
Sunday, March 27, 2016
कहीँ तपाइँलाई मोबाइल फोनले रोगी त बनाइरहेको छैन ?

दुनियाको सबैभन्दा बुढो कछुवा, शाही दर्शनका लागि नुहाइ धुवाई
विश्वको सबैभन्दा बुढो कछुवा बेलायती राजपरिवारको दर्शनका लागि तम्तयार छ । बेलायती स्वामित्वको सेन्ट हेलेना टापुमा रहेको यो जोनाथन नामको कछुवा १८४ वर्षको भएको छ । राजपरिवारको भ्रमण अघि यो बुढो कछुवालाई नुहाइएको छ ।
आफु १ सय ८४ वर्षको हुादासम्म पहिलोपटक यो कछुवाले नुहाउन पाएको हो । सर्जिकल साबुन तथा नरम ब्रसको सहायताले कछुवालाई नुहाइदिइएको छ ।
यो कछुवाको लम्बाइ ४५ इन्च रहेको छ । १९ औा सताब्दीमा सेसेल्सका गर्भनरले उपहारको रुपमा सेन्ट हेलेना टापुमा यो कछुवा पठाइदिएका थिए । सन् १९८२ मा त्यहाा ल्याउादा यो कछुवाको उमेर ५० वर्षको थियो । यो कछुवालाई निकै पोषिलो खानेकुरा खुवाएर पालिादै आएको छ ।
बेलायती राजदरबारबाट सेन्ट हेलेनामा यो कछुवा हेर्न को आउादैछ भन्ने कुरा नखुलाइएको भएपनि राजपरिवारका कुनै सदस्यबाट छिटै शाही भ्रमण हुन लागेको सूचना पछि कछुवाको सरसफाइ गरिएको हो र उसलाई शाही दर्शनका लागि तम्तयार पारिएको हो ।
यी हुन् विश्वमा सबैभन्दा उच्चगतिको इन्टरनेटमा भएका देश

भारतीय जितको चार कारणः युवराज आउट हुनु वरदान सावित !
१५ चैत, काठमाडौं । मोहालीमा अष्ट्रेलिया जस्तो बलियो टिमलाई हराएर भारत टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारतीय वरिष्ठ खेल त्रिकार प्रदीप म्यागजीनले भारतको जितको चार कारण देखाएका छन् ।
१. विराट कोहलीः दुबै टिमको बीचमा सबैभन्दा ठूलो फरक साबित भए विराट कोहली । जसरी उनले परिस्थितिलाई सम्भिmए, विकेटलाई रियलाइज गरे र फेरि ब्याटिङ गरे, यही कारण उनलाई क्रिकेट इतिहासमा ठूला खेलाडीमा राखिनेछ ।
२. रनिङ बिटवीन द विकेटः युवराज सिंह ब्याटिङका क्रममा घाइते भए । उनी दौडिन सकिरहेका थिएनन् । त्यसैले उनी आउट हुनु भारतीय टिमका लागि वरदान साबित भयो । उनी आउट भए लगतै कप्तान धोनी क्रिजमा आए र उनले जबरजस्त रनिङ बिटवीन द विकेट गरे ।
कोहलीसँग मिलेर उनले थुप्रै एक रनलाई दुईमा बदले, जुन निर्णायक साबित भयो ।
३. बलिङः पहिलो चार ओभरमा अष्ट्रेलियाले ५३ रन बनाएका थियो । तर, त्यसपछि भारतीय बलरहरुले जसरी कमब्याक गरे, त्यो प्रशंसनीय छ ।
नेहराका साथै पार्ट टाइम बलर युवराज सिंह र रवीन्द्र जडेजाले राम्रो बलिङ गरे र ६ ओभरमा मात्र ३९ रन दिए । जसका कारण राम्रो सुरुवात गरेर पनि अष्ट्रेलियाले १६० रन मात्र बनाउन सक्यो ।
४. क्याप्टेन कुल धोनीः एक पटक फेरि एमएस धोनीले साबित गरेका छन् कि दबाबको समयमा टिमलाई कसरी लिड गरिन्छ ।
जहाँ अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ कोहलीको जबरजस्त काउन्टर अट्याकका कारण खलबल्लिएको अष्ट्रेलियाली टिम सम्हाल्न सकिरहेका थिएनन् ।
अर्कोतर्फ धोनीले नराम्ररी पिटिएका आफ्ना बलरहरुको हौसला बढाए र दबाबमा पनि शान्त रहे, जसलाई भारतीय बलरहरुको पुनरागमनको कारण समेत मान्न सकिन्छ ।
धोनी हारबाट डराउँदैनन् । त्यस्तो बेला पनि कसरी हारलाई जितमा बदल्न सकिन्छ भनेर दिमाग चलाउँछन् । भारतीय कप्तान एमएस धोनीको खास विशेषता नै यही हो ।
चितवनमा चेपाङ सङ्ग्रहालय बनाइने
१५ चैत, चितवन । चितवनको सौराहामा चेपाङ सङ्ग्रहालय बनाइने भएको छ ।
रत्ननगरको गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको चेपाङ सङ्ग्रहालय पर्यटकीय नगरी सौराहामा विस्तार गर्न लागिएको हो ।
केन्द्रमा आश्रित चेपाङ बालबालिकाको भरणपोषणका लागि आर्थिक स्रोत जुटाउन सौराहामा सङ्ग्रहालय विस्तार गर्न लागिएको केन्द्रका अध्यक्ष केपीकरण शर्माले जानकारी दिए ।
सौराहाको मुख्य बजार नजिक सङ्ग्रहालय निर्माण गरेर पर्यटकलाई अवलोकन गर्ने व्यवस्था मिलाउने योजना रहेको उहाँको भनाइ छ । सङ्ग्रहालय अवलोकन गरेबापत पर्यटकले तिर्ने शुल्क चेपाङ बालबालिकाको भरणपोषणमा खर्च गरिने छ ।
व्यवसायीले हात्ती सफारी, जिप सफारी, डुङ्गा चढी, थारु संस्कृतिको अवलोकनलाई प्याकेज कार्यक्रम बनाएर पर्यटकलाई सेवा दिँदै आएका छन् । सङ्ग्रहालयमा चेपाङ जातिले प्रयोग गर्ने आदिमकाल देखिका ५३५ वटा सामग्री राखिने छ ।
सङ्ग्रहालयमा चेपाङ जातिले जीविकोपार्जनका लागि प्रयोग गर्ने र धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पुराना सामान राखिने भएकाले पर्यटकका लागि आर्कषणको विषय बन्ने जनाइएको छ ।
चेपाङ सङ्ग्रहालयलाई पनि व्यवसायीसँग सहकार्य गरेर प्याकेज कार्यक्रमको रुपमा स्थापित गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए । सौराहामा आउने पर्यटकमध्ये ८० प्रतिशतलाई चेपाङ सङ्ग्रहालयको अवलोकन गराउने प्रारम्भिक योजना रहेको छ ।
यस्तै केन्द्रले एसएसपी रमेश खरेललाई केन्द्रको मानार्थ सदस्य र केन्द्रका सल्लाहकार संयोजक डा ढुण्डीराज पौडेललाई अक्षयकोष व्यवस्थापन समितिको संयोजक बनाउने निर्णय पारित गरेको छ । केन्द्रमा १४१ जना चेपाङ बालबालिका आश्रित छन् ।
बस दुर्घटनामा १४ जना घाइते, दुर्इको अवस्था गम्भिर
१५ चैत, गौशाला। पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा आज बिहान दुई वटा रात्रिबस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
बिहान करिब ४ बजेको समयमा काठमाडौँबाट विराटनगरका लागि गुडेको ना ५ ख ७१८९ नम्बरको रात्रिबसले बर्दिबास नगरपालिका–११ मा विपरीत दिशाबाट उखु बोकेर आइरहेको ज१त ७०८९ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा सो बसमा सवार ११ जना यात्रु घाइते भएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
घाइतेमध्ये काठमाडौँका कुमार श्रेष्ठ र सुनसरीका सुलभ राईको अवस्था चिन्ताजनक रहेकाले दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
यता अन्य नौ जना घाइतेको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल र जनसेवा क्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी आजै बिहान ५ बजेको समयमा काठमाडौँबाट धरानका लागि गइरहेको ना ५ ख ९१३५ नम्बरको बस बर्दिबासको सोही स्थानमा सडकबाट तल पल्टिदा तीन जना यात्रु घाइते भएका छन् ।
कटुवा पेस्तोलसहित युवक पक्राउ
१५ चैत, लहान । प्रहरीको गस्ती टोलीले गएराति सिरहाको विष्णुपुरकट्टीबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा विष्णुपुरकट्टी–४ निवासी १९ वर्षीय जीतेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
महतोलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उनले बताए । रासस
चट्याङ लागेर १ को मृत्यु, २ घाइते
चैत, धनकुटा । धनकुटाको छिन्ताङ गाविसमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । गएराती परेको चट्याङबाट छिन्ताङ गाविस ६ साम्बु गाउँका ५८ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको हो ।
यस्तै सोमबार बिहान ताप्लेजुङ ताप्लेजुङ नगरपालिका ३ मा चट्याङ लागेर कृष्णप्रसाद विश्वकर्मा र उनकी बुहारी अम्बिका घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
पाकिस्तान विस्फोटमा मर्नेको संख्या ६९ पुग्यो, ३ सय भन्दा बढी घाइते
१५ चैत, काठमाडौं । पाकिस्तानको लाहोरमा भएको बम विस्फोटमा मर्नेको संख्या ६९ जना पुगेको छ ।
पंजाब सरकारका स्वास्थ्य सल्लाहकारका अनुसार ३ सय भन्दा धेरैको शेख जैद तथा जिन्ना अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् । उनले रक्तदान गर्न सवैमा आग्रह गरेका छन् ।
मृत्यु हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ ।
विस्फोट गुलशन पार्कको गेट नजिक भएको थियो । शहरको बीचमा रहेको उक्त पार्कमा विदाको दिन मानिसहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
प्रहरीले आत्मघाती विस्फोटमा ७ देखि १० किलो विसफोटक पदार्थ प्रयोग गरिएको अनुमान गरेको छ । विद्रोही समूह तालिवानको पाकिस्तानी समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
पीके क्याम्पसकी स्ववियु सभापति स्वस्तिकाकाे दुर्घटनामा मृत्यु
१५ चैत, पथलैया । बाराको अमलेखगंज-६ आदाबारमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ च ८०९७ नम्बरको कार बिहान पौने ५ बजे आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कार चालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र कारमा सवार उदयपुर, कटारी-२ की ३७ वर्षीया लालकुमारी पोखरेल (स्वस्तिका) रहेका छन् ।
लालकुमारी पोखरेल ‘स्वस्तिका’ पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा कारमा सवारसहित अन्य दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि गण्डक हेल्थ केयर वीरगंज पठाइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Friday, March 25, 2016
जुम्याहा बहिनीका एउटै ब्वायफेण्ड, हुन चाहन्छन् एकसाथ गर्भवती
जुम्ल्याहा दाजु भाइ वा दिदी बहिनीका रुपरंग तथा कद मात्र होइन धेरै आनीबानी मिल्दछन् । तर यस्तो मिलानको पनि एउटा हद हुन्छ । अस्ट्रेलियाका एक जुम्ल्याहा जोडी दिदीबहिनीले यो हद पार गरेका छन् ।
पर्थमा बस्ने यी जुम्ल्याहा दिदी बहिनी २४ सै घण्टा सँगै बस्दछन् । दुबैले एउटै खाले कपडा लगाउँदछन् । एउटै मोबाइल शेयर गर्दछन् र एउटै कोठामा बस्दछन् । यतिसम्म त ठिकै थियो तर हैरान गरिदिने कुरा के छ भने यी दुइजना जुम्ल्याहाको ब्वायफ्रेण्ड पनि एउटै अर्थात् साझा छ ।
एना र लुसी नामका यी जुम्ल्याहाको कहानी दुनियाले तब थाहा पाये जब यिनीहरुले जापनको एक टेलिभिजन शो मा अनौठो खुलासा गरे । त्यसक्रममा उनीहरुले आफुहरुको ब्वायफ्रेण्ड एउटै भएको र आफुहरु सँगै गर्भवती हुन चाहेको बताए ।
यी जुम्ल्याहाको साझा ब्वायफ्रेण्डको नाम ब्रायन हो, जो पेशाले इलेक्टि्रकल मेकानिक्स हुन् । जुम्ल्याहा दिदी बहिनीसँगै एउटै जस्तो व्यवहार गर्न आफुलाई निकै मुस्किल पर्ने उनको अनुभव छ ।
यी जुम्ल्याहलेे एकसाथ गर्भवती बन्न तथा बच्चा जन्माउन चाहनुको कारण पनि रोचक नै छ । एकसाथ गर्भवती बन्दा तथा बच्चा जन्माउनाले दुइ दिदी बहिनी सधै एकैखालको हुन सकिने र जन्मिने बच्चा पनि एउटै खालको जन्मिने उनीहरु बताउँछन् ।
बच्चा जन्माएपछि मात्रै विहे गर्ने ठाउँ, जान्नुस् रोचक परम्परा
एजेन्सी । सुन्दा पनि अचम्म लाग्छ बच्चा जन्माएपछि मात्रै विहे । यो त ‘लिभ इन रिलेसनशीप’मात्रै हुन्छ । यसलाई हाम्रो समाजले स्वीकार गर्दैन ।
तर, हाम्रै छिमेकी देश भारको राजस्थानमा गरासिया ट्राइबका मानिसहरु पछिल्लो एक हजार वर्षदेखि ‘लिभ इन रिलेसनशिप’ अर्थात विहे अघि नै श्रीमान श्रीमतीको सम्बन्धमा बस्दै आएका छन् ।
उनीहरुलाई लिभ इन रिलेसनशिप भन्ने पनि थाहा छैन् । तर, विहे अघि बच्चा जन्माउनु उनीहरुको परम्परा नै हो । जो एक हजार वर्ष पहिलादेखि चल्दै आएको छ ।
भारतीय पत्रिका दैनिक भाष्करका अनुसार गरासिया जातका मानिस राजस्थान र गुजरातमा केही ठाउँमा बस्छन् । राजस्थानको पाली, उदयपुर र सिरोही जिल्लाका केही गाउँमा यिनका परिवार बस्छन् ।
गरासिया ट्राइबमा कैयौ पिढीदेखि केही परिवारमा कसैको पनि विहे नै भएको छैन् । यिनको परिवारमा कसैले बच्चा जन्माउनुभन्दा पहिला विहे गरे विहेपछि सन्तान नहुने मान्यता रहिआएको छ । जसका कारण यहाँका युवा युवतीहरु बच्चा जन्मिएपछि मात्रै विहे गर्छन् ।
मेलाबाट भाग्छन् युवा युवती
राजस्थान र गुजरातमा यो समाजको दुई दिने ‘विवाह मेला’ लाग्छ । जहाँबाट किशोर युवा युवती एकअर्कासँग भेटघाट गर्ने तथा भाग्ने गर्छन् । भागेर घर फर्किदा युवा युवती विहे नगरीकनै पति–पत्निकै जसरी बस्छन् । बच्चा जन्मिएपछि मात्रै परिवारको सहमतिमा विहे गर्छन् ।
सन्नी लियोनीलाई एक रातको रेट सोधेपछि…
मुम्बई । पोर्नस्टारको छबिका कारण अहिले पनि बलिउड अभिनेत्री सन्नी लियोनीले अश्लील प्रश्नको सामना गर्नुपरिरहेको छ ।
पोर्न छविकै कारण एक जना पत्रकारले सन्नीलाई होलीकै दिन अश्लील प्रश्न गरेका छन् । गुजरातको सुरतमा विहीबार आयोजित होली कार्यक्रमपश्चात होटलमा आराम गरिरहेकी सन्नीलाई ति रिपोर्टरले सुरुमा करियर र आगामी योजना के छ भनेर सोधेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुरुका प्रश्नमा सन्नीले सहजै जवाफ दिइन् । त्यसपछि ति रिपोर्टरले पुरै सीमा नै क्रस गरेर अश्लील प्रश्न सोधे । अश्लील प्रश्नको वर्षा भएपछि सन्नीले उनलाई झापड नै हानिन् ।
सन्नीलाई उनले तपाईको एक रातको रेट कति हो अर्थात एक रातको कार्यक्रमको पैसा कति लिन्छौं भनेर प्रश्न गरेका थिए । यो प्रश्नले पारो सन्किएपछि सन्नीले कसेरै झापड हानेकी थिइन् । त्यसपछि होटलमा हंगामा मच्चिएको थियो ।
हाम्रो काठमाडौंमाः श्रीमती लुकाएर पहिला अर्कैसँग अनैतिक सम्बन्ध, पछि…
काठमाडौं, १२ चैत । ‘पूर्व प्रेमिका’को अश्लील तस्वीर सार्वजनिक गरेको अभियोगमा एक युवकलाई हेटौंडाबाट पक्राउ गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिई चरित्र हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने निरजबाबा उपनामले चिनिने २९ वर्षीय निरजकुमार चौधरीलाई केन्द्रीय अनुसन्धान व्युरोको प्रहरीले शुक्रबार हेटौंडास्थित बुद्धचोकबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बैदेशिक रोजगारको शिलशिलामा साउदी अरबमा रहेको अवस्थामा सामाजिक संजाल फेसबुकमार्फत बनाएको साथी (काठमाडौं–२६ बस्ने प्रेमिका)सँग चौधरीले जागिर छोडी काठमाडौं आएर रात समेत बिताएका थिए ।
उनीहरुको बीचमा सबैखाले सम्वन्ध स्थापित भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । तर, निरज विवाहित थिए । जब यो कुरा थाहा भयो युवती उनीबाट टाढिन खोजिन् । उनले आफू अविवाहित हो भन्दै युवतीलाई ढाँटेका पनि रहेछन् ।
निरजले भने होटलमा बास बसेको बेला नशालु पदार्थ खुवाएर अश्लिल तस्वीरहरु खिचेका रहेछन् । र ती अश्लील फोटोहरु फेसबुकमार्फत पीडित लगायत फेसबुकका साथीहरुलाई पठाई मानसिक पीडा दिने कार्यमा उनी संलग्न थिए ।
निरजले ‘प्रेमिका’लाई कहींकतै उजुरी गरे भौतिक कारवाही गर्ने भन्दै पटकपटक फोनमार्फत धम्क्याउदै आएको र पीडितलाई विभिन्न ठाउँमा बोलाई पटक पटक आफूसँग यौनसम्पर्क राख्न दवाव दिँदै आएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
निरजले विभिन्न ठाउँमा बोलाउने र यौन सम्वन्ध राख्न दबाब दिने गरेपछि झण्डै तीन साता अघि पीडित युवती नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी गर्न पुगेकी थिईन् ।
त्यसपछि निरजलाई प्रहरीले पक्राउ गरको थियो र उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
Thursday, March 24, 2016
रातमा अबेर खाना खानुका यी हुन् बेफाइदा
रात ढल्केपछि खाना खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने परम्परागत मान्यता छ । गाउँ घरतिर सोही मान्यताका कारण धेरै मानिसहरु रातको ८ बजे अगावै खाइसक्छन् । तर सहरी जिवनशैली भने निकै भिन्न छ ।
सहरमा मानिसहरु प्रायः राति अबेरमात्र खान्छन् । व्यस्त जिवनशैलीका कारण अफिस वा व्यवसायको कामका कारण कतिपयको त राति अबेर खाना खानुपर्ने बाध्यता नै हुन्छ ।कसैको भने राति अबेरमात्र खाने बानी नै हुन्छ ।
तर रातमा अबेर खानु स्वास्थ्यका लागि बेफाइदाजनक हुने विज्ञहरु बताउँछन् । रातमा अबेर खाना खानाले जिउमा मोटोपना लगायतका समस्या पैदा हुन्छ । धेरै सहरिया मानिसमा मोटोपनाको एउटा मुख्य कारण बेलुकीको खाना राति अबेर मात्रा खाने बानी नै रहने गरेको सुन्दा आश्चर्य लाग्न सक्छ ।
एक अध्ययन अनुसार रात अबेर खाना खाने मानिसले प्रायः खानामा बढि कार्बोहाइड्रेट तथा चिल्लो पदार्थ समावेश गर्ने गर्छन् । यसले सरीरमा बोसो जम्मा हुने समस्या अधिक हुन्छ । त्यस्तै राति अबेर खाना खाने मानिसमा अनिद्रा तथा छटपटीको समस्या पनि बढि हुने गरेको पाइएको छ ।
त्यसैले यदि सम्भव छ भने बेलुकीको डिनर समयमै गर्नुहोस् र रात ढल्केपछि नखानुहोस् । तर यदि राति अबेर खानैपर्ने बाध्यतामा हुनुहुन्छ भने खानामा प्रसस्त फाइबरजन्य पदार्थ समावेश गर्नुहोस् र सागसब्जी र सलाद प्रसस्त खानुहोस् ।
बेलुकी डिनर गरिसकेपछि सुतिहाल्नु भन्दा केही बेर यताउती हिड्नु वा टहल्नु फाइदाजनक हुन्छ । यसले खाना राम्रोसँग पच्न सहयोग गर्दछ र सरीरलाई खानामा भएको पोषण प्राप्त हुन्छ । त्यस्तै बेलुकीको खाना बढि अघाउन्जी खानुभन्दा हल्का गर्नुपर्छ ।
सावधान, धेरै मोबाइल चलाउनाले हुन्छ यस्तो समस्या
तपाइँ कत्तिको मोबाइल चलाउनुहुन्छ ? धेरै मोबाइल खेलाइरहने वा पटक पटक मोबाइल हेरिरहने बानी छ भने सावधान हुनुहोस् । किनकी धेरै मोबाइल हेर्नु मानसिक स्वास्थ्यका लागि हानिकारक हुने एक अनुसन्धानले देखाएको छ ।
अमेरिकाको टेम्पल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको नयाँ शोध अनुसार पटक पटक फोन खेलाइरहने तथा हेरिरहने बानीले मानिसको सन्तुष्टि प्रक्रियालाई नै प्रभावित पार्दछ ।
शोधकर्ता मनोवैज्ञानिक हेनरी विल्मर तथा जेसनले यो अध्ययनका माध्यमबाट स्मार्टफोन तथा मोबाइल प्रविधिको बढि भन्दा बढि प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने दुष्प्रभावका प्रति राम्रो बुझाइ विकशित गर्ने कोसिस गरेका छन् ।
शोधका क्रममा विभिन्न ९१ वटा कलेजका विद्यार्थीहरुलाई लिखित तथा मौखिक रुपमा विभिन्न प्रश्नहरु सोधिएको थियो । शोधकर्ताहरुका अनुसार सजिलोसँग प्रयोग गर्न सकिने इलेक्टि्रक उपकरणहरुको अधिक प्रयोगले मानिसको स्वास्थ्य तथा मस्तिष्कमा नराम्रो असर पार्दछ ।
स्पि्रन्जर पत्रिकामा छापिएको शोध अनुसार बारम्बार फोन चेक गर्ने वा लामो समयसम्म मोबाइल फोन चलाइहने बानीले मानिसमा अनियन्त्रित आवेगलाई बढाउने र मानिसलाई प्रतिफल मिलेपछि प्राप्त हुनुपर्ने सन्तुष्टिको स्तरलाई प्रभावित गर्दछ ।
महिलाहरुमा पनि हुन्छ असामान्य यौन कल्पना
सेक्सको तिव्र इच्छा तथा कामुक यौन कल्पनालाई असामान्य यौन व्यवहार तथा आवेगको रुपमा बुझ्ने गरिन्छ । तर वास्तविकता भने फरक हुन्छ ।
व्यक्तिमा यस्तो इच्छा तथा कल्पना निकै सामान्य कुरा हो । यस्तो तिव्र कामेच्छा तथा कल्पना केवल पुरुषमा मात्र होइन महिलामा पनि उत्तिकै हुने गर्छ ।
हालै गरिएको एक अध्ययन अनुसार भलै पुरुषहरु सेक्सप्रति बढि उत्साही हुन्छन् तर यसको मतलब के होइन भने महिलाहरु यौन परिकल्पनामा रुची लिँदैनन् ।
क्यानडाको डू क्युबेक ए ट्रोइस रिभिरिस विश्वविद्यालयका मनोविज्ञान विभागका प्राध्यापक तथा शोधकर्ता क्रिस्टिन जोयालका अनुसार शोधका दौरान केही महिलाहरुसँग कुराकानी गरिएको थियो । उनीहरुले आफ्ना यौन इच्छाहरुका बारेमा खुलेर कुराकानी गरे ।
सहभागी महिलाहरुले आफु आफ्नो यौन जिवनबाट सन्तुष्ट भएको बताएका थिए । साथै सहभागी महिलाहरुले कामुक यौन कल्पना गर्नु आफ्नो लागि कत्तिपनि असामान्य कुरा नभएको खुलासा गरे ।
व्यक्तिको यौन रुचीलाई दुइ श्रेणीमा विभाजन गर्न सकिन्छ । पहिलो सामान्य यौनरुची, जसलाई नर्मोफिलिक भनिन्छ । अर्को असामान्य, जसलाई प्याराफिलिक भनिन्छ । जोयलका अनुसार उक्त सर्भेक्षणका क्रममा यो कुरा थाहा भएको छ की मानिसमा प्याराफिलिक व्यवहार भनेको सामान्य कुरा हो । अर्थात् आम महिलाहरु पनि असामान्य यौन कल्पनामा रमाउँदछन् ।
स्मरणशक्ति बढाउने केही टिप्स
केही कुराहरु छिटै भुल्ने तथा लामो समयसम्म स्मरणमा राख्न नसक्ने समस्या धेरैको हुन्छ ।

यस्ता रोग नभै अन्य कारणले स्मरण क्षमता कम हुने मानिसहरुका लागि आफ्नो स्मरण शक्ति बढाउन केही काइदाहरु कामयावी हुन्छन् । अर्थात् केही सामान्य उपायहरु अपनाउनेहो भने स्मरण क्षमता आफै बढाउन सकिन्छ । स्मरणशक्ति बढाउने केही टिप्स यस्ता छन्:
पर्याप्त निद्रा: निद्राको
कमीले स्मरण क्षमतामा असर पुग्दछ । त्यसैले दिमागलाई अलर्ट राख्न वा चनाखो राखेर स्मरण क्षमता बढाउनका लागि पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ ।
दिमागी कसरत: क्रसवर्ड,
पजल्स, चेस, भिडियो गेम जस्ता खेलहरुले दिमागी कसरत हुन्छ र स्मरणशक्तिलाई तिक्ष्ण बनाउन मद्दत गर्दछ ।
नियमित व्यायाम: नियमित रुपमा
व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ ।
योगा: योगालेे मस्तिष्कको शान्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ ।
स्वस्थ खाना: बदाम, ओखर,
हरियो सागपात, गि्रन टी,
डार्क चकलेट तथा खानेकुराहरुको सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछन् ।
विषयलाई भिजुअलाइज
गर्ने: यदि कुनै नाम वा संख्या तथा तथ्यांकहरु छिटै भुल्ने समस्या छ भने त्यस्ता तथ्य वा संख्या तथा नामलाई कुनै दृश्य वा कथासँग जोड्नुहोस् । यसरी रमाइलो कुरासँग जोडेर भिजुअलाइज गरेमा लामो समयसम्म सम्झिन सकिन्छ ।
नयाँ सिक्नुहोस्: केही न
केही नयाँ कुरा दिनहुँ सिक्ने गर्नाले मस्तिष्क सक्रिय हुन्छ र यसले स्मरणशक्तिमा पनि सुधार हुन्छ ।
समयतालिका बनाउनुहोस्: कुनैपनि
कामलाई समयतालिका बनाएर समयमै गर्ने गर्नुपर्छ । कुनैपनि चिजलाई सम्बन्धित ठाउँमा राख्नुपर्छ । यसो गर्दा कुनैपनि कुरालाई राम्रोसँग सम्भिmन सकिन्छ ।
यो हो साढे १४ करोडको राँगो, लाखौँमा बिक्छ जसको विर्य
एउटा राँगोको मूल्य कति पर्ला ? बढिमा लाख रुपैयाँसम्म । तर भारतमा भने साढे १४ करोड मूल्य पर्ने एउटा राँगो छ ।
दिल्लीको आइएसआरआरआइ पूसा क्याम्पसमा चलिरहेको किसान मेलामा ल्याइएको युवराज नामको उक्त राँगोलाई खरीदकर्ताले ९ करोड भारु मा किन्ने प्रस्ताव गरेका छन् ।
हरियाणाका किसान कर्मवीर सिंहले पालेको उक्त चर्चित राँगोको विर्य पनि निकै मूल्यवान छ । युवराज राँगोको विर्य बेचेरै कर्मवीरले वर्षदिनमा ५० लाख भारु कमाउने गरेका छन् ।
विर्यबाटै वर्षमा ५० लाख भारु कमाइदिएको उक्त राँगो कर्मवीरका लागि साँच्चीकै सुनको फुल पार्ने कुखुरीनै सावित भएको छ । त्यसैले ९ करोड भारुको अफर आउँदा पनि कर्मवीरले राँगो बेच्न इन्कार गरे ।
यो राँगोको विर्यको माग भारतको पन्जाब, हरियाणा, उत्तर प्रदेश तथा राजस्थान लगायतका विभिन्न राज्यहरुमा हुने गरेको छ । मुर्रा नश्लको यो राँगोलाई कर्मवीरले पन्जाबमा लागेको कृषिमेलाबाट खरीद गरेका थिए ।
८ वर्षको युवराजको उचाइ ५ फुट ९ इन्च छ भने यसको वजन १४ क्विन्टलरहेको छ । कर्मवीरले यो राँगोलाई दिनहुँ २० लिटर दुध तथा १९ किलो अन्न तथा खाँसपात खुवाउँछन् । साथै यो राँगोलाई उनले दिनहुँ ४ किलोमिटर हिँडाउँछन् । यो राँगोलाई पाल्नका लागि दिनमा ३ हजार भारु खर्च हुने गरेको उनी बताउँछन् ।
यो राँगोबाट दिनहुँ विर्य निकालेर उनले घरमै माइनस १९६ डिग्री सेल्सियसको तापक्रममा ५० लिटरको नाइट्रोजन कन्टेनरमा सुरक्षित स्टोर गर्दछन् र बिक्रि गर्दछन् ।
क्रिकेटर युवराज सिंहको नामबाट कर्मवीरले आफ्नो राँगोको नाम युवराज राखेको बताउँछन् । यो राँगोको पिताको नाम योगराज तथा आमाको नाम गंगा हो । युवराजले अहिलेसम्म भारतका विभिन्न ठाउँमा भएका पशु मेलामा आफ्नो दमदार उपस्थिति जनाइसकेको छ । अन्य विभिन्न २२ देशबाट आफु र आफ्नो राँगोलाई निमन्त्रणा आएको भएपनि भिमकाय राँगोलाई लिएर विदेश जान नसकेको उनी बताउँछन् ।
यो हो दुनियाको सबैभन्दा ठूलो हवाइजहाज
विश्वमा अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको भनिएको जहाज एयरल्याण्डर १० का तस्वीर सार्वजनिक गरिएको छ । आधिकारिक रुपमा जहाजको अनावरण तथा यसको परीक्षण उडानको पूर्वसन्ध्यामा यो भिमकाय जहाजका तस्वीरहरु सार्वजनिक भएका हुन् ।
बेलायतको बेडफोर्डशायरस्थित प्रथम विश्वयुद्धकालको विमानशालामा राखिएको यो विमान आधिकारिक रुपमा सोमबार अनावरण गरिनेछ । आगामी केही दिनभित्रमा यसले परीक्षण उडान गर्नेछ ।
झण्डै ३ अर्ब रुपैयाँको लागतमा बनेको यो जहाजको अर्को मुख्य विशेषता भनेको गोलीले प्वाल पारेको अवस्थामा समेत यो विमान उडान भर्न सक्छ ।
जहाजलाई उडान र अवतरणका लागि अन्य विमानलाई जस्तै लामो रनवे आवश्यक पर्दैन । यो हेलिकप्टरझैँ सिधै एकै ठाउँबाट उडान तथा अवतरण गर्न सक्छ । यो जहाज मरुभूमि, हिउँ तथा पानीको सतहमा समेत तैरिएर अवतरण गर्नसक्ने बताइएको छ ।
सन् २०१८ सम्म व्यवसायिक उडानका लागि १२ वटा यस्ता अन्य जहाज निर्माण गर्ने योजना कम्पनीको रहेको छ । यो विमानमा ४८ जना यात्रु अटाउँदछन् । यो विमान हवाइ जहाज, रकेट तथा हेलिकप्टरको ठिमाहा जस्तै छ
अन्डरवेयर चोर्ने विरालो पक्राउ
न्यूजिल्याण्डमा रातको समयमा पुरुषको अन्डरवेयर र मोजा चोरी गर्ने विरालो पक्राउ परेको छ । ६ वर्षको यो विरालोको नाम ब्रिगिट हो । यो विरालोले २ महिनामा हेमिल्टन शहरमा ११ जोर अन्डरवेयर र ५० भन्दा बढी मोजा जम्मा गरेको थियो ।
यो विरालोको मालिक सारा नाथनले यो विरालोको आश्चर्यजनक व्यवहारबारे फेसबुकमा जानकारी दिएकी थिइन् । उनका अनुसार सफा गर्ने क्रममा पुरानो अन्डरवेयर देखेपछि विरालोको हर्कतबारे जानकारी भएको थियो ।
उनले भनिन्, ‘यो हाम्रो घरको कुनै सदस्यको होइन । र, एक दिन बि्रगिटले एक मोजालाई बच्चा जस्तो मुखमा च्यापेर ल्याएको देखेँ ।’
बिग्रेको घडीले बनायो मालामाल, कम्पनीले दियो ८० लाख
घडीको काम नै समय देखाउनु हो । यो बिग्रिसकेपछि यसको के काम ? फ्याँक्नु नै एकमात्र विकल्प हो ।
पुनः मर्मत गरेर लगाउन मिल्नेगरी बिग्रेको घडीको भने पसलमा धेरथोर भाउ मिल्ला । तर एउटा बिग्रेको घडीको मूल्य ८० लाख रुपैयाँ पर्छ भनेर कसैले पनि पत्याउन सक्दैन ।
यहीँ पत्याउनै नसकिने भाउ पाएको छ बेलायतमा एउटा बिग्रेको घडीले । मान्छेको तालुमा आलु फलेपछि कहिलेकाहीँ बिग्रेको घडीले पनि मालामाल बनाउँदो रहेछ । एक बेलायती आफ्नो बिग्रेको घडीबाटै लखपति बन्न सफल भए ।
बेलायतको चेशायरका नियाल विलियम्स नामका एक व्यक्तिले आफ्ना मृतक बुवाले घरको घर्रामा राखेको उक्त बिग्रेको घडी लिलाम गर्दा सोँच्दै नसोँचेको मूल्य पाएका छन् ।
बिग्रेर बन्द भएको यो घडी दोश्रो विश्वयुद्धको समयको घडी रहेको पत्ता लागेको छ । उक्त घडी दोश्रो विश्वयुद्धमा इटालियन सामुदि्रक सेना बोक्ने जहाजका ड्राइभरलाई दिइएको थियो ।
घरमा सफाइ गर्दा मृतक बुवाका सरसामान राखेको घर्रामा फेला पारेको उक्त घडीलाई उनले कार बूट सेलमा लगेका थिए । जहाँ उक्त घडी ५५ हजार ६ सय ६० पाउण्डमा बिक्रि भयो । इटालियन कम्पनी पेनेरोयले यो घडी बनाएको हो । यो घडी सन् १९४१ देखि १९४३ बीचको समयमा बनेको हो । उक्त समयमा बनेका रोलेक्स १७ रुबिस ३६३६ घडीमध्ये यो एक हो ।
यो घडी वाटरप्रुफ हुनुका साथै यसको ठूलो तथा चम्किलो डायल अँधेरोमा पनि देखिन्थ्यो । इटालियन सेनाको गोताखोरहरुलाई समेत लगाउन दिइन्थ्यो ।
रातको समयमा पनि चम्किलो घडीमा समय देख्न पाउन् र सेनाले सत्रु सेनाको ठीक निसानामा बम हान्न सकुन् भनेर यो घडी वितरण गरिन्थ्यो ।
बाँदर विरुद्ध सर्वोच्च अदालतमा जाँदै सरकार
बाँदरबाट मुक्ति पाउने उपाय खोज्दै सरकार स्वयंले सर्वोच्च अदालतको ढोका ढक्ढकाउने भएको छ ।
घटना भारतको हो । भारतको दक्षिण दिल्ली महानगर कर्पोरेसनले स्थानीय मानिसहरुलाई बाँदरको दुखबाट छुटकारा दिलाउनका लागि सर्वोच्च अदालत गुहार्ने भएको छ ।
सोमबार साउथ एमसिडीको संसद बैठकमा यो विषय उठेको थियो । कर्पोरेसन अन्तरगतका विभिन्न इलाकामा बाँदरले उत्पात मच्चाएको र मानिसहरुले निकै दुख पाएको विषय त्यहाँको संसद बैठकमा उठेको थियो ।
बाँदरले टोकेर घाइते भएका पूर्व उपमेयरको मृत्यु समेत भएपछि बाँदरको बदमासीको विषयले संसदमा प्रवेश पाएको हो । विपक्षी नेताले यो मुद्दा उठाएसँगै पशु स्वास्थ्य विभागका अधिकारीले आफुहरुसँग बाँदर पक्रिने मानिसहरुको कमी रहेको र अब आफुहरुले बाँदर समाउन नसक्ने जवाफ दिएका थिए । विपक्षी सांसदले सरकार बाँदर पक्रिन असफल भएको र गएको वर्ष केवल ४३ वटा मात्र बाँदर पक्रिन सकेको भन्दै आलोचना गरेका थिए ।
उच्च अदालतले सहरका बाँदर पक्रेर जंगलमा छाडन् सन् २००७ मै आदेश दिएको थियो । तर यसरी बाँदर पक्रेर जंगलमा छाड्नका लागि ४ पटक विज्ञापन गर्दा र एक पटक सार्वजनिक सूचना जारी गर्दा समेत कोहीपनि मानिस तयार भएनन् ।
यस बारेमा निगमले उच्च अदालतलाई विस्तृत जानकारी गराएर बाँदर नियन्त्रणको वैकल्पिक मार्ग अपनाउन अनुमति दिन अपिल गरेपनि उच्च अदालतले खारेज गरेको थियो । अब बाँदर नियन्त्रणको विषयमा आवश्यक उपायका बारेमा सोधनी गर्दै सर्वोच्च अदालतमा अपिल गर्न मेयर सुभाष आर्यले सदनलाई निर्देशन दिएका छन् ।
उम्लेको पानीमा चोपलेर सौतेलो छोराको हत्या
कतिपय मानिस कतिसम्म क्रुर तथा निर्दयी हुन्छन् भन्ने उदाहरण एक अमेरिकी महिलाले पेश गरेकी छिन् । आफ्नी सौतेनी आमाले उम्लेको पानीमा डुबाउँदा अमेरिकामा एक जना बालकको ज्यान गएको छ ।
अमेरिकाको ओहियोमा यो घटना भएको छ । २५ वर्षकी एन्न रिची नामकी महिलाले सौतेलो छोरा अस्टिन कूपरलाई तातो पानीमा डुबाएर हत्या गरेको खुलासा भएको छ । आफ्नो छोरा सास बन्द भएको अवस्थामा फेला परेको भन्दै उनले प्रहरीलाई खबर गरेकी थिइन् ।
अघिल्लो साँझ उनले आफ्नो सौतेलो छोरा कूपरलाई सजायँ दिँदै उसको खुट्टा उम्लेको पानीमा चोपलिदिएर ओछ्यानमा पल्टाइदिएकी थिइन् । तर अर्को बिहान उठ्दा छोरा मरिसकेको थियो । तातो पानीमा चोपल्दा बालकलाई गम्भीर चोट लागेको कुरा आफुलाई हेक्का नरहेको उनले पुलिससँग बताइन् ।
उनलाई बालहत्यामा प्रहरीले पक्रिएको छ । घटनाको थप छानविन तथा बच्चाको अटोप्सी भैरहेको बताइएको छ ।
'रोबोट-२' मा अक्षयकुमारको यस्तो डरलाग्दो रुप
एजेन्सी: बलिउडका सफल अभिनेता अक्षयकुमार दक्षिण भारतका अर्का अभिनेता रजनीकान्तको फिल्म 'रोबोट-२' मा डरलाग्दो रुपमा देखा पर्दैछन् ।
सुपरस्टार रजनीकान्तको सन् २०१० मा आएको सुपरहिट फिल्म 'एन्थिरन' (हिन्दीमा 'रोबोट' शीर्षकमा रिलिज भएको थियो) को सिक्वेल 'रोबोट-२' या 'एन्थिरन-२' मा 'खेलाडी कुमार' खलनायकको भूमिका निर्वाह गरिरहेका छन् ।
ट्विटरमार अक्षय कुमारको एक फ्यान क्लबले रोबोट-२ को सुटिङका क्रममा खिचिएको अक्षय कुमारको एक तस्बिर पोस्ट गरेको छ ।
जसमा उनी पंक्षीको प्वाँखहरुले भरिएको एक पहिरन लगाएको अवस्थामा देखिएका छन् । त्यसमा उनी सेतो कपाल, राता आँखा र निलो रंगको आँखी भुइँमा डरलाग्दो रुपमा देखिएका छन् ।
'रोबोट-२' या 'एन्थिरन-२' मा अक्षय कुमार जुन भूमिका निर्वाह गरिरहेका छन् उनको नाम 'डा रिचर्ड' रहेको छ। जो एक वैज्ञानिक हुन् र उनी एक कागको स्वरुपमा परिणत हुन पुगेका हुन्छन् ।
त्यसो त फिल्मलाई हिट बनाउनका लागि रजनीकान्तको उपस्थिति नै पर्याप्त हुन्छ । तर फिल्मका निर्देशक शंकर षणमुगम हिन्दी फिल्मका खेलाडी अर्थात अक्षयबाट पनि प्रभावित छन् ।
ट्विटमा उनको प्रशंसा गर्दै लेखेका छन्, 'अक्षय कुमारसँग सुटिङ गर्न पाएर धेरै खुसी छु । उनी मेहनेती र अनुशासित छन् । उनको सहयोगी भूमिका पनि प्रशंसनीय छ ।'
सन् २०१० मा रिलिज भएको 'एन्थिरन' मा रजनीकान्तले स्वयम् दोहोरो भूमिका निभाएका थिए । जसमा शीर्ष भूमिकामा रहेको रोबोटले खलनायकको भूमिका निर्वाह गरेको थियो ।
अर्कातिर रजनीकान्त नै यो फिल्मका नायक पनि थिए । जसले वैज्ञानिक वसिकरणका रूपमा आफ्नो हातबाट रोबोट 'चिट्टी' को निर्माण गरेका थिए । 'रोबोट-२' या 'एन्थिरन-२' मा पनि उनी यी दुबै भूमिकामा आफैं देखिँदैछन् ।
Monday, March 21, 2016
होलीमा छाला जोगाउन डाक्टरको टिप्स
छालारोगबाट जोगिन चाहनुहुन्छ भने यसो गर्नुहोस् छालामा दुईप्रकारका समस्या हुन्छन् । पहिलो कस्मेटिक समस्या, जुन हेर्दामात्र राम्रो देखिन्छ तर सौन्दर्यलाई बिगार्छ । जस्तै डन्डिफोर, कालोपोतो र चाउरीपनले शरीरलाई कुनै प्रकारको हानि या अप्ठ्यारो बनाउँदैन । दोस्रो– छालासम्बन्धी रोग नै हो । यसले सौन्दर्य र शरीर दुवैलाई हानि पुर्याउँछ । पछिल्लो समयमा छाला रोग बढिरहेको छ । पहिले मानिसले छालाका समस्यालाई त्यति गम्भीर रूपले लिँदैनथे । हिजोआज सौन्दर्यसँग जोडर हेर्ने भएकाले छालारोगी दिनप्रतिदिन बढिरहेका छन् । छाला समस्या धेरैजसो घामका कारणले हुने गर्छ । छालारोगी सोध्छन्– हाम्रा हजुरआमाका पालामा पनि घाम त लागेकै थियो । उहाँहरूको छालामा समस्या देखिएन । हाम्रो छालामात्र घामले किन बिगारेको ? हुन पनि हो, हाम्रा अग्रजभन्दा नयाँ पुस्तामा छाला समस्या बढी देखिएको छ । जलवायु परिवर्तन, आधुनिक रहन–सहन, खानपिन र तनाव यसका मुख्य कारण हुन् । घामले मात्र त समस्या ल्याउने होइन तर समस्यालाई घामले बढाउँछ । हिजोआज मानिस राम्रो देखिन धेरै किसिमका क्रिम प्रयोग गर्छन् । टीभीमा देखाइएका विज्ञापन र साथीभाइको सल्लाहकै भरमा क्रिम प्रयोग गर्दा छाला बिग्रने नै भयो । छालालाई कसरी बचाउने ? सबैभन्दा पहिले छालालाई घामको विकीरणबाट सकेसम्म जोगाउनुपर्छ । घाममा निस्कनै नहुने होइन तर निस्कँदा कमसेकम २० एसपीएफको राम्रो कम्पनीको सनब्लक क्रिम लगाउनुपर्छ । जाडोमा दैनिक दुई र गर्मीमा दैनिक तीनपटकसम्म सनब्लक लगाएर हिँड्नुपर्छ । जथाभावी सनब्लक क्रिम लगाउनुहुँदैन । आफ्नो छाला कस्तोखालको हो, छाला विशेषज्ञसँग जाँच गराएर आफ्नो छालालाई मिल्ने क्रिम लगाउनुपर्छ । नत्र छालामा विभिन्नखालका समस्या देखापरी सधैंका लागि छाला बिग्रन सक्छ । घामको प्रत्यक्ष विकीरणबाट बँच्न घाममा हिँड्दा मास्क, छाता, क्याप लगाएर हिँड्नुपर्छ । क्रिम लगाएर र घामबाट बचेरमात्र छाला राम्रो हुँदैन । हाम्रो जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ । खानपिन र रहन–सहनमा ध्यान दिन आवश्यक छ । खानेकुरामा साइट्रिक एसिड भएका फलफूल र तरकारी बढी खानुपर्छ । नुनिलो, चिल्लो खानेकुरा बढी खानुहुँदैन । जंकफुडबाट सकेसम्म टाढै बस्नुपर्छ । यसले छालालाई मात्रै नभएर सम्पूर्ण स्वास्थ्य खराब गर्छ । त्यस्तै जीवन तनावरिहत बनाउनुपर्छ । कतिपय छाला समस्या घामका कारण नभएर शरीरका हार्मोनको गडबडीले पनि हुने गर्छ । सबै मनिसमा एकैप्रकारका हार्मोन हुँदैनन् । हार्मोनका कारण देखिने छाला समस्या बाहिरी उपचारले मात्रै सन्चो हुँदैन । हार्मोनियल उपचार गरेर यस्ता समस्या ठीक हुन्छन् । होलीमा छालालाई बचाऔँ अनुहार शरीरको मुख्य अंग हो । अनुहारमा तीव्र गतिमा रक्तसञ्चार हुने भएकाले शरीरभित्र गडबडी हुनेबित्तिकै चाँडै प्रतिक्रिया देखाइहाल्छ । होली खेलेर रमाइलो गर्ने नाममा जथाभावी रङ प्रयोग गर्नुहुँदैन । जथाभावी रङ प्रयोगले छाला बिगार्छ । रङमा प्रयोग गरिने आईसीडी नामक केमिकलले छाला रातो हुने, चिलाउने फुस्रो हुने या फोका उठ्ने समस्या पैदा गर्छ । कसैलाई रङ लगाएको ठाउँमा मात्र असर गर्छ भने कसैलाई शरीरभरि डाबर आउने, सास फेर्न अप्ठ्यारो हुने समस्या हुन्छ । होली खेल्दा थोरैमात्र रङ प्रयोग गर्नुपर्छ । धेरै रङ लागेमा छोटो समयमैै पखालिहाल्नुपर्छ । छालामा समस्या हुनेले होलीका रङ र फोहोर पानीले छालाका समस्या झन् बढाउँछ । उपचारमा सफल भएका उदाहरण छाला विशेषज्ञ भई काम गरेको ६ वर्ष बित्यो । आजसम्म आइपुग्दा मैले लगभग दुई लाख बिरामीको उपचार गरिसकेको छु । रोग निको पार्न डाक्टरको पहलले मात्रै हुँदैन । बिरामीले पनि उत्तिकै धैर्य गर्न सक्नुपर्छ । बिरामी उपचार गर्न थालेपछि हिजोको आजै परिणाम खोज्छन् । समय लाग्छ । मेरो अनुभवमा धैर्य गर्ने बिरामीको रोग निको भएको छ । धैर्य गर्न नसक्नेले चाहिँ डाक्टरलाई मात्रै दोष दिन्छन् । हस्पिटल परिवर्तन गरी–गरी उपचार गर्नेहरू पनि नभएका होइनन् । हस्पिटल परिवर्तन गरेर रोग निको हुने होइन । आधा रोग त आत्मविश्वास र धैर्यले निको हुने हो । म मेरो प्रोफेसरले भनेको भनाइलाई गुरुमन्त्र सम्झन्छु । ‘यदि तिमीले उपचार गरेका बिरामीमध्ये ३० प्रतिशतमात्रै निको पार्न सफल भयौ भने पनि तिमी आफूलाई सफल सम्झ । प्रोफेसरको यही मन्त्र सम्झँदा म आफूलाई आफ्नो पेसामा सफल ठान्छु । चायापोतोका बिरामीको बाहुल्य हामीकहाँ एकजना चायापोतोको बिरामी आउनुभएको थियो । चायापोतो उपचारका लागि नेपालभरिका स्किन हस्पिटलदेखि अन्तर्राष्ट्रिय रूपमै व्यस्त भनिएका स्किन हस्पिटलमा उपचार गरेर पनि आफ्नो समस्या समाधान नभएको तीन बिरामी सुनाउँथे । उपचार गर्दा गर्दा पार नलागेपछि दिक्क भएर मकहाँ आउनुभयो । उनले धेरै औषधि प्रयोग गरेर होला छाला पातलो र रगतै झर्लाजस्तो रातो थियो । लाखौँ–लाख पैसा खर्च गर्दा पनि ठीक भएन भन्दै उनी रोइन् । नौ महिनाको समय मागेर उहाँको उपचार सुरु गरेँ । बिस्तारै उहाँको समस्या हराएर जान थाल्यो । म आफैँ छक्क परेँ । बिरामी ठीक हुन्छ भनेर सम्झाए पनि म आफैँ ढुक्क थिइनँ । सोच्थँे– संसारमै कसैले ठीक गर्न नसकेको उपचार मैले कसरी गर्न सकुँला र ? म त केवल आफ्नो बेस्ट ट्राइमात्रै गर्दै थिएँ । हेर्दाहेर्दै नौ महिना भनेको ६ महिनामै उहाँ पूरै ठीक भएर जानुभयो । त्यतिबेलम मैले महसुस गरेँ– आाखिर असम्भव भनेको केही रहेनछ । अरूले नसकेर छाडेका काम म पनि सक्दिनँ भनेर छाड्नुहुँदैन । हामीले प्रयास निरन्तर गर्ने हो भने सफल भइन्छ । दुबी झन् गाह्रो चायापोतोजस्तै दुबी पनि निको पार्न गाह्रो हुने छालारोग हो । समय पनि उत्तिकै लाग्छ । डाक्टर खतिवडाले सुनाए, ‘एकजना दुबीको बिरामी उपचार गराउन आउनुभएको थियो । भर्खरकै हुनुहुन्थ्यो । उहाँको समस्या जटिल थियो । दुबीले शरीर पूरै सेतै भइसकेको थियो । अनुहारमा मात्रै अलिकति कालो बाँकी थियो । नेपालको सबै हस्पिटलमा उपचार गराउँदा पनि ठीक भएन भन्नुहुनथ्यो । सेतो शरीर कालो बनाउने अवस्था थिएन । कालो पनि सेतो बनाउन पाए छालाजति सबै सेतै देखिए समस्या समाधान हुन्थ्यो भन्ने उहाँको चाहना थियो ।’ उपचार सजिलो थिएन । मैले कहिल्यै त्यस्तो उपचार गरेकोसमेत थिइनँ । मैले बाहिरबाट औषधि मगाएर उहाँको उपचार गरेँ । समय लाग्यो । पैसा धेरै लागेन । उहाँ ठीक हुनुभयो । विवाह पनि भयो । हिजोआज उहाँ धेरै खुसी हुनुहुन्छ । छाला समस्याले जीवनदेखि हारेका बिरामी ठीक पार्नसफल हुँदा काम गर्ने ऊर्जा प्राप्त हुन्छ । डन्डिफोरपीडा अनुहारभरि डन्डिफोर भएकी बिरामी आउनुभएको थियो । उपचारका लागि नेपालदेखि अमेरिकासम्म पुग्दा पनि समस्या समाधान भएन भन्नुहुन्थ्यो । हुन त उहाँलाई उपचार गर्ने औषधि मैले अमेरिकाबाटै मगाएको थिएँ । अमेरिकामा उहाँको कस्तो उपचार भयो मलाई थाहा भएन । तर त्यहीँबाट ल्याएको औषधिले मैले उहाँलाई ठीक पारेँ । उहाँ धेरै खुसी हुनुहुन्छ । ठीक भएर घर जानुभए पनि हिजोआज हामीबीच कुराकानी भइरहन्छ ।
यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीका चीन भ्रमणका क्रममा नेपाल र चीनबीच १० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री र लि खछयाङवीच ग्रेट हल अफ दि पिपुलमा वार्तापछि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले चीन भ्रमणमा रहेका प्रधानमन्त्री र चीनका प्रधानमन्त्रीबीच आज भएको भेटवार्तापछि नेपाल र चीनबीच विभिन्न विषयमा सम्झौता भएको बताए ।
सल्लाहकार दाहालले जारी गरेको प्रेस नोटमा नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएको उल्लेख छ ।
दुई प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख छ । त्यसअघि प्रधानमन्त्रीलाई आजै चिनियाँ सेनको एक टुकडीले तोप पडकार सलामी अर्पण गर्नुका साथै स्वागत गरेको थियो ।
प्रधानमन्त्री ओली साताव्यापी औपचारिक भ्रमणका क्रममा हिजो चीनको राजधानी बेइजिङ पुगेका थिए । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् ।
प्रधानमन्त्री ओलीले आज नै चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटघाट गर्नेछन् ।
छोरीलाई कोठामा आपत्तिजनक अवस्था फेला पारेपछि आमाले यो के गरिन ?
एजेन्सी । दिल्लीको सीलमपुर इलाकामा विहेको ठिक एकदिन पहिला छोरीले यस्तो काम गरिन जसलाई देखेर आमा दंग परेकी छिन् ।
पाहुनाले भरिएको घरमा आमाले आफ्नी छोरीलाई कोठा भाडामा लिएर बस्ने ‘किराएदार’ युवकसँग आपत्तिजनक अवस्थामा फेला पारेकी हुन् ।
समाचार अनुसार युवतीकी आमा काम सकेर जब घर फर्किइन तब उनले आफ्नी छोरीलाई भाडामा बस्ने युवकसँग आपत्तिजनक हालतमा फेला पारिन् । घरबेटी आमा देखेपछि भाडामा बस्ने युवक तुरुन्तै भाग्न सफल भए तर, रिसको आवेशमा आफूलाई सम्हाल्न नसकेर आमाले पुरै रिस छोरीमाथि पोख्दै सिरानीले घाटी च्यापेर हत्या गरिदिइन् ।
प्रहरीले यो घटनाको जानकारी तब पायो जब आरोपी आमा र उनका छोरा युवतीको शवलाई लिएर लोक नायक अस्पताल पुगे । उनीहरुले अस्पतालमा छोरीले आत्महत्या गरेको दाबी गरेका थिए तर, अस्पतालको चेकजाँचपछि हत्या भएको पुष्टि भयो ।
प्रहरीले भनेको छ कि– युवतीलाई मारेपछि आमाले सबभन्दा पहिला आफ्नो छोरालाई यो घटनाबारे जानकारी गराएकी थिइन् । प्रहरीले मुद्दा दर्ता गरेर आरोपी आमा र छोरालाई गिरफ्तार गरेको छ ।
यहाँ आफ्नै बुहारीलाई ‘वेश्या’ बनाउँछन् ससुरा !
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्धामा लगाउने यो समुदायको नाम हो ‘परना समुदाय’ ।
समाचार अनुसार प्रेमनगर बस्तीका परना समुदायका मानिसहरु आफ्नी बुहारीलाई यो काम परापूर्व कालदेखि गराउँदै आएका छन् । यो समुदायमा छोरीहरुको विहे पनि १२ देखि १५ वर्षको उमेर चाँडै गरिन्छ । त्यसपछि ससुरालवाला बुहारीलाई भित्र्याएर हरेक रातमा धन्धा गराउँछन् ।
वेश्यावृतिका धन्धा गर्नुको साथ-साथै बुहारीले घरको पुरै कामकाज पनि सम्हाल्छिन् । आफ्ना पति, सासु ससुरा, छोराछोरी र अन्यका लागि रातको खाना बनाइसकेपछि मात्रै ग्राहकलाई सन्तुष्ट पार्न घरबाट निस्कन्छन् र रातभरमा केही पुरुषको यौन प्यास मेटाएर फेरि घरको कामकाजमै खटिन्छन् ।
अर्काे कुरा त के भने परना समुदायकी कुनै पनि बुहारीले यदि वेश्यावृतिको धन्धा गर्न मानिनन् भने उनलाई चरम यातना दिइन्छ । कैयौ पटक त वेश्यावृति धन्धामा जान नचाहने बुहारीको हत्या समेत गरिएको छ ।
आफ्नै बुहारीलाई अश्लील म्यासेज पठाउँदा…
एजेन्सी । बुहारीलाई अश्लील म्यासेज पठाउने ससुरा फन्दामा परेका छन् ।
आरोपी ससुरालाई हरियाणा प्रहरीले गरिफ्तार गरेको छ । पीडित बुहारीले हरियाणाको महिला प्रहरी थानामा उजुरी दिएकी थिइन् ।
हरियाणाको रेवाडी जिल्लामा बस्दै आएकी बुहारीले त्यहीको महिला थानामा सदर बजार बस्ने आफ्ना ससुराविरुद्ध उजुरी हालेकी थिइन् । जाँचका क्रममा सबुतका लागि मोबाइल फोन पनि देखाइएको थियो जसमा ससुराले अश्लील म्यासेज पठाइएको पाइयो ।
समाचार अनुसार शनिबार विहान महिला प्रहरीको टिम सदर बजार पुगेर आरोपी ससुरालाई गिरफतार गरेको थियो । उनलाई प्रहरीले रेवाडी जिल्ला प्रहरी कार्यालय लगेको छ ।
माईजुले नै भाञ्जीसँग यस्तो हर्कत गरेपछि…
एजेन्सी । मण्डावली इलाकामा माइजुले नै आफ्नी १९ वर्षीय भाञ्जीको सौदा गरेकी छिन् ।
आरोपी महिलाले भाञ्जीलाई जबरजस्ती देश व्यापारमा पनि लगाइन् । यो क्रम कैयौ दिनसम्म चल्यो ।
पीडितकी आमाले जब यो कर्तुतको सुइको पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । मण्डावली थाना प्रहरीले मुद्दा दर्ता गरेर ३४ वर्षीय माइजु दीपालाई गिरफ्तार गरेको छ ।
समाचार अनुसार बाँकी अभियुक्तको खोजी जारी छ । प्रहरीका अनुसार पीडित भाञ्जी एक महिना पहिला कोलकत्ताबाट दिल्लीको प्रीत विहारमा आफ्नी आमा र पितासँग आएकी थिइन् ।
त्यहाँ पुगेपछि आमाबुवाले जागिर सुरु गरिसकेका थिए । यो बीचमा मदिराको नशामा पीडित युवतीका पिता उनलाई कुट्थे । पिताको कुटाइबाट बचाउन १५ दिन पहिला आमाले युवतीलाई मण्डावलीमा बस्दै आएकी माइजु दीपाको घर छाडेर आएकी थिइन् ।
त्यहाँ दुई दिनसम्म उनलाई ठिकसँग राखियो । राम्रो व्यवहार गरियो । त्यसपछि उनलाई जबरजस्ती देश व्यापारका लागि ग्राहकलाई सुम्पियो । केही दिनपछि जब उनकी आमा त्यहाँ आइन तब उनले आमालाई सबै कुरा बताइन् ।
तत्कालै प्रहरीलाई सूचना दिइयो । प्रहरीले मुद्दा दर्ता गरेर दीपलाई पक्रियो ।
घरबेटीकै छोरीसँग लसपस गरेपछि…
एजेन्सी । दिल्लीमा १४ वर्षीय प्रेमिकासँग शारीरिक सम्बन्ध राख्ने युवकलाई विशेष फास्ट ट्रयाक कोर्टले दुष्कर्म गरेको भनी दोषी ठहर गरेको छ ।
अदालतले भनेको छ- आरोपीले पीडितको सहमतिमै शारीरिक सम्बन्ध राखेका थिए । तर, अब पनि उनी दुष्कर्मका दोषी हुन् । यसमा किशोरीको अनुमतिको कुनै सम्बन्ध छैन् ।
समाचार अनुसार डाबडी थाना पुलिसले सन २००० डिसेम्बरमा आरोपीविरुद्ध मुद्दा दर्ता गरेको थियो । आरोपी विहारको गया घर भएका व्यक्ति हुन् । उनी दिल्लीस्थित पीडित (प्रेमिका)को घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
द्वारका जिल्ला अदालतका अतिरिक्त सत्र न्यायधीश वीरेन्द्र भटले आरोपी सुरेन्द्र पासवानलाई दोषी ठहराउँदै भनेका छन् कि त्यो समयमा युवतीको उमेर मात्रै १४ वर्ष थियो । अर्थात उनी नाबालिका थिइन् ।
यसकारण युवतीकै सहमतिमा शारीरिक सम्बन्ध राखेपनि कानुन लाग्छ । उनको सहमतिको कुनै अर्थ हुँदैन् । यद्यपी अदालतले उनलाई अपहरणको अभियोगमा भने सफाइ दिएको छ ।
श्रीमती अर्कैसँग भाग्दा श्रीमानले उठाए खतरनाक कदम, प्रहरी पनि छक्क !
एजेन्सी । जेठा छोराको उपचार दिल्लीको एम्स अस्पतालमा चलिरहेको थियो । वर्षदिन पहिला अपरेशन भएको थियो । तर, आमालाई के सनक चढ्यो कुन्नी आफ्ना पति र छोराहरु छाडेर परपुरुषसँग मन साटेर भागिन ।
६ वर्षीय छोराको मुटुको उपचार गराउने क्रममा पति दिल्ली आएका थिए भने उता पत्नि आफ्ना नयाँ प्रेमीसँग भागिन । घर फर्किदा पतिले पत्निको कर्तुत थाहा पाएपछि आफूलाई सम्हाल्न सकेनन् ।
पत्नि भागेको पीडाले छटपटिएका पतिले पहिला छोरालाई मारे फेरि आत्महत्या गरे ।
मनै चसक्क पार्ने यो घटना यूपीको आगाराको हो । बाह थानाको गाउँ तेजसिंह पुरामा त्यो बेला शोक फैलियो जब बाबुछोराको शव कोठामा भेटियो । समाचार अनुसार पत्नि भागेपछि समालिन नसकेर पतिले यस्तो खतरनाक कदम उठाएका हुन् ।
प्रहरीका अनुसार पछाय गाउँ मनीनगर निवासी रामभरोसीकी छोरी पिंकीको विहे करिब ८ वर्ष पहिले तेजसिंह पुरा निवासी गौरीशंकरका छोरा २९ वर्षीय आशारामसँग भएको थियो । पिंकीले दुई छोरा ६ वर्षीय हिमांशु र ३ वर्षीय आदित्यलाई जन्म दिएकी थिइन् । भर्खरै सम्पन्न स्थानीय चुनावमा पिंकी बीडीसी सदस्यमा पनि निर्वाचित भएकी थिइन् ।
यो घटना आशारामका पिता गौरीशकरले बाहिर ल्याएका हुन् । बुधबार विहान ढोका फोडेर घरभित्र पस्दा उनले छोरी र नातिको शव फेला पारेका थिए । त्यहाँ बुहारी पिंकी भने थिइनन् ।
प्रहरीले पिंकीलाई गिरफ्तार गरेको छ । उनका प्रेमीको खोजी कार्य जारी छ । पिंकीका कान्छा छोरा आदित्य आफ्नो मामाघरमा सकुशल छन् ।
Subscribe to:
Posts (Atom)