Sunday, June 7, 2015
तेलुगु अभिनेत्री आरती अग्रवालको निधन
न्युजर्सी– तेलुगु अभिनेत्री आरती अग्रवालको शनिबार ३१ वर्षको उमेरमा निधन भएको छ। उपचारको क्रममा अमेरिकास्थित न्युजर्सीको एक अस्पतालमा उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनको हृदयघातका कारण निधन भएको बताइएको छ। आरतीकी म्यानेजरका अनुसार उनमा मोटोपन र मुटुको समस्या थियो। विगत केही वर्षदेखि उनको उपचार भइरहेको थियो। तर शनिबार हृदयघातका कारण निधन भएको हो। आरतीले २००१ मा तेलुगु फिल्म 'नुव्वु नाकु नचव' बाट अभिनय यात्रा सुरु गरेकी थिइन। उनको पहिलो फिल्म नै सुपरहिट भएको थियो।
आरतीले 'नुव्वु केला नेनु लेनु', 'इन्द्रा' तथा वसंतम'लगायतका फिल्ममा अभियन गरेकी थिइन। २००५ मा सह कलाकार तरुणसँगको प्रेम असफल भएपछि उनले आत्महत्याको कोशिससमेत गरेकी थिइन। आरतीले करिब २५ वटा फिल्ममा अभिनय गरेकी थिइन। उनको अन्तिम फिल्म 'रनम–२' शुक्रबारमात्र रिरिज भएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment