Monday, February 29, 2016
गान्धी, केजरीवाल र येचुरीविरुद्ध देशद्रोहको आरोप
१७ फागुन, काठमाडौं । भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी, कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायतका नेताहरुलाई देशद्रोहको आरोप लागेको छ । जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतविरोधी नारा लगाउने विद्यार्थीहरुलाई समर्थन गरेको भन्दै उनीहरुविरुद्ध देशद्रोहको आरोप लागेको हो ।
अधिवक्ता जनार्धन गौडले भारतीय दण्ड संहिताको धारा १२४ र १२४ ‘ए’ अनुसार उजुरी दर्ता गरेका हुन् । हैदरावादको साइबरावाद इलाकाको एक प्रहरी चौकीमा गान्धी, येचुरी र केजरीवालसहित डी राजा, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार र उमर खालिदविरुद्ध उजुरी परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गौडले सम्बाददातासँग भनेका छन्, ‘म कुनै राजनीतिक दल निकट छैन । मैले अदालतमा यसकारण मुद्दा दर्ता गरेकि जेएनयूमा ९ फेब्रुअरीमा लागेको भारत विरोधी नाराबाट मेरो भावनामा चोट पुगेको छ । संसदमा हमला गर्ने अफजल गुरुको समर्थनमा लगाइएका नारा भारत विरोधी हुन् ।’
भारतीय संसदमा आक्रमण गरेपछि अजफल गुरुलाई फाँसी दिइएको थियो । तिनै अजफल गुरुको समर्थनमा जेएनयूमा गरिएको कार्यक्रममा भारत विरोधी नारा लागेको थियो । कार्यक्रम स्थलबाट पक्राउ परेका विद्यार्थीहरुलाई कारबाही नगर्न गान्धी, येचुरी, केजरीवाल लगायतले भनेको आरोपपत्रमा दाबी गरिएको छ ।
पैसासहित श्रीमती प्रहरीसँग भागेपछि श्रीमानको बिचल्ली
१७ फागुन, कालिकोट । कालीकोट जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमानले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् ।
जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
मलेसियामा रहेका लल्तेले शान्तिका नाममा विभिन्न समयमा आइएमइमार्फत रकम रु सात लाख पठाएको अभिभावकले बताएका छन् ।
नेपालगन्ज घर भएका प्रहरी जवान सहिष मनियारले शान्ति तिरुवालाई भगाएर स्थानीय जिते बजारमा हिँड्दै गरेको अवस्थामा शान्ति तिरुवाका ससुरा कलौरा तिरुवाले थाहा पाएपछि पक्राउ गरी प्रहरीलाई बुझाएको तर उनीसँग रकम नभेटिएको बताइएको छ ।
आफूलाई विदेशबाट श्रीमान्ले केही रकम घर खर्चका लागि पठाएको भएपनि रु सात लाख भने नपठाएको शान्तिले बताएकी छन् । अहिले मनियारलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी विभागीय कारबाहीका लागि प्रक्रियाअघि बढेको इलाका प्रहरी कार्यालय स्युनाका निमित्त कार्यालय प्रमुख तथा असई कुलबहादुर खड्काले जानकारी दिए ।
शान्ति तिरुवालाई भने मनियारको जिम्मा लगाइएको छ । रासस
कोल्टे परेर सुत्दा दिमाग सफा हुन्छ
सुताइले कुनैपनि मानिसको स्वास्थ्यमा सबैभन्दा ठूलो प्रभाव पारेको हुन्छ । तपाइँ कति समयसम्म सुत्नुहुन्छ र तपाइँलाई कत्तिको पर्याप्त निद्रा परेको छ भन्ने कुराले तपाइँको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
पर्याप्त निद्रा लिनु आफ्नो सरीर तथा मस्तिष्कका लागि समेत फाइदाजनक रहेको कुरा त हामी सबैलाई थाहा छ तर निद्राको मात्रासँगै हामी कसरी सुत्दछौँ भन्ने कुराले पनि उत्तिकै महत्वपूर्ण हुने तथ्य भने थाहा नहुनसक्छ ।
एक पछिल्लो अध्ययनले उत्तानो वा घोप्टो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने तथ्य पत्ता लगाएको छ । जर्नल अफ न्युरोसाइन्समा प्रकाशित शोध अनुसार कोल्टे परेर सुत्नाले मस्तिष्कका विकार सफा गर्न मद्धत गर्दछ ।
मानिसको मस्तिष्क सरीरको सबैभन्दा सक्रिय अंग हो । यसको सक्रियता सँगै यसमा दिनभरमा बेटा एमिलोइड तथा टाउ प्रोटिन जस्ता रसायन जम्मा हुन्छन् । यदि यस्ता हानिकारक रसायन मस्तिष्कबाट छिटै निस्कासन भएनन् भने त्यसले दीर्घकालीन नकारात्मक असर पूराउने जोखिम हुन्छ । यसलेे अल्जाइमर लगायतका स्नायुप्रणालीको ह्रास हुने विभिन्न समस्या निम्त्याउन सक्छ ।
अमेरिकी शोधकर्ताहरुले विभिन्न पोजिसनका सुताइहरुको प्रभावको विश्लेषण गरेका थिए । त्यसक्रममा उनीहरुले मस्तिष्कको फोहोर निस्काशन प्रणाली अर्थात् ग्लिम्फ्याटिक मार्गको अध्ययन गरे । सरीरको यो प्रणालीले विशेष अवस्थामा राम्रोसँग काम गर्ने गरेको पाइयो ।
मानिस ब्युँझिएको अवस्थामा भन्दा सुतेको अवस्थामा यो प्रणालीले बढि राम्रोसँग मस्तिष्कको फोहोर सफा गर्ने गर्छ । शोधकर्ताहरुले मुसामा गरेको यो अध्ययनका क्रममा मुसा उत्तानो पारेर, घोप्टो पारेर तथा कोल्टे पारेर सुतेको अवस्थामा मस्तिष्कको यो फोहोर निस्कासन प्रणालीको कार्यको अध्ययन गरे ।
त्यसक्रममा मुसा घोप्टो वा उत्तानो परेर सुतेको अवस्थामा भन्दा कोल्टे परेर सुतेको अवस्थामा उसको मस्तिष्कको फोहोर निस्कासन प्रणालीले बढि सक्रियतापूर्वक काम गरेको पाइयो ।
त्यसैले दिमागलाई ताजा तथा स्वस्थ राख्न चाहनुहुन्छ भने कोल्टे परेर सुत्नुहोस् । तर यसो गर्दा जिउको पोस्चरलाई भने ध्यान दिनुहोस् ।
मृतकसँग पनि माग्यो अख्तियारले सम्पत्ति विवरण !
१७ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त शिक्षशिक्षिकासँग समेत सम्पति विवरण भर्न भन्दै पत्र पठाएको छ ।
उदयपुर हँडिया गाविसस्थित खेराहा प्राविमा कार्यरत शिक्षिका गंगादेवी ढकालको २०६० सालमै मृत्यु भएको आजको राजधानी दैनिकमा समाचार छ ।
तर, मृत्यु भएको १२ वर्षपछि अख्तियारले आर्थिक वर्ष ७२/७३ सुरुमा सम्पत्ति विवरण नबुझाएको भन्दै जिल्ला शिक्षा कार्यालय उदयपुरमार्फत पत्र पठाएको छ ।
उदयपुरमा ३ सय ९८ जना शिक्षकशिक्षिकाको नामावलीमा मृत्यु भइसकेका एक दर्जन बढी शिक्षाको नामावली समेत समावेश भएको छ ।
मुखका जिवाणुले क्यान्सरको खतरा
मुख तथा गिँजाको रोग विभिन्न खाले स्वास्थ्य समस्याको कारण बन्नेगर्छ । पेट दुख्ने समस्यामा डाक्टरहरुले कहिलेकाहीँ मुखको दबाइ दिने गरेको तपाइँ हामीले देखेकै छौँ ।
मुखमा हुने हानिकारक जिवाणुहरुले सरीरका विभिन्न भागमा समस्या पैदा गर्दछन् । पछिल्लो एक अनुसन्धानले अझै खतरनाक तथ्य पत्ता लगाएको छ । शोधकर्ताहरुका अनुसार मुखमा पाइने एक विशेष जिवाणुका कारण अन्ननली अर्थात् इसोफ्यागसको क्यान्सर विकशित हुने खतरा हुन्छ ।
शोधका अनुसार इसोफ्यागल स्क्यामस सेल कार्सिनोमा अर्थात् अन्ननलीको क्यान्सर भएका ६१ प्रतिशत बिरामीमा पोरफाइरोमोनास जिन्जिबल नामक जिवाणु पाइने गरेको छ ।
यो जिवाणु मुखभित्र पाइन्छ । अमेरिकाको युनिभर्सिटी अफ लुइभिले स्कुल अफ डेन्टिस्ट्रीका शोधकर्ता हुजी ब्यांगका अनुसार यो जिवाणुको संक्रमण अन्ननलीको क्यान्सरको लागि नयाँ जोखिम तत्वको रुपमा रहेको छ ।
त्यसैले अन्ननलीको क्यान्सरबाट जोगिनका लागि मुखको सरसफाइमा ध्यान दिनुपर्ने र यो जिवाणुको संक्रमणबाट बच्नुपर्ने शोधकर्ताहरुको भनाई छ ।
डाक्टरले निकालेका छन् आधा दिमाग, तर सबै काम गर्नसक्छ यो बच्चा
मस्तिष्कमा थोरै सानो गडबडी हुँदा त मानिस असामान्य बन्दछ र ज्यानै जाने खतरा हुन्छ भने आधा मस्तिष्क नै नहुँदा त हालत के होला ?
कुनैपनि मानिसको आधा मस्तिष्क निकालिँदा समेत ऊ सामान्य अवस्थामै बाँच्न सक्छ र सबै काम सामान्य रुपमै गर्नसक्छ भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । तर बेलायतमा भने एक बालकले यस्तै चमत्कार प्रदर्शन गरेका छन् ।
एउटा निकै दुर्लभ रोगबाट पीडित ५ वर्षका लिंकन फ्रिम्यान नामक बालकको आधा मस्तिष्क डाक्टरहरुले शल्यक्रिया गरी हटाइदिएका छन् । यसरी आधा मस्तिष्क काटेर फ्याँकिदिएपछि ती बालकको ज्यान तत्कालै नगएपनि उनी कहिल्यैपनि बोल्न नसक्ने र हिँडडुल पनि गर्न नसक्ने ठम्याइ डाक्टरहरुको थियो ।
तर डाक्टरहरुको अनुमानलाई गलत सावित गर्दै ती बालकले समग्र विज्ञानलाई नै चुनौती दिएका छन् । आधा मस्तिष्क फ्याँकेर पनि ती बालक पूरै फिट छन् र सबै काम सामान्य मानिसले जस्तै गर्न सक्छन् ।
लिंकन जन्मिँदै उनको मुखमा राता दागहरु थिए । यस्ता दागहरुले उनको अनुहार विस्तारै ढाक्न थाल्यो । एमआरआइ स्क्यान गर्दा उनको मस्तिष्कमा समस्या रहेको थाहा भयो । उनी स्ट्रुज बेवर सिन्ड्रोम नामक समस्याबाट पीडित रहेको पत्ता लाग्यो । सोही कारण उनी दिनमै ८० भन्दा बढि पटक बेहोस हुन्थे ।
रोग पत्ता लागेसँगै डाक्टरहरुले ती बालकको आधा मस्तिष्क शल्यक्रिया गरी हटाउने निर्णय गरे । उनलाई लण्डनको ग्रेड आर्मड स्ट्रीट अस्पतालमा भर्ना गरियो । एक वर्षसम्म उनलाई डाक्टरको पूर्ण निगरानीमा राखियो र १३ औँ महिनामा मस्तिष्कको शल्यक्रिया गरियो । ८ घण्टा लगाएर डाक्टरहरुले शल्यक्रिया गरी उनको आधा मस्तिष्क हटाए ।
शल्यक्रियापछि ती बालक जुन रुपमा प्रकट भए त्यसले सबै आश्चर्यमा पारे । उनी पूर्णतः स्वस्थ बालकको रुपमा तंगि्रए । छोरा लिंकन निकै बहादुर बनेर निस्किएको र अरु बच्चाको लागि प्रेरणाको श्रोत भएको आमा किम बताउँछिन् ।
१६ वर्षे किशोरलाई मिल्यो अनौठो पुरस्कार, पोर्नस्टारसँग एक महिना बस्न पाउने
पुरस्कार भन्ने बित्तिकै नगद वा कुनै उपहारजन्य जिन्सी सामान भन्ने बुझिन्छ । तर रुसमा भने एक किशोरले निकै नै फरक पुरस्कार पाएका छन् । एक वेबसाइटले आफ्नो भाग्यमानी सदस्य बनेबापत ती युवकलाई पुरस्कारको रुपमा एकजना पोर्नस्टार युवतीसँग एक महिना बिताउने अवसर दिने भएको हो ।
रुस्लान स्याड्री नाम हो ती भाग्यमानी किशोरको । उनको उमेर १६ वर्षको छ । कम्प्युटर गेम्सको भर्चुअल हतियार बेच्ने एक बेवसाइटको भाग्यमानी एक लाखौँ सदस्य बने बापत उनलाई यस्तो पुरस्कार मिलेको हो ।
पुरस्कार अनुसार रुस्लान पूरै एक महिना रसियन पोर्नस्टार एकाटेरिना माराकोवासँग एउटा होटलमा सँगै बस्नेछन् । पुरस्कार जित्ने बित्तिकै उनले आफुले एक महिना बिताउने भनिएकी पोर्नस्टारको तस्वीर हेरिहाले । उनलाई ती पोर्नस्टार निकै नै मन परेको छ ।
छिटै ती पोर्नस्टारसँग भेटेर सँगै बस्न चाहन्छन् उनी । उता पुरस्कारको रुपमा सहवासको सेवा प्रदान गर्न गईरहेकी पोर्नस्टार माराकोवापनि कुनै बुढाखाडालाई नभै लक्काजवान किशोरलाई सेवा प्रदान गर्न पाएकोमा खुसी छिन् । कुनै किशोरले नै यो पुरस्कार पाउँछ होला भन्ने आफुलाई पहिले देखि नै लागिरहेको उनले बताइन् ।
ती युवकले केवल पोर्नस्टारसँग एक महिना सँगै बस्न पाउने पुरस्कार जितेका हुन् । पुरस्कारले उनलेे पोर्नस्टारसँग सेक्स गर्न पाउने कुरा उल्लेख छैन । तर यी दुइबीच सेक्स हुने लगभग पक्का भैसकेको छ । पोर्नस्टार आफै नै यो कुरामा एक कदम अगाडि बढेकी छिन् । उनले भनेकी छिन् :उक्त किशोरसँग सेक्सका बारेमा मैले सोँचेकी छैन । तर जिन्दगीमा केही कुराको पनि भरोसा छैन । जे पनि हुनसक्छ ।
यति भनेपछि कुरा बुझ्न गाह्रो छैन । किशोरसँग एक महिना बिताउन पाउने कुराले आफुलाई पनि किशोरी उमेरमा फर्केजस्तो लागिरहेको उनले बताएकी छिन् । आफु रुस्लान सँग एक महिनाको बीचमा कतै घुम्न जान चाहेको र आफ्ना किशोरावस्थाका दिनहरुमा फर्किन चाहेको उनको भनाई छ ।
उता पोर्नस्टारसँग एक महिना बिताउने पुरस्कार पाएसँगै रुस्लानका साथीहरु निकै खुसी छन् र ताली पिटिरहेका छन्, उक्साइरहेका छन् । तर उनका आमा तथा दिदी भने निकै बेखुस छन् ।
१६ वर्षको बच्चालाई यस्तो पुरस्कार दिनु आफैमा बेठीक भएको उनकी आमाको तर्क छ । उनले यस्तो पुरस्कारको साटो नगद पुरस्कार दिन माग गरेकी छिन् । आगामी महिना रुस्लानको परीक्षा छ । त्यसैले यस्तो पुरस्कार थाप्न ऊ कसरी जानसक्छ ? रुस्लानकी दिदी तर्क गर्छिन् ।
आउँदैछ ६ गिगाबाइट र्याम भएको विश्वको पहिलो स्मार्टफोन
चिनिया स्मार्टफोन निर्माता कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो एक्स्प्ले फाइभ ल्याउने भएको छ । कम्पनीद्धारा जारी गरिएको एक टिजर पोष्टका अनुसार यो फ्लागशीप स्मार्टफोन आउँदो df लन्च गरिनेछ ।
यो स्मार्टफोनको सबैभन्दा विशेष कुरा भनेको यो विश्वको यस्तो स्मार्टफोन हुनेछ, जसमा ६ गिगाबाइटको र्याम हुनेछ । भिभो एक्स्प्ले फाइभमा शक्तिशाली स्नापड्रागन ८२० प्रोसेसर हुनेछ । क्वाड एचडी डुअल कर्ब्ड स्क्रिन ६ इन्चको हुनेछ । यसमा १६ मेगापिक्सेलको मुख्य क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । यसमा ४३ सय मिलिएम्पिएर आवरको शक्तिशाली ब्याट्री हुनेछ जुन एकपटक चार्ज गरिसकेपछि लामो समयसम्म चार्ज टिक्नेछ ।
६ गिगाबाइट र्यामका कारण यो मोबाइल फोन निकै तिव्र तथा शक्तिशाली हुने र प्रयोगमा नयाँ अनुभव हासिल हुने कम्पनीले दाबी गरेको छ । स्मार्टफोन ह्यांग हुने समस्या हुनेछैन । यो स्मार्टफोन बजारमा कहिले पठाइनेछ भन्ने बारेमा भने कम्पनीले केही खुलाएको छैन ।
Sunday, February 28, 2016
भक्तपुरमा पसलको पेटीमा शव भेटियो
१६ फागुन, भक्तपुर । ठिमीस्थित बोडे माइक्रो पार्क नजिकै एक युवकको शव भेटिएको छ । एक पसलको पेटीमा आइतबार बिहान करिब साढे पाँच बजे सिरहा फुलबारी घर भएका रविन्द्रकुमार कर्णको शव भेटिएको हो ।
हेल्मेट लगाएको र जुत्ता खोलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव नजिकै बा ४७ प ६६९५ नम्बरको मोटरसाइकल रोकि राखिएको थियो ।
प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरीले बताएको छ ।
देबदहको जंगलमा बस दुर्घटना, तीन जना घाइते
१६ फागुन, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा माइक्रोबस दुर्घटना हुदा तीन जना यात्रु घाईते भएका छन् ।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ३१४७ नम्बरको माइक्रोबस देवदह ११ गणेश प्रतिक्षालय नजिकै पल्टिएको हो । बस तिव्र गतीमा गुडेको अवस्थामा अनियन्त्रित भएपछि सडक छेउमा रहेको कल्बर्ट समेत भत्काएर पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते तीन जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Saturday, February 27, 2016
१ सय २१ वर्षको बिरालो इन्टरनेटमा हिट !
विश्वको सबैभन्दा बुढो बिरालो अहिले कति वर्षको भयो ? गिनिज बुकमा दुनियाको सबैभन्दा बुढो बिरालोको रुपमा नाम लेखाएको कर्डुरोय नामको उक्त बिरालो १ सय २१ वर्षको भएको छ ।
१ सय २१ वर्ष सम्म कुनै बिरालो बाँच्न भनेर पत्याउन सकिने कुरै भएन । वास्तवमा त्यो बिरालो बल्ल २६ वर्षको मात्र भएको छ । तर बिरालो वर्ष अनुसारको गणनाबाट उक्त बिरालोको उमेर १ सय २१ वर्ष पुगेको छ । १ सय २१ वर्षको यो बिरालो अहिले सोसल मिडियामा भाइरल नै बनेको छ । कुनै सेलिब्रेटी भन्दा कम छैन यो अमेरिकी बिरालो ।
अमेरिकाको ओरेगनमा एक दम्पत्तिले पालेको यो किर्तिमानी बिरालोको आफ्नै इन्स्टाग्राम, फेसबुक तथा स्नाच्याट अकाउन्ट छ । उसको इन्स्टाग्राम अकाउण्टमा झण्डै ६ हजार फलोअर्स छन् ।
यो बिरालोका मालिक एश्ले रीड ओकुराले गत वर्षको अगष्टमा यसको इन्स्टाग्राम अकाउण्ट खोलिदिएकी थिइन् । विश्वको सबैभन्दा बुढो बिरालोको रुपमा गिनिज बुकमा नाम लेखाएकै दिन यसको सोसल मिडिया अकाउण्ट खोलिदिएकी थिइन् उनले । त्यसयता यसको सोसल मिडिया साइट निरन्तर अपडेट भैरहेको छ र उसको दैनिकीका सबै कुरा अपडेट भैरहेका छन् इन्टरनेटमा ।
आफुले सको फेसबुक तथा स्न्यापच्याट अकाउण्ट पनि निरन्तर अपडेट गरिदिने र सकेसम्म उसको फलोअर्स तथा अन्य जिज्ञासुका प्रश्न तथा सुझावहरुको सकेसम्म जवाफ दिने गरेको ओकुरा बताउँछिन् ।
यो बिरालोको जन्म सन् १९८९ को अगष्ट १ मा भएको हो । यो बिरालो निकै स्वस्थ छ र उसको स्वास्थ्य तथा उमेरलाई ध्यान दिँदै ओकुरा दम्पतिले उसलाई सन्तुलित खानेकुरा खुवाउने गरेका छन् । ओकुरा ६ वर्षकी छँदा उनले यो बिरालो घरमा ल्याएकी थिइन् र बिहेपछि पनि बिरालोलाई सँगै राखिन् ।
यो किर्तिमानी बिरालोलाई अर्को वर्ष साथी जुटाइदिने बिचार ओकुरा दम्पत्तिको छ । अर्थात् उनीहरुले अर्को वर्ष उनीहरुले बच्चा जन्माउने योजना बनाएका छन् ।
दुनियाकी सबैभन्दा हट-सेक्सी चोर
चोर डाँका तथा अपराधीहरु सबै खुंखार तथा डरलाग्दा मात्र हुँदैनन् । सुन्दरताले सबैलाई लठ्ठ पार्ने जिउडाल भएका कतिपय मानिसहरुको पनि आनीबानी खराब हुन्छ ।यसको उदाहरण हुन् स्टेफेनी बेयूदोइन । उनी दुनियाकी सबैभन्दा सेक्सी अपराधीको नामले चिनिन्छिन् ।
२२ वर्षकी यी क्यानेडाली युवतीलाई हालैमात्र अदालतले चोरीको मामिलामा ९० दिनको सजायँ सुनाएको छ । तर रोचक कुरा त के भने उनी हरेक दिन जेलमा बस्नुपर्ने छैन । उनी सोमबार देखि शुक्रबारसम्म मस्तीको जिन्दगी जिउन पाउँछिन् भने केवल शनिवार र आइतबार मात्र जेलमा बस्नुपर्नेछ ।
३९ वटा घरमा चोरी गरेको र अवैध रुपले हतियार राखेको लगायतका विभिन्न ११४ वटा अभियोगमा उनीमाथि जेल सजाय सुनाइएको हो । उनले चोरी कार्य आफैले मात्र गरिनन् । १३, १४ तथा १७ वर्षका तिनवटा बच्चाको प्रयोग गरिन् ।
चोरी गर्ने उनको कला विचित्रकै छ । उनी निकै चलाखीपूर्वक घरमा घरमा छिर्दा पछिल्लो पटि्टको ढोका वा झ्यालबाट छिर्दछिन् ।
उनले चोरीबाटै झण्डै पौने करोड रुपैयाँ जम्मा गरिसकेकी थिइन् र विभिन्न खाले विलासिताका सामान खरीद गरेकी छिन् । उनलाई सन् २०१४ को सेप्टेम्बरमा क्यानडाको भिक्टोरिया भिलेबाट गिरफ्तार गरिएको थियो ।
चीनमा जन्मियो दुइ टाउको भएको बाच्छो
चीनमा हालै दुइवटा टाउको भएको एउटा बाच्छो जन्मिएको छ । चीनको लिन्सुइ काउन्टीको स्याजिन गाउँमा एक गाइले दुइमुखे बाच्छो जन्माएको हो ।
गान युआन्हुआले पालेको गाइले यस्तो विचित्रको बाच्छो जन्माएको हो । आफ्नो गाइ ब्याउँदा जोडसँग कराएको र पछि हेर्दा उसले दुइ टाउका भएको अचम्मको बाच्छो जन्माएको गानले बताएका छन् ।
यो गाइ यसअघि तिन बेत ब्याइसकेको थियो । चौथो बेतमा गाइले यस्तो अनौठो बाच्छो पाएको हो । यसअघिका बेतमा जन्मिएका सबै बाच्छा बाच्छी सामान्य थिए ।
गाइले दुइवटा टाउको भएको बच्चा जन्माउनु निकै दुर्लभ घटना हो । लाखौँ जन्ममा एक मात्र त्यस्तो हुन्छ । यस्ता शारीरिक विकृती भएका बाच्छा बाच्छी छिटै मर्ने गरेपनि अहिलेसम्म यो बाच्छो ज्यूँदै छ ।
हेर्नुस् दुनियाको सबैभन्दा लामो अगरबत्ती
दुनियामा अचम्म अचम्मका कुरामा किर्तिमान बनिरहेका हुन्छन् । भारतका एक व्यक्तिले दुनियाको सबैभन्दा लामो अगरबत्ती निर्माण गरेर विश्वकिर्तिमान कायम गरेका छन् । भारतको बडोदरास्थित तर्सालीका विहा भाइ भरवार्दले ४ हजार किलो तौल भएको अगरबत्ती बनाएका छन् ।
यो अगरबत्ती पन्चगव्यबाट बनाइएको छ । अर्थात् यसमा गहुँत, गाइको गोबर, दही, घिउ तथा दुध लगायतका सामाग्री प्रयोग भएका छन् । ७० दिन लगाएर बनाएको यो अगरबत्ती बनाउन २१ सय किलो गाइको गोबर तथा १८० लिटर गाइको दुध प्रयोग गरिएको छ ।
त्यस्तै ५ सय लिटर गहुँत, ४५ लिटर घिउ तथा ५ सय किलो नरिवलका जटा पनि प्रयोग गरिएको छ यसमा । दुइवटा बाँसमा यी सबै पदार्थ लेपन गरेर अगरबत्ती बनाइएको छ ।
२ लाख ९५ हजार भारुको लागतमा उनले बनाएको यो अगरबत्तीको लम्बाइ १२१ फिट रहेको छ ।
राजस्थानको उज्जैनमा हुने कुम्भमेलामा जलाउनका लागि यो यो विशाल अगरबत्ती बनाइएको हो । उज्जैनमा लैजानका लागि अगरबत्तीको शोभायात्र सुरु भैसकेको छ र यसलार्य राजस्थानका विभिन्न सहरहरुको परिक्रमा भैरहेको हो ।
उज्जैनमा कामधेनु महायज्ञका बेला यो अगरबत्तीलाई जलाइनेछ । यो अगरबत्ती निरन्तर ४५ दिनसम्म जलिरहनेछ । यो अगरबत्ती विश्वको सबैभन्दा लामो अगरबत्ती रहेको र यसलाई गिनिज बुकमा लेखाउन पहल गरिने बताइएको छ ।
घरमा श्रीमती छाडेर छिमेकीकै केटी साथीसँग होटलमा बस्दा…
झापा । विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ ।
वैदेशिक रोजगारीबाट केही महिनाअघि मात्र फर्केका मनोरथ घरका सदस्यलाई जानकारी नदिइ छिमेकीकै केटी साथीसँग होटलमा बस्दै आएका थिए । उनलाई विर्तामोड बसपार्कको एउटा कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ ६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९ वर्षीया प्रमिला विकले सामान्य विवादमा पाठकको घाँटी थिचेको’ प्रारम्भिक बयान दिएकी छन् ।
विवादका क्रममा केहीबेर घाँटी थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र त्यसपछि डर लागेर आफू होटलको कोठाको साँचो लगाएर भागेको प्रमिलाले प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।
घरमा छोराछोरी र पत्नी भएका मनोरथ र वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पति भएकी प्रमिला एक महिनादेखि पटक पटक होटलमा सँगै बस्दै आएका थिए । सानो गाडी किन्ने भनी केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र प्रमिला विर्तामोडको होटलमा आउनुअघि धरानको अर्को होटलमा निकै दिन उनीहरु बसेका प्रहरीले जानकारी दिएको छ । रासस
आकाशबाट खस्यो रहस्यमय वस्तु, के हो यो जसले जमिनै हल्लायो ?
एजेन्सी । पृथ्वीमा एकपटक फेरि अनौठो बस्तु आकाशबाट खसेको छ ।
यसअघि ताइवानमा गोलाकार आकारमा अनौठो वस्तु खसेको थियो । जसको अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । उक्त वस्तु खसेको दुई महिनानवित्दै केही दिन अगाडि फेरि पृथ्वीमा अनौठो बस्तु खसेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ ।
उक्त वस्तु भारतको तामिलनाडुको भेल्लोर शरमा एउटा इन्जिनियरिङ कलेज परिसरमा केहि दिनअघि आकाशबाट खसेको हो । उक्त रहस्यमय वस्तु खस्दा ठूला्े आवाज सुनिएको थियो । यो विस्फोट हुँदा जमिनमा खाल्डो समेत बन्यो । नजिकका भवनहरुका झ्यालका सिसा चर्किए । पार्किङमा रहेका बसहरुका सिसा फुटे भने एक ट्रक ड्राइभरको मृत्युसमेत भयो ।
यो घटनाको कोही पनि प्रत्यक्षदर्शी थिएनन् । यद्यपि, विष्फोटपछि सबैभन्दा पहिले पुग्नेमा इन्जिनियरिङ कलेजका प्रिन्सिपल एक थिए । उनले आफू त्यो बेला अफिसमा रहेको भन्दै एक मिनेटसम्म कलेजका भवनहरु थर्थराएको महसुस गरेको बताए । उनले भने– ‘सबै विद्यार्थी तथा फ्याकल्टी मेम्बर बाहिर आए । बाहिर बुङबुङ धुलो उडेको थियो । यो विष्फोट यति ठूला थियो कि पानीको ट्याङ्की नै फुट्यो र पानी पिउन गएको ड्राइभर मारियो ।’
यो घटनापछि तामिलनाडुकी मुख्यमन्त्री जयललिताले आकाशबाट खसेको उल्कापिण्डका कारण ड्राइभर मारिएको बयान दिएकी छन् । यद्यपि, वैज्ञानिकहरुले उनको भनाईलाई पुष्टी गरिसकेका छैनन् । वैज्ञानिकहरुले घटनास्थलको जाँचबुझ गर्नुका साथै उक्त वस्तुलाई अनुसन्धानका लागि ल्याबतिर लगेका छन् ।
नासाका उल्का पिण्ड विशेषज्ञ डेरेक सीअर्सले भेल्लोरमा खसेको यो पत्थरको फोटो देखेका छन् । उनी भन्छन्, ‘यहि तस्बिरका आधारमा मात्रै केहि भन्न सकिँदैन । यद्यपि यसैको कारण मानिसको मृत्यु भएको हो भने पक्कै पनि ठूलो आकारको थियो होला ।’
आकाशबाट उल्कापिण्ड खस्नु आम कुरा भएको वैज्ञानिकहरु बताउँछन् । यद्यपि यो प्रायजसो समुद्र वा प्रदुषणरहित क्षेत्रमा खस्ने गर्छ । डा. सिअर्सका अनुसार शहर वा वस्तीको बीच उल्कापिण्ड खस्नु असाधारण घटना हो । सन् १००० भन्दा अगाडि चीनमा उल्का पिण्ड वृष्टी हुँदा ५-६ जनाको मृत्यु भएको थियो ।
कुन राशिका प्रेमी कस्ता ?
मेष :
मेष
राशि
भएकाहरू
आकर्षक
र
प्रभावशाली
हुन्छन्
।
यो
राशि
भएका
पुरुषमा
स्त्रीलाई
चाँडै
पट्याउने
क्षमता
हुन्छ
।
उनीहरू
हतारमा
प्रेममा
पर्छन्,
त्यसैले
उनीहरूको
प्रेम
प्राय:
दिगो
हुँदैन
।
उनीहरू
कामुक
र
रोमान्टिक
हुन्छन्
।
विछोडको
पीडाबाट
उनीहरू
चाँडै
बाहिर
निस्किन्छन्
।
वृष :
वृष राशिका मानिस उत्तम श्रेणीका प्रेमी मानिन्छन् । प्रेममा चाँडै पर्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूमा भावुकता पनि बढी हुन्छ । प्रेमिका अथवा जीवनसाथीलाई उनीहरू अधिक माया गर्छन् । दिगो सम्बन्धमा उनीहरूको विश्वास हुन्छ । यिनीहरूको दाम्पत्य जीवन सुखमय हुन्छ ।
मिथुन :
मिथुन राशि भएका मानिस जीवनमा धेरैसँग प्रेममा पर्छन् । उनीहरूले बहुविवाह गर्ने सम्भावना बढी हुन्छ । विपरीतलिंगीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । अरूको मनसँग खेल्ने उनीहरूको स्वभाव हुन्छ । विवाहलाई त्यति महत्त्व दिँदैनन् र विवाहेत्तर सम्बन्धमा रुचि राख्छन् । उनीहरूको मन चञ्चल हुन्छ ।
कर्कट :
कर्कट राशि भएका मानिस ‘मुडी’ हुन्छन् । तर, प्रेम सम्बन्धप्रति भने इमानदार हुन्छन् र इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्छन् । परिवारको हस्तक्षेपका कारण उनीहरूको प्रेम र वैवाहिक जीवनमा बारम्बार समस्या आउने गर्छ । प्रेमी अथवा प्रेमिकाको भावनालाई उनीहरू सम्मान गर्छन् । बिहेपछिको उनीहरूको जीवन सुखमय हुन्छ । अहं मौकामा प्रेमसम्बन्धी निर्णय लिने क्षमता उनीहरूमा कमजोर हुन्छ ।
सिंह :
सिंह राशि भएकाहरूको बोली असाध्यै मीठो हुन्छ । स्त्रीलाई आकर्षित गर्न सिंह राशि भएका पुरुषले आफ्नो बोलीलाई हतियार बनाउँछन् । उनीहरू उदार विचारका हुन्छन् । उनीहरूको प्रेम अक्सर सफल हुन्छ । सिंह राशि भएका मानिस आदर्श प्रेमी हुन्छन् । जीवनसाथी अथवा प्रेमी–प्रेमिकाप्रति उनीहरू इमानदार हुन्छन् ।
कन्या :
कन्या राशि भएका मानिस ‘महान् प्रेमी’ बन्न सक्दैनन्, तर ‘असल प्रेमी’ भने बन्न सक्छन् । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । विपरीतलिंगीलाई आकर्षित गर्न उनीहरू खप्पिस हुन्छन् । परिवार र श्रीमतीप्रति निष्ठावान् भएकाले उनीहरूको वैवाहिक जीवन बलियो हुन्छ । प्रेममा शारीरिक सुखलाई मात्र प्राथमिकता नदिने उनीहरूको स्वभाव हुन्छ ।
तुला :
तुला राशि भएकाहरू महान् प्रेमीको श्रेणीमा पर्छन् । उनीहरूले प्रेमको गहिराइ बुझेका हुन्छन् । एक्लै रहन मन पराउँदैनन् । दु:ख परेका वेला साथीभाइ अथवा प्रेमी–प्रेमिकाबाट साथ खोज्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । प्रेमलाई पवित्र बन्धन मान्ने स्वभाव उनीहरूमा हुन्छ ।
वृश्चिक :
वृश्चिक राशि भएका मानिस विवाहअघि आदर्श प्रेमी हुन्छन् । प्रेमका निम्ति जस्तोसुकै त्याग गर्न पनि हमेसा तयार हुन्छन् । उनीहरू प्रेमप्रति पूर्ण इमानदार हुन्छन् । उनीहरूमा ईष्र्याभाव पनि बढी हुन्छ । उनीहरूलाई रोमान्टिक प्रेमीको श्रेणीमा राख्न सकिन्छ ।
धनु :
धनु राशि भएका प्रेमी संवेदनशील र हँसिमजाक गर्ने खालका हुन्छन् । असल प्रेमी–प्रेमिका भए पनि लामो समयसम्म सम्बन्ध कायम राख्न भने उनीहरू असमर्थ हुन्छन् । जोडी फेरिरहने उनीहरूको स्वभाव हुन्छ । प्रेममा धोका पाएलगत्तै उनीहरू तरुुन्तै अर्को प्रेमको जोहो गरिहाल्छन् ।
मकर :
मकर राशि भएका मानिस जिद्दी स्वभावका हुन्छन् । यस्तै स्वभावका कारण उनीहरूको प्रेम जीवनमा बारम्बार समस्या उत्पन्न हुने गर्छ । प्रेमिका अथवा जीवनसाथीलाई अधिक माया गरे पनि जिद्दी स्वभावका कारण उनीहरूको सम्बन्धमा खटपट परिरहन्छ ।
कुम्भ :
कुम्भ राशि भएका मानिस बढ्ता भावुक हुन्छन् । दिमागबाट भन्दा बढी मनबाट परिचालित हुन्छन् । ‘मुडी’ हुने भएकाले उनीहरूको प्रेम चिरस्थायी हुँदैन । कुनै अपरिचितसँग पनि उनीहरू नि:स्वार्थ प्रेम गर्न पुग्छन् । जीवनसाथीलाई आँखा चिम्लिएर विश्वास गर्ने स्वभाव उनीहरूमा हुन्छ ।
मीन :
मीन राशि भएका प्रेमी बढ्ता भावुक हुन्छन् । विपरीतलिंगीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । मीन राशि भएका मानिसलाई मायामा पार्न सजिलो हुन्छ । उनीहरू अटुट सम्बन्ध कायम राख्न चाहन्छन् । धोका पाउनेमा यिनीहरू नै अगाडि हुन्छन् ।
Subscribe to:
Posts (Atom)