Monday, June 15, 2015

लौ हेर्नोस् अरुण तमोरमा भीमकाय माछा ! (तस्वीरसहित)

३१ जेठ, इटहरी । तस्वीरमा तपाई देख्न सक्नुहुन्छ, मानिसहरु नाम्लो लगाएर एउटै माछाको भारी बोकिरहेका छन् । यो कुनै विदेशको दृश्य होइन, भूकम्प र पहिरोको प्रकोपसँगै पूर्वी नेपालको अरुण र तमोर नदीमा गरिएको माछाको रोचक शिकार हो । ताप्लेजुङ, पाँचथर, धनकुटा र संखुवासभाका नदीमा पहिरोपछि माछा टिप्नेको भिड लाग्न थालेको छ । खोलाको लेदो सँगै ठूला ठूला माछाहरु बगरमा भेटिन थालेका छन् । तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा टिप्नेहरुको भीड बढ्न थालेपछि माछा टिप्नेहरुलाई भेलले बगाउने जोखिम पनि उत्तिकै बढेको छ । तमोर नदीमा आएको बाढीपछि पाँचथर र तेह्रथुमको सीमानामा पर्ने माझीटारका माछा टिप्नेको भीड लागेको छ । नदीको किनारमा माछा टिप्न टाढा टाढाबाट मानिसहरु जान थालेका छन् । बगरमा एउटै माछा एक सय केजीसम्मको भेटिएपछि मानिसहरुले नाम्लो लगाएर बोकेको दृश्य निकै रोमाञ्चक लाग्दो देखिएको छ ।
माझीटारबाट पाँचथरको फिदिमसम्म टयाक्टरमा समेत माछा ओसारिएको छ । सुरुमा ५ सय रुपैयाँ प्रतिकिलो बिकेका यी माछा अहिले प्रतिकिलो एकसय रुपैयाँमा झरेको स्थानीय बताउँछन् । ठूला माछा भेटिएपछि स्थानीयको ब्यापार फस्टाएको छ । दिनमा एक जनाले २० हजारसम्मको माछा समातेको माझीटारमा भेटिएका पाँचथरबासीले बताए । तर, माछा धेरै भएकाले अहिले बिक्न छाडेको उनीहरुले चिन्ता गरे । पाँचथरमा मात्रै होइन, धनकुटाको मुलघाटस्थित तमोर गडतिर र अरुण नदीको लेगुवाघाटमा पनि माछा टिप्नेको भीड लागेको छ । मूलघाटमा ठूलामाछा सस्तोमा किन्न धरानदेखि मानिसहरु मुलघाट र लेगुवासम्म ६० किमीभन्दा लामो यात्रा तय गरेर जान थालेका छन् । अरुण र तमोर नदीका प्रायः सबै घाटहरुमा माछा भेटिएका छन् । भूकम्पपछि माछा बगरमा
स्थानीय बूढापाकाहरुका अनुसार ९० सालको भूइँचालोका बेलामा पनि यसैगरी ठूला माछाहरु नदी बाहिर आएका थिए । त्यस्तै ०४५ सालको भूकम्पपछि पनि अरुण र तमोर नदीमा ठूला माछा भेटिएको बूढापाकाको भनाइ छ । माछा टिप्न जानेमा बालबालिका र विद्यार्थीसमेत छन् । नदीमा पानी बढ्ने क्रम भएकाले माछा टिप्नेलाई जोखिम बढेको संखुवासभा कृषि विकास कार्यालयका बरिष्ठ अधिकृत प्रमोद कुमार रिजाल बताउँछन् । अरुण र तमोर सप्तकोशीका सहायक नदीहरु हुन् । यहाँ भेटिएका यी मात्रा माछा नेपालकै सबैभन्दा ठूला भएको विज्ञहरुको दाबी छ । माछा मार्न नदिने प्रशासनको तयारी नेपालमा अहिलेसम्म नदेखिएका ठूला माछाहरुको संरक्षण गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । माछाको संरक्षण नगरिए वातावरणीय सन्तुलनमा असर पर्ने कतिपयको भनाइ छ । यसैवीच पूर्वाञ्चलका क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्यले आफू काठमाडौं रहेको भन्दै प्रहरीलाई तत्काल एलर्ट गराएर माछा टिप्ने कार्यमा रोक लगाउने बताए ।

घोराही सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला (धुलो, धुवा र ध्वनी प्रदुषण रोक्न माग)

निमुसंगम घर्ती ३२ जेठ, घोराही । धुलो, धुवा र ध्वनी प्रदुषण रोक्न माग गर्दै दाङको गोग्लीस्थित घोराही सिमेन्ट उद्योगमा स्थानीयले ताला लगाएका छन् । उद्योग स्थापना गर्नुअघि भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने र तत्काल देखा परेका समस्याहरु धुलो, धुवा र ध्वनी प्रदुषणलाई रोक्न विशेष यन्त्र जडान गर्नुपर्ने माग स्थानीयले राखेका छन् । घोराही सिमेन्ट उद्योग नेपालकै ठूलो सिमेन्ट उद्योग मध्येको एक हो । सो उद्योगमा सिमेन्ट र क्लिङ्कर उत्पादन हुने गर्दछ । स्थानीयको तालाबन्दीले उद्योगको उत्पादन बन्द नभए पनि चुन ढुंगा लगायतका कच्चा पदार्थ ढुवानीमा समस्या भएको छ । मुख्य गेटमा ताला लगाउनु अघि वातावरण संरक्षण तथा सरोकार समिति लक्ष्मीपुरको अगुवाइमा एक हजार बढी स्थानीय बासिन्दा गेट अगाडि जम्मा भएर नाराबाजी गरेका थिए । समितिले यसअघि नै ११ बुँदे माग अघि सार्दै सम्वोधन नभए तालाबन्दी गर्ने चेतावनी दिएको थियो । विगतमा भएका सहमति र सम्झौता पालना नभएकाले बाध्य भएर ताला लगाउनु परेको समिति संयोजक भरतराज देवकोटाले बताए । समितिले रातभर उद्योग सन्चालन हुँदा निदाउन नसकिएको भन्दै राति ८ देखि विहान ४ बजेसम्म कारखाना बन्द गर्नुपर्ने, चुनढुंगा ल्याउने सडकको क्षमताभन्दा धेरै लोड बोकेर हिँड्ने गाडीका लागि वैकल्पिक सडक बनाउनुपर्ने, उद्योगको उत्पादन क्षमता बढाउन नहुने, उद्योगले स्थानीय निकायमा बुझाउनुपर्ने कर बुझाउनुपर्ने र उक्त कर स्थानीय निकायले प्रभावित क्षेत्रको वातावरण संरक्षणमा खर्च गर्नुपर्ने लगायतका माग राखेको छ । साथै विगतमा स्थानीयसँग भएका सम्झौता अनुसार खानेपानी, बाटो लगायतका विकास निर्माणका योजनाहरु तत्काल शुरु गर्नुपर्ने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिएर श्रमिक ऐन लागु गर्नुपर्ने, जथाभावी फोहर फाल्ने कार्य बन्द गर्नुपर्ने, धुलो, धुवाँ र ध्वनि प्रदूषण रोक्न तत्काल मेसिन जोड्नुपर्ने र मागहरु पूरा गर्न नसके उद्योग स्थानान्तरण गर्नुपर्ने समितिले माग गरेको छ । यसैबीच विबादलाई टुंग्याउने विषयमा उद्योगदेखि ४ किलोमिटर टाढा दाङ जिल्ला उद्योग वाणिज्य संघमा सबै पक्षबीच वार्ता भैरहेको छ ।

चन्द्रमामा पनि गयो भुकम्प !

पृथ्वीमा जस्तै पृथ्वीको उपग्रह चन्द्रमामा पनि भुइँचालो जाने गरेको अनुसन्धानले देखाएको छ । चन्द्रमामा पनि पृथ्वीमा जस्तै भौगर्भिक प्लेटहरु एकअर्कामा ठोक्किने र त्यसक्रममा भुकम्प जाने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । चन्द्रमामा अवतरण भएको भारतीय यान चन्द्रायण-१ ले खिचेका तस्वीरहरुको विश्लेषण गरी वैज्ञानिकहरुले चन्द्र सतहमुनि पृथ्वीमा जस्तै भौगर्भिक प्लेट रहने र ती प्लेटहरु नियमित रुपमा एक अर्कामा ठोक्किने गर्दा भुकम्प जाने गरेको अनुसन्धानले देखाएको छ । चन्द्रायण-१ मा जडित न्यारो एंगल क्यामरा तथा लुनार रिकनेसेन्स अर्बिटर क्यामराले खिचेका चन्द्र सतहका तस्वीरहरुको विश्लेषण गरिएको थियो । भारतको जवाहारलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्भारोमेन्टल साइन्स अन्तरगत भुगर्भ विज्ञान र रिमोट सेन्सिङका प्राध्यापक सुमित्र मुखर्जी र उनकी विद्यार्थी पि्रयदर्शिनी सिंहले चन्द्र सतहका तस्वीरको विश्लेषण गरेका थिए । चन्द्रमाको दक्षिण धु्रविय क्षेत्रबाट संकलित प्रमाणहरुका आधारमा चन्द्रमाको सतहमा पनि पृथ्वीमा जस्तै भुकम्पीय गतिविधि हुने पुष्टि भएको दाबी मुखर्जीले गरेका छन् । उनको अनुसार चन्द्रमाको सतहमुनि पनि तरल पदार्थ रहेको छ । उनी भन्छन्, ‘हामी निष्कर्ष निकाल्न सक्छौँ की चन्द्रमाको पनि भित्री तह (कोर) छ । त्यसैले चन्द्रमाको संरचना पनि पृथ्वीको जस्तै रहने सम्भव छ । त्यसैले पृथ्वीमै जस्तै चन्द्रमामा पनि भुकम्प जाने कुराको तुलनात्मक अध्ययन गर्ने सकिन्छ ।’ चन्द्रमाको भौगर्भिक प्लेटको गतिविधिको अध्ययन तथा भविष्यमा त्यहाँ जाने भुकम्पहरुको अध्ययन गरेर पृथ्वीमा जाने भुकम्पसँग तुलना गरेपछिमात्र चन्द्रमामा जाने भुकम्पको बारेमा केही अनुमान तथा भविष्यवाणी गर्न सकिने उनको भनाइ छ । चन्द्रमामा पनि भुकम्प जाने सम्बन्धि यो अनुसन्धान शोध भारतका विभिन्न चर्चित जर्नलहरुमा छापिएको छ ।

लण्डनमा गोर्खा स्मारक पदक बिक्रीमा

लण्डन । गोर्खा इतिहासको दुई सय बर्ष मनाउने क्रममा दि ब्रिगेड अफ गुर्खाजले स्मारक पदक बनाएको छ । स्मारक पदकको आजैबाट बिक्री शुरु गरिएको छ । यो पदकको सिर्जना पूर्व बेलायती गोर्खा अधिकृत अलफ्रेड पेनले गरेका हुन् । पदकको एकातर्फ नेपाली शब्दमा ‘गुण खुन र नुन’ शव्द लेखिएको छ भने अर्को तर्फ सबभन्दा माथि खुकुरी क्रस सहित गोर्खा सैन्य सेवाको दुई सय बर्ष मिति (सन् १८१५ देखि २०१५) उल्लेख छ । पदकको बिक्री भने बेलायतको वीनचेष्टरमा रहेको गोर्खा म्यूजियमले गरेको छ । ३५ पाउण्ड पर्ने यो पदकलाई नेपालमै बसोवास गरिरहेका बेलायती सेनाका बरिष्ठ पूर्व अधिकृत जोन क्रसले छानेका थिए । यस बर्ष नेपाली गोर्खा सैन्य सेवाको दुई सय बर्ष पुगेको अवसरमा बेलायत र नेपालमा विविध कार्यक्रमहरु आयोजना गरिदै आएको छ ।

Wednesday, June 10, 2015

सबालको जवाफ दिएर आफ्नै मृत्यु परीक्षण

अघिल्लो पाँच वर्ष अर्थान् सन् २०२० सम्म तपाईँ जिवितै रहनुहुन्छ? यसको जवाफ हाकी कसैसँग पनि छैन। किनकि मृत्युको भविष्यवाणी गर्न असम्भवजस्तै छ। तर वैज्ञानिकहरुले यस्ता प्रश्नहरु बनाएका छन्। जसले सन् २०२० सम्म मृत्यु निश्चित हो/होइनबारे पता लगाइदिनेछ। ४० देखि ७० वर्षका मानिसमा मात्र लागू हुने यी सबालले मृत्युबारे ८० प्रतिशतमात्र निश्चित रहने वैज्ञानिकहरुले बताएका छन्। वैज्ञानिकहरुका अनुसार यो परीक्षण कुनै शारीरिक जाँच होइन। यो त स्वास्थ्य र हिँडाइको गतिसँग सम्बन्धित छ। धुम्रपान, ढुकढुकी र ब्लड प्रेसरको तुलनामा हिँडाइको गति फरक हुने बताउँदै वैज्ञानिकहरुले यही आधारमा तयार पारिएको प्रश्नपत्रको जवाफमा मृत्युबारे निश्चित गर्नसक्ने बताएका छन्। स्विडेनको अपसला विश्वविद्यालयका एरिक इनगलसनका अनुसार युब्बल वेवसाइटमा ब्रिटेनका सबै नागरिकले प्रश्नको उत्तर दिएर आफूलाई परीक्षण गर्न सक्नेछन्। उक्त वेवसाइटमा पुरुषका लागि १३ र महिलाका लागि ११ प्रश्न राखिएका छन्।

प्रेमीबाट खोसेर सामूहिक बलात्कार

बिपी कोइराला स्वास्थ्थ विज्ञान प्रतिष्ठान परिसरमा सोमबार राति १५ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । सात आठ जनाको समूहमा आएका युवाले प्रेमीसँग रहेकी उनलाई खोसेर बलात्कार गरेका हुन् । प्रतिष्ठान परिसरको पश्चिमतर्फको चौरमा साथीसँग बसिरहेकी धरान १७ की ती किशोरीलाई समूहले नियन्त्रणमा लिएर बलात्कार गरेको धरान प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका युवाहरुको समूहले ती किशोरीको प्रेमीलाई पनि निर्धाट कुटपीट गरेका थिए ।

सिन्धुपाल्चोक केन्द्र भएको अर्को परकम्प

बुधबार दिउँसो १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको ४.३ म्याग्नीच्युडको परकम्प गएको छ। खानी तथा भूगर्व विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बैशाख १२को गोरखा भूकम्पको परकम्प जाने क्रम अझै जारी रहेको छ। पछिल्लो परकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको नवलपुर नजिकै रहेको केन्द्रले जनाएको छ। यसअघि बुधबार बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोकमै केन्द्र भएको ४.१ म्याग्नीच्युडको परकम्प गएको थियो। सोमबार र मंगलबार भने ४ म्याग्नीच्युड माथिको कुनै परकम्प नगएको केन्द्रले जनाएको छ।

यस्तो छ भूकम्प आउनु अघि नैं सूचना दिने यन्त्र

काठमाडौं, २५ जेठ (ओएनएस) : उच्च माध्यामिक शिक्षा परिषदका पूर्व सदस्य सचिव भीमलाल गुरुङलाई भूकम्पको कुनै डर छैन । कारण काठमाडौंको बुद्धनगरस्थित उनको निवासमा भूकम्प आउनु अगाडी नैं सचेत गराउने यन्त्र जडान गरिएको छ । जसले भूकम्प आउनु भन्दा १० सेकेण्ड अगाडी नैं संकेत दिन्छ । गएको बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि उनले उनले घरमा भूकम्प सूचक यन्त्र जोडेका हुन् । ‘भूकम्प आउनु अघि नैं सूचना दिने यन्त्र बनिसकेको छ भन्ने त पहिले नैं थाहा थियो । तर ठक्कर नखाईकन नचेत्ने बानी परेका कारण मैंले पनि यहि जेठ १८ गते भूकम्प सूचक यन्त्र (क्वेक अलार्म) जोडेको हुँ ।’ गुरुङले भने । जिल्ला शिक्षा अधिकारी भएर देशका अधिकाँश भूभाग पुगेका गुरुङले विनाशकारी भूकम्पपछि मात्रै आफ्नो घरमा पूर्वसूचना दिने यन्त्र राख्नु पर्छ भन्ने सम्झिए । भूकम्पपछि जनजीवन सामान्य बन्दै गएपछि उनी पुगे यसको आधिकारिक डिलर इएसटीएस प्राइभेट लिमिटेड धोबिघाट । उनले आफूलाई मात्रै नभएर एकै पटक ७ वटा यन्त्र मगाए र साथीभाई तथा आफन्तकोमा जडान गरिदिए । तर यन्त्रले कस्तो आवाज निकाल्छ उनले सुन्न पाएका छैनन् । ‘मोबाइल आकारको सानो यन्त्र घरको भित्तामा जोडेको छु । भूकम्प आएपछि यसले चराको जस्तै आवाज निकाल्छ भन्छन् ।’ गुरुङले भने, ‘५ रेक्टर स्केलभन्दा माथिको भूकम्प आउँदा मात्रै संकेत गर्छ भन्ने सुनेको हो । तर यो मेसिन जोडेपछि अहिलेसम्म नजिकै केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प आएको छैन ।’ क्वेक अलार्म अर्थक्वेक डिटेक्टर नाम दिइएको यो यन्त्रलाई नेपालमा ललितपुरको धोबिघाटमा रहेको इएसटीएस प्राइभेट लिमिटेडले बजारिकरण गरेको छ । एउटा यनत्रको मुल्य ४ हजार ५ सय रुपैंयाँ पर्ने व्यवस्थापक बिमल ढुङ्गेलले बताए । ४ हजार ५ सय रुपैंयाँमा यन्त्र उपलब्ध गराइए पनि जडान शुल्क तथा व्याट्रिका लाथि थप रकम लाग्ने व्यवस्थापक ढुङ्गेलको भनाइ छ । उनले भने, ‘बिगत एक दशकदेखि हामीले भूकम्प सूचक यन्त्रको बजारिकरण गरिरहेका छौं । कुटनीतिक नियोग, राजदुतसहित त्यसमा कार्यरत विदेशी कर्मचारीको निवास, गैर सरकारी संघ संस्थाको कार्यालय तथा सर्वसाधारणले समेत प्रयोग गरिरहेका छन् ।’ नेपालमा भूकम्प सम्बन्धी पूर्वसूचना दिने यन्त्रको बिक्री वितरण तथा प्रयोग भएको एक दशक नाघिसकेको छ । ‘यस यन्त्रले युएसजएिसद्धारा मान्यता पाएको छ ।’ ढुङ्गेलले भने, ‘बैशाख १२ को भूकम्पपछि गैरसरकारी निकाय, व्यापारिक संस्थान तथा सर्वसाधारणबाट माग बढिरहेको छ । हामीले सोमबारसम्ममा झण्डै ७ सयवटा बिक्री भैसकेका छन् ।’ के हो भूकम्प सूचक यन्त्र ? भूकम्प सूचक यन्त्र मोबाइल आकारको हुन्छ । यसलाई घरको भित्ता वा पिलरमा टाँसेर राखिन्छ । यसमा पेन्डुलम जडान गरिएको हुन्छ जसले भूकम्प आएको संकेत गर्छ । झ्याल ढोकामा भने राख्नु हुँदैन । किनभने झ्यालढोका खोलि रहनुपर्छ र हल्लिएपछि यस यन्त्रले संकेत गरिहाल्छ । यसलाई घरका साथै कार्यालय तथा विद्यालयका कक्षाकोठामा समेत प्रयोग गर्न सकिन्छ । तपाईले आफु सुत्ने कोठामा खाट वा बिस्तरा नजिकै यस यन्त्रलाई राख्न सक्नुहुन्छ । किनभने संकेत पाउने बित्तिकै आफू सुरक्षित स्थानमा जान र परिवारका अरु सदस्यलाई पनि जोगाउन समय पाइन्छ । यस यन्त्रलाई बालबालिकाले सजिलै भेट्ने ठाउँमा पनि राख्नु हुँदैन । यस यन्त्र सञ्चालनका लागि ९ भोल्ट क्षमताको व्याट्रि आवश्यक पर्छ । व्याट्रिलाई यन्त्रको माथिल्लो भागमा जडान गरिन्छ । हरेक महिना यसले कति ठूलो आवाज निकाल्छ परीक्षण गर्नुपर्छ । व्याट्रिको आयु अनुसार २/३ वर्षमा परिवर्तन गरिराख्नु पर्छ । ४ रेक्टर स्केलभन्दा माथिको भूकम्पको मात्रै यसले संकेत गर्छ । ५० माइलभन्दा टाढा केन्द्रबिन्दु बनाएर आएको भूकम्पलाई यस यन्त्रले संकेत गर्दैन । भूकम्पमा २ प्रकारका तरङ्ग निस्कन्छन् । एउटा पी तरङ्ग जसले कम्पन उत्पन्न गराउँछ तर क्षति हुँदैन । अर्को एस तरङ्ग जुन खतरनाक हुन्छ र क्षति गराउँछ । यी दुई तरङ्ग केहि समयको फरकमा मात्रै आउँछन् । पहिलो तरङ्ग पी तरङ्गलाई पहिल्याएर एस तरङ्ग आउनु अघि पूर्वसूचना प्रदान गर्ने यन्त्र हो भूकम्प सूचक यन्त्र (क्वेक अलार्म) । यस यन्त्रले ५० माइल अर्थात झण्डै ८० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएमा झण्डै १० सेकेण्ड अगाडी संकेत गर्छ । त्यस्तै २५ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएमा झण्डै ५ सेकेण्ड अगाडी संकेत गर्छ । त्यस्तै यन्त्रको आसपासमैं केन्द्रबिन्दु बनाएर भूकम्प गएमा तत्काल संकेत गर्छ । भूकम्प आउँदा पहिले शरीरको कुनै एक अङ्गले अनुभुती गर्छ । त्यसले स्नायूप्रणाली मार्फत मस्तिष्कमा खबर गर्छ । मस्तिष्कले अनुभुती गरेपछि त्यसको प्रतिक्रिया शरीरका सबैजसो अङ्गहरुमा पुग्छ । तव मात्रै शरीरले प्रतिक्रिया जनाएर सुरक्षित स्थानमा जाने की, मेच टेबुल वा खाटमुनि लुक्ने हो । भूकम्प आएको थाहा पाउने बित्तिकै मस्तिष्कले सोच्न सक्दैन । तर पूर्वसूचना पाएपछि मस्तिष्कले कसरी सुरक्षित हुने भन्ने विषयमा सोच्न समय लाग्दैन र उ सुरक्षित हुन्छ ।

पुर्ब राजा यस्तो वचन पाएपछि मख्ख ,,केही नेताका लागि ज्यादै महँगो हुने संकेत |

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको दिल्ली बसाई मुलुकको लोकतन्त्रका र केही नेताका लागि ज्यादै महँगो हुने संकेत देखिएको छ । राजसंख्या पुनबर्हालीको मिसन बोकेर दुई महिनाअघि भारतको राजधानी दिल्ली गएका पूर्वराजा शाह यदाकदा मात्रै स्वदेश आउने गरेका छन् । अरु बेला मिडिया देखेपछि बोलिहाल्ने पूर्वराजा शाह मुलुक यति ठूलो विपत्तिमा परेको अवस्थामा समेत मौन र गुमनाम देखिनुलाई पनि रहस्यमय मानिएको छ । साधै नेपालको राजसंस्थालाई गालि गरेर आफुनो अक्षमताको ढाकछोप गर्ने दलहरुले मुलुकमा आई परेको यो विपत्तिमा जनताप्रति देखाएको उदासीनताले पनि पूर्व राजा ज्ञानेन्द्रलाई विकल्प खोज्न सहज बनाएको हो । समाचार स्रोतका अनुसार भुटानी मोडलमा बस्न मञ्जुर रहे पुनर्बहालीका लागि मद्दत गर्ने बचत भारतीय शक्तिकेन्द्रले दिएपछि निराश हुँदै उनी स्वदेश फर्किएका थिए । यसका लागि कस्मिरका पूर्वराजकुमार एवं कांग्रेस आईका वरिष्ठ नेता करण सिंहले मध्यस्थता गरेका थिए । तर किशोरबहादुर सिंह, प्रभाकरशमशेर राणालगायतसँग यस बारेमा करण सिंहले दोहो¥याएर कुरा गरेपछि भुटानी मोडलमा जान पूर्वराजा शाह लचक भएको समाचार स्रोतले जनाएको छ । रक्षा र परराष्ट्र मामिला भारतको रहने गरी भुटानी राजसंस्थाले आफूलाई जोगाएको छ । पञ्चायती व्यवस्थाको अन्तिम समयमा तत्कालिन राजा वीरेन्द्रसँग भारतले यही मोडेलको प्रस्ताव राखेको तर उनले अस्वीकार गरेका कारण पञ्चायती व्यवस्था समाप्त भएको दरबारियाहरु बताउने गर्दछन् । त्यसैगरी २०५२/०६३ को जनआन्दोलनको पूर्वसन्ध्यामा पनि भारतले यही प्रस्ताव राखेका तर तत्कालिन राजा ज्ञानेन्द्रले स्वीकार नगरेको दाबी दरबारियाहरुको छ । भुटानी मोडलमा जान भारतले राखेको प्रस्ताव स्वीकार नगरेकै कारण पूर्वराजा शाह र छोरा पारसबीचको सम्बन्ध बिग्रेको बताइन्छ । पहिलेदेखि नै पारस भुटानी मोडेलको पक्षमा रहेको दरबार निकट स्रोतको दाबी छ । तर हिमानी र पारसबीच के कारणले सम्बन्ध बिग्रियो भन्ने कुरा भने अझै रहस्यमै छ । भारतीय चेली हिमानी किशोरबहादुर सिंहकी भान्जी हुन् । यतिबेला भुटानी मोडलमा जाने भारतीय शक्तिकेन्द्रहरुको प्रस्तावप्रति पूर्वराजा शाहलाई लचक बनाउन किशोरबहादुरले नै भूमिका खेलेको समाचार स्रोतले जनाएको छ । यता मुलुकमा निराशा बढ्दै जानु, उता विकल्पको अभ्यास हुनुले केही हुने संकेत दिएको छ । आजको तरुण साप्ताहिकमा खबर छ । सोत् न्युज अभियान

बिरेन्द्र बंशनासको सत्यता । पहिलो पटक एक सैनिकले भने 'दिपेन्द्रलाई मारेपछि पारसले अस्पताल लैजाउँ भने'

अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, ‘दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।’ हरेक महिनाको अन्तिम शुक्रबार ‘गुड फ्राइडे’ मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो । दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । ‘दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले’ गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो ‘प्रत्यक्षदर्शी’ हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । ‘भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,’ लम्तेरीले भने, ‘केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।’ लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । ‘मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।’ लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । ‘दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,’ उनले भने । वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । ‘मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,’ उनले भने, ‘वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।’ गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । ‘ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,’ लम्तेरीले भने, ‘पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।’ खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । ‘घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,’ लम्तेरीले भने, ‘हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।’ आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि ‘त्यतिसम्मको दुस्साहस’ गरेको उनले बताए । तर ‘कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको’ उनले बताए । ‘पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।
आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, ‘म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।’ उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । ‘गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,’ उनले भने । उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । ‘तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,’ उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । ‘ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।’ पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए । दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । ‘म निर्दोष छु,’ उनले भने, ‘मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।’ उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । ‘लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।’ नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए । लम्तेरीको बयान
म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ । म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । ‘रोयल फेमिली’सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो । दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने । जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर ‘गुड प|mाइडे’ मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’ कार्यक्रम आउँथ्यो । अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो । दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें । गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ । अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए । सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन । मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्‍यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्‍यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं । हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् । बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो । मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो । एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो । दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो । २ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ । मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो । र, म जेल परें । म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ । तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन । यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ । पर्शुराम काफ्ले/नयाँ पत्रिका

सेनाले रुसबाट ल्यायो २ वटा एमआई-17 हेलिकोप्टर

२६ जेठ, काठमाडौं । नेपाली सेनाले रुसबाट खरिद गरेको २ वटा एमआई सेभेन्टिन हेलिकोप्टर मंगलबार काठमाडौं आइपुगेका छन् ।
०७० कार्तिक १४ गते मन्त्रिपरिषदको निर्णयले नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाको लागि २ वटा हेलिकप्टर खरिद गर्न अनुमति दिएको थियो । त्यसलगत्तै नेपाली सेनालाई आवश्यक उक्त प्रकृतिको हेलिकप्टर रुसमा मात्र उत्पादन हुने भएकाले नेपालस्थित रुसी राजदुतावास मार्फत खरिद प्रक्रिया अगाडि बढाइएको थियो । नेपाली सेनाले रुसको सरकारी स्वामित्वमा रहेको उक्त हेलिकप्टर आपूर्ति गर्ने अधिकार प्राप्त एकमात्र कम्पनी ज्वाइन्ट स्टक कम्पनिसँग ०७० पुस ४ गते खरिद सम्झौता गरेको थियो । एमआई सेभेन्टिन हेलिकोप्टर विकट भौगोलिक अवस्था र प्रतिकूल मौसममा समेत उडान गर्न सक्ने तथा बढी भार वहन क्षमताका हुन्छन् । रुसबाट खरिद गरिएका यी दुई हेलिकप्टरले ०६३ सालदेखि अवरुद्ध महत्वपूर्ण सैनिक सामग्रीको आपूर्तिले निरन्तरता पाउने सेनाले जनाएको छ । साथै नेपाली सेनाको हवाई क्षमता अभिबृद्धि हुने र कुनै पनि प्राकृतिक विपदमा खोज, उद्धार तथा राहत पुर्‍याउने कार्यमा समेत प्रयोग गरी बढी जनधनको क्षतिबाट जोगाउन सकिने सेनाले विश्वास लिएको छ ।

विश्व बैंकद्वारा ७६ करोड सहयोग

२६ जेठ, काठमाडौँ । विश्व बैंक सडक सुरक्षा सहयोग परियोजन कार्यान्वयनका लागि ७६ करोड ३८ लाख रूपैयाँ अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र विश्व बैंकका देशीय निर्देशक ताकुया कामाताले उक्त सम्भौतामा हस्ताक्षर गरे । यातायातसँग सम्बन्धित ऐन तथा नियम तयार गर्नेे लक्ष्य लिइएको उक्त परियोजनाको नेपाल सडक सुरक्षा परिषद् तथा सचिवालयबाट सञ्चालन हुनेछ । उक्त परियोेजनाको कार्यान्वयन भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले कार्यान्वनमा ल्याउने छ । परियोजना कार्यान्वयनपछि मध्यमाञ्चल तथा पश्चिमाञ्चलका ७० हजार मिटर सडक छेउमा बार बनाइने छ । रासस

Tuesday, June 9, 2015

बाणिज्य बैंकमा १ सय ९५ जनालार्इ स्थायी जागिर खुल्यो

२६ जेठ, काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले १ सय ९५ जना स्थायी कर्मचारी माग गरेको छ । तीन तहदेखि आठसम्मका लागि बैंकले राजधानी र मोफसलमा कर्मचारी माग गरेको हो । सम्बन्धित पदका लागि जुन ठाउँका लागि कर्मचारी माग गरिएको हो, त्यहीँ ठाउँमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ । सम्बन्धित क्षेत्रको क्षेत्रीय कार्यालयबाट अावेदन फर्म लिन सकिने छ । लिखीत परीक्षा र अन्तर्वार्ताबाट उमेद्वारको छनौट गरिने छ । लोक सेवा अायोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले कसैको भनसुनमा बैंकको जागरिमा नपाइने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा बताउँछन् । सबै अावेदकलार्इ खरो प्रतिस्पर्धामा उत्रिन सक्नेगरी पढ्न शर्माको अाग्रह छ ।बैंकले मंगलबार एक सूचना प्रकाशित गरी सूचना प्रविधि समूहका लागि आठ तहको एक प्रबन्धक, सात तहका लागि प्रशासनतर्फ लेखा समूहका लागि पाँच जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । त्यसैगरी, प्रशासनतर्फ ६ तहमा ७५ र विराटनगर तथा भद्रपुरमा १२ जना, वीरगञ्जमा आठ जना, काठमाडौंमा ३५ जना, पोखरामा १० र नेपालगञ्जमा १० जना कर्मचारी माग गरिएको हो । बैंकले अावेदन मागेको जागिरमा प्रतिस्पर्धा गर्न अावेदकहरूले व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण भएको हुनु पर्छ । त्यसैगरी, बैंकले प्रशासन सेवातर्फ पाँच तहका लागि विराटनगर तथा भद्रपुरका लागि आठ जना, वीरगञ्जमा सात जना, पोखरामा आठ जना र नेपालगञ्जमा आठ जना गरी ३१ जना को माग गरेको छ । स्नातक उत्तिर्णले अावेदकले यी पदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै, बैंकले सुचन प्रविधितर्फ तह पाँचका लागि १० जना कर्मचारी माग गरेको छ । तह तीनका लागि प्रशासनतर्फ ७३ जना कर्मचारी माग गरिएको छ । यसका लागि प्रमाणपत्र तह उत्तिर्ण हुनु पर्ने छ । निकट भविष्यमै राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि चुक्ता पुँजीको २५ प्रतिशत सेयर जारी गर्ने भएको छ ।

सडकका इञ्जिनियर १ लाख २० हजार घुससहित पक्राउ

२६ जेठ, नुवाकोट । डिभिजन सडक कार्यालय नुवाकोटका ईञ्जिनियर लालसिंह ऐरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख २० हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले कार्यालय परिसरबाटै ऐरीलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो । सडकको निर्माणपछि प्राविधिक फर्छ्यौट स्वीकृत गर्नको लागि सेवाग्राहीसंग ऐरीले एक लाख २५ हजार रुपैयाँ मागेकोमा एक लाख २० हजार रुपैयाँमा सहमती भएर रकम बुझेका थिए । सेवाग्राहीसंग उनले डिभिजन सडक कार्यालयको बा १ झ ५८ नम्बरको गाडी भित्र बसेर रकम लिएको केही समयमा नै अख्तियारका प्रहरी नायव उपरीक्षक खेमबहादुर केसी सहितको टोलीले नियन्त्रणमा लिएको हो । ईञ्जिनियर ऐरीलाई अनुसन्धान र आवश्यक कारबाहीको लागि अख्तियारको टोलीले काठमाडौं लगेको छ । कार्यालयमा लामो समयसम्म अनुपस्थित हुने, सेवाग्राही प्रति वफादार नभएको, गुणस्तरहीन सडक निर्माणको पनि प्राविधिक पक्षलाई स्वीकृत दिने गरेको आरोपमा ऐरी विवादित छन् ।

भूकम्पबाट उदयपुरका १२ हजार घरमा क्षति

२७ जेठ, उदयपुर ।जिल्ला प्रशासन कार्यालय उदयपुरले भूकम्पले पुर्‍याएको क्षतिको अन्तिम विवरण सार्वजनिक गरेको छ । जिल्लाका ४० गाविस र तीन वटा नगरपालिकामा भूकम्पबाट १२ हजार एक सय ४० घरमा क्षति पुर्‍याएको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिए । ती घरमध्ये ९५ घर र ५५ विद्यालय तथा सरकारी कार्यालय पूर्णरुपमा क्षति भएका छन् । यस्तै, चार सय ९८ घर तथा सरकारी कार्यालयमा मध्यम क्षति र अन्यमा आंशिक क्षति पुगेको प्रजिअ घिमिरेले बताए । यस्तै, भूकम्पबाट यस जिल्लामा एक जनाको मृत्यु भयो भने अन्य ४० जना घाइते भए । अहिलेसम्म जिल्लाभर झन्डै २७ लाख नगद राहतस्वरुप वितरण गरिएको छ । जिल्लामा भूकम्पबाट पूर्ण पीडित बनेकामध्ये एक सय चार घर परिवारलाई पूर्ण राहत र दुर्इ सय ५४ घरपरिवारलाई आंशिक राहत वितरण गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै, राहतस्वरुप एक सय ८७ बोरा चामल,दुर्इ सय ७६ वटा त्रिपाल एक सय ८६ वटा कम्बललगायत च्युरा, भुजिया, तेल तथा चाउचाउ वितरण भएको छ । भूकम्पबाट पूर्ण पीडित बनेकालाई पाँच हजार नगद र त्रिपाल तथा चामललगायतका सामग्री वितरण गरिएको थियो भने मध्यम क्षति भएकालाई तीन हजार नगद र त्रिपाल वितरण गरिएको थियो । जिल्लामा राहत वितरण कार्य सम्पन्न भएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

मोदी असार १० गते काठमाडौं आउलान् ? (दाता सम्मेलनमा चीनलाई प्रेसर)

२७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले फेरि एकपटक चर्चा पाउने भएको छ । नेपाल सरकारले आगामी असार १० गते मोदीलाई काठमाडौं निम्त्याउन लागेको छ । भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिन बुधबार अर्थमन्त्री डा. रामशरण महतको दिल्ली भ्रमण तय भएको छ । मन्त्री महतले मोदी काठमाडौं आउने-नआउने टुंगो लगाएर फर्कनेछन् । भूकम्प पीडितलाई सहयोग जुटाउने उद्देश्यले नेपालले आयोजना गर्न लागेको दाता सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीलाई अतिथिका रुपमा निम्त्याउन लागिएको हो । सम्मेलनमा विभिन्न ६५ वटा दातृ निकाय र मित्रराष्ट्रहरुको सहभागिता रहने नेपाल सरकारले जनाएको छ । नेपालमा भूकम्प जानासाथ भारतीय प्रधानमन्त्री मोदीले सहयोगका लागि तदरुकता देखाएका थिए । आगामी असार १० मा भूकम्प पीडितकै लागि सम्मेलन गर्न लागिएकाले मोदीले नेपालको निम्तो स्वीकार्ने अनुमान नेपाल सरकारको छ । तेस्रोपटक काठमाडौं आउन पाउन मोदीका लागि अवसरसमेत हुनेछ । नेपाल भारतवीचको सम्बन्धलाई न्यानो बनाउने अवसरका रुपमा मोदीले यसलाई उपयोग गर्ने धेरैको अनुमान छ । यसैवीच सार्क सम्मेलनका बेला अधुरो रहेको मोदीको जनकपुर र लुम्बिनी भ्रमण पनि यसपालि पूरा हुने सम्भावना छ । चीनलाई दबाव नेपालमा हुने दाता सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आतिथ्य ग्रहण गर्ने अवस्था आएमा यसबाट अर्को छिमेकी चीनलाई समेत नैतिक दबाव पर्नेछ । नेपालका लागि भने भारत र चीन दुबै देशका सरकार प्रमुखहरु दाता सम्मेलनमा आएको अवस्थामा विश्वको ध्यान तान्न सहयोग पुग्नेछ । भौगोलिक एवं राजनीतिक सन्तुलनको हिसाबले पनि नेपालले दुबै देशलाई महत्व दिनु जरुरी देखिन्छ । नेपाल सरकारले भारतजस्तै चीनलाई पनि दाता सम्मेलनमा उच्चस्तरीय सहभागिताका लागि निम्त्याइने बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला दुबै देशका सरकार प्रमुखले नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने बचनवद्धतासमेत जनाइसकेको अवस्था छ । बाहना मोदीलाई निम्तो, काम अर्कै अर्थमन्त्री डा. रामशरण महतको टोलीले भारतको तीन दिने भ्रमणका क्रममा भारतीय वित्तमन्त्री अरुण जेट्लीसँग केही आर्थिक मुद्दाहरुमा छलफल गर्ने अर्थ मन्त्रालयले बताएको छ । मन्त्री महतको यो भ्रमण मोदीलाई निम्तो दिनका लागि भनिए पनि भारतीय वित्तमन्त्री जेट्लीको निम्तोमा उनी दुई सरकारी अधिकारीलाई लिएर दिल्ली गएका हुन् । यसअघि भारतीramsaran mahatय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको सहायता रकमको कार्यान्यनबारे मन्त्री महतले भारतीय अर्थमन्त्री जेट्लीसँग छलफल गर्ने बताइएको छ । त्यसैगरी भारतमा नेपालीहरुको बैंक खाता सञ्चालनबारेमा छलफल हुने छ । भारु ५ सय र एक हजारका नोटसम्वन्धी विषय, भारतमा नेपाली उत्पादनहरुले ब्योहोर्दै आएको ‘काउन्टरभेलिङ ड्युटी’का साथै नेपालमा भारतको लगानी तथा दुईपक्षीय व्यापार विस्तारका बारेमा छलफल हुन अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । डा. महतले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने छन् । काठमाडौंमा हुने सहायता सम्मेलनमा भारतका अन्य मन्त्रीहरुलाई पनि निमन्त्रणा गरिने छ । अर्थमन्त्री डा महतको भारत भ्रमणमा टोलीमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे सहभागी छन् । मन्त्रीको टोली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

Sunday, June 7, 2015

एउटा ज्यानमारा घरको कथा


काठमाडौं । सोभाभगवती पुलनजिकै भत्किएको एक घर, जुन घरले वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा २८ जना मानिसको ज्यान लिएको छ । भूकम्पको पहिलो धक्कामै भत्किएको ज्यानमारा घरको भग्नावशेषभित्र अहिले पनि २८ जनाको आत्मा रोइरहेको छ । डल्लुका सुगतानन्द शाक्यले २०५० सालमा उक्त घर बनाएका थिए । साँढे ५ तल्ले घरका प्रत्येक फ्ल्याटमा ८ वटा कोठा थिए र ती सबै कोठाहरु भाडामा लगाइएका थिए । घरको पहिलो तल्लामा फेन्सी, हार्डवयर लगायतका पसल थिए भने तेस्रो तलामा एउटा जिम हल थियो । डेरामा बस्नकै लागि २८ वटा भाडामा लगाइएको थियो । तर वैशाख १२ गते आएको पहिलो भूकम्पको धक्कामै उक्त घर धूमिल भयो र २८ जनाले त्यही घरमा पुरिएर ज्यान गुमाए । विष्णुमति खोलाको किनारमा निर्माण गरिएको घरको नक्शापाससमेत गरिएको थिएन । किनभने यो घर विष्णुमति करिडोरभित्र परेको थियो र त्यहाँ घर बनाउन प्रतिबन्ध थियो । शोभाभगवती पुलछेउ सुगतानन्द शाक्यको नाममा २ रोपनी १३ आना जग्गा थियो । त्यसमध्ये आफू बस्नका लागि उनले एउटा सानो छुट्टै घर निर्माण गरेर परिवारसँग बसिरहेका थिए । त्योबाहेक अर्को एउटा घरअहिले पनि भाडामै दिइरहेका छन् भने भत्किएको घर पनि उनले भाडा खाने उद्धेश्यले निर्माण गरेका थिए । भत्किएको घरसँगै सरकारी जग्गा अतिक्रमण गरेर सुगतानन्दले अरु ४ वटा जस्ताका टहरासमेत निर्माण गरेका थिए र ती सबै भाडामा दिइएका थिए । पछि घरजग्गा कर लगायत अन्य विषयमा समस्या परेपछि २०६१ सालमा उनले ती जग्गामध्ये कित्ताकाट गरेर केही श्रीमती रेणुकादेवी शाक्य, केही छोरा समन्त शाक्य र केही आफ्नो नाममै राखे । र जुन घर भत्कियो, त्यसको रेखदेख सुगतानन्दका छोरा समन्तले गर्दै आएका थिए । तर वैशाख १२ गेको भूकम्पले घर भत्काएर यही घरमा २८ जनाले ज्यान गुमाएपछि यसघरका केही रहस्याहरु सार्वजनिक भएका छन् । काठमाडौं महानगरपालिका कार्यालयमा रहेको तथ्याङ्मा यस घरको नक्शा पास नै छैन । घरधनी स्वयं स्वीकार गर्छन् कि घरको नक्शापास गरिएको छैन । तर नक्शापास नगरीकनै पनि २० औं वर्षसम्म यसरी उनीहरुले भाडा खाइरहेका थिए । त्यतिमात्रै होइन, उनीहरुले विष्णुमति करिडोरभित्र परेको जग्गामा घरमात्रै बनाएका थिएनन्, सरकारी स्वामित्वको जग्गासमेत मिचेका थिए । तरपनि महानगरपालिकाले कर भने लिइरहेको थियो र उनीहरु त्यही कर तिरेको कागज देखाएर जबर्जस्ती त्यस घर भाडामा लगाइरहेका थिए । हाल महानगरपालिकाभित्र घर बनाउँदा अनिवार्यरुपमा नक्शा पास गरेर मात्रै घर बनाउन पाइन्छ । महानगरले सामान्यतः साँढे २ तलाको मात्रै घरको स्वीकृति दिने गरिएको छ । तर बिना स्वीकृति सरकारी जग्गा मिचेर घर बनाउँदा पनि महानगरपालिका भने मुकदर्शक बनेर हेरिरह्यो र अहिले यो पीडा भोग्नुप¥यो । उनले बिना स्वीकृति साँढे ५ तल्लाको घरमात्रै बनाएनन्, घरमा प्रयोग गरिएको निर्माण सामग्री पनि अत्यन्तै कमजोर प्रयोग गरे । घरमा प्रयोग गरिएको रड हेर्दा पनि त्यो स्पष्ट हुन्छ कि यो घर कत्तिको बलियो थियो भनेर । पहिलेखोला बग्ने बालुवाको थुप्रोमाथि ठड्याइएको यो घर ज्यादै कमजोर थियो भन्ने कुरा निर्माण सामग्री र घर भत्कंदा देखिएको बालुवाले पनि स्पष्ट पारेको छ । घर किन र कसरी ठडियो भन्ने विषयमा जानकारी माग्दा काठमाडौं महानगरपालिका वडा नम्बर १५ का प्रशासकीय प्रमुख पनि अनभिज्ञता प्रकट गर्छन् । उनी भन्छन्, घरकसरी बन्यो थाहा भएन तर भत्काउन खोज्दा सकिएन । तत्कालीन अवस्थामा स्थानीय राजनीतिक दलको संरक्षणमा सुगतानन्दले उक्त घर बनाएका थिए । पछि महानगरपालिकाले धेरैपटक भत्काउन खोजेपनि स्थानीय राजनीतिक दल गुण्डा लगाएपछि महानगरपालिकाका कर्मचारी घर भत्काउन नसकी फर्कन बाध्य भएका थिए । यता महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेल समयमै उक्त घर भत्काउन नसक्नु महानगरको कमजोरी भएको स्वीकार गर्छन् । समयमै उक्त घर भत्काउन सकिएको भए अहिले क्षति बेहोर्नु पर्ने थिएन भन्दै त्यसमा महानगरको कमजोरी भएको महानगरको स्वीकारोक्ति छ । यता मृतकका परिवार पनि यतिबेला आक्रोशित बनेका छन् । उक्त घर बलियो थिएन भन्ने ढलेपछि मात्रै थाहा भएको भन्दै त्यस्तो घर बनाउने र बन्न दिनेलाई कारवाही गर्नुपर्ने मृतकका परिवारको माग छ । आफ्ना ७ जना नातेदार गुमाएकी उर्मिला थापा भन्छिन्, दोषी सबैलाई कारवाही गरिनुपर्छ । खोला किनारमा बालुवामाथि कमजोर घर बनाएकाले आफुले आफन्त गुमाउनुपरेको भन्दै अब आफूहरुले घरधनीबाट क्षतिपूर्ति भराउन पीडित परिवारले माग गरेका छन् । यता पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि त्यस्ता घर बनाउने दोषीलाई कारवाही गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउनुपर्ने बताएका छन् । यसरी सरकारी जग्गा मिचेर भाडा खानकै लाचगि बनाइएको कमजोर घरले २८ जनाको ज्यान लिएको छ । सामान्य मापदण्ड पनि पूरा नगरी बनाइएका यस्ता धेरै घरमा परेर हजारौंले ज्यान गुमाएका छन् ।यसमा पहिलो दोषी घरधनी स्वयं भएपनि महानगरपालिका दोषबाट मुक्त छैन। यसर्थ यस्ता संरचना निर्माण गर्ने सबैलाई कारवाही गर्दै यस्ता घरमा परेका मृतक परिवारलाई घरधनीबाटै क्षतिपूर्त भराउनु जरुरी छ ।

विपत्तिका बेला किन विदेशिँदै छन् युवा ?

काठमाडौं । देश महाविपत्तिमा छट्पटाईराहेका बेला ‘मुलुक समृद्धिका संवाहक’ युवाहरु भने स्वदेशमा संभावना नदेखेर रोजगारीका लागि विदेश गइरहेका छन् । जबकी, भूकम्पका कारण क्षतीग्रस्त यहाँका भौतिक संरचना पुनर्निमाण र नवनिर्माणका लागि स्वदेशमै जनशक्तिको व्यापक खाँचो छ । तर पनि देश र देशको नेतृत्वप्रति युवाजगत निराश छ । किनकि, युवाशक्तिलाई स्वदेशमै परिचालन गर्ने ठोस नीति नै छैन, राज्यसँग । उल्टो– युवालाई रोजगारीका लागि विदेश खेद्न सकृय छ, र प्राप्त रेमिटेन्समा नै मख्ख छ, सरकार । यो देशमा सबैभन्दा ठूलो समूह युवाकै छ । उनीहरुसँग सीप छ, काम गर्न सक्ने क्षमता र योग्यता पनि छ । तर, स्वदेशमा काम गर्ने वातावरण नै नभएको देखेपछि उनीहरुले विकल्पका रुपमा विदेशलाई रोजेका छन् । विश्वका धेरै वटा देशमा नेपाली युवाले पसिना पोखेका छन्, र ती देशहरुलाई सुन्दर र समृद्ध बनाएका छन् । तर, उनीहरु आफ्नै देशमा कुनै संभावना देख्दैनन् । अहिले मुलुक भूकम्पकाकारण जटिल अवस्थामा गुज्रिरहेका बेलामा त झनै देशका लागि युवाशक्तिको खाँचो छ । तर पनि युवालाई स्वदेशमै राख्ने कुनै पनि नीति छैन, सरकारसँग । युवामन्त्री पुरुषोत्तम पौडेलन नै भन्छन्, यस्तो अवस्थामा जसरी युवाहरु रोजगारीका लागि विदेश गइरहेका छन्, यो निकै दुखद दृश्य हो । उनीहरुलाई स्वदेशमै राख्न हामीले केही गर्न सकेनौं । विपद्का बेला युवालाई स्वदेशमै राख्न आफूहरुले युवापरिचालन कार्यविधि बनाए पनि मन्त्रिपरिषद्बाट पास हुन अल्याङटल्याङ भएकाले अप्ठेरो परेको वताउँछन्, युवामन्त्रि पौडेल । युवालाई महाविपत्तिका बेला स्वयमसेवकका रुपमा परिचालन गर्ने भनेर युवा मन्त्रालयले भनेपनि त्यो खासै प्रभावकारी हुन नसकेको सत्यलाई युवा मन्त्री पौडेल स्विकार गर्छन् । युवाशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न आफूहरु लागि परिरहेको भन्दै अहिले देशमा पुनर्निमाण र नव निर्माण गर्ने बेला आएकाले कुनै पनि युवालाई निराश भएर विदेश पलायन नहुन आग्रह गर्छन्, मन्त्री पौडेल । भूकम्पअघि दैनिक १५ सयभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेश जाने गरेकामा अहिले दैनिक करिब १ हजारको दरमा गइरहेका छन् । र, रोजगारीका लागि विदेश जाने युवाको संख्या बढ्दो क्रममा छ । कतिपय देशले अहिले नेपाली युवालाई निशुल्क उनीहरुको देशमा आउँन आग्रह गरिरहेका छन् । नेपाली युवाहरु पनि यसप्रति आकर्षित छन् । स्देशमै युवाको बढी खाँचो भएका बेला विभिन्न देशले निशुल्क विदेश लैजाने कुरालाई सकारात्मक र नकारात्मक दुवै नजरबाट हेर्नु पर्ने वताउँछन्, श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता, बुद्धिबहादुर खड्का । अहिले देश भूकम्काकारण महाविपत्तिमा छ । भूकम्पले भत्काएका धेरै भौतिक संरचनाहरुको पुनर्निर्माण गर्नु छ । जसका लागि स्वदेशमै युवाशक्तिको खाँचो छ । मुलुक समृद्धिका संवाहक युवालाई विदेश पठाएर होइन, स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नेतर्फ राज्यको ध्यान आकर्षण हुनु पर्दछ । तब मात्रै, बन्नेछ भूकम्पपछिको नयाँ नेपाल, सुन्दर नेपाल, समृद्ध नेपाल ।

बिग्रियो ज्याकिलन र सलमानको सम्बन्ध, ज्याकलिन ‘किक २’ बाट आउट

बलिउडमा सलमान खानलाई मुडी स्वभावका नायकको रुपमा चिनिन्छ । जब, उनी कसैलाई साथ दिन्छन् त पूर्ण रुपमा निभाउँछन् । तर, जब सलमानको कसैसँग सम्बन्ध बिग्रन्छ त, पूर्ण रुपमा नै ध्वस्त हुन्छ । चलचित्र ‘किक’को प्रदर्शनको समयमा सलमान र श्रीलंकाकी सुन्दरी ज्याकलिन फर्नान्डेजको निकटता खुबै देखियो । सलमान र ज्याकलिन गुपचुप रुपमा प्रेममा छन् भन्नेहरु पनि भेटिए । तर, यो सम्बन्ध लामो समय टिकेन । अहिले ज्याकलिन र सलमानको सम्बन्ध बिग्रिएको छ । यसको उदाहरण सलमान खान जब ‘हिट एन्ड रन केस’को फैसलामा अडि्कएका थिए, त्यतीबेला नै देखिएको थियो । सिंगो बलिउडले सलमानलाई साथ दिदा ज्याकलिन हराइन् । अब, उनै ज्याकलिनलाई सलमानले चलचित्र ‘किक’को सिक्वेलबाट किक आउट नै गरेका छन् । प्रेम सम्बन्धको चर्चा चलेपछि ज्याकलिनले सलमानसँग सम्बन्ध टाढा बनाएकी थिइन् । अहिले उनी यसैको नजिता भोगिरहेकी छिन् । दुबइमा आयोजना भएको एक अवार्ड समारोहमा यो कुराको पुष्टी गर्दै सलमानले भने-‘हो म साजिदसँग फेरि काम गर्दैछु । तर, यो पटक ‘किक’को सिक्वेलमा ज्याकलिन नभएर कुनै नयाँ नायिकालाई अवसर दिइनेछ ।’ सलमानले निर्माण गरिरहेको चलचित्र ‘हिरो’मा पनि ज्याकलिनले एक आइटम गीतमा नृत्य गर्ने भन्दै तयारी सुरु गरिएको थियो । तर, पछि चलचित्रको समय लामो भएको भन्दै उक्त आइटम गीत नै चलचित्रबाट हटाइएको थियो ।

करिना कपुरले गरेका १० गल्ती, जुन गल्तीले अहिले बेरोजकारी नै हुन थालेकी छिन् उनी.....

एजेन्सी । “यस्तो कुनै पनि अभिनेत्री छैन होला जसले मैले जति फिल्म छोडेको होस् । मैले आफ्नो करिअरमा थुप्रै फिल्म अरु हिरोइनलाई छोडेकी छु । मलाई लाग्छ म पागल हो ……म कुनै फिल्म गर्न चाहिन भने म गर्दिन बरु म घरमै बस्छु, पार्टी गर्छु वा अरु नै गरेर विताउँछु ।” यो भनाइ हो बलिउड अभिनेत्री करिना कपुरको । अहिले बेरोजगार हुन थालेकी कुनै बेलाकी सुपरस्टार करिना कपुरले करिअरका क्रममा गरेका १० गल्ती कुन् कुन् ? १ फिल्म ‘कहो ना प्यार है’ मा करिना कपुरलाई साइन गरिएको थियो । तर करिनाले शुटिङ गर्न शुरु गरेपछि छोडेको रोल अमीषाले पाइन् । जुन पछि सुपरहिट बन्न पुग्यो । २ सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’मा करिनालाई अफर आएको थियो तर करिनासँग कुरा नमिलेपछि ऐश्वर्या यो फिल्मबाट चम्किने मौका पाइन् । ३ टाइम म्यागजिनमा १० वर्ष सम्म १० उत्कृष्ठ फिल्म बनिरहेको ‘ब्ल्याक’ र २ नेशनल अवार्ड जित्ते फिल्म पनि करिनाले अस्वीकार गरिन् र पछुताइन् । ४ सञ्जय लीलाभन्सालीले आफ्नो सुपरहिट फिल्म ‘राम लीला’ मा पनि करिनालाई लिड रोल अफर गरेका थिए । तर करिनाले यो रोल मन नपरेको भन्दै अस्वीकार गरिन् तर त्यही फिल्ममा दिपीका र रणबीरले धमाका गरे । ५ गत वर्ष थुप्रै अवार्ड पाएको ‘क्वीन’ मा पनि करिनालाई अफर आउको थियो । करिनाले अस्वीकार गरेपछि कङ्गनालाई प्राप्त यही फिल्मबाट उनले बेष्ट एक्ट्रेस अवार्ड जितिन् । ६ फिल्म ‘कल हो ना हो’ मा नैनाको रोल अफर पाउँदा करिनाले अस्वीकार गरिन् । यही फिल्मले प्रिती जिन्टालाई सुपरहिट बनायो । ७ फिल्म ‘दिल धडकने दो’ मा करिना कपुरले महत्पूर्ण रोलमा अफर पाउँदा करिनाले अस्वीकार गरिन् । उनले आफू यस्तो फिल्म नखेल्ने बरु लामो जिन्दगीमा अरु नै काम गर्ने भनेर अस्वीकार गरेको फिल्म पनि ब्लकबस्टरमा राम्रै गर्ने देखिएको छ । ८ मधु भण्डारकरको फिल्म ‘फ्याशन’ मा करिनाले अस्वीकार गरेको रोलमा प्रियंका चोपडा भने सुपरस्टार बनिन् । ९ करिनाले प्रेस ट्रष्ट अफ इण्डियासँगको अन्तर्वार्तामा आफूले फिल्म ‘शुद्धी’ छोडेर कुनै गल्ती गरेको जस्तो नलागेको बताएकी थिइन् । तर पछि त्यही शुद्धीले उनलाई पछुताउन पार्‍यो । १० शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’ मा लिड रोल पाएर अस्वीकार गरेकी करिनालाई पछुतो मात्र भयो ।

जहाँ पानी ओसार्नकै लागि भित्राइन्छ धेरै श्रीमती

मानिसले दुखसुख सँगै बिताउने र सांसारिक चक्र धान्नका लागि बिहे गर्छन् । कतिपय समाजमा पुरुषका लागि एक भन्दा बढि श्रीमती भित्राउने छुट छ, धार्मिक वा सांस्कृतिक रुपमै । तर भारतको एउटा यस्तो गाउँ छ जहाँ पानीका कारण पुरुषहरु बहुपत्नी भित्राउन बाध्य छन् । भारतको महाराष्ट्रस्थित डेंगाँमाल गाउँ सायद दुनियामै एकमात्र यस्तो गाउँ हो जहाँ परिवारलाई पानी खुवाउनका लागि पुरुषहरुले धेरै श्रीमती भित्राउँछन् । गाउँको नजिक पानीको कुनै श्रोत नभएको र पहाडको फेँदीमा रहेका दुइवटा कुवाबाट पानी भरेर ल्याउनु पर्ने बाध्यता छ त्यो गाउँमा । निकै टाढाको कुवामा पुग्न पनि लामो समय लाग्ने र कुवामा पानी भर्ने पालो कुर्दा समेत धेरै नै समय बित्ने भएको हुँदा एक जनाले दिनमा एक दुइ गाग्रो भन्दा बढि पानी ल्याउन सम्भव हुँदैन । एक दुइ गाग्रो मात्र पानीले परिवारको घाँटी भिजाउन पनि सकिने अवस्था रहँदैन । त्यसैले पुरुषहरु धेरै महिलासँग बिहे गर्दछन् ता की उनीहरुले धेरै पानी ओसार्न सकुन् र घरमा पर्याप्त पानी होस् । मुम्बइ भन्दा ५० माइल टाढा पर्ने यो गाउँका स्थानीय साखराम भगत लगायतका थुप्रै पुरुषहरु ‘पानी श्रीमती’ का धनी छन् । ६६ वर्षे साखरामका ३ श्रीमती छन्, साख्री, टुकी र भागी । उनीहरु तिनैजना दैनिक रुपमा पानी भर्न कुवामा जान्छन् र टाउकोमा सकेजति संख्यामा स्टिलका गाग्रो खप्टाएर पानी ओसार्छन् । साखरामले ३ वटी श्रीमती बिहे गर्नुको अरु कारण छैन । परिवारका लागि पिउन तथा खाना पकाउने लगायतका लागि पर्याप्त पानी पुगोस् भन्नकै लागि उनले ३ वटी श्रीमती भित्राएका हुन् ।
गाउँ नजिकैको खेतबारीमा दैनिक मजदुरी गर्ने साखराम भन्छन्, ‘परिवारको लागि पानी ओसार्न मलाई कोही न कोही आवश्यक थियो । र पटक पटक बिहे गर्नु यसको एकमात्र विकल्प रह्यो ।’ आफ्नी पहिलो श्रीमती बच्चा पाएपछि व्यस्त भएको र पानी ओसार्ने मानिस नभएपछि दोश्री श्रीमती बिहे गरेकेा उनी बताउँछन् । तर दोश्री श्रीमती पनि बिरामी परेर परिवार नै काकाकुल हुन थालेपछि तेश्री श्रीमती बिहे गरेको उनको दाबी छ । सोही गाउँका नामदेउ नामका पुरुषका पनि शिवर्ती र बागाबाइ नामका दुइ श्रीमती छन् । भारत सरकारका अनुसार महाराष्ट्रका १९ हजार भन्दा बढि गाउँमा खानेपानीको पहुँच छैन । महाराष्ट्र राज्यमा पछिल्लो दशकयता खडेरी समेत पर्ने गरेको छ र यो पटक पनि मनसुन औषत भन्दा कमजोर रहने विज्ञहरुले बताएका छन् । झण्डै १ सय वटा झुप्रेघर रहेको डेंगाँमाल गाउँ पनि पानी अभाव र खडेरीले सबैभन्दा प्रभावित गाउँमध्येको एक गाउँ हो । यो गाउँमा पानीकै लागि धेरै श्रीमती बिहे गर्ने चलन वर्षौँदेखि संस्कारकै रुपमा स्थापित भएको छ । साखरामका तिनवटी श्रीमती एउटै घरभित्र बस्दछन् ।
तर सुत्ने कोठा र भान्सा भने अलग अलग रहेको छ । सौता सौता पनि बाध्यताकै कारण होला निकै मिलीजुली बसेका छन् र एकप्रकारले खुसी छ परिवार । भारतको कानूनले बहुविवाह निषेध गरेको छ । तर पानीको अभावले पुरुषहरु ‘पानी श्रीमती’ जम्मा गर्न बाध्य छन् ।डेलीमेलबाट

यो हो १ करोड ३० लाख मूल्य पर्ने विश्वकै सबैभन्दा महंगो ट्वाइलेट

एउटा ट्वाइलेटको मूल्य कति पर्ला ? १ करोड ३० लाख ! सायद पत्याउनै गाह्रो पर्ला । तर गाह्रो परेर के गर्नु ? आखिर पत्याउनै पर्छ । दुनियामा यस्तो ट्वाइलेट पनि बनिसकेको छ जसको मूल्य झण्डै १ करोड ३० लाख रुपैयाँ पर्दछ । जापानी डिजाइनर गिन्जा तानाकाले एक महिना लगाएर एउटा यस्तो ट्वाइलेटको कमोट तयार पारेका छन् जुन सायद प्रयोग गर्न होइन की हेर्नमा मात्र काम आउला । ७२ हजार वटा स्वारोस्कीका पत्थर जडित यो ट्वाइलेटको मूल्य ८४ हजार पाउण्ड हो । चीनो सांघाइमा आयोजित अन्तराष्ट्रिय किचेत एण्ड बाथरुम प्रदर्शनीमा राखिएको यो बहुमुल्य ट्वाइलेट हेर्नका लागि मानिसहरुको ठूलै भिड लाग्यो । यो ट्वाइलेट कमोटका लागि सुहाउने बाथरुम कस्तो होला ? त्यसको डिजाइन त प्रस्तुत गरिएको छैन । तर यो कमोटलाई सुहाउने बाथरुम कोठा चानचुने नहुने पक्का छ । डिजाइनर गिन्जाले केवल एउटा मात्र ट्वाइलेट निर्माण गरेका छन् अहिलेका लागि । यो ट्वाइलेट प्रदर्शनीमा बिक्रि भयो की भएन भन्ने कुरा चाहीँ खुलाइएको छैन । स्मरण रहोस् अघिल्लो वर्ष यस्तै प्रदर्शनीमा चकलेटबाट बनेको बाथरुम सेट प्रदर्शन गरिएको थियो । जसमा ९० लाख क्यालोरी बराबरको चकलेटको प्रयोग गरिएको थियो । उक्त बाथरुम सेटमा पूर्णरुपमा चकलेट आइटमबाटै बनेको ट्वाइलेट, सिंक लगायतका आकृतिहरु र्थि र त्यसको मूल्य ८० हजार पाउण्ड तोकिएको थियो ।

सुन्धारामा सानो धरहरा (फोटो फिचर)

काठमाडौं– धरहरा, राजधानीको एउटा जीवित सान। वैशाख १२ को भूकम्पले त्यो ऐतिहासिक धरहरालाई गर्ल्यामगुर्लुम ढाल्यो। धेरैका मन कुँडिए। धरहरासँगका सम्झनाले सोसल मिडियाको टाइम लाइन भरियो। त्यही विनाशकारी भूकम्पको सम्झना गर्दै सुन्धारा चोकमा अहिले एउटा प्रतीक धरहरा निर्माण भइरहेको छ। जुन आकारमा सानो भए पनि डिजाइन पुरानै धरहराको जस्तो देखिन्छ। सानो धरहराबारे दिपेश श्रेष्ठको फोटो फिचर।

भैरहवाको तापक्रम ४३ डिग्री माथि, जनजीवन प्रभावित

भैरहवा, जेष्ठ २४ - केही दिनदेखि बढेको गर्मी र तातो हावाका कारण रुपन्देहीलगायत तराईको जनजीवन प्रभावित भएको छ । शनिबार भैरहवाकाे तापक्रम यसवर्षकै बढी ४३.३ पुग्याे । शनिबार रुपन्देहीमा यस वर्षकै सबैभन्दा बढी तापमान मापन गरिएको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा रहेको मौसम शाखाका अनुसार विगत केही दिनयताको तापक्रम ४० डिग्री माथि रहेको छ । शाखाका प्रमुख राजेश झाका अनुसार शनिबारको तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस मापन भयो । एक साताअघि ४१ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । गत वर्ष जेठ ७ गते सबैभन्दा बढी भैरहवाको तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन गरेको थियो । यसभन्दा अघिल्ला वर्र्षमा २०५५ सालमा भैरहवामा सबैभन्दा बढी ४४ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यो वर्ष जेठ महिना सुरु भएसँगै भैरहवाको तापक्रम सरदर ४०-४१ डिग्रीको हाराहारीमा रहँदै आएको शाखाले जनाएको छ । गर्मी अत्यधिक बढेपछि बजारमा चहलपहल निकै घटेको छ । गर्मीका कारण अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । सहर तथा चोकमा दिउँसो चहलपहल घटेको छ । गर्मीले विशेष गरी मजदुरी गरी खाने वर्ग बढी समस्यामा परेको छ । बढ्दो गर्मीकै कारण विभिन्न रोगका सङ्क्रमण बढेपछि अस्पतालमा बिरामीको भीड लागेको छ । झाडापखाला, आउँ, ज्वरो, टाइफाइड तथा कमलपित्तका बिरामीको सङ्ख्या बढेको सरकारी तथा निजी अस्पतालले जनाएका छन् । दैनिक एक सयको हाराहारीमा बिरामी आउने जिल्ला भीम अस्पताल भैरहवामा अहिले डेढ सय बिरामी आउने गरेको अस्पतालको सूचना शाखाले जनाएको छ । बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि गर्मीका कारण बिरामीको चाप बढेपछि एउटै शय्यामा दुई-तीन जना राखेर उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । अस्पताल आउने बिरामीमध्ये आधाभन्दा धेरै बालबालिका तथा वृद्धवृद्धा रहेको अस्पतालका सूचना अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

रातो स्टिकरमुनि पढाइँदै

दोलखा, जेष्ठ २४ - आइतबार मध्यान्ह सदरमुकाम चरिकोटस्थित कालिञ्चोक उच्च माविको रातो स्टीकर टाँसिएको भवनमा बसेर पढिरहदा विद्यार्थीहरु डराइरहेका थिए । कक्षाबाट निस्कदै गरेका एक शिक्षक भन्दै थिए, 'भूकम्पले क्षति गरेको भवनका कक्षा कोठाहरुभित्र डराइडराइ पढाउनुपर्छ ।' अभिभावकको गुनसोपछि विद्यालय पुग्दा रातो स्टीकर टाँसिएको भवनका केही कक्षाहरुमा पढाइ भैरहेको थियो । गैरसकारी संस्थाको विद्यालयसम्बन्धी कार्यक्रम पनि त्यहीँ भवनमा चलिरहेको थियो । विद्यालयका प्राचर्य नवराज न्यौपाने कहिले संस्थाको कार्यक्रम भएको कोठामा छिर्थे, कहिले विद्यालयलाई सामान वितरण गर्ने भण्डार कक्ष्ामा छिर्थे । विद्यार्थी, शिक्षक, गैरसकारी संस्थाको कार्यक्रममा आउनेको भीडभाडले व्यस्त देखिने भवनको एकाछेऊमा सबैले देख्नेगरी असुरिक्षत लेखिएको रातो स्टीकर छ । त्यहीँ छेऊका कोठाहरुमा विद्यार्थीहरु भित्रवाहिर गर्दैछन् । कोही स्टीकर पढ्दै यतायता गर्दैछन् । महाभूकम्पपछि जेठ १७ गतेदेखि विद्यालयले जोखिम भवनमा पढाइ भैरहेको प्रति भने अभिभावक असन्तुष्ट छन् । छोराछोरी नफर्किएसम्म चिन्तामा बस्नुपर्ने गुनासो छ । नेत्रहीनको र छात्रावासको भान्छा कोठामा पनि रातो स्टिकर टाँसिएका छन । आइतबार दिउँसो उक्त कोठामा पनि नेत्रहीन विद्यार्थी र छात्राहरु भेटिए । पालमा सुते पनि खाना पाकउने खाने भने उक्त खतरायुक्त कोठामै गर्दै आएएको उनीहरुले बताए । कालिञ्चोक उच्च माविको त्यस्तो हालत देखेपछि शिक्षासम्बन्धि अभियान्ता कृष्णओम थापाले सामुदायिक विद्यालयमा त्यस्तो हेलकचक्र्याइ नगर्न आग्रह गरेको बताए । सर्वत्र गुनासाहरुलाई मनन गर्दै प्राचार्य नवराज न्यौपाने भन्छन, 'हिजोमात्र शिक्षा कार्यालयले रातो स्टीकर टाँस्यो, विद्यार्थी राख्ने ठाउँ नभएर आज यहीँ पढायौ, भोलीबाट अन्यत्र सार्छौ ।' विद्यालयका केही कोठाहरु खासै खतरा नदेखिएकाले पनि पढाइ गरिरहेको उनले बताए । जिल्ला शिक्ष्ाा अधिकारी लोकबहादुर लोप्चानले कुनै पनि हालतमा असुरक्षित भवनमा विद्यार्थी पढाउन नहुने बताए । रातो स्टीकर टाँसिसकेपछि विद्यार्थीलाई राख्नु लापरवाही भएको उनी बताउँछन् । स्रोतसाधनले धनि विद्यालयका ३ वटा भवनहरुमा रातो स्टिकर टाँसिएका छन् । केही भवनहरु भूकम्प पीडितले ओगटेका छन् । उनीहरुलाई अहिलेसम्म हटाउन नसकिएकाले पनि कक्षा चलाउन समस्या परेको प्राचार्यको भनाई छ । बारम्बार पराकम्पनहरु आइरहेकाले मर्मत गर्नुपर्ने भवनमा समेत विद्यार्थी राख्न नमिल्ने शिक्षाको भनाइ छ । पराकम्पन नरोकिएकाले जतिखेर पनि जोखिम हुनसक्ने भएकाले निजी र सामुदायिक दुवै विद्यालयहरुले सामान्य लापरवाही गरे पनि कार्वाही हुने शिक्षाले निर्देशन गरेको छ । त्यति हुँदा पनि केही विद्यालयहरुले जवरजस्ती गरिरहेकोमा कार्यालयले दुःख व्यक्त गरेको छ । शिक्षामा ५ करोड क्षति महाभूकम्प र त्यसपछिका बारम्बारका कम्पनहरुले विद्यालयहरुमा ५ करोड बराबर क्षति पुर्‍याएको छ । जिल्ला शिक्षा कार्यालय दोलखाका प्रतिवेदन अनुसार विद्यालयहरु पहिलेकै स्वरुपमा चलाउन ९ करोड लाग्ने अनुमान गरेको छ । जसमध्ये ३ करोड ६८ लाख ९२ हजार निकासा भएको उल्लेख छ । प्रतिवेदन अनुसार प्राथमिक विद्यालयहरुको ७२ लाख, निमाविको १ करोड १७ लाख, माविको ८५ लाख, उमाविको ९३ लाख क्षति भएको छ । क्षतिपछि सामुदायिक अध्ययन केन्द्र र शौचालय निर्माणसहित ९ करोड अनुमानित खर्च लाग्ने प्रतिवेदनमा भनिएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने ५० हजार ३ सय ६० जना विद्यार्थीलाई व्यवस्थापन गर्न टिएलसि कक्षाहरु कोठाहरुलागि पनि रकम प्रस्ताव भएको छ । यस कार्यका लगि गैरसकारी संस्था र अन्य निकायबाट सहकार्य हुने प्रस्तावमा भनिएको छ । शिक्ष्ाा कार्यालयका अनुसार ३ सय ७० वटा विद्यालयका १२ सय ८६ भवनमध्ये ८ सय ६२ वटा भवनहरु पूर्ण क्षति भएको छ । ३ सय ७ वटा आंशिक क्षति र सामान्य चर्केको तर प्रयोग गर्न मिल्ने भवन संख्या ८७ वटा छन् । ४ सय ८२ शौचालय पूर्ण क्षति भएको छ भने १ सय ३७ वटामा आंशिक क्षति पुगेको छ । जिल्लाभरका विद्यालयमा रहेका ३६ वटा छात्रावासको ५५ वटा भवनहरुमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । १ सय २६ वटा पुस्तकालयमध्ये १ सय २१ वटामा क्षति पुगेकेा छ । ४२ वटा विज्ञानको ल्याबमध्ये सबैमा क्षति पुगेको उल्लेख छ । विद्यालयहरुको ५ सय ७३ थान कम्प्युटर पूर्ण क्षति भएको उल्लेख छ । प्रिन्टर ८९ वट पूर्ण क्षति भएको भनिएको छ । ८२ वटा फोटोकपी मेसिनहरु बिगारेको छ । १५ हजार ६ सय ५४ वटा पाठ्यापुस्तक पनि नष्ट भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार भूकम्पले करिब १२ हजार डेक्सबेन्चमा पनि क्षति गरेको छ । भूकम्पले करिब १३ सय हृवइटबोर्डलाई पनि हानी पुर्‍याएको छ । दोलखा चरिकोटस्थित कालिञ्चोक उच्च माविको रातो स्टिकर टाँसेको भवनमा आइतबार विद्यार्थीहरु । अन्यत्र ठाउँ नभएकाले उक्त भवन पढाउन बाध्य रहेको विद्यालय प्रशासनको भनाइ छ ।

तेलुगु अभिनेत्री आरती अग्रवालको निधन

न्युजर्सी– तेलुगु अभिनेत्री आरती अग्रवालको शनिबार ३१ वर्षको उमेरमा निधन भएको छ। उपचारको क्रममा अमेरिकास्थित न्युजर्सीको एक अस्पतालमा उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनको हृदयघातका कारण निधन भएको बताइएको छ। आरतीकी म्यानेजरका अनुसार उनमा मोटोपन र मुटुको समस्या थियो। विगत केही वर्षदेखि उनको उपचार भइरहेको थियो। तर शनिबार हृदयघातका कारण निधन भएको हो। आरतीले २००१ मा तेलुगु फिल्म 'नुव्वु नाकु नचव' बाट अभिनय यात्रा सुरु गरेकी थिइन। उनको पहिलो फिल्म नै सुपरहिट भएको थियो। आरतीले 'नुव्वु केला नेनु लेनु', 'इन्द्रा' तथा वसंतम'लगायतका फिल्ममा अभियन गरेकी थिइन। २००५ मा सह कलाकार तरुणसँगको प्रेम असफल भएपछि उनले आत्महत्याको कोशिससमेत गरेकी थिइन। आरतीले करिब २५ वटा फिल्ममा अभिनय गरेकी थिइन। उनको अन्तिम फिल्म 'रनम–२' शुक्रबारमात्र रिरिज भएको थियो।

मनकामना केबलकार पुनःसञ्चालन

चितवन-गत वैशाख १२ गतेको भूकम्पपछि तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भए पनि आजदेखि सञ्चालनमा आएको छ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस् भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले बताए। मनकामना केबलकार बन्द भएपछि स्थानीयवासी पनि प्रभावित भएका थिए। भूकम्पको धक्का कम हुँदै गएपछि केबलकार गत वैशाख २७ गतेदेखि सञ्चालनमा ल्याइए पनि वैशाख २९ गते पुनः परकम्पको ठूलो धक्का आएपछि बन्द भएको थियो। झन्डै डेढ महिनादेखि बन्द केबलकार खुलेसँगै मन्दिरमा पूजा गर्न नपाइए पनि बाहिरबाट दर्शनका लागि भक्तजन केबलकारमा भीड लागेका छन्। भूकम्पले मन्दिर एक फि दक्षिण पश्चिम कोल्टिएपछि खट बाँध्न नमिल्दा मचान बनाएर खट बाँध्ने काम अन्तिम चरणमा पुगेको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए। मन्दिर भत्काउनका लागि करिब एक महिना लाग्ने बताइएको छ। सोमबार गजुर पूजा गरेर गजुर निकाली मन्दिर भत्काउने कार्य सुरु गरिने पुजारी इन्सान थापा मगरले जानकारी दिए। मन्दिर भत्काएपछि भित्र टिनले बारेर देवीको पूजा गरिने बताइएको छ। मनकामना दर्शन प्रालि, स्थानीय व्यवसायीलगायतले भने बाहिर पूजा गर्न पुजारीसँग आग्रह गर्दै आएका छन्। रासस

काठमाडौंमा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौं । काठमाडौंमा भूकम्पपछि केही समय स्थिर रहेको दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो समय १० प्रतिशतले वृद्धि भएको छ । दाल र खाने तेलको भाउ भारतमा नै वृद्धि भएकाले त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार थोक मूल्यमा (होलसेलर) मात्र परिवर्तन भएको हो । थोक बिक्रेताकाले खासगरी दालमा प्रतिकिलो १० देखि १२ र भटमासको तेलको मूल्य प्रतिलिटर सोहीअनुसार बढेको छ । खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रामान बज्राचायले गत वैशाख १५ भन्दापछि दाल तथा तेलको मूल्यवृद्धि भएको बताए । उनले भने, “भारतमा मूल्य बढेकाले नेपालमा पनि उपभोक्ता मूल्यभन्दा पनि थोक मूल्यमा वृद्धि भएको हो ।” अन्य खाद्य पदार्थको मूल्यमा कुनै परिवर्तन नभएको पनि अध्यक्ष बज्राचार्यले जानकारी दिए । त्यसैगरी पछिल्लो समय गोलभेँडामा पनि भारी मूल्यमा दोब्बर मूल्यवृद्धि भएको छ । त्यसैगरी फलफूल तथा अन्य तरकारीको मूल्य पनि वृद्धि भएको छ । चामल र अन्य खाद्य पदार्थको मूल्यमा पनि परिवर्तन भएको छैन ।

स्याउ उत्पादन बीस प्रतिशतले घट्ने

मुस्ताङ । मुस्ताङमा यस वर्ष करिब २० प्रतिशतले स्याउको उत्पादन घट्ने भएको छ । प्रतिकूल मौसमका कारण उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय जनाएको छ । स्याउको फूल फुल्ने बेलामा लगातार हिमपात र पटक–पटक परेको असिनापानीका कारण स्याउका दाना कम लागेको कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिए । मुस्ताङको मार्फा, टुकुचे, जोमसोम, लेते, कागबेनी, मुक्तिनाथ, झोङलगायतको ८६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउखेती हुने गरेको छ । “असोजपछि निरन्तरको हिमपातले धेरै असर ग¥यो, उत्पादन घट्ने भएपछि किसान उत्साहित देखिँदैनन्”, उनले भने, “असिनापानीबाट पुगेको क्षतिको विवरण सङ्कलन हुँदैछ ।” उत्पादन घटेपछि किसानले मूल्य बढाउन तयारी गरेका छन् । गत वर्ष प्रतिकिलो ६० मा बिक्री गरेका किसानले यस वर्ष ७० सम्म पुराउने तयारी गरेका छन् । मुस्ताङमा पछिल्लो समय व्यक्तिगतभन्दा सामूहिक र सहकारीको माध्यमबाट स्याउखेती गर्ने परम्परा बढ्दै गएको छ ।

Saturday, June 6, 2015

अनौठो बच्चा जन्मिएपछि चिकित्सक नै चकित, हेर्नेको भीड

भरतपुर । बुधबार दिउँँसो चितवनको रत्ननगर नगरपालिकाको मालपुरकी वविता मुशहरले आनौठो बच्चा जन्माएकी छिन् । चितवनको भरतपुर अस्पतालमा राती ९ः५० बजे जन्मिएको बच्चाको दाँत देखिन्छ । सो बच्चाको आँखा छैन भने शरिर कडा र हात खुट्टा बाँङ्गीएको छ । नौलो प्रकृतीको बच्चा जन्मिएपछि यहाँ विशेषज्ञ चिकत्किसहरु अनुशन्धानमा लागेका छन् । यस्तो किसिमको असामान्य बच्चाहरु बेला बेलामा जन्मिने गरेको भएपनि ठ्याक्कै यस्तै बच्चा भने नदेखिएको भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा सुनिलमणी पोखरेलले बताउनुभयो । प्रारम्भिक अनुशन्धानका क्रममा चिकित्सकहरुले सो वालकलाई अपाङ्ता भएको भनेका छन् । सामान्यतया वावु आमाको जीनमा परिवर्तन आउँदा असामान्य बच्चाको जन्म हुने गरेको डा। पोखरेलले बताउनुभयो । त्यसैगरी गर्भवती महिलाले प्रयोग गर्ने औषधिका कारण पनि यस्तो समस्या देखिन सक्ने उहाँले बताउनुभयो । बच्चाको शारिरिक वनावट देखिएपछि शरिर भित्रका अंगहरुको बिषयमा जानकारी नभएका कारण तत्कालै केहि भन्न नसक्ने उहाँले बताउनुभयो । ‘तर यस्तो प्रकृतीको बच्चा बाँच्ने गरेका छैनन्’, डा पोखरेलले भन्नुभयो । अस्पतालको प्रसुती विभागमा लामो समयदेखि काम गर्दै आएकी स्वास्थ्यकर्मी पन्चु लामाले अहिले सम्म यस्तो बच्चा नदेखेको बताउनुभयो । झट्ट हेर्दा एलियन जस्तो देखिने बच्चा जन्मिएपछि भरतपुर अस्पतालको स्त्री तथा प्रसुती वार्डमा हेर्नेको भीड लाग्ने गरेको छ ।

रिस उठ्दा यी काम नगर्नुस्

रिस उठ्दा झट्ट गरिने क्रियाकलापले आफूसँगै अरूलाई पनि हानि गर्न सक्छ । रिस उठेको बखतमा यस्ता काम नगर्नुहोला । तत्काल नसुत्नुहोस् रिस उठ्दा हामीमा नकारात्मक भावना उत्पन्न भएको हुन्छ । यसले शरीरमा नकारात्मक ऊर्जा उत्पन्न गराइरहेको हुन्छ । रिसाएको बेला सुत्न गइयो र निदाइयो भने रिसले निरन्तरता पाउँछ र शरीरमा रिसका क्रममा उत्सर्जन हुने हार्मोनको मात्रा बढ्न पुग्छ । यसले शरीरमा अनेक प्रकारका समस्या सिर्जना गर्न सक्छ । त्यही भएर रिस मत्थर भएपछि मात्रै सुत्नु राम्रो मानिन्छ । गाडी नचलाउनुहोस् रिस उठेपछि वरिपरिका चिजलाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन आउ"छ । हरेक चिजलाई नकारात्मक नजरले हेरिन्छ । रिसाएको व्यक्तिले अधिक गतिमा गाडी चलाउने गर्छ । यसो गर्दा दुर्घटनामा परिने जोखिम बढी हुन्छ । नखानुहोस् रिस उठेको बेला सम्यक भोजन गर्न सकिँदैन । रिसाएको बेला मानिसको मन र शरीर दुवैमा यसको असर परेको हुन्छ । यस्तो अवस्थामा भोजन गरियो भने या त बढी खाइन्छ या कम । त्यसैले रिस मत्थर भएपछि भोजन गर्नु राम्रो हुन्छ । बहस नगर्नुहोस् रिस उठेका वेला सही अथवा गलत छुट्याउने क्षमतामा ह्रास आउँछ । रिसाएको बेला मानिस तर्कबाट नभई भावनाबाट नियन्त्रित हुन्छ । रिसाएको बेला बहस गर्दा सही कुरालाई पनि गलत भन्ने अथवा अपशब्द प्रयोग गर्ने जोखिम बढी हुन्छ । रिस उठेको बेला बहसमा सहभागी हुँदा कन्सिरी अझ तात्छ । यसले अरूसँगको सम्बन्ध बिगार्न सक्छ । फुट्ने सामान नबोक्नुहोस् रिसाएको बेला छेउमा भएका वस्तुमाथि प्रहार गर्ने जोखिम ज्यादा हुन्छ । ऐना, कप, सिसाका सामग्री लगायतको छेउमा रिसाएको बेला नजानु राम्रो हुन्छ । साथै, रिस उठेको बेला हातमा मोबाइल फोन, आइपड, ट्याब, ल्यापटप, नेटबुकजस्ता फुट्ने चिज नबोक्नु राम्रो हुन्छ । किनकि, रिसको झोकमा यस्ता सामग्रीलाई भुइँमा बजारिदिने जोखिम पनि हुन्छ । निराश नहुनुहोस् रिसाएको बेलामा निराश भइयो भने यसले अप्रिय परिणाम निम्त्याउन पनि सक्छ । रिसाएको बेला निराश भइयो भने विगत र भविष्यलाई पनि निराश तरिकाले हेर्न पुगिन्छ र अप्रिय निर्णय लिन सकिन्छ । तसर्थ, रिसाएको बेला 'यो रिस भनेको केही बेरका लागि हो, अहिलेको अवस्था गुज्रेर जान्छ र सबै सामान्य हुन्छ' भन्ने सोच्नुपर्छ ।

होटलमा बसेको युवकको रहस्यमय मृत्यु

२३ जेठ, महोत्तरी । आफ्ना दुई केटी साथीसँग महोत्तरीको सदरमुकाम जलेश्वरको आरएस होटल एन्ड लाजमा बसेको एक युवकको शनिबार बिहान रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको दुलारी–६ का सञ्जीव क्षेत्री चौहान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । तीन दिनदेखि जलेश्वर नगरपालिका–५ स्थित उक्त होटलमा पोखराको मधेरी पाठक गाउँकी कल्पना तामाङ र सर्लाही जिल्ला धनकौल–९ की सुभद्रा सिंहसँग बस्दै आएका युवक क्षेत्रीको बिहान ४ बजे सो होटलमा रहस्यमय मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । लजको कोठा नम्बर १०२ मा बसेका क्षेत्रीलाई आज बिहान ४ बजे श्वासप्रश्वासमा समस्या भएको र जीउ टर्रो पर्न थालेपछि उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कल्पनाले बताएकी छिन् । यता युवक क्षेत्रीको मुख कुल्चिएको र रगत निस्केको खुट्टाको औंलाहरु र पैतालाबाट पनि रगत निस्केको तथा शरीर पहेलो परेको र पहिले नै मृत्यु भएको अवस्थामा अस्पतालमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गर्न मृतकसँग आएको दुवै केटीलाई नियन्त्रणमा लिएको छ भने होटलमा पनि सिलबन्दी गरेको छ । रासस

धुन्चेमा ५३ मानव कङ्काल फेला

२३ जेठ, रसुवा । गत वैशाख १२ गतेको भूकम्पका कारण हिमपहिराले लाङटाङ गाउँ पुरिँदा हराइरहेकामध्ये थप ५३ जनाको मानव कङ्काल फेला परेको छ । जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार पछिल्लो पटकको खोज उद्धारबाट फेला परेकामध्ये तीन जना विदेशी भएको अनुमान गरिएको छ । पहिलो चरणको खोज र उद्धारमा भने एक सय २८ जनाको शव फेला परेको थियो । हाल एक सय ८३ लाङ्टाङवासीसमेत गरी करिब तीन सय ३३ जना हराइरहेको स्थानीयवासी ङेरुप लामाको पूर्वअनुमान भए पनि अहिलेसम्म पहिराले कति पुर्‍यो भन्ने यकिन तथ्याङ्क भने आउन सकेको छैन । अहिलेसम्म एक सय ५० लाङ्टाङवासीको मात्र शव भेटिएको लाङटाङका समाजसेवी सुब्बा तामाङले जानकारी दिए । शव खोज्ने कार्य दु्रत रुपमा भइरहेको र सो कार्यमा नेपाली सेना महावीर गण (रेन्जर) र नारायण दल गण जुटेको गणपति लक्ष्मण थापाले बताए । रासस

Friday, June 5, 2015

भारतका ‘अपराधि’को गुगल सूचीमा मोदी पहिलो नम्बरमा

जेठ २3 , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर सर्च इन्जिन गुगलले भारतका अपराधीको सूचीमा राखेको पाइएको छ। गुगल भारतका मुख्य अपराधी (टप क्रिमिनल अफ इण्डिया) खोज्दा मोदीको तस्बिर पहिलो नम्बरमा आउँछ। भारतमा अहिले मोदीको तस्बिर अपराधीको सूचीमा समावेश भएको कुराले सामाजिक सञ्जालमा ब्यापक चर्चा भइरहेको छ। कतिपयले यसलाई मजाकको रुपमा लिएका छन् भने कतिले यसलाई भारतीय प्रधानमन्त्रीको अपमान भएको बताएका छन्। एजेन्सी ।

भगवान बुद्धको मामाघरमा यस्ता मूल्यवान बस्तु भेटिए, जसको मूल्य नै छैन्

प्राचीन कोलिय गणराज्यको राजधानी तथा शान्तिका दूत गौतम बुद्धको मावली रामग्राम पण्डितपुरमा उत्खनन गर्दै आएको पुरातत्व विभागको टोली फर्केको छ । तीन साता लामो उत्खननको काम गरेर उनीहरु काठमाडौँ फर्किएका हुन् । पण्डितपुरलाई कोलिया गणराज्यको राजधानी घोषणा गर्नका लागि ९० प्रतिशत प्रमाणका रुपमा पुरातात्विक वस्तु फेला परिसकेको भन्दै टोलीले उत्खननको प्रतिवेदन सरकारमा पेस गर्ने जनाएको छ । उनीहरुले एक हप्ताअघि उत्खनन गरी प्राप्त पुरातात्विक सामग्री सार्वजनिक गरेको थियो । चार वर्षदेखि उत्खनन गर्दै आएको पुरातत्व विभागले अहिले थप खोज अनुसन्धानका लागि उत्खनन गरेर प्राप्त प्रमाण र वस्तु देखाउन सङ्ग्रहालय बनाउन सुझाव दिएका छन् । २०५६ सालमा अनुमान गरिएको पुरातात्विक क्षेत्र चौथो पटकको उत्खननले कोलिय गणराज्यको राजधानी प्रमाणित गरेको छ । नवलपरासीको बन्जरिया–१ पण्डितपुरमा रहेको तत्कालीन राजा रामले बसालेको अन्तोनगर र बाह्य नगरको क्षेत्र पत्ता लगाउन र प्राचीन वस्तुको खोज गर्ने उद्देश्यले विभागले निरन्तर उत्खनन गर्दै आएको छ । गत वर्ष पुरातत्वविद डा तारानन्द मिश्र र भाष्कर ज्ञवालीसहितको उत्खनन टोलीले इसापूर्व ७०० वर्ष पुराना पोष्टहोल, मौर्यकालीन इनार, इट, ग्रेवर, मडवाल, रिगंवेललगायतका सामग्री फेला परेपछि उत्खनन टोलीले बुद्धको मावली र कोलिय गणराज्यको राजधानी पण्डितपुर भएको धेरै प्रमाण फेला परेको जानकारी गराएको थियो । थप आधार खोज्न र अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाइ पुष्टिका लागि पुनःउत्खनन सुरु गरिएको टोली प्रमुख ज्ञवालीले बताउनुभयो । “चौथो पटकको उत्खननले धेरै प्रमाण फेला परेको छ”, उहाँले भन्नुभयो, “बुद्धकला भन्दा दुई सय पुरानो, बुद्धकालीन, मौर्यकालीन, कुषाणकालीन, वस्तु फेला परेका छन् ।” उत्खननको दुई दिनमा टिसी, डिस, माटाका भाडा, लोरो, इङ्कपट, माटोको कचौरा, पानी राख्ने भाँडो, माटोको ठूलो भाडो, माटोकै कराही फेला परेका छन् । उत्खननमा ज्ञवालीसहित फोटोग्राफर राजकुमार बञ्जारा, प्राविधिक अनिल शाक्य र विगत आठ वर्षदेखि रामग्राम स्तुपलगायतका क्षेत्रमा उत्खनन कार्यमा सक्रिय रहेका स्थानीय नारद यादवसहितको टोलीले रामग्रामको बाह्य नगरमा उत्खनन गरिरहेको छ । साठी बिगाहाभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण गर्नुपर्ने ज्ञवालीले जनाउनुभयो । “स्थानीयले समेत पुरातात्विक क्षेत्रको संरक्षण र प्रचारप्रसारमा जोड दिनुपर्छ”, ज्ञवालीले भन्नुभयो । सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्नुपर्ने र कतिपय पुरातात्विक क्षेत्रको पुर्जा वितरण भइसकेको हुँदा नापजाँच गरी अधिग्रहणसमेत गर्न आवश्यक देखिएको क्षेत्र नं ४ का सभासद् बैजनाथ चौधरीले बताउनुभयो । प्राचीन शाक्य गणराज्यको सीमा उत्तरमा चुरे पर्वत, पश्चिम–दक्षिण राप्ती नदी, पूर्व रोहिणी नदीसम्म थियो । त्यसैगरी कोलिय गणराज्यको सीमा पनि उत्तरमा चुरे पर्वत, पूर्व गण्डक नदी, पश्चिम रोहिणी नदी र दक्षिणमा पिपलीवन शराबस्तीको सीमासम्म फैलिएको थियो । पछि मगध समराज्यभित्र तत्कालीन मगध समराज्यका सम्राट चन्द्रगुप्त मौर्यको अधिनस्त भएको थियो । मौर्य बंशकै राजा चक्रवर्ती अशोक सम्राटले भ्रमणका क्रममा बुद्धको जन्मस्थल लुम्बिनीमा अशोक स्तम्भको स्थापना र कोलिय राजाले बनाएको रामग्राम स्तुपमा भिक्षुका लागि विहारसमेत निर्माण गरेका थिए । कोलिय गणराज्यको राजधानी पण्डितपुरमा रहेको छ भने रामग्रामले बुद्धको अस्तु(खरानी) राखेको स्थान रामग्राम स्तुपमा रहेको छ । हाल रामग्राम नगरपालिका–७ उजैनी र देउरवामा अवस्थित छ ।

वेश्यालयबाट हिरोइन रंगेहात पक्राउ, प्रहरी नै आश्चर्य चकित

काठमाडौं । पैसाका लागि वेश्यावृति बन्नु पछिल्लो समय हिरोइनहरुका लागि पेसा नै बनेको छ । प्रहरीले बुधबार मात्रै एक हिरोइनलाई वेश्यालयबाटै रंगेहात पक्राउ गरेको छ । ‘दबंग’ र ‘ओ माई गड’ जस्ता सफल चलचित्रमा काम गरिसकेकी बलिउडकी एक हिरोइन वेश्यालयबाट रंगेहात पक्राउ परेकी हुन् । दि टाइम्स अफ इण्डियाका अनुसार गोवा पुलिस र मुम्बई पुलिसले विशेष ‘अप्रेशन’बाट यौनधन्दामा संलग्न हिरोइनलाई बुधबार भारतको गोवाबाट रंगेहात पक्राउ गरेको हो । गोवामा चलिरहेको वेश्यावृतिको भण्डाफोर गर्न त्यहाँको प्रहरीले मुम्बई प्रहरीसँग मिलेर विशेष ‘अप्रेशन’ सञ्चालन गरेको थियो । केही दिन अगाडि अप्रेशनमा वेश्यावृतिको भण्डाफोर गर्न प्रहरीले आफ्नो एक जवानलाई ग्राहक बनाएर खटाएको थियो । ग्राहक बनेर प्रहरी जवानले वेश्यालय सञ्चालिका बताउने एक महिलासँग ‘बार्गेनिङ’ गरे । ‘बार्गेनिङ’मा कुरा मिलेपछि ३ लाख रुपैयाँमा सम्झौता भयो । मिति पनि पक्का भयो । वेश्यालय सञ्चालिका बताउने ती महिलाले गोवाको एक होटलमा कोठा भाडामा लिईन् । वेश्यालय सञ्चालिका बताउने ती महिलाले प्रहरी जवानसँग डेढ लाख रुपैयाँ एडभान्स पनि लिईन् । ग्राहक बनेका प्रहरी जवान वेश्याको पर्खाईमा बसे, ताकि सबूत प्रमाणका साथ वेश्यालाई पक्राउ गर्नु सकियोस । त्यसपछि मुम्बई पुलिस र गोवा पुलिसले त्यहाँको स्‍थानीय पुलिसलाई घटनाको पुरै जानकारी दिँदै कारवाही प्रक्रिया अगाडि बढाएको थियो । घटनाको जानकारीपछि प्रहरी एक एनजीओको टीमसँग पहिले तय भएको मिटिङका लागि होटल पुग्यो । तर त्यहाँको अवस्था देखेर प्रहरी अचम्म प¥यो । त्यहाँ एक बलिउडकी सफल चलचित्रमा अभिनय गरिसकेकी हिरोइन ग्राहकसँग आपत्तिजनक अवस्थामा फेला परिन् । ग्राहकको साथबाट रंगेहात पक्राउ परेकी हिरोइनले आफूले फिल्ममा काम नपाएकाले वेश्यावृतिमा लागेको वयान दिएकी छिन् । उनलाई अहिले प्रहरीको सेभ हाउसमा राखिएको छ । वेश्यावृति सञ्चालिका सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वेश्यालयका प्रमुख सञ्चालक अर्कै व्यक्ति भएको खुल्न खाएको छ । यस विषयमा गोवा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ ।

अब स्काइपबाट एनसेल र एनटिसीमा निशुल्क फोन सुबिधा । कसरि प्रयोग गर्ने जान्नुहुस

अब स्काइपबाट नेपाल टेलिकम र एनसेलको मोबाइलबाट तपाईले निशुल्का फोन गर्न सक्नुहुने भएको छ । स्काइपका माध्यमबाट निशुल्क फोन गर्न सकिने भएको हो । कल गर्दा अब कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ । यो सुविधा नेपालमा मात्र नभएर विदेशमा भएकाको हकमा पनि लागु हुनेछ । स्काइपबाट कुराकानी गर्दा इन्टरनेट भएको ठाउँ वा तपाईको फोनको मोबाइल डाटा भने प्रयोग गर्नुपर्नेछ । स्वदेश तथा विदेशमा फोन गर्नका लागि तपाईले स्काइपको डायल गर्ने स्थानमा गएर मोबाइल नम्बर हानी सिधैं डायल गर्न सक्नुहुनेछ । यसरी कल गर्दा तपाईको टेलिफोन नम्बर भने जाँदैन । यो सुरक्षाका हिसावले भने संवदेनशील हुने छ ।ओयसनेपल डटकमले खबर लेखेको छ । English Now Skype Nepal Telecom and elaborate on a mobile phone you can nisulka has. Skype has become feasible through the free phone. Losing money is no longer a call skaipale said. This feature not only abroad, but also applies to the case. Skype conversation where the Internet or your phone's mobile data that must be used. At home and abroad, he went to the phone to dial Skype mobile number you dial can harm sidhaim. If your telephone number and call logging. This security will be handed over if the sensitive information salmonellae to find out is written.

एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ..

खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको हो ।..एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । …एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो । युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ । औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आणविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ । नेपालमा युरेनियम पाईने ठाउँहरु हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वतिर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ । खानी विभागको अन्वेषणअनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले–कालोपानी खोला, चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो । खानी विभागले ‘गामा रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो । मकवानपुरको तीन भङगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अर ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।

भारतको तामिलनाडुमा वाइवाइ चाउचाउ प्रतिबन्ध

२२ जेठ, काठमाडौं । नेपालको चर्चित व्यवसायी घरना चौधरी ग्रुपको वाइवाइ चाउचाउलाई भारतले बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । भारतको तामिलनाडु सरकारले वाइवाइसहित म्यागी, स्मिथ एन्ड जोन्स मसला चाउचाउ बिक्रीमा प्रतिबन्ध लगाएको हो । २२ जेठ, काठमाडौं । नेपालको चर्चित व्यवसायी घरना चौधरी ग्रुपको वाइवाइ चाउचाउलाई भारतले बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । भारतको तामिलनाडु सरकारले वाइवाइसहित म्यागी, स्मिथ एन्ड जोन्स मसला चाउचाउ बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

Wednesday, June 3, 2015

फष्टाउँदै छ जस्तापातामा ठगी

अनुगमनका क्रममा व्यापारीले भूकम्पपछि जस्ताको कारोबार त बढेको तर बजारमा मागअनुसारको आपूर्ति गर्न नसकिएको जानकारी दिएका थिए । जिल्ला प्रशासन कार्यालय धादिङले भने सदरमुकाममा सञ्चालित हार्डवयर पसलमा अनुगमन गरी भूकम्पअघिको कारोबार र भूकम्पपछिको कारोबार तथा बिल सङ्कलन गरेको छ । धादिङबेसी सदरमुकाममा मात्रै एक दर्जनभन्दा बढी हार्डवेयर पसल सञ्चालनमा छन् भने प्रत्येक पसलबाट अहिले दिनहुँ २०० देखि ४०० बन्डलसम्म जस्तापाता बिक्री हुँदै आएको छ । तर अनुगमनमा आएका सरकारी अधिकारीलाई भने अहिलेसम्म एक–दुई टिपमात्रै नयाँ जस्ता ल्याएको र बाँकी सबै पुरानो स्टक जस्ता बेचिरहेको भनेर झुक्याएका छन् ।

Tuesday, June 2, 2015

पानीको पहाड

एजेन्सी । पहाड भन्नेबित्तिकै झट्ट हाम्रो मस्तिष्कमा धर्तीको अग्लो र भीमकाय भाग नै सम्झन्छौँ । यद्यपि पहाडलाई अनेक प्रतीकका रुपमा पनि लिइन्छ । बोलीचालीमै प्रयोग गरिन्छ, दुःखको पहाड । सामान्यतः समथर भू–भागलाई सुख र भीमकाय पहाडलाई दुःखको प्रतीक मानिन्छ । हुन पनि विज्ञान र प्रविधिको सहाराबिना पहाडको जीवन दुःखदायी नै हुन्छ ।
जेहोस्, हामीले धर्तीमा धेरै प्रकारका पहाड देखेका छौँ, पहाडको प्रतीकबारे पनि बुझेका छौँ । तर, हामीले पानीको पहाडबारे सुनेका छैनौँ । तस्बिरमा हेर्नुस्, यो पानीकै पहाड हो । यथार्थ हो, तर क्षणभरको । समुद्रमा छाल उठेका बेला बनेका पहाडलाई एक फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरेका हुन् । अस्ट्रेलियाका फोटोग्राफर रे कोलिन्सले खिचेका यी तस्बिर साँच्चिकै पहाडजस्तै लाग्छन् कोलिन्स समुद्रको विभिन्न अवस्थाको तस्बिर लिन रहर गर्छन् । कोलिन्सका लागि समुद्र एक पात्रजस्तै हो, जसको विभिन्न आकृतिका तस्बिर लिन सकिन्छ ।

राहत वितरणमा अर्थमन्त्री एक्लैको रजाईं

काठमाडौं । भूकम्पका कारण देश महाविपत्तिमा परेका बेला अर्थमन्त्री रामशरण महतले राहत वितरणमा एक्लै हालिमुहाली गरिरहेका छन् । मन्त्री महातलाई मनलाग्दी ढंगमा राहत रकम निकासा गरेको र राहतमा अनुदार भएको जनआरोप छ । घटनाक्रम र तथ्यले उनले राहतमा राईदाई गरेको कुरालाई थप प्रष्ट्याउँछ । राहत रकम निकासा गर्दा भूकम्पका कारण सबैभन्दा धेरै जनधनको क्षतीको भएको जिल्ला सिन्धुपाल्चोकलाई भन्दा आफ्नो गृहजिल्ला नुवाकोटलाई मन्त्री महतले प्राथमिकतामा राखेका छन् । गृहमन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार राहत रकमका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषले गृहमन्त्रालयलाई करिब ८ अर्ब रुपैयाँ दिएको थियो । त्यसमध्ये ७ अर्ब ८५ कारोड रुपैयाँ भूकम्प प्रभावित ५४ जिल्लामा निकासा भइसकेको छ । र, सोमबार राहतका लागि गृहले कोषसँग थप पाँच करोड मागेको छ । गृहमन्त्रालयबाट निकासा भएको रकम सबैभन्दा धेरै अर्थमन्त्री महतको गृहजिल्ला नुवाकोट पुगेको छ । भूकम्पका कारण भएको क्षतीका हिसाबमा नुवाकोट तेस्रो नम्बरमा पर्दछ । जहाँ अहिलेसम्म ५४ करोडभन्दा बढी रुपैयाँ निकासा भइसकेको छ भने भूकम्पले सबैभन्दा धेरै क्षती गरेको सिन्धुपाल्चोकमा भने अहिलेसम्म करिब ५४ करोड रुपैयाँ मात्रै निकासा तथ्याङ्क छ । भूकम्पका कारण दोस्रो नम्बरमा धेरै मानिसको मृत्यु भएको जिल्ला काठमाडौंका लागि भने अहिलेसम्म करिब ३१ करोड मात्रै निकास भएको छ । त्यस्तै, धादिङका लागि सरकारले ३६ करोड ९७ लाख, रसुवाका लागि २ किस्ता गरी २३ करोड ८ लाख, गोरखाका लागि २८ करोड ७० लाख, भक्तपुरका लागि १४ करोड ६७ लाख, काभ्रेपलाञ्चोकका लागि ३२ करोड ८७ लाख, ललितपुरका लागि ११ करोड ११ लाख र दोलखाका लागि ३५ करोड रुपैयाँ निकासा भई खर्चसमेत भइसकेको छ । यसरी भूकम्पका कारण प्रभावित विभिन्न ५४ वटा जिल्लामा प्रधानमन्त्री वैदीप्रकोप उद्दार तथा राहत कोषमा संकलित रकम पठाइएको छ । र, रकम निकासा गर्दा पहूँचवालाकै हाबी भएको देखिएको छ । मुलतः अर्थमन्त्री महतको दबाबमा उनको गृहजिल्ला नुवाकोटमा सबैभन्दा धेरै रकम निकास भएको छ । आफ्नो गृहजिल्लामा सबैभन्दा धेरै रकम निकासा गर्ने मात्रै होइन, मन्त्री महतलाई राहतमा अनुदार भएको आरोप पनि लागिरहेको छ । अश्थाई वसोवासका लागि भूकम्पपीडित नागरिकलाई कति रकम दिने भन्ने विषयमा पनि अर्थमन्त्री महत कठोर ढंगमा प्रस्तुत भएका थिए । सात्ताघटक दलका मन्त्रीहरु र नेपाली कांग्रेसकैतर्फबाट मन्त्री भएकाहरुले नागरिकलाई १५ हजारभन्दा बढी रकम दिन आवश्यक रहेको प्रस्ताव राख्दा मन्त्री महतले मानेका थिएनन् । यससँगै भूकम्पकाकारण घरबारबिहीन भएका नागरिकलाई अश्थाई पुनर्वासका लागि जस्तापाता दिने कि रकम भन्ने पनि निकै विवाद भएको थियो । विवादकैबीच अन्नतः १५ हजार रुपैयाँ दिने निर्णय भए पनि अझैसम्म नागरिकसम्म उक्त रकम पुग्न सकेको छैन । यससँगै, नुवाकोटमा राहतका लागि लगिएको जस्तापाता बिकृ गर्ने प्रयास भएको भनिएको घटनाले पनि अर्थमन्त्री महतलाई बदनाम गराएको छ । इन्भेष्टमेन्ट बैंकले नुवाकोटको कविलासको एक विद्यालयका लागि लगेको जस्तातापाता केही थान मात्रै बाँडेर बाँकी जस्ता काठमाडौं फिर्ता ल्याउँदै गर्दा त्यहाँका स्थानीयले जस्ता बोकको गाडीलाई नियन्त्रणमा लिएका थिए । उक्त गाडीमा नेपाली कांग्रेस नुवाकोटका सचिव एवम् अर्थमन्त्री महतका स्वकीय सचिव रमेश महतका बुबाले जस्तापाता लोड गरेको सवारी चालक राजिक भण्डारीले वताएका छन् । स्थानीय अगुवाहरुले राहतका लागि आएको जस्तापाता बिक्रि गर्न लागेको भन्दै अर्थमन्त्री महतलगायत नेपाली कांग्रेसविरुद्ध नाराबाजी गरेका थिए । अर्थमन्त्री महतका स्वकीय सचिव समेत रहेका रमेशले विवादमा मुछिएपछि काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नकर्तामाथि नै हातपात गरेका थिए । यसरी जस्तापाता विवाद चुलिएपछि महतले सोमबार पत्रकार सम्मेलन गरी आफूमाथि लागेको आरोप निराधार भएको र छानविन गर्न सहज होस् भन्दै अर्थमन्त्रीको स्वकीय सचिवबाट राजिनामा घोषणा गरेका छन् । देशमा महाविपत्ति परेका बेला सरकारका मन्त्रीहरु नै आफन्त र आफ्नो ठाउँमा मात्रै केन्द्रित हुनु दुर्भाग्यपूर्ण कुरा हो । यी सबै घटनाक्रम र तथ्यले हाम्रा राजनीतिक दलका नेता र सरकारका मन्त्रीहरु आमनागरिकप्रति कति जिम्मेवार रहेछन् भन्ने कुरालाई प्रष्ट पार्दछ ।