान सहित इमिनेम र तेश्रो स्थानमा रहेकी रिहान्नाका ८ करोड १० लाख फेसबुक फ्यान रहेका छन् । 8· विश्वमा सबैभन्दा धेरै सक्रिया फेसबुक प्रयोगकर्ता रहेको देश क्यानडा हो । अमेरिका र क्यानडामा गरी फेसबुक दैनिक प्रयोगकर्ताको कुल संख्या १५ करोड ७० लाख रहेको छ । 9· एसिया महादेशमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २५ करोड ३० लाख रहेको छ । तर विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा भने फेसबुक प्रतिबन्धित रहेकेा छ ।

ओभरफ्लो भएर कालिगण्डकीबाट पानी बग्न थाल्यो

उत्तरी म्याग्दीको राम्चे ९ को पहाड खसेर आएको पहिरोले थुनिएर ताल बनेको कालीगण्डकी नदीबाट ओभर फ्लो भएर पानी बग्न थालेको छ। नेपाल प्रहरीका अनुसार थुनिएको ठाउँबाट बिस्तारै पानी बग्न थालेको हो।

सनीलाई सलिनाले घरबाट निकालिन्

मुम्बई– अश्लिल चलचित्र संसारबाट निस्किएर बलिउडमा राम्रो पहिचान बनाइरहेकी अभिनेत्री सनी लियोनलाई घरधनीले डेराबाट निकालिदिएकी छन्। उनकी घर साहूनीलाई सनीका केही बानी व्यवहार मन नपरेपछि घर खाली गराएको बताइएको छ। द न्यू इन्डियन एक्सप्रेसमा छापिएको खबरअनुसार मुम्बईको अंधेरीस्थित एक अपाटर्ममेण्टको फ्ल्याटमा सनी बस्ने गर्थिन्। तर, हालै उनकी घर साहूनीले घर खाली गराएकी हुन्। अब सनी मुम्बईमा बस्ने डेराका लागि घर खोजीमा भौंतारिन थालेकी छन्। प्राप्तसमाचार अनुसार आजभोलि उनी एक होटलमा दिन बिताइ रहेकी छन्। र, डेरा खोजीका कारण निकै चिन्तित पनि छिन्। यसका कारण उनले काम गर्ने भनिएका केही चलचित्रको छायाँङ्कनसमेत प्रभावित भइरहेको बताइएको छ। प्राप्त जानकारीअनुसार सनीको घर साहूनीले बज अचानक अपार्टमेण्टको निरीक्षण भ्रमण गरिन्, तब उनले सनीले आफ्नो घरलाई थोत्रो बनाउने गरी अनेक व्यवहार गरेको देखिन् । बाथरुमा जाँदा कैयाँै दिन देखि सफा नगरिएको, लेउ जमेको देखिन् । भने बालकोनीमा जाँदा साहूनीले फर्निचरहरु सडिरहेको र गन्ध आइरहेको देखिन्। आफ्नो घरमा यस्तो फोहर देखेर साहूनीको दुःखी भइन्। र, सनीलाई घरबाट निकालेर डेरा खाली गराइन्। तर, सनीलाई आफ्नो घरबाट निकाल्ने अरु कोही नभएर बलिउडकी एक नामी हिरोइन सेलिना जेटली हुन्। जानकारीअनुसार केही साल अघि सेलिना ले सनीको बाध्यता बुझेर आफ्नो फ्ल्याट भाडामा दिएकी थिइन्। तर, राम्ररी रेखदेर नगर्दा उनले बाध्य भएर सनीलाई घरबाट निकाल्नु परेको बताइएको छ। हाल सनी आफैले घर किन्नका लागि पनि घरको खोजी गरिरहेको बताइएको छ।

कालीगण्डकी फुटेर बाढीको खतरा छैन: गृहमन्त्री

पोखरा, जेष्ठ १० - उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले कालीगण्डकीमा पहिरोले बनेको बाँध फुटेर एकैसाथ बाढी आउने खतरा नरहेको बताएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकको राम्चेस्थित महभीरमा गएको पहिरोले थुनिएको कालीगण्डकीको अवलोकनपछि गौतमले ठुलो चट्टानहरु नदीमा परेकोले एकैपटक बगाएर बाढी जान नसक्ने बताएका हुन् । प्रहरी र सशस्त्र प्रहरी प्रमुखसहित हवाइ अवलोकनपछि पोखरा विमानस्थलमा झरेका गौतमले भने, ‘पहाडका ठुला चट्टान खसेकोले एकैपटक बाँध फुट्ने संभावना देखिन्न । बाँध भरिएपछि पानी निस्कन थाल्छ । तल्लो तटीय क्षेत्रमा बाढी भने जान सक्छ । त्यस क्षेत्रका बासिन्दा सुरक्षितस्थलतर्फ गइसकेका छन्,’ उनले भने । पहिरोले नदिमा करिब ६० मिटर अग्लो बाँध बनाएको जानकारी दिँदै उनले भने, ‘पहिरो नरोकिएकोले त्यसलाई फुटाएर पानीको निकास बनाउन कठिन भइरहेको छ ।’ गत वर्ष भोटेकोशी थुनिँदा जसरी होशिसायरीसाथ तल्लो भेगमा क्षति हुन नदिए झैं अहिले पनि सामना गरिने गौतमले बताए । थुनिएको स्थलमा सेनाले पोष्ट खडा गरिसकेको र तल्लो क्षेत्रमा प्रहरीले बस्तीका बासिन्दालाई नदीबाट टाढा पठाईरहेको उनले बताए । अहिलेसम्म पहिरोले २६ घर पुरिएको उनले बताए । यसअघि भूकम्पले ती घर पहिरोको खतरामा परेकोले त्यहाँका बासिन्दा हटाईएकोले मानवीय क्षति नभएको गौतमको भनाई छ । गौतम पहिरोस्थलको हवाई अवलोकनपछि ९ किलोमिटर टाढाको सदरमुकाम बेनीमा सुरक्षा प्रमुखलाई निर्देशन दिएर फर्केका थिए ।

सुरक्षितस्थानमा लागेका सर्वसाधारणलाई असिनापानीले पनि छाडेन

पर्वत–भूकम्पले चर्किएको पहाड भत्किएर थुनिएको कालीगण्डकी फुट्ने त्रासले घर छाडेर डाडाकाडामा बसेका सर्बसाधारणको असिनापानी परेपछि बिचल्ली भएको छ। सुरक्षित स्थानको खोजिमा विभिन्न भिरपाखा, ओढार र खाली आकाशमुनि बस्दै आएका सर्वसाधारणहरुको भारी असिनापानीले विचल्ली बनाएको हो। उत्तरी म्याग्दीको भगवती–२, बैंसरीमा खसेको भीषण पहिरोका कारण कालीगण्डकी नदी थुनिएपछि मध्यरातदेखि घर छाडेर डाडाकाडा चहारेका सर्वसाधारण दिउसो २ः३० मा भारी असिना र मुसलधारे पानीले बिजोग बनाएको हो। सुरुमा हुरी बतासबाट सुरुभएको वर्षा असिना र पानी परिणत भएको छ। घरमा असुरक्षित भएर अन्यत्र लागेका सर्वसाधारण्रु अहिले हावाहुरी र असिना पानीको मार खेपिरहेका छन्। ...घरमा बस्न डर लागेपछि सुरक्षित ठाउ खोज्दै घरमाथिको डाडोमा बसेका थियौ। असिनापानीले रुझाएको छ,' पर्वतको मालढुंगाका गणेश माझीले फोनमा भने। सुरक्षित ठाउ खोज्दै गएराति देखि भीर पाखोमा बस्दै आएका आफूसहित मालढुंगाका सिंगोबस्ती अहिले बिचल्लीमा परेको उनले बताए। पर्वतको वारीबेनी, लस्तीबजार, मिलनचोकबजार, फर्से, मालढुंगा, सेतीबेणीबजार लगायतका १२ सय घरपरिवार थुनिएको कालीगण्डकी नदीको उच्च जोखिममा रहेका छन्। नदीको जोखिमबाट बच्न पाखो ठाउमा बसेका उनीहरुलाई असिनापानीले समेत पीडित बनाएको छ। बढीमात्रामा बालबालिका, बृद्धबृद्धालाई समस्या बनाएको छ।

६० वर्षपछि दोहरियो विपत्ति

चितवन–चितवनमा व्यवस्थित वस्ती विकास हुनुमा ६० वर्षअघिको प्रलयकारी बाढी पहिरोको भूमिका छ। विस २०११ सालको साउन भदौंमा धादिङ, गोरखा, लमजुङ र मकवानपुर जिल्लामा विनासकारी बाढी पहिरो आएपछि त्यहाँका वासिन्दालाई चितवनमा ल्याएको थियो। अहिले विपदको त्यही अवस्था दोहरिएको छ। त्यो बेला बाढी पहिरो गएकै क्षेत्रमा अहिले शक्तिशाली भूकम्प जाँदा जनधनको ठुलो क्षति भएको छ। त्यो बेला पीडितहरुलाई सरकारले नै चितवनमा दुईदेखि सय विघासम्म जग्गा दिएर बसाएको थियो। अहिले त्यस्तो सम्भावना छैन। तर सो क्षेत्रबाट यस पटक पनि भूकम्प पीडितहरु चितवन आएका छन् जो फर्कन चाहदैनन्। गोरखा, धादिङ, लमजुङ र मकवानपुर मुलथलो भएकाहरुको चितवनमा बाक्लै बसोबास छ। त्यसैले यो पटक भूकम्पले बेहाल बनाएपछि सो क्षेत्रका वासिन्दा आफन्त र चीनजानका मान्छेहरुको घर डेरामा आश्रय लिएर बसेका छन्। जग्गा किन्न भन्दै त्यस क्षेत्रबाट धेरै नै सोधखोज हुने गरेको जग्गा व्यवसायी बताउँछन्। ...जहाँ जहाँ भूकम्पले धेरै नोक्सान गरेको छ त्यहाँका मान्छेको यहाँ पहिलेदेखि नै बसोबास छ। अहिले त्यहाँ बस्न नसक्ने भएपछि चितवन आउने क्रम पक्कै पनि बढ्छ', घर जग्गा व्यवसायीहरुको संस्था नारायणी जग्गा तथा आवास व्यवसायी समितिका संस्थापक अध्यक्ष दिनेशकुमार चुकेले भने। २०१३ सालमा अमेरिकी सहयोगमा सरकारले राप्ती दून विकास परियोजना सुरु गरेको थियो। जस्ले औंलो उन्मुलन कार्यक्रम सञ्चालन गरेर चितवनमा वस्ती विस्तार गरेको हो। सो काममा खटेका सरकारी अधिकारी हुन् जनकलाल शर्मा र कृष्णबम मल्ल।यी दुई अधिकारीसँग राम्रो सँगत गरेका र शर्मा र मल्लको अनुभव समेटिएको पुस्तक 'राप्ती उपत्यका'को प्रकासनसमेत गरेका चितवनका पुराना वासिन्दा हुन् महेश्वरलाल श्रेष्ठ। श्रेष्ठ भन्छन् 'त्यो बेलामा चितवनमा आदिवासी थारु, बोटे, दराई, कुमालहरुको मुख्य बसोबास थियो।' बन्दीपुरमा रहेका नेवार समुदायहरु व्यपारको सलसिलामा भारत आउने जाने गर्दा फाट्ट फुट्ट चितवनको नारायणी नदी किनारमा रहेको नारायणगढमा बस्न थालेका थिए। तर व्यापक वस्ती विस्तारमा पहाडी क्षेत्रका बाढी पहिरो पिडितहरुलाई पुर्नस्थापित गराउन सुरु भएको राप्ती दून परियोजनाकै भूमिका रहेको श्रेष्ठले बताए। सरकारले छोटी फार्म भनेर किसानलाई दुईदेखि पाँच विघा जग्गा दिएको थियो। श्रेष्ठका अनुसार मझौला फारम २५ बिघा र बडी फारम भनेर ५० विघा जमिन दिएको थियो। छोटी फारम लिनेलाई सरकारले गोरु किन्न तीन सय रुपैयाँ अनुदान र खान गहुसमेत दिन्थ्यो।त्यस्तै ५० विघा लिनले आफै ट्याक्टर किनेर नमुना खेती गरेर देखाउनु पर्दथ्यो भन्छन श्रेष्ठ। उद्योगका लागि सय बिघा खेत दिने गरिन्थ्यो। १७ सालमा भरतपुर क्षेत्रमा टाउन प्लानिङ गरेर १२ वटा वस्तीमा शशुल्क घडेरी दिएको पनि श्रेष्ठ बताउँछन्। 'अब अहिले त्यो अवस्था नहोला तर भूकम्पले हल्लाएका पहाडका मान्छे त यहाँ आउँछन् नै उनीहरुलाई राखेर के कसरी व्यवस्थित बसोबास गराउने हो भन्ने चुनौती छ,' श्रेष्ठले भने। भूकम्पले चितवनमा ठुलो भौतिक क्षति नगराएकाले यो जिल्ला सुरक्षित भन्ने सन्देश गएको छ।'पहाडमा बस्नै नमिल्ने भयो। काठमाडौंमा पनि आपत नै आयो। चितवनमा त्यस्तो ठुलो केही भएन। यसले गर्दा बसोबासका लागि आउने क्रम अब ह्वात्तै बढ्छ,' जग्गा व्यवासी दिनेशकुमार चुकेले भने। त्यसैले व्यवस्थित बसोबासका लागि सरकारी र निजी क्षेत्रबीच तालमेल हुनु पर्ने उनले बताए। 'फर्केर गाउँमै जाउँ बस्नै नमिल्ने भयो। अन्यत्र जाउँ आफन्त यही छन्। यहाँ बसेमा केही न केही काम गरेर पनि ज्यान पाल्न सकिन्छ। त्यसैले गाह्रो सारो सहेर पनि यही चितवनमै बस्ने' भूकम्पपछि नारायणगढ क्षेत्रपुरको आफन्तको घरमा आश्रय लिन आएका गोरखा बारपाककी स्वास्थानी सुनारले भनिन्।'जंगल फाँड्न मिलेन। खाली जमिन छैन। भएको जमिन खेती गर्नै पर्छ। खै कसरी मिलाउने हो गाह्रो पो छ' महेश्वरलाल श्रेष्ठले भने। उनले बसाइसराईको चाप बढ्दा कृषि जमिन मासिने खतरा देखेका छन्। कृषि जमिन मासिए चितवनमा समस्या सुरु हुने उनले बताए।

नेपालको भूकम्पमा विश्वका चर्चित भूगोलविदको निधन

१० जेठ, काठमाडौं । जर्मनी प्रोफेसर तथा विश्वका चर्चित भूगोलविद एवं हिमनदी सम्बन्धी ज्ञाता डा.माल्थियस कुहले अब संसारमा रहेनन् । आफ्नो ६७ औं जन्म दिन मनाउन ६ दिनमात्रै बाँकी रहँदा बैशाख १२ गतेको भूकम्पमा परी कुहलेको निधन भएको छ । हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तनबारे अध्ययन गर्न कुहले जर्मनबाट विद्यार्थीहरु लिएर नेपाल आएका थिए । भूकम्पका बेला उनी गोरखामा थिए, जहाँ उनको निधन भयो । उनीसँगै उनका केही विद्यार्थीहरुको पनि निधन भयो । प्रोफेसर कुहलेले नेपाल लगायत तिब्बत र मध्य एशियाको हिमालय क्षेत्रमा लगातार ३० वर्षसम्म अध्ययन गरेका थिए । उनले नेपालको मर्स्याङ्दी। सेतीलगायतका नदी र त्यसक्षेत्रको वातावरणीय प्रभावबारे लामो अनुसन्धान गरेका थिए । एशियाको हिमाली क्षेत्र र यहाँका हिमनदीको आयुबारे लामो अनुसन्धानमा लागे कुहलेको जीवन अन्ततः नेपालकै भूमिमा हुन पुग्यो । उनले गरेको अध्ययन र अनुसन्धानले नेपालको हिमाली क्षत्रेमा आइपर्ने विपत्तिबारे अध्ययन गर्न हामीलाई महत्वपूर्ण सन्दर्भ सामाग्री दिएको प्राध्यापक कुलप्रसाद लिम्बु बताउँछन् । ‘मैले गत साल जर्मनीमा आयोजित एक कार्यक्रममा कुहलेसँग भेटेको थिएँ, लिम्बुले अनलाइखबरसँग भने- ‘त्यहाँ उनले नेपालको हिमाली क्षेत्रमा कसरी वातावरणीय परिवर्तन भइरहेको छ भन्नेबारे व्यास्था गरेका थिए । वास्तवमा उनी हिमनदीको भू-आकृति सम्बन्धी वैज्ञानिक हुन् ।’

Saturday, May 23, 2015

नङपालिसमा विषाक्त पदार्थ, स्वास्थ्यका लागि खतरनाक

महिलाहरुले सौन्दर्य प्रसाधनको रुपमा अत्यधिक प्रयोग गर्ने नङपालिस स्वास्थ्यका लागि हानिकारक हुने विज्ञले चेतावनी दिएका छन् । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालय तथा क्यान्सर रोकथाम इन्स्टिच्युटका विशेषज्ञ डाक्टर थु क्वाचले नङ पालिस तथा नङको स्याहार गर्ने अन्य सौन्दर्य प्रसाधनका सामानहरुमा विषाक्त पदार्थहरु हुने र ती पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पूराउने बताएका छन् । दी कन्भरसेसन जर्नलमा प्रकाशित आलेखमा उनले नङपालिसमा हुने त्यस्ता विषाक्त पदार्थको सम्पर्कमा आउनाले क्यान्सर देखि बाँझोपन सम्मका समस्या देखिन सक्ने उल्लेख गरेका छन् । फर्माल्डिहाइड तथा प्रजनन हर्मोनको उत्सर्जनमा असर पूराउने विभिन्न खाले रासायनिक पदार्थ नङपालिसमा हुन्छन् । नङपालिसमा पाइने हानिकारक पदार्थ टोलुन, फर्माल्डीहाइड र डाइब्युटाइल थालेटलाई टक्सिक ट्रायो पनि भन्ने गरिन्छ । यी तिनवटा विषाक्त पदार्थले लगाउने मानिस मात्र होइन सैलुनका सौन्दर्य व्यवसायीको स्वास्थ्यमा समेत नकारात्मक असर पूराउने विज्ञको भनाइ छ । नङको सौन्दर्यमा फिनिसिङ गर्न तथा पालिसको रङलाई राम्रो बनाउनका लागि प्रयोग गरिने टोलुनले केन्द्रीय स्नायु प्रणाली तथा प्रजनन प्रणालीमा पनि हानी पूराउँछ । यो रसायन पेट्रोलियम पदार्थमा मिसाउन समेत प्रयोग गरिने पदार्थ हो । फर्माल्डीहाइडलाई क्यान्सर पैदा गर्ने तत्व कार्सिनोजेन पनि भनिन्छ । यसलाई नङलाई कडा बनाउने तथा नङको सौन्दर्य प्रसाधनका लागि प्रयोग गरिने औजारको संक्रमण रोक्न प्रयोग गरिन्छ । त्यस्तै डाइब्युटाइल थालेट जसलाई पालिसलाई लचक बनाउन प्रयोग गरिन्छ त्यसले प्रजनन सम्बन्धि समस्या पैदा गर्दछ । घरको कोठामै वा सैलुनमा गएर नङलाई सजाउँदा नङपालिस तथा अन्य सौन्दर्य प्रसाधनका रसायनहरुबाट निस्किने गन्ध तथा बाफ हावामा फैलिने र उक्त हावालाई स्वासप्रस्वासको माध्यमबाट लिँदा मानिसको फोक्सोमा समेत असर पार्ने विज्ञहरु बताउँछन् ।

दाह्री खौरिँदा काट्यो ? खबरदार ज्यानै जाला

मानिसमा रोग सिर्जना गर्ने जिवाणुहरुमा एन्टीबायोटिक औषधि विरुद्धको प्रतिरोधी यति तिब्र रुपमा बढ्दैछ की आउँदो ३५ वर्षमा ३ करोड मानिसहरुको प्रतिरोधी ब्याक्टेरियाकै कारण अकालमा मृत्यु हुनसक्छ । बेलायती सरकारले गठन गरेको विज्ञहरुको एक समूहका अध्यक्ष समेत रहेका अर्थशास्त्री जिन ओनिलका अनुसार यदि यो चुनौतिसँग तत्कालै जुध्न सकिएन भने भविष्यमा तपाइँ दाह्री खौरिँदा बनेको सामान्य घाउ समेत निको नभएर ज्यान गुमाउन बाध्य हुनुपर्नेछ । ओनिलको नेतृत्वमा बनेको समीक्षा टोलीले नयाँ एन्टिबायोटिक औषधि विकाश गर्ने अनुसन्धानका लागि दुइ अर्ब डलर रकम प्रदान गर्न समेत उनीहरुले औषधि उद्योगहरुसँग माग गरेको छ । एन्टिबायोटिक प्रतिरोधक तथा एन्टीमाइक्रोबायलको समस्या विश्वभरी नै रहेको विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार सन् २०५० सम्ममा बि्रक्स देशहरु, ब्राजिल, रुस, चीन, भारत र दक्षिण अफ्रिकाको अर्थव्यवस्था अमेरिकाको जत्रै हुने तर एन्टीबायोटिक प्रतिरोधीताको खतरा ती देशमा कैयौँ गुणा बढ्नेछ । एन्टीबायोटिक विरुद्धको प्रतिरोध यहीँ रफ्तारले बढ्दै गएमा सन् २०५० सम्ममा विकाशशील देशहरुमा हरेक वर्ष एन्टीबायोटिक प्रतिरोधी जिवाणुकै कारण १० लाख मानिसहरुको ज्यान जाने र युरोपमा त्यो संख्या प्रतिवर्ष २ लाख डलर हुनसक्ने ओ निलले बताएका छन् । उनका अनुसार त्यो स्थिति महाप्रलय जस्तै भयानक हुनेछ । उनी भन्छन्, ‘यदि नयाँ एन्टिबायोटिक औषधि विकशित भएन भने हाम्रा दैनिक काम समेत ज्यानमारा सावित हुनेछन् । दाह्री खौरिने बेला बनेको घाउ तथा बगैँचामा काम गर्दा बनेको घाउका कारण समेत हाम्रो ज्यान जानेछ । अझ अंग प्रत्यारोपण जस्ता काम त असम्भव हुनेछन् ।’

११ वर्षमै स्नातक पास, अमेरिकाको राष्ट्रपति बन्ने लक्ष्य

केही समयअघि अमेरिकामा एक जना वर्षका वृद्धले स्नातक उत्तीर्ण गरेको समाचार आयो र सबैलाई अचम्मित बनायो । अमेरिकामै फेरि अर्को अचम्म भएको छ । एकजना ११ वर्षका बालकले स्नातक उत्तीर्ण गरेर सबैलाई छक्क पारिदिएका छन् । क्यालिफोर्नियाको साक्रामेन्टोमा बस्ने तनिष्क अब्राहम नामका बालकले अमेरिकन रिभर कलेजबाट १८ सय विद्यार्थीसँगै मे २० मा स्नातक डिग्री हासिल गरेका हुन् । उक्त कलेजबाट स्तानक डिग्री हासिल गर्ने अब्राहम अहिलेसम्मकै कान्छो विद्यार्थी रहेको कलेजले जनाएको छ । तनिष्कले गणित, विज्ञान र विदेशी भाषा अध्ययन गरी ३ विषयमा स्नातक गरेका हुन् ।
उनले १० वर्षको उमेरमै हाइस्कुलको परीक्षा पास गरेका थिए र ७ वर्षको उमेरदेखि नै अमेरिकन रिभर कलेजमा अध्ययनरत थिए । उनी ४ वर्षको उमेरदेखि नै मेन्सा इन्टरनेसनलको सदस्य रहेका थिए । मेन्सा इन्टरनेसनल निकै तिक्ष्ण बुद्धि भएका मानिसहरुको यस्तो अन्तराष्ट्रिय संगठन हो जसमा निकै उच्च आइक्यू स्तर भएका मानिसहरु सदस्य हुन्छन् । स्मरण रहोस् गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई बधाइ दिएर क्षमताको प्रसंसा गर्दै पत्र लेखेपछि तनिष्क चर्चामा आएका थिए । भविष्यमा डाक्टर, चिकित्सा अनुसन्धानकर्ता तथा अमेरिकाको राष्ट्रपति बन्ने आफ्नो चाहना रहेको तनिष्कको भनाइ छ । बीबीसी