Thursday, December 31, 2015

लाहोरबाट वेपत्ता भएकी तीन पाकिस्तानी महिला आईएसमा

१६ पुस, काठमाडौं । लाहोरबाट वेपत्ता भएकी तीन महिला चरमपन्थी संगठन इस्लामिक स्टेटको सदस्य बनिसकेको पाकिस्तान पुलिसले बताएको छ । पाकिस्तान पुलिसका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताए अनुसार तीन महिला सरियामा छन् । पाकिस्तानबाट महिला इस्लाकि स्टेटमा संलग्न हुने भएको यो पहिलो घटना मानिएको छ । पाकिस्तानी सेना र गृह मन्त्रालयले पटकपटक आईएसको उपस्थिति अस्वीकार गर्दै आएको थियो । बीबीसीले पाकिस्तानी अधिकारीहरुलाई उदृत गर्दै जनाए अनुसार ती महिलाहरु आफ्नो बच्चासहित सीमा पार गरेर इरान पुगे र त्यहाँबाट उनीहरुलाई सिरिया लगिएको छ । सुरुमा उनीहरु अपहरणमा परेको अनुमान गरिएको थियो । यसैसाता मात्र आतंकवाद विरोधी पुलिसले आठ संदिग्धलाई गिरफ्तार गरेको दाबी गरेको थियो । र, आईएसप्रति झुकाव राख्ने एक ग्रुपलाई सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार सिरिया पुगेका महिला मध्ये एक लाहोरको एक इस्लामिक केन्द्रकी पि्रन्सिपल हुन् । उनी सेप्टेम्बरमा आफ्नो चार बच्चासहित घर छाडेर गएकी थिइन् ।

आउँदैछ चमत्कारी औषधि, जसले भगाइदिनेछ बुढ्यौली र चाउरीपना

सधै जवान भैरहने चाहना कसको पो हुँदैन र ? तर समयक्रमसँगै मानिस बालकबाट तन्नेरी र बुढो हुँदैजान्छ । तर कतिपय मानिस भने वंशाणुगत तथा अन्य विभिन्न खाले अस्वस्थताका कारण उमेर छँदै चाउरीन्छन् र बुढो देखिन्छन् । मानिसहरुले जवान देखिनका लागि विभिन्न खाले औषधि तथा उपचार पद्धति अपनाएका हुन्छन् । तर यस्ता उपचारले पनि उमेर छिप्पिएर हुने बुढ्यौलीलाई रोक्न भने सक्दैनन् । तर अब वैज्ञानिकहरुले यस्तो औषधि तयार पार्दैछन् जसले बुढ्यौलीको दरलाई कम गरिदिनेछ । वैज्ञानिकहरुका अनुसार यो औषधिले छिटो बुढो हुनबाट रोक्नेछ र मानिस १ सय वर्षको उमेरपछि पनि स्वस्थ भएर बाँच्न सक्नेछ । शोधकर्ताहरुले मधुमेहमा प्रयोग गरिने मेटफर्मिन वर्गको औषधिमा एन्टी एजिंग अर्थात् बुढ्यौली प्रतिरोधी गुण रहेको पत्ता लगाएका छन् । यो औषधिको प्रयोगले अन्य जनावरमा बुढ्यौलीको दर कम गरेको र आयुमा वृद्धि भएको परीक्षणबाट देखिएको भन्दै शोधकर्ताहरुले यहीँ वर्ष मानिसमा पनि परीक्षण गरिने जनाए । यदि यो प्रयोग सफल भएमा मानिस ७० वर्षको उमेरमा पनि अधवैँशे जस्तै हुन सक्नेछ । डाक्टरहरुलाई पनि क्यान्सर, मधुमेह जस्ता रोगको अलग अलग उपचार गर्नुपर्नेछैन । यो शोधका एक सदस्य रहेका स्क्टल्याण्डका प्राध्यापक गार्डन लिथगोका अनुसार यदि बुढ्यौली देखिने समस्याको उपचार हुन सकेमा वा बुढ्यौलीको दरलाई कम गर्न सकिएमा उमेर बढेसँगै देखिने कैयन् रोगहरुको आफसेआफ उपचार मिल्नेछ । यद्यपि बुढो हुन पूरै रोक्न भने सम्भव छैन र यसलाई केही लम्बाउने प्रयास मात्र वैज्ञानिकहरुको हो । शोधकर्ताहरुका अनुसार यस्तो एन्टी एजिंग औषधि बनाउनका लागि मेटफर्मिन सबैभन्दा उपयुक्त हुनेछ किनकी यो विश्वमा सबैभन्दा बढि प्रयोग हुने मधुमेहको औषधि हो । यसले कोषिकाहरुमा अक्सिजनको मात्रा बढाइदिन्छ । जब शोधकर्ताहरुले एक प्रकारको किरामा यो औषधिको प्रयोग गरे तब उनीहरुले पाए की त्यो किरामा बुढ्यौली निकै ढिलो मात्र आएन लामो समयसम्म त्यो स्वस्थ पनि रहन सक्यो । मुसामा गरिएको परीक्षणका क्रममा पनि त्यस्तो औषधि दिइएको मुसाको आयु अन्य मुसाको भन्दा ४० प्रतिशत बढि भएको पाइयो हड्डी पनि मजबुत थियो । उता मानिसको हकमा पनि यो औषधि सेवन गर्ने मधुमेहका रोगीहरु अन्य खाले औषधि सेवन गर्नेभन्दा लामो समयसम्म बाँच्ने गर्छन् । यो वर्षको केही महिनापछि अमेरिकामा यो औषधिको परीक्षण मानिसमा सुरु हुनेछ । यसका लागि ७०, ८० वर्षका मानिसहरु छनोट गरिँदैछ, जो क्यान्सर तथा मुटु लगायतका रोगबाट पीडित छन् । यो औषधिले उनीहरुमा सकारात्मक प्रभाव पार्ने र उनीहरुलाई स्वस्थ र तन्नेरीजस्तै बनाउन सहयोग गर्ने विश्वास शोधकर्ताहरुको छ ।

कुकुरसँग प्रेममा परेपछि किशोरीको यो हाल

भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विवेकको हद पार गर्दै एउटा कुकरसँगको प्रेममा पागल बनेकी छिन् । घटना भारतको हो । दैनिक जागरण अनलाइनका अनुसार यी किशोरीले उक्त कुकुरलाई नै आफ्नो ब्वायफ्रेण्ड मान्छिन् । जब ती किशोरीको कोठाबाट उनका अभिभावकहरुले केही पोर्न सामाग्रीहरु फेला पारे तब उनलाई मनोचिकित्सककोमा लगिएको थियो । समाचार अनुसार ती किशोरीका बुवाले ५ वर्ष पहिले घरमा जर्मन शेर्फड जातको कुकुर ल्याएका थिए । जब जब त्यो कुकुर ठूलो हुँदै गएको ती किशोरीको लगाव कुकुरप्रति बढ्दै गयो । उनी रातदिन सोही कुकुरसँग बस्न थालिन् । कुकुरसँग उनको प्रेमका बारेमा साथीसँगीहरुले चाल पाएपछि उनका अभिभावकहरुलाई भनिदिए । सुन्दैमा ती किशोरीका अभिभावक आत्तिए र उक्त कुकुर एउटा संस्थालाई दिए । तर ती किशोरीले यदि आफुलाई कुकुरबाट अलग गरेमा आत्महत्या गर्ने धम्की दिइन् । एक्ली छोरीको यस्तो कुरा सुनेपछि उनका बाउआमाले त्यो कुकुर फिर्ता लिए । अहिले उक्त कुकुरलाई एउटा पिन्जडाभित्र थुनिएको छ र त्यसको हेरचाहका लागि चौकीदार पनि राखिएको छ । यदि किशोरी कुकुरसँग लसपस गर्न थालेमा चौकिदारले उनका अभिभावकलाई खबर गरिदिने गरेको छ ।

स्कुलका प्रिन्सिपलले गरे १२ हजार जनामाथि बलात्कार

पैसाको लोभ देखाएर १२ हजार जना केटीहरुसँग सेक्स गर्ने एकजना गुरुलाई जम्मा २ वर्षको जेल सजाय भएको छ । यस्ता मानिसलाई त जन्मकैद नै हुनुपर्ने हो भन्नुहोला । तर जापानको एक स्कुलका पूर्व प्रधानाध्यापक ताकाशीमा नामका ती व्यक्तिलाई बालिकाको नांगो तस्वीर खिचेको आरोपममा मात्र सजाय सुनाइएको छ । तर अरु आरोपमा भने उनले कुनै सजाय भोग्नु परेन । जापानी मिडियाहरुको रिपोर्ट अनुसार उनले नांगो तस्वीर लिएकी बालिकाको उमेर भने १२ देखि १४ वर्षबीचको थियो । २ वर्ष पहिले फिलिपिन्सको होटलमा ती बालिकाको फोटो उनले लिएका थिए । पछिल्लो २७ वर्षमा उनले १२ हजार भन्दा बढि बालिका, किशोरी, युवती तथा महिलाहरुसँग विभिन्न प्रलोभनमा पारी सेक्स गरेको र यौन सम्पर्कका बेला खिचेका डेढलाख भन्दा बढि नग्न तस्वीरहरु ४ सय वटा अलग अलग एल्बममा राखेको बताइएको छ । जापानी अदालतका न्यायाधीशका अनुसार ताकासिमाले केटीहरुको आर्थिक विपन्नताको फाइदा उठाउने गरेका थिए । ताकासिमाले अदालतसामु माफी माग्दै अबदेखि त्यस्तो काम नगर्ने बताएका छन् । अदालतको बयानमा उनले आफुमा सेक्स एक लतको रुपमा रहेको र सेक्सको बेला तस्वीर खिचेर राख्ने बानी परेको बताए । यस्ता तस्वीर हेर्दा सम्झना ताजा हुने उनले जिकिर थियो । सन् १९८८ मा फिलिपिन्सको मनिलामा एक जापानी स्कुलमा जागिर सुरु गरेदेखि नै उनले पैसा दिएर केटीहरुमाथि यौन शोषण गर्न सुरु गरेका थिए ।

हिटलरको थियो एउटा मात्र अण्डकोष !

चर्चित तानाशाह हिटलरको एउटा मात्र अण्डकोष रहेको पुष्टि भएको छ । हिटलरका चिकित्सा कागजातको अनुसनधानका क्रममा उनको एउटा मात्र अण्डकोष रहेको कुरा पुष्टि भएको एउटा जर्मन मिडियाले जनाएको छ । यो सँगै एउटा बेलायती लोकपि्रय गीत वन्ली गट वन बल को दाबी पुष्टि भएको छ । हिटलरको एउटा मात्र अण्डकोष रहेको र एउटा अण्डकोष पहिलो विश्वयुद्धको लडाइँमा सेनाको हैसियतले लड्ने क्रममा गोली लागेर झरेको भन्ने हल्ला यसअघि चल्दै आएका थिए । तर सन् १९२३ मा हिटलर जेलमा छँदाताकाका उनका स्वास्थ्य परीक्षण रिपोर्टको अध्ययनले उनको दायाँ अण्डकोष नभएको पुष्टि गरेको हो । उनमा राइट साइड क्रिप्टोर्किडिज्म अर्थात् दायाँ अण्डकोष तल थैलीमा आउन नसक्ने रोग रहेको बताइएको छ । हिटलरको स्वास्थ्य परीक्षण सम्बन्धी डाक्टरको पूरै रिपोर्ट सन् २०१० मा एक लिलामीका क्रममा फेला परेको थियो । जर्मनीको चर्चित पत्रिका बिल्डका अनुसार डाक्टरको त्यो रिपोर्ट हेर्नेबित्तिकै एकजना अनुभवी चिकित्सा अधिकारीले हिटलरको एउटा अण्डकोष नभएको कुरा पत्ता लगाइहाले । इतिहासविद पिटर फ्लेस्चम्यानले पनि दस्तावेज अध्ययन गरेका छन् ।

सपथकै बेला नेतृले जन्माइन् छोरा, नाम राखियो प्रधानजी

गाउँ पन्चायतको प्रधान पदमा निर्वाचित भएकी एक महिला नेतृले पद तथा गोपनियताको सपथ ग्रहण गर्ने बेलामा बच्चा जन्माएकी छिन् । घटना भारतको हो । भारतको वाराणसीस्थित धोवाही गाउँकी नवनिर्वाचित ग्राम प्रधान सरिता देवीले पदको सपथ लिने तयारी गर्दै थिइन् तर उनलाई अचानक सुत्केरी व्यथाले च्याँप्यो । त्यसपछि उनलाई तत्कालै अस्पताल लगियो जहाँ उनले छोरा जन्माइन् । रोचक कुरा त के भने सपथ खुवाउने प्रखण्ड अधिकारीले उनलाई अस्पतालमै ग्राम प्रधान पदको सपथ खुवाए । एकातर्फ चुनाव जित्नु र अर्कोतर्फ सन्तानलाभ हुँदा नेतृको दुवै हातमा लड्डु भएपछि उनी र उनको परिवार खुसी नबन्ने कुरै भएन । अझ रोचक त के भयो भने ग्राम प्रधान सितादेवीले सपथकै दिन जन्माएको बच्चाको नाम प्रधानजी राखियो । सितादेवीले पहिलोपटक ग्राम प्रधानको चुनाव लडेकी थिइन् र भुतपूर्व प्रधान बसन्ती देवीलाई हराएकी थिइन् ।

यातायातका हाकिमले सोफामा फ्याँके १ लाख ८० हजार

१६ पुस, काठमाडौं । सेवाग्रहीसँग घुस लिँदा-लिँदै मीनभवनस्थित यातायात व्यवस्था विभागका निर्देशक नवीनकुमार पोखरेल पक्राउ परेका छन् । घुस लिनासाथ अख्तियारको फन्दामा परेपछि पोखरेलले घुस लिएको १ लाख ८० हजार रुपैयाँ तत्कालै मिल्काएका थिए । अख्तियार दुरुपयउोग अनुसन्धान आयोगको टोलीले विहीबार निर्देशक पोखरेललाई १ लाख ८० हजार रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको छ ।विद्युतीय मोटरसाकइकल भित्राउने एभन साइकल कम्पनीलाई भन्सार छुटका लागि सिफारिस मागेबापत पोखरेलले घुस मागेका थिए । इलेक्ट्रिक सवारी भित्राउँदा दिइने छुटका लागि यातायात व्यवस्था विभागले सम्बन्धित भन्सार कार्यालयलाई सिफारिससहित अनुमति दिनुपर्ने व्यवस्था छ । आयातकर्ता कम्पनीले सहजै पाउनुपर्ने सुविधा दिन नमान्दै पाखरेलले घुस मागेका थिए । नेपालगञ्ज भन्सार हुँदै आयात गर्न लागिएको विद्युतीय मोटरसाकइकलका लागि छुटको सिफारिस गरेबापत पोखरेलले घुस लिएका हुन् । पोखरेलले त्यो रकम कसरी सोफामा आयो भन्नेबारे अनभिज्ञता जनाए । उनले आफूले घुस नलिएको भन्दै पटक-पटक आरोप इन्कार गरेका थिए । अख्तियारको टोलीले आयोगलाई असहयोग गरेमा थप कारवाही भोग्नुपर्ने चेतावनी दिएपछि उनले बल्ल घुस लिएको स्वीकारेका हुन् । दिउँसो २ बजे यातायात व्यवस्था विभाग पुगेको टोलीसमक्ष उनले झण्डै एक घण्टासम्म घुस नलिएको दाबी गरेका थिए । तर, अन्तिममा स्वीकार गर्न बाध्य भए ।

पुरुषलाई गेष्ट हाउसमा पुर्‍याएर लुट्ने युवती पक्राउ

१६ पुस, काठमाडौं । तपाईलाई कुनै युवतीले फकाएर डान्सबार वा गेष्टहाउसतिर जाउँ भनिन् भने के गर्नुहुन्छ ? सतर्क रहनुहोला, काठमाडौंमा एकजना पुरुष युवतीको फकाइमा बहकिएर गेष्टहाउसमा पुग्दा नराम्रोसँग लुटिएका छन् । काभ्रे घर भएकी २४ वर्षीया गीता भन्ने वर्षा तिम्सिनाले ठमेल पुगेका एक पुरुषलाई फकाइन् । ती पुरुष मख्ख परेर सुरुमा डान्सबार र त्यसपछि गेष्ठ हाउसमा पुगे । गेष्ट हाउसमा पुगेपछि गीताले ती पुरुष निदाएको मौका पारेर उनका साथमा रहेको पाँच तोला सुन र एक थान मोबाइल उम्काउन सफल भइन् । पुरुषलाई झुक्याएर सुन तथा मोबाइल लुटेको आरोपमा महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको टोलीले गीतालाई पक्राउ गरेको छ । उनले ठमेल पुगेका पुरुषलाई फकाएर डान्सबारमा लैजाने र त्यहाँबाट गेष्टहाउसमा पुर्‍याएर लुटपाट गर्ने गरेको डीएसपी सीताराम रिजालले जानकारी दिए । काठमाडौंको ठमेलमा विभिन्न प्रलोभन देखाएर लुट्ने युवतीहरु सक्रिय हुन थालेको प्रहरीको भनाइ छ । त्यस्ता युवतीहरुले विदेशबाट आएका नेपाली तथा विदेशीलाई फकाउने र गेष्ट हाउसमा लगेर लुट्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यस्तै महाराजगञ्ज वृत्तले काठमाडौंका विभिन्न स्थानबाट मोबाइल तथा ल्यापटप चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । लागू औषधसहित दुई पक्राऊ उता थानकोट वृत्तबाट खटिएको टोलीले लागुऔषध कोरेक्ससहित नुवाकोटका सुरेश गिरी र बाँके नेपालगञ्जका कुशल भट्टराई पक्राउ गरेको छ । उनीहरुले काठमाडौंमा विक्री गर्ने उद्देश्यसहित भारतबाट ९८ वटा कोरेक्स ल्याएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय काठमाडौंमा चोरी तथा लुटपाटसँगै लागुऔषध कारोवारीको पनि सक्रियता बढ्न थालेपछि प्रहरीले सक्रियता बढाउन थालेको काठमाडौं परिसरका एसपी विश्वराज पोखे्रलले जानकारी दिए ।

बर्दीधारी भ्रष्टाचारः यस्ता प्रहरीले देशको सुरक्षा कसरी गर्लान् ?

लोकतन्त्रपछिका प्राय सबै आईजीपी भ्रष्टाचारमा बदनाम
१६ पुस, काठमाडौं । तस्वीरमा देखिने नेपाल प्रहरीका ६ जना पूर्वमहानिरीक्षकहरु भ्रष्टाचारको आरोपमा अख्तियारको मुद्दा खेपेका व्यक्ति हुन् । यतिबेला सशस्त्र प्रहरी बलका एक बहालवाला र तीन पूर्वसमेत गरी चारजना महानिरीक्षकहरु अख्तियारमा तानिएपछि प्रहरी संगठनमाथि थप नैतिक प्रश्न उठेको छ । नेपालका चार सुरक्षा संगठनमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आम नागरिकसँग सबैभन्दा नजिक रहेर काम गर्नुपर्ने संगठन हुन् । तर, ०४६ सालको राजनीतिक परिवर्तन यता प्रहरी संगठन यति बदनाम भएको छ कि प्रायः सबै पूर्वप्रहरी महानिरीक्षकहरुको छवि बदनाम भएको छ । सशस्त्र प्रहरी बल त आफ्नो जन्मकालदेखि नै भ्रष्टाचारमा मुछिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल यस्ता सुरक्षा संगठन बनेका छन्, जसले निष्कलंक नेतृत्व शायदै पायो । उसै पनि सुडान घोटाला प्रकरणले नेपाल प्रहरीलाई थला पारेकै थियो,पछिल्लो समय देशको सबैभन्दा कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बलका बहालवाला प्रमुखदेखि पूर्व प्रमुखसम्मलाई अख्तियारले डामेपछि सुरक्षा संगठनभित्रको जर्जर अवस्था उदांगो भएको छ । प्रहरी संगठनभित्र राम्रा मानिसहरु नभएका होइनन् । विशेष गरी तल्लो निकायका प्रहरीहरुले जनताको पक्षमा अहोरात्र खटेर काम गर्दै आएका छन् । सशस्त्रका जवानले भूकम्पको समयमा गरेको जनताको सेवा र जनपथ प्रहरीले अपराध नियन्त्रणमा पुर्‍याएको योगदान प्रशंसनीय छ । तर, तल्लो तहमा जतिसुकै राम्रा काम भए पनि माथिल्लो निकायमा बसेका प्रहरीका हाकिमहरुले जवानले पाउने सुविधामाथि चलखेल गर्ने, उनीहरुलाई आर्थिक शोषण गर्ने र भ्रष्टाचारमा तल्लीन हुने काम गरेपछि प्रहरी संगठन माथिबाटै बदनाम हुँदै आएको छ । बदनाम जनपथ उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीका २४ औं आइजीपी हुन् । उनका लागि संगठनभित्र मौलाएको भ्रष्टाचारको अन्त्य सबैभन्दा चुनौतिपूर्ण बनिरहेको छ । ०४६ सालयताको नेपाल प्रहरीको इतिहासमा भ्रष्टाचारको मुद्दा नखेपेका आइजीपी पाउन मुस्किल छ । वि.सं. ०४९ सालमा आइजीपी भएका मोतिलाल बोहोराले भ्रष्टाचारको मुद्दा खेपेका छन् । विषेश अदालतले उनको मुद्दा खारेज गरे पनि अख्तियार सर्वोच्चमा पुगेको थियो । बोहोरापछिका अधिकांश आइजीपीले भ्रष्टाचारको मुद्दा खेपेका छन् । पूर्वआइजीपीहरु अच्युतकृष्ण खरेल र प्रदीपशमसेर राणालाई अख्तियारले अकूत सम्पति कमाएको आरोप लगाएको थियो । अवकाश पाएको वर्षौंसम्म पनि अख्तियारको मुद्दा खेपिरहेका खरेललाई सर्वोच्च अदालतले सफाइ दिए पनि प्रदीपशमसेर राणा भने मुद्दा खेपिरहेका छन् । सुडान घोटाला प्रकरण नेपाल प्रहरीका लागि कहिल्यै नमेटिने दाग बनेको छ । सुडानमा शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक एपीसी खरिद प्रक्रियामा ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा नेपाल प्रहरीका तीन पूर्वआइजीपीहरु अख्तियारको फन्दामा परेका थिए । पूर्वआइजीपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीको मुद्दा अहिलेसम्म पनि टुंगोमा पुगेको छैन । सशस्त्र प्रहरी जन्मँदै भ्रष्टाचारी ! नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीलाई मिलाएर ०५८ सालमा माओवादीसँग लड्नका लागि सशस्त्र प्रहरी बलको स्थापना भएको थियो । आफ्नो स्थापनाको १५ औं वाषिर्क उत्सव मनाएको सशस्त्र बलले भूकम्पमा आम नागरिकको मन जितेको थियो । तर, उसका लागि यो वर्ष निकै अफापशिद्ध भएको छ ।
बहालवाला आइजी कोषराज वन्त र पूर्वआइजीहरु सनतकुमार बस्नेत, वासुदेव ओली र शैलेन्द्र श्रेष्ठ अख्तियारमा तानिएपछि सशस्त्र प्रहरी संगठन थप बदनाम भएको छ । बहालवाला र पूर्व गरेर एकसाथ चार आइजीपीहरु अख्तियारको घेरामा परेपछि सशस्त्रले १५ वर्षमा कस्तो नेतृत्व पाएको रहेछ भन्ने छर्लंग भएको छ । भूकम्पका बेला सशस्त्रको छवि राम्रो हुनुमा हाकिमहरुको होइन, अहोरात्र उद्धारमा खट्ने साना तहका कर्मचारीको भूमिका थियो । इञ्जिनियरका विद्यार्थी कोषराज वन्त सशस्त्र प्रहरी बलभित्र त्यस्ता व्यक्ति बने, जसले प्राविधिक भएर पनि संगठन नेतृत्व गर्ने अवसर पाए । तर, कोषराजले सशस्त्रलाई आधुनिकीकरण गर्न छाडेर ‘भ्रष्टाराचीकरण’ गरे । सामान खरिदको नक्कली बिल बनाउँदै कमाउ धन्दा चलाउन थालेपछि आइजीपीको फुली फुकालेर उनी अख्तियार धाउनुपर्ने अवस्थामा पुगेका छन् । अख्तियारले वन्तमाथि जुन आरोप लगायो, त्यही शैलीमा आफूभन्दा अगाडिका आइजीपीले पनि आम्दानी गरेका थिए भन्दै कोषराजले पोल खोलिदिएपछि सशस्त्र प्रहरी बलभित्रका तीन पूर्वआइजीपी पनि अख्तियारको फन्दामा परेका छन् । सशस्त्र प्रहरी बलले १५ वर्षमा ७ जना आइजीपी पाइसकेको छ । तर, आधाभन्दा बढी अर्थात ४ जनालाई भ्रष्टाचारको आरोप लागेपछि संगठनभित्र शुद्धीकरण गर्न ढीला भैसकेको स्पष्ट हुन्छ । सबैको दोषी गृह मन्त्रालय ? नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको तालकुदार मन्त्रालय गृह मन्त्रालय हो । तर, गृह मन्त्रालय नै ती सुरक्षा संगठनहरुलाई भ्रष्ट बनाउने जरो बनिरहेको आरोप लाग्ने गरेको छ । सुडानकाण्डले प्रहरी अधिकृतहरुलाई मात्रै छोयो । तर, त्यहस् काण्डसँग जोडिएका नेताहरुलाई भने अख्तियारले पनि छुन सकेन । हरेक नेताका लागि गृहमन्त्रालय सबैभन्दा आकर्षक केन्द्र बनिरहृयो । तर, सबैले आम्दानीको स्रोत बनाउनुबाहेक सुरक्षा संगठनमा कुनै सुधार गर्न नसकेपछि सुरक्षा संगठनका प्रमुखहरु बेलगाम भए । पछिल्लो समय नेपाल प्रहरीले संगठनभित्र केही सुधारको प्रयास गरिरहेको छ । पछिल्ला तीन आइजीपीहरु रविन्द्रप्रताप शाह, कुवेरसिंह राना र हालका आइजीपी उपेन्द्रकान्त अर्याल संगठनभित्रको सुरुवा बढुवाको विषयमा सामान्य विवादमा तानिए पनि उनीहरुमाथि भ्रष्टाचारको आरोप लागेको छैन । पटक-पटक आर्थिक मामिलामा विवादित भएका सुरक्षा अधिकृतहरुलाई समेत गृहमन्त्रालयले कारवाहीको दायरामा ल्याउन सकेको छैन । राज्यको सुरक्षा हेर्ने यी दुई सुरक्षा संगठनलाई मात्रै भ्रष्टाचारमुक्त गराउन सकियो भने अन्य क्षेत्रलाई सुधारको बाटोमा ल्याउन सकिने कतिपयको अपेक्षा छ । यसका लागि ती सुरक्षा संगठनको नेतृत्व गर्नेहरु नै भ्रष्टाचारको घेराभन्दा बाहिर आउन सक्नुपर्छ । सरकारी बर्दीधारीहरुले नै भ्रष्टाचार गर्ने हो भने अब देश र जनताको सुरक्षाचाँहि कसले गर्ने ?

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार विहान टेलिफोन वार्ता भएको छ । विहान १०ः३५ बजेदेखि करिब २० मिनेट उनीहरुबीच टेलिफोन संवाद भएको हो । अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदान प्रदानबाट शुरु भएको कुराकानीमा प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारतले स्वागत गरेकोमा समकक्षी मोदीलाई धन्यवाद ज्ञापन गरेका थिए । प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल-बीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रहसमेत गरेका थिए । जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैब आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसकालागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । ‘नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानी भयो । प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभयो,’ प्रेस सल्लाहकार दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारतका प्रधानमन्त्री मोदीले रक्सौल वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको बताउनुभयो ।’ कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले औषपधको अभाव भएकाबेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधि आपूर्ति गर्न भनेको स्मरण गरेका थिए । ओली र मोदीबीच द्विपक्षीय हितका बिषयमा समेत कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गरेको र परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने बताएको प्रेस सल्लाहकार दाहालले जानकारी दिए ।

प्रधानमन्त्रीको कामभन्दा कुरा बढी : माधव नेपाल

१६ पुस, काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कामभन्दा कुरा बढी गरेर हिँडेको आरोप लगाएका छन् । बिहीवार कोटेश्वरस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको साक्षात्कारमा एमाले नेता नेपालले आमजनता कालोबजारी र महङ्गीको मार सहन बाध्य भइरहेका बेला प्रधानमन्त्री ओली भने आश्वासन बाँड्नमा मात्र सीमित भएको बताए । उनले जनतालाई आश्वासनभन्दा परिणाम देखिने काम चाहिएको भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । ‘कालोबजारीका साथसाथै मूल्यवृद्धि र सामानको अभाव यी सबै कुराहरुको सन्दर्भमा सरकारले केही काम त गरेको छ । तर त्यो केहि कामले पुगेन,’ नेता नेपालले भने, ‘जनतालाई अब धेरै आश्वासन होइन ठोस काम चाहिएको छ, ठोस परिणाम चाहिएको छ ।’एमाले नेता नेपालले प्रधानमन्त्री ओलीमाथि सहमतिको वातावरण बनाउन क्रियाशील नभएको आरोपसमेत लगाए । उनले ओलीले राष्ट्रको प्रधानमन्त्रीको रुपमा सबैसँग वार्ता र सम्वाद गरी सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनका लागि पहल गर्नुपर्ने बताए । मधेसवादी दलको आन्दोलनका कारण मधेसकै जनताले नै सबैभन्दा बढी कष्ट सहनुपरेको भन्दै उनले तत्काल आन्दोलनको स्वरुप परिवर्तन गर्न र प्रदेशको सीमांकनका विषयमा लचकता अपनाउन सुझाव दिए । उहाँले सीमांकनको विषय राजनीतिक समिति गठन गरेर टुंगो लगाउनु सबैभन्दा बढी उपयुक्त हुने र समितिमा सहमति जुट्न नसके सीमांकनलाई थाँती राखेर संविधानको कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

जनतालाई राहत दिन सरकार असफल : राप्रपा

१६ पुस, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले जनतालाई राहत दिन सरकार असफल भएको आरोप लगाएको छ । भूकम्प, नाकाबन्दी र कालोबजारीका कारण नेपाली जनताहरु आक्रान्त भए पनि समस्या समाधान गर्न सरकार असफल भएको राप्रपाको ठहर छ । आलोपालो प्रणालीअनुसार बिहीबार पार्टीको अध्यक्ष पद सम्हालेका राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सञ्चारकर्मीसँग कुरा गर्दै नाकाबन्दी खुलाउन र जनजीबन सहज बनाउन सरकारलाई सुझाव दिए । उनले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री दिपक बोहोरालाई जनहितको पक्षमा काम गर्न निर्देशन दिएको जानकारी दिए । सरकारमा बोहोराले श्रम र आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सरकारमा बोहोराको सहभागीताबारे राप्रपामा विवाद छ । तर, अध्यक्ष चन्दले त्यो विवाद सामान्य मात्र भएको बताए । ‘सरकारमा सहभागी भएको विषयमा ठूलो विवाद छैन, यो सामान्य हो,’ चन्दले भने, ‘पार्टी व्यक्तिबाट भन्दा पनि नीतिअनुसार चल्छ ।’ चन्दले औपचारिकरुपमा पार्टीको नेतृत्व लिने कार्यक्रममा पूर्वअध्यक्ष पशुपति समशेर राणा भने सहभागी थिएनन् । तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाले राणालाई अध्यक्ष बनाएपछि चन्दले असन्तुष्टि जनाउँदै समानान्तररुपमा पार्टी सञ्चालन गरेका थिए । तर, यही पुस ११, १२ र १३ गते बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले चन्दलाई सर्बसम्मत पार्टी अध्यक्ष बनाउने निर्णय गरेको थियो । पार्टीको नेतृत्व आलोपालो गर्ने निर्णयअनुसार चन्दपछि पुनः पशुपति समशेर राणाले र त्यसपछि डा. प्रकाशचन्द्र लोहनीले गर्ने चन्दले जानकारी दिए ।

पूर्वराजाका ज्वाइँको कम्पनीलाई आयल निगमसँग प्रतिस्पर्धा गर्न स्थायी अनुमति

१६ पुस, काठमाडौं । सरकारले पहिलोपटक पेट्रोलियम पदार्थको दीर्घकालीन आयात, भण्डारण र कारोबारका लागि निजी कम्पनीलाई स्थायी अनुमति दिएको छ । पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहको समेत लगानी रहेको कम्पनीले यस्तो अनुमति हात पारेको छ । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आयात अनुमति दिन बनेको बोर्डले मालिका पेट्रोलियम प्रालिलाई नेपाल आयल निगमको प्रतिस्पर्धी कम्पनीका रुपमा स्थापना हुन सक्ने गरी इजाजतपत्र दिएको हो । दरबारमार्गमा कार्यालय रहेको मालिका पेट्रोलिम प्रालिका अध्यक्ष दीपक तिमल्सिना हुन् । मालिका पेट्रोलियममा पूर्व राजा ज्ञानेन्द्रका ज्वाँइ राजबहादुर सिंहको पनि लगानी रहेको स्रोतको दावी छ । तर, कम्पनीले त्यसलाई गुपचुप राख्न चाहेको छ । निजी क्षेत्रबाट पेट्रोलियम कम्पनी स्थापना गर्न चाहिने ५ अर्बमध्ये २५ करोड रुपैयाँ चुक्ता पुँजी जुटाएपछि मालिकालाई तेलको दीर्घकालीन कारोबार गर्ने बाटो खुलेको हो । पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश ०६९ अनुसार कुल चुक्ता पुँजीको ५ प्रतिशत रकम जुटाएपछि इजाजतपत्र जारी गर्न सकिन्छ । सुरुमा १० अर्ब रुपैयाँ रहेको चुक्ता पुँजी आदेश मन्त्रिपरिषदबाट संशोधन गरी गत असोजमा ५ अर्ब रुपैयाँमा झारिएको थियो । सरकारी स्वामित्वको नेपाल आयल निगमसँग प्रतिस्पर्धाका लागि मालिकाले नेपाली बजारको मागको ३३ प्रतिशत पेट्रोलियम पदार्थ आयात गरी कारोबार गर्ने दाबी गरेको वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले अनलाइनखबरलाई जानकारी दिए । त्यसो त सिक्किमका पेट्रोलियम व्यापारी अर्जुनबहादुर क्षेत्रीको बिराट पेट्रोलियम, शेरबहादुरका साला प्रदीपशम्सेर राणाको पेट्रोलिमेक्स र ब्लु लोटस पेट्रोलियमले तेल र ग्यास कारोबारमा आउने इच्छा देखाएका छन् । तर, चुक्तापुँजी नपुर्‍याएकाले तीनवटैले इजाजत पाएका छैनन् । यस्ता छन् शर्तहरु सुरुमा २५ करोड रुपैयाँ चुक्ता पुँजी राखेको मालिकाले २ वर्षभित्र चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याएर आयल निगमसँग प्रतिस्पर्धामा उत्रनुपर्नेछ । मालिकाले तेल ल्याएर आफ्नै वितरण प्रणालीबाट बिक्री गर्नुपर्नेछ । तर, मन्त्रिपरिषदबाट निर्णय भए आयल निगम अन्तरगतका पम्पहरुले पनि मालिकासँग तेल किनेर बेच्नेछन् । निगमले आफ्नो घाटा पूर्तिका लागि किनेको मूल्य भन्दा धेरै बढाएर तेल बिक्री गरिरहेको छ । यस्तो अवस्थामा निजी क्षेत्र तेल कारोबारमा आए अन्तर्राष्ट्रिय बजारअनुसार नै मूल्य कायम हुने विश्वास गरिएको छ । स्थायी कारोबारमा आउनुअघि मालिकाले कम्तिमा २० हजार किलोलिटर क्षमताको भण्डार स्थापना गर्नुपर्नेछ । मालिकाले १४ हजार किलोलिटर डिजेल, ५ हजार किलोलिटर पेट्रोल र १ हजार किलोलिटर मट्टीतेल अट्ने ट्यांकहरु निर्माण गर्नुपर्ने महानिर्देशक कोइरालाले बताए । मालिका पेट्रोलियमले ग्यासको कारोबारका लागि पनि चुक्ता पुँजी जुटाइसकेको छ । नियमअनुसार ग्यास कारोबार गर्न ५ अर्बको चुक्ता पुँजी राख्नुपर्छ । त्यसको १० प्रतिशत अर्थात ५० करोड रुपैयाँ जुटाएपछि कम्पनीलाई इजाजत दिन सकिने प्रावधान छ । मालिकाले चुक्ता पुँजी जुटाएर ग्यासको पनि आयात, भण्डारण र कारोबारको समेत इजाजत मागेको महानिर्देशक कोइरालाले बताए । तर, त्यसबारे निर्णय भने भएको छैन । दीर्घकालीन रुपमा तेल र ग्यासको कारोबारमा संलग्न हुन भन्दै मालिका बाहेक अन्य ३ वटा कम्पनीले पनि आवदेन दिएका थिए । अहिले ६ महिनाको अस्थायी इजाजत लिएर बिराट र पेट्रोलिमेक्सले नेपालमा तेल आयात गर्न भने सुरु गरेका छन् ।

Wednesday, December 30, 2015

मोटा बच्चाको हड्डी कमजोर

अत्यधिक मोटोपनाले बच्चाको मांशपेशीसँगै हड्डी समेत कमजोर बनाउने एक नयाँ अनुसन्धानले देखाएको छ । अमेरिकाको जर्जिया विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । शोधकर्ताहरुका अनुसार हड्डीको विकाशमा मांशपेशीले अहम् निर्धारक तत्वको भूमिका खेलेको हुन्छ । शोधकर्ताहरुका अनुसार मोटोपनाले ग्रसित बालबालिकाहरुको मांशपेशीमा जम्मा भएको अतिरिक्त बोसोले हड्डीको विकाशमा बाधा उत्पन्न गर्दछ र हड्डीको पूर्ण रुपमा विकाश हुन पाउँदैन । मांशपेशीको भित्र जम्मा भएको बोसोले मांशपेशी र हड्डीबीचको सम्बन्धलाई कसरी प्रभाव पार्दछ भन्ने विषयमा अध्ययन जारी रहेको भएपनि बोसोले हड्डीको विकाशमा बाधा उत्पन्न गर्ने तथ्य प्रमाणित भएको शोधकर्ताको दाबी छ । बच्चा मोटो भएमा उसको जिउको मांशपेशीको आकार बढ्ने भएकाले हड्डी पनि उत्तिकै मजबुत हुन्छहोला भन्ने विश्वास धेरैको हुन्छ । तर यस्तो नहुँदो रहेछ । करेन्ट ओपिनियन इन इन्डोक्राइनोलोजी डाइबिटिज एण्ड ओबेसिटी नामक जर्नलमा छापिएको शोधमा शोधकर्ताहरुले बच्चाको हड्डी लगायत समग्र स्वास्थ्यलाई मजबुत बनाउनका लागि मोटोपनाबाट बचाउन र सन्तुलित आहारका साथै पर्याप्त शारीरिक क्रियाकलाप र व्यायाम गराउन सल्लाह दिएका छन् ।

वीरगञ्ज नाकामा धर्ना बसेकाहरु लखेटिए

नेपालको वीरगञ्ज र भारतको रक्सौल जोड्ने मितेरी पुल । फाइल तस्वीर १५ पुस, पर्सा । वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न भन्दै मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई लखेटेर व्यापारीहरुले सामानहरु नेपाल भित्राएका छन् । आन्दोलनकारी धर्नामा बसेका कारण सामानहरु भित्राउन नपाएको भन्दै व्यापारीहरुले गएराति लखेटेका हुन् । धर्नामा बसेकाहरु भागेपछि व्यापरीहरुले रिक्सा, टाँगा र मोटरसाइकलमा सामानहरु नेपाल भित्राएका छन् । ‘धर्नामा बस्दै आएका आन्दोलनकारीहरुको संख्या अत्यन्त न्यून छ । आजभोलि ५-१० जना मात्रै धर्नामा बस्छन्,’ स्थानीय एक व्यक्तिले भने, ‘ठूलो संख्यामा आएका व्यापारीहरुको अगाडि उनीहरुको केहि चल्दैन ।’ गएराति धर्नामा बसेका संघीय समावेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव लगायतको स्कुटर र मोटरसाइकलमा व्यापारीहरुले तोडफोड गरेका छन् । मुखमा मास्क लगाएका करिब डेढ सय जनाको समूहले घरेलु हतियारले समेत आक्रमण गरेको यादवले बताए । धर्नामा बसेका आन्दोलनकारीहरुले ‘तस्कर’हरुले आफूहरुलाई आक्रमण गरेको र सामान नेपाल भित्राएर महंगो मूल्यमा बेच्ने गरेको दाबी गर्छन् । ति ‘तस्कर’हरुलाई नेपाल र भारतका सुरक्षाकर्मीहरुले पनि साथ दिएको आन्दोलनकारीको आरोप छ । नेपाल र भारतका व्यापारीहरु मिलेर धर्नामा बसेकाहरुलाई लखेट्छन् । यो क्रम एक साता अघिदेखि नै जारी छ । तर, आन्दोलनकारीको संख्या कम भएकाले व्यापारीहरुको प्रतिकार गर्न सक्दैनन् । सामान पास गरेर नसकुन्जेल चुपचाप हेरिरहन्छन् र सामान भित्राइसकेपछि पुनः धर्नामा बस्छन् ।

नेपालीले रेलको शौचालयमै जन्माएको बच्चा लिकमा खसेपछि…

१५ पुस, काठमाडौं । भारतमा रेल यात्रा गर्दागर्दै एक नेपाली आमाले छोरी जन्माइन् । तर, यो भन्दा ठूलो संयोग अर्को भयो । रेलको शौचालयमा जन्माएकी बच्चा रेलको लिकमा खसेर पनि भाग्यवस बाँच्न सफल भइन् । रेल्वेको लिकबाट उद्दार गरिएकी उनलाई अहिले उपचारका लागि अस्पताल भर्ना गरिएको छ । टङ्कपुर इज्जतनगरबाट ट्रेन छुटेको केहिबेरपछि नै बाथरुममा गर्भवती महिलाको चिच्याहट सुनिएको थियो । अन्य यात्रुहरुले ढोका खोलेर हेर्दा बच्चा जन्मेर उनको रक्तस्राव भइरहेको रहेछ । महिला ट्रेन रोकिदिन हारगुहार गरिरहेकी थिइन् । केहि मिनेटभित्रै यात्रुहरुले ‘अलार्म चेन’ ताने र ट्रेनलाई रोकिदिए । तर, बालिका चिप्लेर प्यानभित्र खसेकी थिइन् र बच्चा रेलको लिकमा खस्यो । भारतीय रेलहरुमा हुने शौचालयमा शौच सिधै रेलको लिकमा खस्छ । त्यहाँ शौच जम्मा हुने कुनै ट्यांकी कुँदैन । तत्कालै रेल्वे प्रहरीलाई बोलाइयो । उनीहरुको सहयोगमा खोजी गर्दा रेलको ट्र्याकमा बालिका जिवितै भेटिएकी थिइन् । आमा र बच्चालाई अस्पताल पुर्‍याइएपछि बच्चीको ज्यान जोगिएको हो । ट्वाइलेटबाट रेलको लिकमा खसेर पनि बाँच्न सफल बालिकालाई ‘मिराकल बेबी’ भन्न थालिएको छ । इज्जतनगरका डिभिजनल रेल्वे म्यानेजर चन्द्र मोहन जिन्दालले भने-‘यो एउटा चमत्कार नै हो । ट्रेनका यात्रु र रेल्वे प्रहरीको पनि यसमा ठूलो हात छ ।’ अनुसन्धानका क्रममा ती सुत्केरी महिला नेपालको कञ्चनपुर जिल्लास्थित मोहन नगर भगतपुरमा बस्ने पुष्पादेवी भएको पुष्टी भएको छ । आफू आँखा जचाउनका लागि बरेलीमा आएको र यात्राको क्रममा प्रसव पिडा सुरु भएको उनले बताएकी टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण चैतमा !

१५ पुस, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणमा इन्धन आपूर्तिबारे कुनै सम्झौता नभएपछि धेरैले भ्रमण सफल नभएको दाबी गरे । तर, थापाको भ्रमण असफल भयो भन्ने दाबी परराष्ट्र मन्त्रालयका अधिकारीहरु मान्न तयार छैनन् । तर, उच्चस्तरीय भ्रमणमा महत्वपूर्ण सम्झौता गर्ने तयारी भइरहेको स्रोतहरुले बताएको छ । र, चीनले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमणले गरुन् भन्ने चाहेको छ । चीनको हाइनान प्रान्तमा आगामी मार्च २२ देखि २५ (चैत ९ देेखि १२) सम्म बोआओ सम्मेलन हुुँदैछ । वर्ल्ड इकोनोमिक फोरमको विकल्पका रुपमा चीनले अघि सारेको यो फोरममा गत वर्ष नेपालका तर्फबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादव आफैं गएका थिए । स्रोतका अनुसार चीनले योपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउन चाहेको छ । र, ओलीको यो भ्रमणका क्रममा इन्धनका साथै व्यापार तथा पारवहनलगायतको सम्झौता गर्ने चयारी छ । स्रोतले भन्यो, चीनले उच्चस्तरमा नै सम्झौता गर्न चाहेको छ र त्यसअनुसार गृहकार्य पनि गरेको छ । अब हामीले त्यस अनुसार तयारी गर्न सक्नुपर्छ ।’ चीनको पाँच दिने भ्रमण गरेर फर्किएका उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले पनि ‘दीर्घकालीन सहकार्यको फ्रेमवर्क’बनेको र त्यो प्रधानमन्त्रीको भ्रमणमा कार्यान्वयन हुने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरलाई दिएको अन्तरवार्तामा पनि चीनमा उच्चस्तरीय टोली पठाउन ढीला भएको र अहिले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको भ्रमणपछि सकारात्मक वातावरण बनेको बताएका छन् । श्रेष्ठ भन्छन् – केहीसमयभित्र नेपाल र चीनबीच केही ऐतिहासिक सम्झौताहरु हुने र इन्धन आपूर्तिको विषयमा पनि सहजीकरणसहित एउटा निष्कर्षमा पुग्न सकिने आशा गर्न सकिन्छ ।’ पहिला भारत, त्यसपछि चीन भ्रमण पछिल्लो समय भारतले नाकाबन्दी गरेपछि इन्धनलगायतका अत्यावश्यक वस्तुहरुको आपूर्तिमा विकल्प खोजी सुरु गरेको नेपाल अहिले चीनतिर ढल्किएको छ । यसलाई लिएर प्रधानमन्त्रीका रुपमा केपी ओलीको पहिलो विदेश भ्रमण पनि चीनबाटै हुने दाबीहरु पनि आएका छन् । तर, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भने प्रधानमन्त्री केपी शर्मा ओली पहिला भारत जाने सम्भावना रहेको बताएका छन् । बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा थापाले भने, भारतको तर्फबाट निम्तो आएको छ । र, गृहकार्य पनि भइरहेको छ । अब पहिलो भारतको भ्रमण हुन्छ र त्यसपछि चीन जाने सम्भावना देख्छु ।’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाइ दिनुका साथै भ्रमणको निम्तो दिए । त्यसको भोलिपल्ट नै ओलीले प्रधानमन्त्रीको सपथ लिनुअघि नै भारतीय राजदूत रणजीत राय बालकोट पुगे । भारतीय राजदूतसँगको भेटमा ओलीले छिट्टै भारत भ्रमण गर्ने इच्छा समेत देखााएका थिए । तर, भारतले नाकाबन्दी गरिरहेका बेला प्रधानमन्त्री ओलीले भारत जान उपयुक्त नठानेको बुझिएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइजिङ ओलम्पिकको अवसर पारेर पहिलो विदेश भ्रमण चीन गए । नेपालमा प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण दक्षिणी छिमेकी देश भारतबाटै हुने गरेकोमा उनले तोडेका थिए । तर, चीनबाट फर्किएलगत्तै विमानस्थलमा नै उनले औपचारिक भ्रमण भारत हुने बताएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पहिलो विदेश भ्रमणका रुपमा इण्डोनेसिया गए र पछि भारत भ्रमण गरे । तर, पछिल्लोपटक प्रधानमन्त्री भएका मध्ये झलनाथ खनाललाई भने भारत भ्रमणको निम्तो नै आएन ।

Tuesday, December 29, 2015

जन्मिनुभन्दा पहिले नै आमाबाबुले बच्चा खेलाउन सक्ने

समयसँगै विकशित नयाँ नयाँ प्रविधिले दिनानुदिन केही न केही नयाँखोजका माध्यमबाट मानव जिवनलाई सहज बनाउँदैछ र असम्भव कुराहरुलाई पनि सम्भव बनाउँदैछ । हालै डाक्टरहरुले आमा बन्ने क्रममा रहेका महिलाहरुका लागि एउटा यस्तो प्रविधिको विकाश गरेका छन् जसले गर्भवती महिलाहरुलाई आफ्नो पेटमा रहेको बच्चासँग साक्षात्कार गराउँछ । त्यो बच्चालाई छुन तथा काखमा लिन समेत सम्भव हुन्छ । भलै यो हावादारी लाग्नसक्छ । पेटमा भएको बच्चालाई कसरी काखमा राख्न मिल्छ भन्नुहोला । तर यो साँचो हो । बेलायतको ल्यांकशायरस्थित बेबी बू नामक कम्पनीले थ्री डी टेक्नोलोजीको सहायताले यो कामलाई सम्भव बनाएको छ । यो कम्पनीले गर्भवती महिलाको पेटको स्क्यान गरेर बच्चाको थ्री डी तस्वीर पिन्ट गर्छ अनि आमा बुवाको हातमा हालिदिन्छ । आफ्नो पेटको बच्चाकै स्वरुपमा थ्री डी प्रिन्ट प्राप्त गरेपछि हुनेवाला आमाहरु खुसी नहुने कुरै भएन । यो प्रविधिद्धारा महिलाले आफ्नो पेटमा रहेको बच्चाको दैनिक वृद्धिविकाश समेत अवलोकन गर्न सक्छन्, थ्री डी भर्सनमै । यो सेवाको डेढसय पाउण्ड शुल्क तिर्नुपर्ने बताइएको छ । यसले गर्भवती आमा र शिशुको स्वास्थ्यमा आउने समस्याको समयमै निराकरण गरी गर्भ खेरजाने लगायतका जोखिम घटाउने विश्वास गरिएको छ ।

चीनमा बोतलको हावा बेचिँदै

चीन पछिल्लो समय प्रदुषणको मारमा परेको छ र प्रदुषणकै कारण बेइजिंगमा त आपतकालिन अवस्था नै आएको छ । चीनको यो अप्ठेरोका कारण क्यानडाको एक कम्पनीलाई भने मालामाल भएको छ । एक क्यानेडाली कम्पनीले चीनमा स्वच्छ पहाडी हावा भरिएका बोतल बेचिरहेको छ । र, एउटा बोतलको मूल्य पर्छ झण्डै २८ सय रुपैयाँ । क्यानेडाली कम्पनी भाइटालिटी एयरले प्रिमियम अक्सिजन नामका अक्सिजनका बोतल चीनमा बेच्न थालेको छ । चिनिया अनलाइन सपिंग साइट ताओबाओबाट यी हावाका बोतल बिक्रि गरिरहेको कम्पनीका प्रतिनिधि ह्यारिसन ब्यांगले बताएका छन् । ताओबाओमा बिक्रिका लागि अक्सिजन बोतलको सूचि प्रकाशित गर्ने बित्तिकै खरीद कर्ताले तत्कालै खरीद गर्ने गरेका छन् । करीब २ महिनाअघिबाट चीनमा हावाका बोतल बेच्नका लागि कम्पनीले बजारीकरण सुरु गरेको थियो र अहिलेसम्म ५ सय बोतल बेचिसकेको छ भने ७ सय बोतल आउने क्रममा रहेका छन् । चीनमा बढिरहेको प्रदुषणका कारण आफु चिन्तित रहेको भन्दै ब्यांगले चिनियाहरुले ताजा हावा खान पाउन् भनेर बोतल बेच्न थालेको बताए । हुनत चीनमा प्रदुषणको फाइदा उठाउने उक्त कम्पनी एकलो होइन । एउटा रेष्टुरेन्टले पनि त्यहाँ ग्राहकलाई हावा खुवाएको भन्दै पैसा असुल्न थालेको समाचार आएको थियो । साँच्ची हाम्रो नेपालले भटाभट डाँडाकाँडाको ताजा हावा ड्रम का ड्रम भरेर चीनतिर निर्यात गरेमा पैसा त थुप्रै कमाउन सक्ने रहेछ हगी ।

राजाको कुकुरलाई गाली गर्दा जेलको बास

मानिसलाई गालीगलौज गर्दा तथा अपमान र निन्दा गर्दा गालीबेइज्जती मुद्दामा जेल चलान हुने गरेको त हाम्रो देशमा पनि सुनिएकै हो । तर थाइल्याण्डमा भने कुकुरलाई अपमान गर्दा समेत जेलको हावा खानु पर्दोरहेछ । हुनत, चानचुने कुकुर कहाँ पो हो र ? त्यहाँका राजाको कुकुरलाई तथानाम भनेपछि आखिर सजायँको भागी त हुनै पर्यो कानून बमोजिम । एक युवक हालै थाइ नरेश भूमिबल अदुल्यादेजको कुकुरलाई निन्दा गरेको आरोपमा पक्राउ परेका छन् । थाइल्याण्डको राजकीय निन्दा सम्बन्धी कानून निकै कठोर छ । त्यसैले राजाको कुकुरलाई अपमान गर्दा समेत २७ वर्षका थनाकोर्न सिरीपाइबूनमाथि कडा जेल सजाय हुने भएको छ । थनाकोर्नले हालै फेसबुकमा राजाको कुकुरका विषयमा व्यंग्यात्मक टिप्पणी गरेका थिए ।उनले फेसबुकमा पोष्ट गरेका ३ वटा तस्वीरहरुमा राजाको कुकुरमाथि पनि व्यंग गरिएको थियो । त्यस लगत्तै उनलाई प्रहरीले पक्रियो । राजा तथा उनको कुकुरका विषयमा व्यंग्यात्मक तस्वीर शेयर गरेको, त्यसमा लाइक गरेको तथा बढिरहेको भ्रष्टाचारका विषयमा समेत एक इन्फोग्राफ फेसबुकमा शेयर गरेको आधारमा उनीमाथि राजद्रोह, राज निन्दा तथा कम्प्युटर अपराधको अभियोग दर्ता गरिएको छ । यो अभियोग प्रमाणित भएमा उनीमाथि ३७ वर्षसम्मको जेल सजाय हुनसक्छ । थाइल्याण्डमा ८८ वर्षीय राजा भूमिबोल, रानी तथा राजपरिवार, राजप्रशासन राजप्रतिनिधिका अपमान गर्नेलाई १५ वर्षसम्मको जेल सजाय हुने कानूनी प्रावधान छ । यी युवकमाथि भने कुल ३ वटा अभियोगमा ३७ वर्षको जेल सजाय हुने खतरा छ ।

नाकाबन्दीबारे १९ गतेपछि पुनर्विचार: ठाकुर

१४ पुस, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले १९ पुसपछि मोर्चाले गरिरहेको आन्दोलनको स्वरुप फेरिन सक्ने संकेत गरेका छन् । घोषित आन्दोलनका कार्यक्रम १९ पुससम्मका लागि भएकाले त्यसपछि बस्ने मोर्चाको बैठकले नाकाबन्दीबारे पुनर्विचार गर्ने उनको भनाई छ । ‘१९ गते मोर्चाको बैठक बस्छ । सो बैठकमा नाकाबन्दी जारी राख्ने कि स्थगित गर्ने भन्ने विषयमा छलफल हुनेछ,’ अध्यक्ष ठाकुरले भने । नाकाबन्दी स्थगित गर्न भारतले आफूहरुलाई कुनै दवाव नदिएको उनको भनाई थियो । रिपोर्टर्स क्लवको एक प्रतिनिधिमण्डलसित कुराकानी गर्दै ठाकुरले मोर्चाद्वारा प्रस्तुत ११ बुँदे मागका विषयमा बुँदागत छलफल गर्नुपर्ने बताए । ‘११ बुँदेका के-के पूरा गर्न सकिन्छ र के-के पूरा गर्न सकिदैंन भन्नेमा सरकारको भनाई आउनुपर्‍यो,’ उनले भने, ‘तर प्रधानमन्त्री अझै वार्ताप्रति गम्भीर रहेको पाएका छैनौं ।’ हाल संसदमा पेस भएको संविधान संसोधन प्रस्ताव भने आफूहरुले नमान्ने ठाकुरले जनाउ दिएका छन् । ‘हामीसित सहमति भएर त्यो प्रस्ताव आएको होइन । त्यसैले मान्ने कुरै छैन,’ ठाकुरको भनाई उद्वृत गर्दै रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले अनलाइनखबरसित बताए । सीमांकनमा लचिलो हुन तयार ठाकुरले सीमांकनको बारेमा विश्वासिलो आधार सरकारले दिएमा आफूहरु लचिलो बन्न तयार रहेको जानकारी दिए । उनले भने, ‘सिमांकनलाई पछि सारेर छलफल गर्न हामी तयार छौं । तर यसका लागि सरकारले स्पष्ट प्रस्ताव ल्याउनुपर्छ ।’

महतोको स्वास्थ्यलाभको कामना गर्दै मृत्युञ्जय पाठ

१४ पुस, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मंगलबार राजविराजमा विशेष पूजापाठ गरिएको छ । मधेशी मोर्चाको अगुवाइमा स्थानीय शिव मन्दिर प्राङ्गणमा मृत्युञ्जय पाठ गरी विशेष पूजा गरिएको हो । ‘धार्मिक विधिअनुसार मृत्युञ्जय पाठ गरी पूजा गरेकाले महतो जी चाँडै निको हुने विश्वास छ,’ सदभावना सप्तरीका जिल्ला अध्यक्ष सुनिल झाले भने । पण्डित आचार्य अमोद झाको उपस्थितिमा भएको पूजापाठमा झासहित सदभावनाका केन्द्रीय सदस्य दीपेन्द्र चौधरीलगायतका नेताहरु सहभागी भए । पूजापछि कुरा गर्दै सदभावना पार्टीका केन्द्रीय सदस्य चौधरीले महतोमाथि भएको आक्रमणको बिरोधमा आन्दोलनलाई सशक्त बनाउने बताए । विराटनगरको रानी नाकामा शनिबार धर्ना बसेकाबेला भएको झडपमा प्रहरीको लाठी प्रहारबाट महतो घाइते भएका छन् । विराटनगरस्थित गोल्डेन हस्पिटलमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि महतोलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

नेपाली सेना र प्रहरीका मेसमा पनि बायोग्यासबाट खाना पाक्ने

१४ पुस, काठमाडौं । सेना सेना र नेपाल प्रहरीका सबै सबै इकाईमा खाना पकाउन बायोग्यास प्रयोग हुने भएको छ ।बायोग्यास प्लान्ट जडानका लागि केही दिनभित्रै वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र सुरक्षा निकायहरुबीच औपचारिक सम्झौता गर्ने तयारी छ । मुलुकमा उर्जा संकट गहिरिँदै गर्दा प्रहरी र सेनाले आफ्ना सबै मेसहरुमा बायोग्यास प्लान्ट निर्माण गर्न सहमति जनाएको जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले जानकारी दिए । सशस्त्र प्रहरीले मेसमा बायोग्यास प्रयोग सुरु गरिसकेको छ र ३ वर्षभित्र सबै मेसमा बायोग्यास प्लान्ट जडान गर्न सहमति भएको छ । हाल सशस्त्र प्रहरीको २० वटा इकाइमा प्लान्टको निर्माण भएको बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ । तीन वटै सुरक्षा निकायको मेसमा बायोग्यास प्लान्ट जडान भएमा वाषिर्क रुपमा ७० हजार सिलिन्डर ग्यास बचत हुने मन्त्री पासवानले बताए । ‘सेना, सशस्त्र र नेपाल प्रहरी बायोग्यास जडान गर्न सहमत भइसकेका छन् । केही दिनमै यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ’ पासवानले भने । योजना अनुसार सेना, सशस्त्र र नेपानल प्रहरीका देशभरका ५ सय ४० वटा मेसमा बायोग्यास जडान हुने बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए । इकाईमा रहेका सुरक्षाकर्मीको मलमुत्र र भान्साबाट निस्किने जैविक फोहोरबाट मेसहरुमा बायोग्यास उत्पादन गर्न लागिएको उनले बताए । चालु आर्थिक वर्षमा सशस्त्रका ८५ वटा मेसमा र अर्को वर्षमा ८५ वटा बायोग्यास प्लाण्ट निर्माण गर्ने समझदारी यसअघि नै भइसकेको छ । प्लाण्ट निर्माणपछि सुरक्षा निकायका सबै मेसमा खाना पकाउन बायोग्यासको प्रयोग गरिनेछ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोग तथा ६० प्रतिशत अनुदानमा सुरक्षा निकायले बायोग्यास प्लान्ट बनाउनेछन् । बायोग्यासबाट निस्कने जैविक मलबाट पनि सुरक्षा निकायलाई तरकारी सहयोग पुग्ने विश्वास गरिएको छ ।

Monday, December 28, 2015

बालुवाटारमा प्रधानमन्त्रीले भने- भारतले फेरि धोका दियो

समझदारीअनुसार नाका खुलेन, दुश्मनको व्यवहार भो १३ पुस, काठमाडौं । बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले धोका दिएको आरोप लगाएका छन् । मधेसी मोर्चासँगको सहमति प्रयासबारे छलफल गर्न सोमबार बिहान बालुवाटारमा प्रमुख विपक्षी नेपाली कांग्रेससहित एमाले र एमाओवादीको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओली भारतप्रति आक्रामकरुपमा प्रस्तुत भएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले पूर्वसमझदारी अनुसार भारतले नाका नखोलेको बताए । उनले भने- ‘हाम्रो समझदारीअनुसार भारतले नाका खोलेन, नेपाललाई किन यस्तो व्यवहार गर्दैछ ?’ मंसिर तेस्रो साता उपप्रधानमन्त्री कमल थापाको दिल्ली भ्रमणपछि सरकारले भारतसँगको असमझदारी हटेको बताएको थियो । मधेस समस्या समाधानका लागि थापाले अघि सारेको चारबुँदे रोडम्यापमा दिल्लीले समेत समर्थन जनाएको थियो । र, त्यस अनुसार मन्त्रिपरिषद् बैठकले तीनबुँदे प्रस्ताव नै पास गरेर मधेसी मोर्चालाई बुझाएको थियो । उपप्रधानमन्त्री थापाको दोस्रो दिल्ली भ्रमणपछि प्रधानमन्त्री ओली नाका खुल्नेमा निकै आशावादी बनेका थिए । दिल्लीले बढी चासो दिएको संविधान संशोधन प्रक्रियासमेत सरकारले अघि बढाइसकेको छ । तर, सीमानाकामा भइरहेको अवरोध नहटेपछि प्रधानमन्त्री ओली भारतप्रति आक्रामक बनेका हुन् । आइतबार भारतीय राजदूत रणजीत रायसँग आफ्नो भेटवार्ता भएको सुनाउँदै प्रधानमन्त्री ओलीले मधेसी मोर्चालाई समेत मिलाएर लैजान भारतले भनेको सुनाए । तर, प्रधानमन्त्री मधेसी मोर्चाका मागप्रति भने सोमबार बालुवाटारको बैठकमा सकारात्मक देखिएनन् । मधेसी मोर्चाको आन्दोलन निहुँ मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले भारतले दुश्मनको व्यवहार गरेको तीन दलको बैठकमा बताए । स्रोतका अनुसार तीन दलको बैठकमा ओलीले अब भारतसँग उच्चस्तरमा र निर्णायक छलफल गर्ने प्रस्ताव राखेका छन् । यसबारे तीन दल सहमत छन् । स्रोतले भन्यो- ‘अब भारतसँग निर्णायक र गम्भीर ढंगले सरकार र दलहरुले छलफल गर्ने भन्ने समझदारी भएको छ ।’ तर, बैठकको अन्तिममा कांग्रेस नेताहरुले यसबारे एकपटक पार्टीमा छलफल गर्ने बताएका छन् ।

Sunday, December 27, 2015

सिमेन्ट उद्योगका उपकरणमा आगजनी, करोडौं क्षति

घटनास्थलमा नेकपा माओवादीको पर्चा जोगीमारा (धादिङ) : जोगीमाराको जवाङ खोलामा रहेको अन्नपूर्ण क्वेरिजमा रहेको चारवटा स्काभेटरमा आगजनी भएको छ । तराईमा रहेका विभिन्न सिमेन्ट उद्योगहरुलाई ढुङ्गा निर्यात गर्दै आएको अन्नपुर्ण क्वेरिज कम्पनीमा चालु अवस्थामा रहेका चारवटा स्काभेटर र एउटा टिपरमा गएराति अज्ञात सम्ुाहले आगजनी गरेका हुन् । आगजनीबाट तीनवटा नयाँ स्काभेटर, एउटा पुरानो स्काभेटर र एउटा टिपर ध्वस्त भएको छ । आगजनीबाट अन्य ६ वटा टिपरहरुमा सामान्य क्षति पुगेको छ । क्षति भएका स्काभेटर र टिप्पर एकै व्यक्तिको नाममा रहेको फर्म ‘प्रेमा कन्ट्रक्सन’ को नाम रहेको खुल्न आएको छ । प्रेमा कन्ट्रक्सन जिल्ला विकास समिति धादिङको राजस्व शाखामा कार्यरत तुफैल अहमद खाँको हो । ‘राति सवा ८ बजेतिर ढुङगाखानीको कम्पनीमा तीन चार राउण्ड गोली चलेको सुन्यौ’, आगजनी भएपछि आगो निभाउन पुगेका जवाङखोलाका स्थानीय अम्वर बहादुर गुरुङले भने, ‘पछि हेर्दा त कम्पनीका डोजरहरुमा आगो लगाएको रहेछ ।’ गोली चलेजस्तो आवाज आएपछि आगजनी भएको र त्यसपछि स्थानीयहरुले पानी छर्केर आगो निभाएको गुरुङले बताए । राजमार्गबाट ३०० मिटर दुरीमा रहेको ढुङ्गा खानीमा रोकेर राखेका बा २ क ८६६, बा २ क १९४३, १९४२ नयाँ स्काभेटरहरु र बा १ क ९७५९को टिप्परमा आगजनी भएको हो । आगजनीकर्ताहरुले ना १ प २४१८ स्काभेटरमा आगजनी गरेर नेपाल कम्युनिष्ट पार्टी माओवादी, केन्द्रिय कार्य समितीको प्रेसमा छापेको विज्ञप्ती समेत राखेका थिए । पर्चामा भारतीय विस्तारवाद, नाकावन्दी, भारतीय लगानीका उद्योग, भारतले पारवहन सन्धि उल्लंघन गरेको कुरा उल्लेख गरिएको छ । दुई स्थानमा आगजनी गरिएका स्काभेटर र टिप्परनजिकै अन्य व्यक्तिका ३ वटा स्काभेटर र टिपर थिए । तर ती टिपरमा कुनै क्षति पु¥याएका छैनन् । आगजनीपछि थप उपकरणहरुमा क्षती पुग्न नपाउदैं मझिमटार स्थित प्रहरी र आदमघाटबाट सशस्त्र प्रहरी पुगेपछि आगजनीकर्ताहरुले डाँडाबाट हवाई फायर गरेको स्थानीयवासीहरुलाई उधृत गर्दे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक डासु गिरीले जानकारी दिए । ४० वर्षदेखि संचालनमा रहेको जोगीमाराकोउक्त ढुङ्गा खानीले भैरहवाको रिलायन्स सिमेन्ट, हेटौंडाको शिवम् सिमेन्ट र सिमराको युनिटेक सिमेन्टलाई आवश्यक कच्चा सामग्री उत्पादन तथा संकलन गरेर बेच्ने गरेको छ । यस खानीबाट जिल्ला विकास समिती धादिङले हरेक वर्ष ८० देखि ८८ लाख नगद निकासी कर असुल गर्छ । कर असुली शाखाको मुख्य जिम्मेवारी स्काभेटर आगजनी भएका तुफैल अहमद खाँ नै भएकाले आगजनी थप रहस्यपूर्ण भएको एक स्थानिय बताए । कम्पनीका म्यानेजर भोजराज कोइरालाको अनुसार मुखमा मास्क लगाएका केही युवाहरु आएर पहिले कम्पनीको स्काभेटरमा आगो लगाएको र पछि तुफेलको स्काभेटरमा आगो लगाइएको हो । गत वर्षको माघ १७ गतै पनि अज्ञात समुहले तुफैलको नाममा रहेको दुई नयाँ स्काभेटरमा आगजनी गरेका थिए ।

संसदीय समितिले सरकारसँग सोध्यो, के आधारमा मन्त्रालय टुक्राइयो ?

काठमाडौँ : मन्त्रालय टुक्राउने र थप्ने सरकारको निर्णयको संसदीय समितिमा कडा आलोचना भएको छ। संसद्को सार्वजनिक लेखा समितिको आइतबार बैठकमा सांसद्हरूले सत्ता टिकाउन वा कसैलाई मन्त्री बनाउनका लागि मन्त्रालय टुक्राउने र थप्ने काम गलत भएको बताउँदै यसले शासकीय संरचना नै कमजोर बनाउने चिन्ता व्यक्त गरे। सांसदहरुले कुनै अध्ययन र मापदण्डबिना नै सरकारले आफुखुशी मन्त्रालय थप गरेकोमा आपत्ति जनाए। यसबारेमा लेखा समितिले सरकारसँग जवाफ माग्ने भएको छ। प्रशासन सुधार आयोगले मन्त्रालयको सङ्ख्या घटाउनु पर्ने भन्दै स्पष्ट रुपमा सुझाव दिएको उल्लेख गर्दै सरकारले आफैले गठन गरेको आयोगको प्रतिवेदनलाई उपेक्षा गर्दै हचुवाका भरमा मन्त्रालय थपिकएको आरोप लगाए। विभाग वा सरकारी निकायका कर्मचारीको दरबन्दी थप गर्न साङ्गठिनक संरचना मूल्याङ्कन (ओएनएम सर्भे) गर्नुपर्ने तर मन्त्रालय थप गर्दा कुनै कानुनी आधार लिनु नपर्ने देखिएको भन्दै सांसदहरुले कुन आधारमा त्यसो गरिएको हो सरकारले जवाफ दिनुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक मन्त्रिपरिषद्‍ विस्तार गर्दा चार मन्त्रालय थपेका थिए। जसमा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्र्याएर वाणिज्य र आपूर्ति, कृषि विकास मन्त्रालयबाट पशु विकास मन्त्रालय, जनसङ्ख्या तथा वातावरण, बनाएको छ। चार मन्त्रालय थप्दा करिब छ अर्ब राज्यले बढी व्ययभार बेहोर्नुपर्ने अवस्था छ। मन्त्रालय टुक्राएर चार मन्त्रालय थप्दा पनि मन्त्रिपरिषद्‍ले अझै पूर्णता पाएको छैन। ओली मन्त्रिपरिषद्‍मा अहिले तीन दर्जन मन्त्री छन्। स‌ंसद्‌मा एउटा सिट हुने दलबाट मन्त्री छानिएको छ। पहिलोपटक यसपटकको मन्त्रिपरिषद्‍मा छ जना उपप्रधानमन्त्री छन्। सांसदहरू रामहरि खतिवडा, राजेन्द्रकुमार केसी र धनराज गुरुङले भूकम्प पीडितले राहत नपाएको, टहरामा दैनिक भूकम्प पीडित मर्दै जान थालेको प्रति सरकारले ध्यान नदिएको गुनासो गरे। उनीहरुको प्रश्‍न थियो, के आधारमा मन्त्रालय टुक्राइयो ? समितिका सभापति जनार्दन शर्माले मन्त्रालय थप गर्ने विषयमा आफ्नो कार्यक्षेत्रभित्र नपर्ने विषय भएपनि आर्थिक दायित्वका विषयमा चासो राख्न पाउने समितिको विषय भएकाले सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने र आगामी बैठकमा थप छलफल गर्ने बताए। मन्त्रालय थप गर्दा आर्थिक दायित्व थपिने, कर्मचारी व्यवस्थापनमा समस्या पर्ने, कार्यकक्षको अभाव हुने भन्दै सांसद्ले सरकारलाई किन त्यसो गरिएको हो चित्तबुझ्दो जवाफ समितिलाई दिनुपर्ने, नभए खेद प्रस्ताव नै पारित गर्नुपर्नेमा सांसदहरुले जोड दिएका थिए। मन्त्रालय टुक्राउने र थप्ने सरकारको निर्णयको नागरिक स्तरबाट पनि व्यापक आलोचना भएको छ भने सत्तारुढ दलहरुभित्रै पनि यसको आलोचना भएको छ।

मोर्चाको उग्र प्रदर्शनपछि जनकपुरमा झडप

प्रहरीबाट हवाई फायर, शैक्षिक संस्था ठप्प जनकपुरधाम : विराटनगरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो माथि प्रहरीद्वारा भएको दमनको विरोधमा जनकपुरमा मधेसी मोचाएले उग्र प्रदर्शन गरेको छ । आइतबार विहानैदेखि मोर्चाका कार्यकर्ताहरु नगरक्षेत्रमा विरोध प्रर्दशन गर्दै बजार तथा शैक्षिक संस्थानहरु ठप्प बनाएका छन् । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले विज्ञप्ती जारी गरी विराटनगरमा भएको घटनाको विरोध गर्दै एक दिनको लागि जनकपुरको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे । आन्दोलनकारीहरुले पर्यटन कार्यालय धनुषा, खानेपानी तथा सरसफाई कार्यालय र जिल्ला शिक्षा कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीको प्रयाससमेत गरेका थिए । प्रर्दशनमा उत्रेकाहरुले स्थानीय जनक चोकमा गस्तीमा रहेका प्रहरीलाई घेरेर लखेट्न सुरु गरेपछि प्रहरी र प्रर्दशनकारीबीच केहीबेर झडप भएको थियो । जनकचोक र रामचोकमा भएको झडपको क्रममा प्रहरीमाथि ढुंगामुंढा गरिराखेका आन्दोलनकारी धपाउन प्रहरीले चार राउन्ड हवाई फायर र दर्जनौं सेल अंश्रुग्यास प्रहार गरेको थियो । मोर्चाले सद्भावना अध्यक्ष महतोलार्ई प्रहरीले लाठी प्रहार गरि घाइते बनाएपछि मधेसलाई तताउनका लागि प्रहरीलाई नगरक्षेत्रमाप्रवेश निषेध गर्ने बताएको छ । प्रहरीलाई हेर्नबित्तिकै आन्दोलनकारीहरुले आक्रमण गरी ढुंगामुढा हानेपछि अवस्था तनावग्रस्त बनेको थियो । स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै नगरक्षेत्रमा सयौं प्रहरी परिचालन गरेको छ । सोहीक्रममा प्रहरीले एकदर्जन प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको हो । यसै क्रममा मोर्चाका कार्यकर्ताहरुले नगरक्षेत्रमा विरोधस्वरुप लाठी जुलुश प्रर्दशन गरे भने संघीय मधेसी गठबन्धनले भैंसी जुलुश निकालेको छ ।

'ओली मधेस विरोधी भएकै कारण सहमति भएन'

पाल्पा : नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली मधेस विरोधी भएकै कारण मधेसको समस्या समाधान हुन नसकेको बताएका छन्। नेपाली काँग्रेस पाल्पाले तानसेनमा राखेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता पौडेलले भने, 'प्रधानमन्त्री ओलीजीले मधेसको भावनालाई नबुझेकाले समस्या उब्जेको हो। प्रधानमन्त्री नै मधेस विरोधी भएकै कारण अहिले सहमति जुटाउन कठिन भएको छ।' पौडेलले सरकारले अरु कुरा मिलाएर भए पनि बन्द हडताल अन्त्य गर्नुपर्ने बताउँदै उनले नेपाली जनताले धेरै दुःख पाइसकेको र अबका दिनमा यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए। मुलुकलाई सङ्कट आइपर्दा काँग्रेस नै अगाडि सर्नुपर्ने भएकाले मधेसको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै उपसभापति पौडेलले भने, ‘अहिलेको समस्या समाधान गर्न तराईका जनताको भावनालाई काँग्रेसले प्रतिनिधित्व गर्दै बुझ्न सक्नुपर्दछ।' संविधान संशोधन गरेर भए पनि तराईको समस्या समाधान गर्न पौडेलले आग्रह गर्दै सीमाङ्कन, जनसङ्ख्या र समानुपातिकका कुरा काँग्रेसले उठाउँदै आएको जिकिर गरे। अहिले संविधान जारी गरेको ठीक काम भएको बताउँदै उनले विगतको भद्र सहमतिको कुराकै कारण सबै कुरा पार्टीभित्र आउँदै गरेको महाधिवेशनप्रति लक्षित गर्दै उहाँले भन्नुभयो– “विगतमा ‘टेष्ट’ सुशील कोइराला र शेरबहादुर देउवाको भइसकेको छ ।' नेता पौडेलले कांग्रेसको नेतृत्वमा बनेको नयाँ संविधान संसारकै उत्कृष्ठ भएको र यसले सबै जातजाति, धर्म र संस्कृति तथा हरेक क्षेत्रका अधिकारलाई समान रुपमा प्रदान गरेको बताए । उनले लोकतान्त्रिक प्रक्रियालाई आगडि बढाउन र लोकतन्त्रलाई मजवूत गर्नका खातिर नेपाली कांग्रेसका सभापति शुशील कोइरालाको प्रधानमन्त्री पदका लागि उम्देदवार दिएको स्पष्ट पारे । कांग्रेसका अर्का नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले, प्रधानमन्त्री केपी शर्मा ओली मुलुकका गम्भीर समस्याको समाधानमा उदासिन हुँदै सरकार टिकाउनका लागि मन्त्रालय थप्ने र टुक्राउने खेलमा लागेको बताए । उनले वर्तमान सरकार आफ्नै कारणले अलोकप्रिय हुँदै गएको आरोप लगाए । डा.महतले भने, उपप्रधानमन्त्री बनाउने कारखाना जस्तै भयो ओली सरकार यो सरकार अल्पायुको हुनुमा पनि स्वयं ओली नै दोषी छन् । दुवै कार्यक्रम कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाको सभापतित्वमा भएको थियो ।

छोराको ‘वर्थडे पार्टी’मा आएका पाहुनाले आमाको अस्मिता लुटेपछि…

एजेन्सी । एक युवकले आफ्नै साथीकी श्रीमतीको अस्मिता लुटेका छन् । साथीका छोराको जन्मदिनमा सहभागी हुन त्यहाँ पुगेका उनले साथीलाई बेहोस हुनेगरी मदिरा पिलाएर उनकी श्रीमतीसँग जबरजस्ती शारीरिक सम्पर्क राखेको समाचारमा खुल्न आएको हो । घटना भारतको तरनतारन जिल्लाको हो । पार्टीमा आउने वित्तिकै साथीकी श्रीमतीलाई देखेर उनी आफूलाई थाम्नै नसक्नेगरी गलत योजना बनाएका थिए । जून सफल भयो । छोरालाई मारिदिने भन्दै उनले आमासँग शारीरिक सम्बन्ध राखेका हुन् । प्रहरीले यो घटनाको अनुसन्धान थालेको छ । २२ डिसेम्बरमा छोराको जन्मदिनका अवसरमा पीडित दम्पत्तिले घरमा पार्टीको आयोजना गरेका थिए । जहाँ आफ्ना नातागोताका साथै साथी हरपाल सिंहलाई पनि आमन्त्रण गरिएको छ । हरपालले नै छोराका लागि केक लिएर आएका थिए । त्यसपछि छोराले केके काटे सबैले खुसीयाली मनाए । खान–पिना भइसकेपछि नातेदार, छिमेकी आ–आफ्नो घर फर्किए, तर हरपाल त्यही रोकिए । साथीकी जवान श्रीमती देखेर मनमा सपना बुनिरहेका हरपालले एउटा षड्यन्त्र रचे । सबै जना गइसकेपछि हरपालले जन्मउत्सवको अवसरमा आफ्ना साथीलाई मदिरा पिलाउने प्रस्ताव राखे । साथीले पनि उनको प्रस्ताव स्वीकार गरे । त्यसपछि मध्यरातसम्म दुबैले मदिरा पिए । यो क्रममा हरपालले थोरै र साथीलाई जमेर रक्सी पिलाए । उनले आफ्ना साथीलाई यति रक्कसी पिलाएकी उनी नशा लागेर बेहोस हुँदै त्यही सुते । त्यसपछि हरपालले अर्काे कोठामा सुतिरहेकी साथीकी श्रीमतीका नजिक पुगेर उनीसँग छेडछाड गर्न थाले । महिलाले यो कार्यको विरोध गर्दा हरपालले उनलाई छोराको हत्या गरिदिने धम्की दिएर अस्मिता लुटे । महिला विरोध गरिहिन, हरपाल उनको नरम जवानीमा खेलिरहे । त्यसपछि विहानको चार बजे महिलालाई यो घटनाबारे कसैलाई बताए छोराको हत्या गरिदिने धम्की दिएर फरार भए । विहान उज्यालो भएपछि पीडित महिलाले राति भएको सबै घटनाबारे पतिलाई जानकारी गराइन् । त्यसपछि पीडित दम्पत्तिले प्रहरीमा उजुरी गरे । एसएसपी मनमोहन कुमार शर्माले मुद्दा दर्ता भएर घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार पीडित महिलाको मेडिकल टेस्ट गरिएको छ । फरार अभियुक्त हरपालको खोजी भइरहेको छ ।

Friday, December 25, 2015

थापाले बेइजिङमा गरे आठ बुँदे सहमति

काठमाडौं : चीनबाट इन्धन आपूर्ति गर्नेलगायतका विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा बेइजिङमा आठबुँदे सहमति भएको छ। थापा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चीनका विदेश मन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच बेइजिङस्थित विदेश मन्त्रालयमा भएको वार्तामा उक्त सहमति भएको बताइएको छ। भेटवार्तापछि सहमति भएका विषयलाई संयुक्त विज्ञप्तीको रुपमा जारी गरिएको छ। सहमतिमा चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने बुँदालाई महत्वका साथ उल्लेख गरिएको छ।उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदान गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई गति प्रदान गर्नेलगायतका बुँदाहरु सहमतिमा छन्। द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमापरराष्ट्रमन्त्री थापाले नेपालमा चिनियाँ पर्यटकलाई भिसा–मुक्त भ्रमण व्यवस्था गरिने जानकारी गराए। द्विपक्षीय वार्तामा चीनका विदेशमन्त्री वाङ यीले आन्तरिक राजनीतिक संक्रमण सफलता साथ पार गरेर नेपाल ऐतिहासिक रुपमा आर्थिक विकासको युगमा प्रवेश गरेको र त्यसमा सहयोग गर्न चीन निकै उत्सुक रहेको बताएका थिए । चीनका विदेश मन्त्री वाङ यीले चीन, नेपाल र भारतले त्रिदेशीय आर्थिक करिडोर निर्माण गरी संयुक्त फाइदा लिनु पर्ने बताए । १० सदस्यीय नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि बेइजिङ पुगेका मन्त्री थापाले बिहीबार चिनियाँ उपराष्ट्रपति लि युआनचाओसँग भेट गरेका थिए ।

आयो फलफूलको बासना आउने सुगन्धित गिलास, अब पेटभरी पिउन सकिन्छ पानी

विश्वमा एक चौथाइ बालबालिका मोटोपनाका सिकार छन् र उनीहरु विस्तारै मधुमेहबाट पनि ग्रसित हुन्छन् । बच्चाबच्चीदेखि लिएर बुढापाका सम्मै यो समस्या बढिरहेको छ । यसको प्रमुख कारण भनेको पानी कम पिउनु हो । धेरै मानिस दिनभर ज्यान सुकाएर काम गर्छन्, विभिन्न खानेकुरा खान्छन् तर पानी पिउन मन गर्दैनन् । सायद यहीँ समस्यालाई मध्यनजर एक वैज्ञानिकले यस्तो सुगन्धित गिलास बनाएका छन् जसबाट मनग्गे पानी पिउन सकिन्छ । स्वस्थ रहनका लागि दिनमा ८ गिलास पानी पिउनुपर्ने बाध्यतालाई यो गिलासले सहज बनाउने दाबी गरिएको छ । दी राइट कप नामको यो गिलासको आविष्कारक हुन् अमेरिकाका आइज्याक लेभी । यो सुगन्धित गिलासमा पानी पिउँदा पानीको स्वाद फलफूलको जुस जस्तै लाग्छ र मनग्गे पानी पिउन सकिन्छ । यो प्लास्टिकको गिलास हानिकारक रसायन बिपिए मुक्त छ । ३० वर्षको उमेरदेखि नै मधुमेहबाट ग्रसित बनेका आइज्याकलाई डाक्टरहरुले गुलियो कुरा नखान र सादा पानी पिउन सुझाव दिएका छन् । तर पानीमा कुनै स्वाद नहुने भएकाले उनलाई धेरै पानी पिउन निकै गाह्रो हुने गर्छ । त्यहीँ समस्याबाट उनले एउटा जुक्ति निकाले फलको बास्ना आउने गिलास । उनले ६ वर्षको अनवरत अनुसन्धान र प्रयासपछि यो गिलासको निर्माण गर्न सफल भएका हुन् । यो गिलास विभिन्न ४ थरी फलफूलको स्वादमा पाइन्छ र यसको मूल्य ३५ डलर पर्छ । थप ४ फलपफूलका स्वादमा नयाँ गिलास उत्पादन गर्ने लक्ष्य उनको रहेको छ । यो गिलास बनाउन प्रयोग गरिएको पदार्थमै सम्बन्धित फलफूलको फ्लेभरयुक्त तत्व मिसाइएको हुन्छ । यसले फलफूल्को जस्तो बासना पैदा गर्छ । साथै यसमा सोही स्वादयुक्त प्रविधिसमेत प्रयोग गरिने हुँदा मानिसले पानीलाई समेत सम्बन्धित फलफूल्को जुस जस्तै स्वादिलो मान्दछ र मनग्गे पिउन सक्छ । एउटा गिलासको स्वादले ६ महिनालाई धान्ने बताइएको छ । तर यसलाई डिसवासरमा नभै हातले नै माझ्नुपर्छ ।

नेपालगन्ज रुपेडिया नाका थुन्ने प्रयास दुई घन्टामै असफल, सहज आपूर्ति

नेपालगन्ज : नेपालगन्ज रुपेडिया नाकालाई फेरि अवरुद्ध गर्ने मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रयास शुक्रबार असफल भएको छ । मोर्चाका केही कार्यकर्ताहरु शुक्रबार बिहान सात बजेदेखि नौ बजेसम्म नाकास्थित दसगजामा प्रदर्शन गर्दै अवरोधको प्रयास गरेका थिए। तर सुरक्षाकर्मीको प्रयोग तथा स्थानीय प्रतिरोधका कारण उनीहरुको अवरोध दुईघन्टा पनि टिक्न सकेन। नाका अवरोध गर्ने नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य रामकुमार दिक्षित लगायत ४ जनालाई प्रहरी नियन्त्रण लिएको छ । अन्य प्रदर्शनकारी भागेका थिए। नौ बजेपछि नै नाका सुचारु भएको थियो। मंसिर २२ गतेमा पुर्ण रुपमा खुलेको नेपालगन्ज रुपेडिया नाकामा शुक्रबार बिहान अवरोध गर्ने प्रयास विफल भएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरीक्षक हरि बहादुर गुरुङले जानकारी दिए। सहायक निरीक्षक गुरुङले अहिले धमाधाम इन्धन लगायतका मालवाहक गाडि भित्रिरहेको जानकारी दिए।

साढे सोह्र हजार सिलिन्डर काठमाडौं भित्रिए

१० पुस, काठमाडौं । भारतीय नाकाबन्दीपछि काठमाडौंमा अहिलेसम्मकै धेरै ग्यास सिलिन्डर भित्रिएका छन् । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा प्रहरीले राखेको रेकर्डअनुसार वितेको २४ घण्टामा १६ हजार ५ सय सिलिन्डर काठमाडौं ल्याइएको छ । बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहानसम्म विभिन्न ग्यास उद्योगले साना तथा ठूला गाडीमा सिलिन्डरहरु काठमाडौं भित्राएका छन् । श्रीराम उद्योगको ६३३, त्रिवेणीको १४ सय २५, सिद्धार्थको ४६५, ओमको १ सय ७० र लुम्बिनीको ८ सय ९ सिलिन्डर काठमाडौं आएको छ । यसैगरी एसटिसीको ११ सय ४, मनोजको ४ सय, राजेशको ४५, नारायणीको १८ सय ३१, त्रिशुलको ३ सय ७०, साइबाबाको २२ सय र लोकतन्त्रको ५८८ वटा सिलिन्डर काठमाडौं आएका छन् । यस्तै नाम नखुलेको ५ हजार सिलिन्डर पनि गत २४ घण्टामा काठमाडौं भित्रिएको नागढुंगाका ट्राफिक प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक गुणनीधि खकुरेलले जानकारी दिए । यो अवधिमा काठमाडौं दुईवटा बुलेट पनि भित्रिएका छन् । केही दिनदेखि भारतका ग्यास बुलेट भित्रिने क्रम बढेपछि काठमाडौंमा ग्यास वितरण फेरि सुरु भएको छ । भैरहवा, नवलपरासी, चितवन र धादिङमा रहेका विभिन्न ग्यास उद्योगले झण्डै साढे १६ हजार सिलिन्डर काठमाडौं ल्याएका हुन् । यि सबै सिलिन्डर आधा भरिएका हुन् । यसलाई उद्योगहरुले प्रतिसिलिन्डर सातसय रुपैयाँमा बेच्ने छन् । वीरगञ्ज बाहेक नाकापारि अड्केका सबै बुलेट आए नेपाल आयल निगमकाअनुसार अब वीरगञ्जबाहेक कुनै पनि नाकामा ग्यास बुलेट रोकिएका छैनन् । वीरगञ्जमा भने २ सय ४ वटा बुलेट असोज ६ गतेदेखि नै अडि्कएका छन् । भारतले सबै ग्यास बुलेटलाई प्राथमिकताका साथ भन्सार पास गराएको आयल निगमको ग्यास वितरण विभागले जनाएको छ । त्यसैकारण अब ग्यास वितरणको क्रम केही बढ्ने आयल निगमले जानकारी दिएको छ । अहिले सीमापारी सुनौलीमा एउटा ग्यास बुलेट बिग्रिएर अलपत्र परेको छ । अन्य नाकाबाट नियमितरुपमा ग्यास बुलेट नेपाल आइरहेका छन् । बिहीबार मात्रै विभिन्न नाकाबाट ४४ वटा बुलेट नेपाल आएका छन् ।

Thursday, December 24, 2015

४५ सेकेण्डकी ब्रम्हाण्ड सुन्दरीलाई पोर्न फिल्मको अफर

उद्घोषकको गल्तीका कारण ४५ सेकेण्डका लागि यो वर्षको मिस युनिभर्स अर्थात् ब्रम्हाण्ड सुन्दरी बन्न सफल भएकी कोलम्बियाली सुन्दरीले पोर्न फिल्म खेल्नका लागि अफर प्राप्त गरेकी छिन् । चर्चित पोर्न फिल्म निर्माता कम्पनी भिभिड इन्टरटेनमेन्टले उनलाई पोर्न फिल्म खेल्नका लागि झण्डै साढे १० करोड रुपैयाँको अफर गरेको हो । हालै भएको मिस युनिभर्स प्रतियोगिताको विजेता घोषणा क्रममा उद्घोषक अल्मलिँदा कोलम्बियाकी सुन्दरी अरियाडना गुटिरेजले ४५ सेकेण्डका लागि ताज पहिरिन पाएकी थिइन् । फाइनलमा गुटिरेजसँगै फिलिपिनो सुन्दरी पिया अलेन्जो पुगेका थिए । वास्तवमा मिस युनिभर्सको उपाधि अलेन्जोले जितेकी थिइन् तर उद्घोषकले भुलबस अलेन्जोको साटो फस्र्ट रनर अप बनेकी गुटिरेजको नाम विजेताको रुपमा घोषणा गरेपछि पूर्व ब्रम्हाण्ड सुन्दरीले उक्त ताज गुटिरेजको शिरमा पहिराइदिएकी थिइन् । तर आयोजकले तत्कालै गल्ती सच्चाए र खास विजेता अलेन्जो भएको भन्दै गुटिरेजको शिरबाट ताज निकालेर अलेन्जोको टाउकोमा लगाइदिए । ब्रम्हाण्ड सुन्दरीको ताज ४५ सेकेण्डमै खोसिएपछि मर्माहत बनेकी गुटिरेजले एकछिन त आफुलाई सम्हाल्नै सकिनन् तर पछि सम्हालिइन् । भाग्य भनौँ वा दुर्भाग्य ४५ सेकेण्डका लागि ब्रम्हाण्ड सुन्दरी बन्न सफल गुटिरेजलाई अमेरिकी कम्पनीले मोटो रकम अफर गर्दै पोर्न फिल्ममा खेल्न प्रस्ताव गरेको छ । कम्पनीका प्रमुख स्टिभ हिर्शले उनलाई पत्र लेख्दै पोर्न फिल्ममा उनलाई गज्जबको ताज पनि पहिराइदिने र त्यो ताज मिस युनिभर्सले लगाएको भन्दा राम्रो तथा ठूलो हुने बताएका छन् । तर यस्तो अफरका बारेमा गुटिरेजले भने केही बोलेकी छैनिन् । यदि उनले यो अफर स्विकारेमा उनको ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा फस्र्ट रनर अप भएको उपाधि पनि खोसिनेछ ।

यसरी बन्दैछन् -मोबाइल र फेसबुक चेलीबेटी बेचबिखनका माध्यम

१० पुस,काठमाडौं । रामेछापको उत्तरपूर्वी एक गाउँकी २६ वर्षीया युवती फेसबुकमा भेटिएर फेसबुकमै हराएका आफ्ना प्रेमी खोजी पाउँ भन्दै केही दिन अघि प्रहरीको अपराध महाशाखामा पुगिन् । साइबर अपराध हेर्ने शाखाका प्रहरीले उनका फेसबुके प्रेमी खोज्न धेरै प्रयास गरे । तर, ती कथित प्रेमी सुरज केसीको फेसबुक अकाउन्ट डिएक्टिभ भइसकेको थियो । फेसबुकमा चिनेर च्याट भयो, च्याट गर्दा गर्दै लभ पर्‍यो । ऊ विदेशबाट आयो । केही रातसँगै बिताएर हिडेको सुरज त्यसपछि फर्किएन अहिले फेसबुक नै बन्द गरेर फरार भयो । यहि कथा बोकेर प्रहरी समक्ष पुगेकी बिनिता गुरुङ (नाम परिवर्तन)सँग सुरजको वास्तविक नाम, ठेगाना र उसको परिवारबारे थप कुनै जानकारी छैन । पेटमा सुरजको पाप हुर्किन थालिसक्यो तर, उनीसँग त्यो भ्रूण पाल्ने वा फाल्ने कुनै उपाय छैन । फेसबुकको नक्कली मायाले गाउँबाट शहर बोलाएर उनलाई घर न घाटको बनाइदियो । ‘यस्ता धेरै केस आउछन्, फेसबुक र मोबाइलले शहरका भन्दा गाउँका महिलालाई यो हबिगतमा पुर्‍याएको धेरै घटनाले देखाएको छ’ साइबर ब्रान्चमा लामो समय अनुसन्धानमै बिताएका पशुपति राय भन्छन् । यो एउटा उदाहरण हो । मिसकलले यसरी गर्‍यो जिन्दगीमा झेल भन्ने अनलाइनखबरमा कौशिला र शिल्पा तामाङ दिल्लीको कोठीमा बेचिएको समाचार प्रकाशित भएपछि प्रहरीको फाइलमा यस्ता अनगिन्ति घटनाहरु पल्टाउँदैछन् काठमाडौंका प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापा । थापा भन्छन्-मैले २०/२५ वर्षअघि नै मानव बेचबिखनको गिरोह समातेर जेल पठाएको हुँ । तर, अहिले बेचबिखनको शैली फेरिएको पाइएको छ । अब काला बजारियासँगै बेचबिखनका अखडाहरुमा पनि धावा बोल्दैछु ।’ बेचबिखनको शैली फेरिएको भनेर सरकार र गैर सरकारी संस्थाहरुले कामको प्रकृति फेर्न लागेका बेला नयाँ खाले चुनौति थपिएको छ । पछिल्लो समयमा मोबाइल फोन र सामाजिक सन्जाल बेचबिखनको डरलाग्दो माध्यम बनेको निष्कर्षमा प्रहरी र बेचबिखन विरुद्धका अभियन्ताहरु पुगेका छन् । मानव बेचबिखन विरुद्ध क्रियाशील शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार मोबाइल र फेसबुक दलालहरुका लागि ग्रामिण महिला फसाउने बलियो माध्यम बनेका छन् । बिभिन्न घटनाका पात्रहरुसँगको अध्ययनपछि दनुवारको निष्कर्ष छ-हामी बेचबिखनको शैली फेरियो भनेर मनोरन्जन क्षेत्रमा केन्द्रित भयौ तर दलालहरु त मोबाइल र फेसबुक मार्फत फेरि गाउँ पस्न थालिसकेछन् । मोबाइलमा मिसकल गर्ने वा फोन गर्दा केटी मान्छे बोलेपछि बिस्तारै उनका कमजोरी पत्ता लगाएर फकाउने प्रचलन बढेको छ । विदेशमा बस्ने नेपालीले साथीभाइकै आफन्त महिलालाई समेत मोबाइल र फेसबुकबाट सम्पर्क गरेर यौन शोषण तथा बेचबिखनमा पार्ने गरेको पाइएको छ । मानव बेचबिखनको गिरोहले पछिल्लो समयमा हाइटेक प्रबिधि अपनाएर चेलीलाई चंगुलमा पार्न थालेको देखिएको छ । ‘फेसबुकमै चिनजान,फेसबुकमै लभ र फेसबुकबाटै विहे गरेर बेचबिखनमा पारेका घटना समेत हामी समक्ष धेरै आएका छन्’ दनुवारले भनिन् । वैदेशिक रोजगारीमा गएका पति वा आफन्तले महँगा स्मार्ट फोन पठाउने र त्यहि स्मार्ट फोनबाट फेसबुक चलाउँदा चलाउँदै अपरिचितको विश्वासमा परेर यौन बजारसम्म पुगेका घटना पनि प्रहरी समक्ष धेरै आएको एसएसपी थापाले बताए । मोबाइल र फेसबुक बेचबिखन तथा यौन शोषणको माध्यम बनेका धेरै घटना आएपछि बेचबिखन विरुद्धको अभियानमाथि चुनौति थपिएको प्रहरी र अधिकारकर्मी दुवैले स्वीकार गरेका छन् । साइबर क्राइम हेरिरहेका प्रहरी निरीक्षक राय भन्छन्-यस्ता धेरै केस हामी समक्ष आउछन् । तर, बेचबिखनको केस हामी जिल्लातिर पठाइदिन्छौं, साइबर क्राइमको पाटोमात्र हेर्ने हो । तर, पनि यो समस्या शहरमा भन्दा गाउँमा बिकराल बन्दै गएको देखिएको छ ।’ पछिल्लो समयमा दलालहरु गाउँले युवती र किशोरीलाई फेसबुक र मोबाइलको माध्यमबाट नक्कली प्रेमको जालमा फसाउने र यौनबजार पुर्‍याउने धन्दामा सक्रिय भएपछि गाउँ गाउँमा नयाँ खाले चेतना फैलाउनुपर्ने ठहर गरिएको छ । मोबाइलमा मिसकल गर्नेसँग कलब्याक गरेर नजिकिदा दिल्लीको कोठीमा बेचिएकी कौशिला तामाङ भन्छिन्-‘नचिनेको मान्छेले मोबाइलमा फोन गर्दैमा विश्वास नगरौं । फेसबुकमा च्याट गर्दैमा भर नपरौं,त्यो व्यक्ति यौन बजारको दलाल हुन सक्छ ।’ बेचबिखनमा संलग्न दलालहरुले योजनाबद्ध रुपमा काम गर्ने भएकाले मोबाइल नम्बरका आधारमा पत्ता लगाउन समेत नसकिने र फेसबुक अकाउन्ट बन्द गर्ने भएकाले त्यस्ता जालमा नफस्न प्रहरीले आग्रह गरेको छ ।

१० वर्षको उमेरमै विवाह

पुस १०, २०७२- मधेसी र मुस्लिम समुदायमा १० वर्षमुनिका बालबालिकाको पनि विवाह हुने गरेको छ । दाइजो, परम्परागत मान्यता र कानुनप्रतिको अनभिज्ञताका कारण बालविवाहले निरन्तरता पाएको हो । ती समुदायमा सानै उमेरमा विवाह परम्पराजस्तै बनेको छ । अभिभावकहरू जिम्मेवारीबाट उन्मुक्ति पाउन र सामाजिक प्रतिष्ठा जोगाउने संस्कारले सानै उमेरमा विवाह गरिदिने गरेका छन् । १० वर्षमुनिका करिब २ हजार बालबालिकाको एक वर्षमा विवाह भएको जिल्ला जनसंख्याको तथ्यांकले देखाएको छ । तीमध्ये १ हजार ६ सय बालिका छन् । त्यस्तै १० देखि १४ वर्षका ३२ हजार ७६ किशोरकिशोरीको उमेर नपुगेरै विवाह गरिएको छ । तीमध्ये २५ हजार ६ सय ६५ किशोरी रहेका छन् । १५ देखि १९ वर्षसम्मका १ लाख २९ हजार ५० किशोर किशोरीको विवाह भएको छ । तीमध्ये ८० हजार महिला रहेका छन् । ग्रामीण क्षेत्रमा विवाह दर्ता गराउने चलन नरहेका कारण यो तथ्यांक अझ अपूरै छ । ‘तीन–चार वर्ष उमेरका बालिकाको नाकमा नथ्या देख्न सकिन्छ । यो विवाहिता भएको चिह्न हो,’ बालविवाहविरुद्व अभियानको रणनीतिक योजनापत्र प्रस्तुत गर्दै अधिवक्ता प्रमोद रिजालले भने, ‘बाँकेमा बालविवाह व्याप्त छ । नियन्त्रणका लागि सबै पक्ष एक भएर लाग्न आवश्यक छ ।’ मधेसी समुदायमा सानै उमेरमा विवाह गर्ने र त्यसको दुई–तीन वर्षपछि गौना, ठेउना (दुलाहाको घरमा पठाउने) गर्ने चलन छ । ठेउना गर्दासम्म किशोरीको उमेर पुगिसक्ने उक्त समुदायका अगुवाहरूको दाबी छ । तथ्यांकका अनुसार १४ वर्षमुनिका करिब १४ र १९ वर्षमुनिका करिब ५३ प्रतिशत किशोरकिशोरीको विवाह हुने गरेको छ । तर, नेपाल कानुनले भने अभिभावकको मञ्जुरीबिना २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ । बालविवाह अत्यधिक हुने गरे पनि हालसम्म बाँके जिल्ला अदालतमा ४ वटा मुद्दामात्रै परेका छन् । बाँकेको गंगापुर, मटेहिया, फत्तेपुर, इन्द्रपुर, परसपुर गाविसमा १० देखि १५ वर्षकै उमेरमा विवाह गर्ने चलन रहेको अधिवक्ता रिजालले बताए । उनले सानै उमेरमा बिहे गर्दाका बेफाइदा र कारबाही हुने कानुनी प्रावधानबारे चेतना फैलाउन सके केही हदसम्म कमी आउने सुझाव दिइएको छ । महिला बालबालिका कार्यालयकी फोकल पर्सन विन्दु कुँवरले बालविवाह रोक्न प्रयास भइरहेको बताइन् । उनले उमेर नपुगेर विवाह भइरहेको बारे जानकारी पाएलगत्तै रोक्ने गरेको बताइन् । मुलुकी ऐनमा भने १० वर्ष नपुगेकी बालिकाको विवाह गरे, गराएमा ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यस्तै १० वर्षदेखि १४ वर्ष नपुगेका बालिकाको विवाह गरे, गराएमा ३ महिनादेखि १ वर्षसम्म कैद र ५ हजार र १४ वर्षदेखि १८ वर्ष नपुगेका बालिकाको विवाह गरे, गराएमा ६ महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । २० वर्ष उमेर नपुगेका महिला वा पुरुषको विवाह गरे, गराएको रहेछ भने ६ महिनासम्म कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुन्छ । विवाह गर्न गराउन नहुनेमा जानीजानी विवाहको काम गर्ने पुरोहित, लमी र अरू मुद्दतीहरूमध्ये उमेर पुगेकालाई एक महिनासम्म कैद वा १ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । बालविवाहको अपराध भइरहेको वा हुन लागेको कुरा थाहा पाएको मितिले तीन महिनाभित्र प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने कानुनी व्यवस्था छ ।

पुस पहिलोसाता १ सय ८३ ग्यास बुलेट भित्रियो तर उपभोक्ताले पाएनन्, कहाँ जान्छ ग्यास ?

पुस १०, २०७२- भारतको नाकबन्दीले फाटफुट मात्रै भित्रिएको ग्यास आयात ६ गतेयता ह्वात्तै बढेको छ । मन्त्रिपरिषद्ले संविधान संशोधनमा प्रतिबद्धता जनाएसँगै भारतले त्यसको स्वागत गरेपछि ३ दिनमा मात्रै १ सय ८ बुलेट ग्यास भित्रिएको छ । भन्सार विभागका अनुसार महानिर्देशक शिशिर ढुंगानाका अनुसार विभिन्न नाकाबाट पुस महिनाको पहिलो ८ दिनम १ सय ८३ बुलेट ग्यास भित्रिएको छ । ती बुलेटबाट १४ दशमलव २ किलोअनुसार २ लाख २८ हजार ७ सय ५० सिलिन्डर र (एक बुलेटमा १२ सय ५० सिलिन्डर) ग्यास आयात भएको छ । नाकाबन्दीयता अभाव चुलिएपछि सिलिन्डरमा परिमाण आधा घटाएर ७ किलो मात्रै ग्यास भएको सिलिन्डर बिक्री भइरहेको छ । जसअनुसार ८ दिनमा ४ लाख ५७ हजार ५ सय ग्यास सिलिन्डर आयात भएको देखिन्छ । यति ग्यास भित्रिँदा पनि सर्वसाधारणको सास्ती घट्न सकेको छैन । विभागको तथ्यांकअनुसार सबैभन्दा पुस ८ मा ४४ बुलेट ग्यास भित्रिएको छ । ७ गते २८, ६ गते ३६ बुलेट ग्यास भित्रियो । नेपाल आयल निगमको ‘ग्यास कन्ट्रोल रुमको तथ्यांकमा भने ८ दिनयता १ सय ७५ बुलेट मात्रै भित्रिएको उल्लेख छ । जसअनुसार ८ दिनमा ४ लाख ३७ हजार ५ सय ग्यास सिलिन्डर आयात भएको देखिन्छ । तथ्यांकमा बुलेट आयातको संख्या वृद्धि भएको देखाए पनि मुलुकमा ग्यासको अभाव यथावत नै छ । यसले ग्यासको कालोबजारी मौलाएको पुष्टि गर्छ । निगमका अनुसार भारतीय नाकाबन्दीयता औसतमा दैनिक १० वटा मात्रै बुलेट नेपाल भित्रिएको थियो । पुस ६ गतेदेखि ग्यास संख्या ह्वात्तै बढेको तथ्यांकमा छ । निगमका प्रवक्ता मुुकुन्द घिमिरेका अनुसार अहिले सुनौलीमा १० र वीरगन्ज नाका २ सय ८ बुलेट मात्रै ग्यास रोकिएको छ । अन्य नाकाहरूबाट भने लोडअनुसार भित्रिएको निगमले जनाएको छ । ‘भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले बुलेट/ट्यांकर पुगेअनुसार लोड दिएको छ,’ घिमिरेले भने, ‘रक्सौल नाकाबाहेक अन्य नाका केही दिन अघिको तुलनामा धेरै सहज छ ।’ नेपालमा एलपी ग्यासका ५३ वटा उद्योग छन् । तिनका ६२ लाख सिलिन्डर छन् । संघका अनुसार ग्यास ढुवानी गर्न करिब साढे ४ सय बुलेट छन् । ती सबै भारतका हुन् । भारतसँगका ६ वटा नाका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टाबाट ग्यास भित्रिन्छ । त्यसका लागि भारततर्फ ४ वटा रिफाइनरी सेन्टर (करनाल, मथुरा, बरौनी र हल्दिया) छन् । सामान्य अवस्थामा ६ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास नेपाल छिर्छ । अहिले सबैभन्दा बढी समस्या रक्सौल नाकामा छ । रक्सौल नाकाबाट आयात हुने इन्धन उपत्यकाको लागि हो । ती नाकाबाट करिब ६५ प्रतिशत इन्धन आयात हुन्छ । मुख्य नाका पूर्ण रूपमा सञ्चालन नहुँदा इन्धन अभाव कायमै रहेको निगमको भनाइ छ । जिल्लाका लागि आयात भएको इन्धन कुल आयातको ६० प्रतिशत उपत्यकामा भित्र्याइएको निगमले जनाएको छ । निगमका अनुसार आयात भएको ग्यास अधिकांश काठमाडौं उपत्यका लक्षित हो । ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थ पनि आयात बढेको प्रवक्ता घिमिरेले बताए । ‘ग्यासजस्तै डिजेल र पेट्रोलको लोडिङ पनि बढाएको छ,’ घिमिरेले भने । बेतालपुरबाट भैरहवाका लागि भित्रिन्छ । बरौनीमा लोड भएका इन्धन विरानगर जान्छ । यस्तै गोन्डाबाट लोड हुने नेपालगन्जबाट भित्रिन्छ । रक्सौलबाट तत्काल आयात सम्भव नभएकाले बरौनीबाट पनि अन्य नाका हुँदै इन्धन ल्याउने पहल भइरहेको निगमले जनाएको छ । ‘बेतालपुर डिपोका कर्मचारीहरूसँग छलफल गर्दा लोडिङ बढाउने जनाएका छन्,’ प्रवक्ता घिमिरेले भने । घिमिरेका अनुसार बेतालपुरबाट सहज अवस्थामा दैनिक २ सय किलोलिटर पेट्रोल र ४ सय किलोलिटर डिजेल आयात हुन्थ्यो । यस्तै बरौनीबाट औसतमा ५०/५५ ट्यांकर लोड हुन्छ । लोडिङ संख्या बढाएर ८० ट्यांकर पुर्‍याउने पहल भइरहेको घिमिरेले बताए । बुलेट आयात पुस १ गते : १६ पुस २ गते : १४ पुस ३ गते : १४ पुस ४ गते : १८ पुस ५ गते : १३ पुस ६ गते : ३७ पुस ७ गते : २८ पुस ८ गते : ४४ स्रोत : भन्सार विभाग

संविधान संशोधनमा मोर्चाकाे मौन सहयोग रहन्छ: दाहाल

पुस ९, २०७२- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको विधेयकको भाषामा कुरा मिले मधेसी मोर्चा मौन बसेर सहयोग गर्ने दावी गरेका छन् । उनले पुनर्निर्माण प्राधिकरण विधेयक पारित गर्दा झै मोर्चाको सहयोग रहने दावी गरे । 'सिमांकनमा सहमति नहुन्जेलसम्म मोर्चाका नेताहरु सहमति हस्ताक्षर गर्नुहुन्छ जस्तो लाग्दैन,' रिपोटर्स क्लवको टोलीसाग बिहीबार कुरा गर्दै दाहालले भने 'तर, संविधान संसोधन विद्येयकमा मौन बसेर सहयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ ।'आफ्नो ध्यान वार्ताबाट समस्याको समाधान तर्फ केन्द्रित रहेको भन्दै उनले भोलि(शुक्रबार) मधेसी नेताहरुसँग आफूले छलफल गर्ने जनाए । छलफलबाट संविधान संसोधन विधेयकको भाषामा सहमति जुट्ने विश्वास व्यक्त गर्दै दाहालले सहमतिका लागि सरकार र प्रमुख प्रतिपक्षी दलसँग पनि कुरा गरिरहेको बताए । भाषामा सहमति पछि आईतवारबाट संविधान संसोधन विधेयक अगाडि बढ्छ उनले भने । संविधान निर्माणदेखि नै आफू आन्दोलनरत दल र सरकारबीच 'ब्रिजिङ'को भूमिकामा सक्रिय रहेको उनले बताए । उनले भने, 'सीमांकन अहिले नै मिलाउन निक्कै कठिन छ । त्यसैले यसलाई तीन महिनाभित्र टुङग्याने विषयमा मधेसवादी दलहरु सहमतिमा आउनु पर्छ । त्यसबाट मात्रै निकास निस्कन्छ ।'

चिसोले ७ भूकम्पपीडितको मृत्यु

पुस ९, २०७२- अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको छ । अधिकांश बिरामी परेका छन् । ठोकर्पा–३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको छ । ‘आमालाई दमको रोग थियो,’ छोरा नेत्रबहादुर पहरीले भने, ‘सुन्निएर बित्नुभयो ।’ टोलमा अरू धेरै जना चिसोले सुन्निएको उनले बताए । ‘अरू पनि केहीको मृत्यु भइसक्यो,’ उनले भने । तीन सातायता ठोकर्पा– ३ पहरी बस्तीमा चिसोले मृत्यु भएका अन्यमा सेती खड्का, माइली पहरी, अक्कल पहरी, कान्छी पहरी, रत्नदेवी पहरी र यमबहादुर पहरी छन् । गाउँमा बिरामी पनि त्यतिकै छन् । स्थानीयले उनीहरू सबैको मृत्यु चिसोकै कारण भएको बताए । स्थानीय अगुवा कृष्णबहादुर कार्कीले भने, ‘गाउँका सबैजसो वृद्धवृद्धा र बालबालिका बिरामी छन् ।’ उक्त वडामा १ सय २५ पहरी परिवार छन् । भूकम्पले घर भत्काएपछि उनीहरू सबैजसो छाप्रोमा छन् । टहरा र छाप्रामा बस्दै आएका सयौं वृद्धवृद्धा र केटाकेटी श्वासप्रश्वाससम्बन्धी रोगले थलिन थालेका छन् । टहराभित्रै शीत पर्न थालेपछि उनीहरूलाई रोगले च्याप्न थालेको हो । स्कुले बालबालिकालाई ज्वरो आउने, घाँटी र टाउको दुख्ने समस्या जिल्लाभर देखिएको अस्पताल र स्वास्थ्य चौकीहरूले जनाएका छन् । ठोकर्पा–३ की गीतादेवी तिमल्सिनालाई फोक्सोको समस्या देखिएपछि उपचारका लागि राजधानी लगिएको छ । सोही ठाउँका लोकबहादुर खड्का सुन्निएकै अवस्थामा गाउँमै छन् । स्थानीय सूर्यप्रसाद न्यौपानेका अनुसार गाउँमा चिसोले बिरामी पर्नेको संख्या बढिरहेको छ । ‘जस्तापातबाट शीत चुहिन्छ,’ स्थानीय ५२ वर्षीया कान्छी पहरी भन्छिन्, ‘रातभरिमा ओढ्ने भिज्छ, जीउ तात्दैन ।’ आफ्नो खेतीको आम्दानीले वर्षभरि खान नपुग्ने पहरी समुदायको बस्तीमा धरै बिरामी परेका छन् । कालिका– १ पुरानाकोट गाउँका मगर समुदायको घरैपिच्छे बिरामी छन् । ज्वरोले थलिएका वृद्ध भुवनबहादुर थापमगरले भने, ‘मरिएला जस्तो लागेको थियो, बल्लबल्ल स्वाँस्वाँ कम भएको छ ।’ विशेषगरी दम र खोकीका बिरामीलाई चिसोले थला पारेको छ । पुरानाकोटका होमनाथ न्यौपानेले भने, ‘यसपालिको जाडोमा त कालिका र ठोकर्पाका कोही न कोही नमरेका र अस्पताल नलगेको दिनै भएन ।’ स्थानीय स्वास्थ्य केन्द्रका अनुसार लेकाली बस्तीका वृद्धवृद्धा र बालबालिकामा चिसोले ज्वरो, खोकी र निमोनियाँ देखिएको छ । हिमाली बस्ती मानेखर्क स्वास्थ्य सेन्टरका चिकित्सक पासाङ छिरिङ लामाका अनुसार एक्कासि उच्च ज्वरो आउने र श्वासप्रश्वासको समस्या देखिने गरेको छ । उक्त केन्द्रमा जिल्लाको पश्चिम भेक भोताङ, गुन्सा, थाङपालधाप, थाङपालकोट, बरुवालगायतका गाउँका बिरामी उपचारका लागि आउने गरेका छन् । ‘दैनिक ३०–४० जना बिरामी स्वास्थ्य परीक्षण गर्न आउने गरेका छन्,’ उनले भने, ‘विगत वर्षको तुलनामा यस वर्षको रुघाखोकी असामान्य प्रकृतिको छ ।’ केटाकेटीमा निमोनियाँ र ज्वरो बढी देखिएको छ । ‘स्वास्थ्य केन्द्रमा ६० प्रतिशतभन्दा बढी बिरामी ज्वरो र श्वासप्रश्वासको समस्या लिएर आउने गरेका छन्,’ चिकित्सक लामाले भने, ‘गाउँमा उपचार हुन नसकेपछि अन्यत्र पठाउने गरिएको छ ।’ तामाङ समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा बस्ने घर मात्र होइन, सामूहिक बसोबास र अस्वस्थ खानाले पनि रोग लाग्न सहयोग पुगेको छ । जिल्लाको पूर्वी भेकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक सुरेन्द्र शाह भन्छन्, ‘प्राय: वृद्धवृद्धा दम, खोकी, प्रेसरजस्ता समस्याबाट ग्रसित छन् । बालबालिकामा पनि निमोनियाँ र टाइफाइड देखिएको छ ।’ बाह्रबिसे प्रास्वाकेमा उपचार गराइरहेकी राम्चे–९ की पूर्णकुमारी मगरले भनिन्, ‘उसै त छाप्राको बास, झन् बढ्दो चिसोले दम बढेर मरिएला जस्तो भयो ।’ थामी समुदायको बसोबास रहेको पिस्कर स्वास्थ्य चौकीमा दैनिक ३०–४० जना बिरामी आउने गरेका छन् । स्थानीय मंगलामाई माध्यमिक विद्यालयका शिक्षक पृथ्वीजंग पाण्डे भन्छन्, ‘कतिपय परिवार जाडोले कठ्यांग्रिएर रात बिताउँछन् ।’ भूकम्पपीडित बिरामी हुने क्रम बढ्दै गए पनि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, ईसीजी जस्ता परीक्षणको व्यवस्था नहुँदा उपचारमा झन् कठिन भएको छ । ‘एकातिर भूकम्पले भौतिक संरचना भत्काएको छ, अर्कोतिर जाँचका उपकरण पनि चल्न सकेका छैनन्,’ जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रकी चिकित्सक पुनम रावलले भनिन्, ‘भवन भत्केकाले बिरामीको उपचार टेन्टमा गरिएको छ ।’ दैनिक ४० देखि ५० जना बिरामी आउने उक्त केन्द्रमा एक्सरे, ईसीजीलगायतका जाँच मेसिन बिग्रेको छ । ‘जिल्लाको सबैभन्दा विकट गोल्चे, गुम्बा, पाङताङ, हगामलगायत हिमाली बस्तीबाट आउने बिरामीको एक्सरेसमेत हुन सक्दैन,’ रावलले भनिन्, ‘त्यस्ता बिरामीलाई राजधानी पठाउने गरिएको छ ।’ बिरामीको चाप रहेको बाह्रबिसे प्रास्वाकेमा कर्मचारीको अभावमा प्रभावकारी काम हुन सकेको छैन । ‘१६ जनाको दरबन्दी रहेकोमा ११ जनाले काम चलाएका छौं,’ चिकित्सक शाहले भने, ‘प्राविधिक कर्मचारी नहुँदा झन् समस्या छ ।’ ०६८ को जनगणनाअनुसार ६६ हजार घर रहेको जिल्लामा भूकम्पले ९० प्रतिशत घर भत्काएको थियो । भूकम्पका कारणले ३ हजार ५ सय ६६ जनाको मृत्यु भएको थियो ।

प्रेमिकासँग कुरा गर्दा याद राख्नुहोस् यी कुरा

प्रायः पूरुषहरु महिलासँग कस्तो कुरा गर्ने भन्ने विषयमा अन्यौैलमा हुन्छन् । तर महिलासँग केही कुरा नगर्दा नै राम्रो हुन्छ जसका कारण सम्बन्धमै दरार उत्पन्न हुनसक्छ । पूरुषले सोझो तवरबाट महिलासँग त्यस्ता कुरा गर्दा सम्बन्ध नै बिग्रिएका कैयन उदाहरण छन् । 



महिलाको अनुहारबारे प्रतिक्रिया दिँदा:-
 महिलाहरुलाई उनीहरुको सुन्दरताको तारिफ गर्दा जत्ति मज्जा आउँछ । त्यति नै दुःख उनीहरुको अनुहारलाई लिएर गर्दा हुन्छ । पूरुषले यस्ता प्रतिक्रिया व्यक्त गर्दा महिला धेरै रिसाउँछन् । त्यसैले उनीहरुको लिपिस्टीकदेखी हेयरस्टाइल, फीगर लगायतका कुनै पनि विषयमा नबोल्नु उचित हुन्छ ।

पूर्व प्रेमिकासँग तुलना गर्दा
 पूरुषहरु प्राय आफ्नो नयाँ सम्बन्धलाई पुरानो सम्बन्धसँग तौलन्छन् । तर यस विषयमा महिलासँग कुरा गर्नुभयो भने प्रतिक्रिया खराब आउनेछ । तपाईले आफ्नी प्रेमिकालाई पूर्व प्रेमिकासँग तुलना गर्नुहुन्छ भन्ने पत्तो उनले पाइन् भने सम्बन्ध टुट्न सक्छ । 

अर्कै महिलाको तारिफ गर्दा
 महिलाहरु अन्य महिलाको विषयमा गरिएका तारिफ सुन्न चाहदैँनन् । सुन्दरताको प्रशंशा गर्नु राम्रो विषय हो । तर महिलालाई अरुको प्रशंशा गरेको मन पर्दैन । 

पुराना कुरा कोट्याउँदा
महिलालाई हल्ला गर्न र प्रत्येक कुरामा आफ्नो सुझाव दिन मनपर्छ । उनीहरुले त्यस्तो कुरा गर्दा उनीहरुसँगै आफ्नो कुरा तपाईले राख्नुभयो भने उनीहरुले माइन्ड गर्न सक्छन् । उनीहरुलाई वाहियात कुरा गर्न लोक लगाउनु भनेको तपाईहरुले उनीहरुको बोल्ने स्वतन्त्रता हनन गर्नु सरह हो । त्यसैले उनीहरुको कुरा कोट्याउँने र बीचमा काट्ने काम नगर्दा राम्रो ।

 निजी कुरा गर्दा
पूरुषहरु साथिबाट प्रेमिका बनाइसकेपछि महिलाहरुसँग खुल्ला हुन चाहन्छ । त्यसपछि उनीहरु महिलाका निजी विषयमा चासो राख्छन् । तर महिलालाई उनीहरु फिगर देखी रक्तस्राव हुदाँसम्मको निजी विषयमा कसैले सोधेको मन पर्दैन ।

ड्राइभर सुतेको बेला बाँदरले चलायो बस

अब मानिसले गर्ने काम उसको पुर्खाले पनि गर्यो त के फरक पर्यो भन्नुहोला । तर भारतको उत्तरप्रदेशमा बाँदरले बस चलाएर साँच्ची नयाँ रेकर्ड नै कायम गरेको छ । भारतको उत्तरप्रदेशस्थित बरेली सहरमा बाँदरले यस्तो काम गर्यो की सबै मानिस तिनछक पर्नुको विकल्प रहेन । पार्किंगमा रोकिराखेको उत्तर प्रदेश राज्य निगम परिवहनको बसलाई बाँदरले स्टार्ट मात्र गरेन, गिएर लगाएर गुडायो पनि । अनि गुडाएर अरु दुइवटा बसमा लगेर ठोक्काउने काम पनि गर्यो । पार्किंगमा रहेको बसभित्र जंगली बाँदर एकाएक छिरेर गाडी स्टार्ट गरी गुडाएको हो । बाँदरले गुडाएको गाडीले अरु बसलाई ठक्कर दिन थालेपछि बसका ड्राइभर तत्कालै बाँदरलाई लखेटे र गाडी नियन्त्रणमा लिन सफल भए । समाचार अनुसार बसको चाँबी घुसार्ने ठाउँमै छाडेर बसका चालक बसको पछाडिको सिटमा गएर सुतेका थिए । चालक सुतेको मौका पारेर बाँदर बसको झ्यालबाट भित्र छिर्यो र ड्राइभर बस्ने सिटमा बसेर चाँबी घुमाएपछि बस स्टार्ट भैहाल्यो । बस स्टार्ट हुँदाको आवाजले ड्राइभरको निद्रा खुल्यो । हेर्दा त आफ्नो सिटमा बाँदर बसिरहेको छ । उनी तत्कालै चिच्याए र दौडिएर अगाडि आउन थाले । बाँदर पनि आत्तिएर बाहिर भाग्दा बसको गिएर दबिएछ र ड्राइभर अगाडि आएर बस नियन्त्रणमा लिन नपाउँदै दुइवटा अरु बसमा ठोक्किइसकेछ ।

चीनले भन्यो-नेपाली परराष्ट्रमन्त्रीको भ्रमणलाई उच्च महत्व दिएका छौं

९ पुस, काठमाडौं । चीन भ्रमणमा रहेका उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले उपराष्ट्रपति ली युआन्चाओसित भेट गर्ने निश्चित भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले नियमित पत्रकार सम्मेलनमा थापा र ली युआन्चाओबीच भेट हुने तय भएको जानकारी दिए । नेपालमा नयाँ सरकार बनेपछि सबैभन्दा माथिल्लोस्तरको भ्रमण भएको भन्दै दुवै सरकारले यसलाई उच्च महत्व दिएका प्रवक्ता होङले बताए । भ्रमणमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने उल्लेख गरे पनि कुनै महत्वपूर्ण सम्झौता हुन लागेको उनले संकेत गरेनन् । ‘चीन र नेपालबीचको दौत्य सम्वन्ध स्थापनाको ६० औं वर्ष प्रवेशका अवसरमा भ्रमण हुन लागेकाले पनि यसको महत्व बढेको छ । भ्रमणका क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धको विकास, सिमा क्षेत्रमा व्यवहारिक समन्वयका साथै द्विपक्षिय सम्वन्धको विकासका लागि विचार आदान प्रदान हुने छ,’ प्रवक्ता होङले भने ।

सीमांकन नभई मधेसी मोर्चाले हस्ताक्षर गर्दैनन् : प्रचण्ड

९ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकन नमिलुन्जेलसम्म मधेसी मोर्चाले कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने बताएका छन् । तर, संविधान संशोधनको विधेयकको भाषामा चित्त बुझे मौन बसेर सहयोग गर्ने बताए । रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै प्रचण्डले भने-वार्ता, सम्वाद र सहमतिको विकल्प छैन । शुक्रवार (भोलि) मधेसी नेताहरुसँग छलफल गर्दैछु । मेरो प्रयास संविधान संशोधनको भाषामा सहमति गर्नेमा हुनेछ ।’ उनले अघि भने-सीमांकन नमिलुन्जेलसम्म उहाँहरुले हस्ताक्षर त गर्नु हुन्न भन्ने मलाई लाग्छ । तर, पुनर्निर्माण प्राधिकरण विधेयकलाई अनुमोदन गर्न मौन बसेझै संविधान संशोधन विद्येयकमा पनि मौन बसेर सहयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ ।’ शुक्रबारको छलफलले संविधान संसोधन विद्येयकको भाषामा सहमति जुटाउने उनको विश्वास थियो । आफूले सहमतिका लागि सरकार र प्रमुख प्रतिपक्षी दलहरुसँग कुरा गरिरहेको भन्दै उनले भने-‘चिजहरु सकारात्मक छन्, समाधान हुन्छ भन्नेमा म आशावादी छु ।’ प्रचण्डले सीमांकनमा प्रमुख दलका नेता र विज्ञहरु सम्मिलित राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुङग्याउने विषयमा सहमति जुटाउन आफू केन्दि्रत रहेको बताए । संविधान निर्माणदेखि नै आफू आन्दोलनरत दल र सरकारवीच बि्रजिङको भूमिकामा सक्रिय रहेको उनले बताए । उनले भने-‘सीमांकन अहिले नै मिलाउन निक्कै कठिन छ । त्यसैले यसलाई तीन महिनाभित्र टुंग्याउने विषयमा मधेसवादी दलहरु सहमतिमा आउनुपर्छ । त्यसबाट मात्रै निकास निस्कन्छ ।’ सरकारको चार बुँदे मार्गचित्रमा भारतको स्वागतपछि विषय सकारात्मक दिशातिर गएको भन्दै उनले दुई देशको सम्बन्धमा मधेसलाई ल्याउन नहुने बताए । प्रचण्डले भने-नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउनुको विकल्प छैन । नेपालको मन्त्रिपरिषदको निर्णयलाई भारतले स्वागत गरेपछि अब नाका सहज हुने अवस्था सृजना भएको छ ।’ उनले अघि भने- मधेसको समस्या हाम्रो आन्तरिक समस्या हो । अब यसलाई हामीले नै समाधान गर्नुपर्छ । दुई देशको सम्बन्धको वीचमा मधेसलाई ल्याएर राम्रो हुँदैन ।’

Wednesday, December 23, 2015

काठमाडौंमा कठ्यांग्रिने चिसो, तापक्रम अझै तल झर्ने

काठमाडौं: दुई वर्षयताकै सबैभन्दा कम तापक्रममा झरेको काठमाडौं अझै चिसिने अनुमान मौसमविद्ले गरेका छन्। बुधबार बिहान ०.९ डिग्री सेल्सियस पुगेको काठमाडौंको न्यूनतम तापक्रम मौसमविद्ले अनुमान गरेभन्दा छिटो तल झरेको हो। अहिले उत्तरपश्चिमतर्फबाट चल्ने हावाका कारण कठ्यांग्रिएको काठमाडौंमा मौसमको यही अवस्था रहे केही दिनभित्रै न्यूनतम तापक्रम माइनसमा झर्न सक्ने अनुमान मौसमविद्को छ। विश्वभरिका मौसम अनुमान केन्द्रहरूले पनि काठमाडौंको तापक्रम तल झर्ने र घामलाई पनि हुस्सुले छेक्ने क्रम केही दिन जारी रहने जनाएका छन्। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले अघिल्लो वर्षको तुलनामा यस वर्ष एक महिनाअघि नै तापक्रम शून्यभन्दा तल झरेको बताए। महाशाखाको रेकर्डअनुसार गत वर्षको सबैभन्दा कम तापक्रम जनवरी ३० मा १.४ डिग्री थियो।
गत वर्ष यसभन्दा तल न्यूनतम तापक्रम झरेन। 'यस वर्ष छिटो चिसो बढ्यो। भर्खर विन्टरमा प्रवेश गरेका छौं । यस्तै अवस्था कायम रहे, तापक्रम अझै घट्छ,' श्रेष्ठले भने। गत वर्ष डिसेम्बरमा काठमाडौंको तापक्रम १.४ डिग्री सेल्सियस थियो। मनसुन टाढिएपछि चल्ने उत्तरपश्चिम हावाले काठमाडौंलगायत देशका विभिन्न भागमा चिसो बढाउँछ। नेपालको उत्तरतर्फका हिमालपारिबाट आउने हावाले तापक्रम घटाउँछ। 'जम्मुकास्मिर तथा हिमाञ्चलबाट आउने हावाले हामीलाई सीधा असर गर्छ,' श्रेष्ठले भने। मनसुनका बेला पूर्वबाट पश्चिमतर्फ हावा चल्छ। पश्चिमतर्फबाट आउने हावाले पानीको जलवाष्प पनि सँगै लिएर आउँछ। यही बाफ मिसिएको हावाले जाडोयाममा पानी पार्छ। मौसमविद्ले भने केही दिन काठमाडौं आसपासमा पानी पर्ने सम्भावना नरहेको बताएका छन्। श्रेष्ठले भने, 'नेपाल आउने हावामा मोस्चर नभएका कारण दुईतीन दिन पानी पर्ने सम्भावना देखिँदैन।' भर्खर जाडोयाम सुरु भएका कारण अब पर्ने पानीले चिसो अत्यधिक बढाउने मौसमविद्ले बताएका छन्। पछिल्लो समयमा हिउँदे वर्षा हुने क्रम पछि सर्दै गएको छ।काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार पछिल्लो समयमा नेपालको हिउँदे तथा मनसुनी वर्षामा ठूला परिवर्तन देखिन थालेका छन्।
हिउँदमा हुने वर्षा केही पछि सरिरहेको छ भने वर्षाको मात्रामा पनि कमी आएको पाइएको छ। चिसो बढेसँगै काठमाडौंमा बिहान हुस्सु र बाक्लो तुवाँलो लाग्ने महाशाखाले जनाएको छ।'जाडोयाम सकिने बेलामा पर्ने पानीले गर्मी बढाउँछ तर अहिले त्यस्तो बेला होइन,' श्रेष्ठले भने। हिउँदमा पश्चिमतर्फबाट आउने हावासँगै मिसिएको जलवाष्पको मात्रा वृद्धि हुनु नै बाक्लो कुहिरो लाग्नु र शीतलहर चल्नुको प्रमुख कारण हो। महाशाखाले भने अहिले तराईमा शीतलहर ठूलो समस्याका रूपमा नदेखिएको जनाएको छ।

मोर्चाका आन्दोलनकारीमाथि तस्कहरुको आक्रमण

मितेरी पुल रातभर तनावग्रस्त बन्‍यो वीरगन्ज: आन्दोलनरत मधेसी दलले धर्ना दिएर नाका ठप्प पारेको वीरगन्ज रक्सौलको मितेरी पुलमा बुधबार राति आन्दोलनकारी र तस्करहरुबीच झडप भएको छ। झडपका कारण मितेरी पुलको अवस्था बुधबार रातभर तनावग्रस्त बन्यो।भारतको रक्सौलबाट सामानको तस्करी गर्ने तस्करहरुले मितेरी पुलमा आन्दोलनकारीले नाका अवरुद्ध पार्न राखेको बाँसको ढाट हटाएर सामान भित्रयाउन खोजेपछि झडप भएको हो। करिब सय जनाको संख्यामा आएका तस्करहरुले मितेरी पुलमा राखिएको बाँसको ढाट हटाउन खोजेपछि आन्द्योलनकारीहरुले प्रतिवाद गर्दा झडप भएको धर्नास्थलमा रहेका नेपाल सदभावना पार्टी पर्साका सचिव कृणा पटेलले बताए। तस्करहरुले रक्सौलबाट टाँगा, ठेला र रिक्सामा ल्याएको कपडा लगायतका सामान आन्दोलनकारीले रोक्न खोज्दा तस्करहरु हुल बाँधेर लठठी भाटा बोकेर आन्दोलनकारीलाइ कुटन आएका थिए। बुधबार बेलुकी धर्नामा १५-२० जना मात्र आन्दोलनकारी बसेका बेला कबिर सय जनाको संख्यामा आएका तस्करहरुले आक्रमण गर्न खोजेपछि स्थिती निक्कै तनाग्रस्त बनेको सचिव पटेलले बताए। आन्दोलनकारीलाइ तस्करहरुले कुटन खोजेको समाचार विभिन्न एफ एम रेडियोबाट प्रशारण भएको सुनेर बुधबार राति नै गाँउ-गाँउबाट मधेसी जनता मितेरी पुलमा पुगेपछि तस्करहरु भागेको र राति १२ बजे पछि स्थिती सामान्य बनेको उनले बताए। अहिले मितेरी पुलमा करिब एक सय जना आन्दोलनकारीहरु धर्नामा रहेको सदभावनाका सचिव पटेलले बताए।संविधान निर्माण र सीमांकनको विरोधमा साउन ३० गते देखि नै आन्दोलनरत मधेसी दलले वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा असोज ७ गते देखि धर्ना दिएर नाका पनि ठप्प पार्दै आएका छन्। मधेसी दलका नेता कार्यकर्ताहरुले दिनरात २४ सै घण्टा मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पारेका कारण तीन महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक गाडी वीरगन्ज प्रवेश गर्न सकेको छैन।

भागबण्डा मिलाउन ठूला मन्त्रालय फुटाउने सरकारको तयारी

९ पुस,काठमाडौं । सरकारले साझेदार दलहरुको भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने तयारी गरेको छ । सचिवहरुको क्लस्टर पनि मिलाउने पर्ने र साना दलहरुलाई सरकारमा ल्याउनु पर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रालय फुटाउने तयारी गरेका हुन् । यसबारे सत्ता साझेदार दलहरुबीच अनौपचारिक छलफल भइरहेको स्रोतले जनाएको छ । सत्ता साझेदार दल फोरम लोकतान्त्रिकले अझै एक मन्त्रालय मागिरहेको छ भने । राप्रपाले पनि दुई मन्त्रालय माग गरेको छ । सरकारलाई समर्थन गरेका केही साना दलहरुलाई पनि सरकारमा ल्याउनु पर्ने भएपछि ठूला मन्त्रालय फुटाउनेबारे छलफल भएको हेा । सूचना तथा सञ्चार मन्त्रालयमा प्रबिधि थपेर सुशील कोइराला नेतृत्वको सरकारका पालामा प्राबिधिक सचिवको व्यवस्था गरिएको थियो । तर, सञ्चार मन्त्रालयको प्रकृति प्रशासनिक भएकाले त्यहाँ प्रशासनकै सचिव लैजाने तयारीका छ । सञ्चार मन्त्रालयमा प्रशासनको सचिव लैजादा प्राविधिक सचिवको एउटा कोटा घट्न नदिन भौतिक पूर्वाधार र निर्माण तथा यातायात मन्त्रालय अलग अलग बनाउनेबारे छलफल भएको छ । त्यस्तै संघीय मामिला र स्थानीय विकास मन्त्रालय पनि अलग अलग बनाउने बारे अनौपचारिक छलफल भइरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने त्यसबारे गठबन्धनभित्र छलफल भए पनि कुनै निष्कर्ष नआएको बताए । सम्भवतः दलहरुबीच कुरा मिलेमा बिहीवारै केही मन्त्रालय बिभाजन गरेर मन्त्रिपरिषद बिस्तार गरिनेछ । प्रधानमन्त्रीले गठबन्धनका नेताहरुसँग छलफल गरिरहेका छन् । छलफल लम्बिएपछि विहान ९ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक १ बजेका लागि सरेको छ । साँझ ५ बजे भने केही मन्त्रीको सपथको तयारी छ । साना दलका नेताहरुलाई सपथका लागि ५ बजे तयार भएर बस्न प्रधानमन्त्रीको निजी सचिवालयबाट खबर गरिएको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारी, चार साना दलका चार मन्त्री थपिने

९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । केही साना दललाई समेटेर ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । स्रोतका अनुसार चार साना दलका चार मन्त्री थपिँदैछ भने एमालेबाट पनि नयाँ मन्त्री थपिने सम्भावना छ । स्रोतले भन्यो, साँझ ५ बजे सपथको तयारी भइरहेको छ । हामीलाई तयार हुन भनिएको छ ।
स्रोतका अनुसार राप्रपाबाट दीपक बोहोरा मन्त्री हुने भएका छन् । परिवार दलबाट एकनाथ ढकाल, प्रेमबहादुर सिंह र शिवलाल थापा पनि मन्त्री हुने पक्का भएको छ । स्रोतले भन्यो,-‘मन्त्रालयको टुंगो लागेको छैन । तर, साँझ सपथ हुने तय भएको छ ।’

मोदीमाथि लाग्यो राष्ट्रगानको अपमान गरेको आरोप

९ पुस, काठमाडौं । रुस भ्रमणमा रहेका भारतीय प्रधानन्त्री नरेन्द्र मोदीमाथि राष्ट्रगानको अपमान गरेको आरोप लागेको छ । प्रधानमन्त्री मोदी मस्कोमा पुगेपछि विमास्थलमा रुसी सेनाले ‘गार्ड अफ अनर’ लिएको थियो । उक्त समयमा भारतको राष्ट्रगान ‘जनगणमन…’ बज्यो । तर, प्रधानमन्त्री मोदी हिड्न लागे । यो देखेपछि रुसी अफिसरले मोदीलाई रोके र अधिकारीले हात समातेर नै ताने । त्यसपछि मोदी सावधान मुद्रामा उभिए ।
राष्ट्रगान बज्दा सावधान मुद्रामा उभिएर बस्ने चलन छ । तर, यो घटनापछि मोदीको सामाजिक सञ्जालमा आलोचना भएको छ र राष्ट्रगानको अपमान गरेको आरोप लागेको छ । रुस र भारतबीचको वाषिर्क शिखर वार्तामा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी रुस पुगेेका हुन् । उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता भएको छ ।

एक कल फोनले यसरी भेटियो डीएसपीबाट लुटिएको पेस्तोल

पुस, काठमाडौं । कीर्तिपुुरको चाल्नाखेलमा ग्यास उद्योगमा भएको तोडफोडका क्रममा डीएसपीबाट लुटिएको हतियार भेटिएको छ । प्रहरीका अनुसार डीएसपीबाट लुटिएको हतियारसहित विकेश कार्की पक्राउ गरेका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलका अनुसार कार्की अहिले प्रहरी नियन्त्रणमा छन् र घटनाबारे थप छानविन भइरहेको छ । मंगलबार चाल्नाखेलमा रहेको एभरेष्ट ग्यासको उद्योगमा तोडफोड गर्ने क्रममा डीएसपीको पेस्तोल लुटिएको थियो । प्रहरीले घटना लगतैबाट हराएको पेस्तोल खोजी गरेपनि भेटिएको थिएन । तर, सीसीटीभी फुटेजका आधारमा शंकास्पद मानिसहरुको सूची बनाएर अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका खटिएका प्रहरी जेमबहादुर थापालाई बुधबार राई थरका युवकले फोन गरे । उनले प्रहरीको खोजी सूचीमा आफ्नो रहेको भन्ने सुनेको र आफूलाई डर लागिरहेको सुनाए । उनले लगतै फोन राखे । प्रहरीले उनलाई फोन गरेर खोजी सूचीमा नाम भएको भन्दै घटनाबारे बताउन भन्यो । ‘उनले एउटा नम्बर दिए’ पोखरेलले भने-‘फोन गर्दा त्यो नम्बर विकेशको रहेछ । उनलाई बोलायौं र आएर उनले हतियार भएको स्वीकार गरे ।’ विकेशले आफैं हतियार ल्याइदिने बताएका थिए । तर, प्रहरीसँगै उनको घरमा पुग्यो । उनले घर भित्रबाट हराएको पेस्तोल झिकेर प्रहरीलाई बुझाए । उनलाई अहिले कीर्तिपुर प्रहरीले हिरासतमा लिएको छ । प्रारम्भीक वयानका क्रममा उनले आफूले खोलामा पेस्तोल भेटेको बताएका छन् ।