
मुस्ताङ । मुस्ताङमा यस वर्ष करिब २० प्रतिशतले स्याउको उत्पादन घट्ने भएको छ ।
प्रतिकूल मौसमका कारण उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय जनाएको छ ।
स्याउको फूल फुल्ने बेलामा लगातार हिमपात र पटक–पटक परेको असिनापानीका कारण स्याउका दाना कम लागेको कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिए ।
मुस्ताङको मार्फा, टुकुचे, जोमसोम, लेते, कागबेनी, मुक्तिनाथ, झोङलगायतको ८६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउखेती हुने गरेको छ ।
“असोजपछि निरन्तरको हिमपातले धेरै असर ग¥यो, उत्पादन घट्ने भएपछि किसान उत्साहित देखिँदैनन्”, उनले भने, “असिनापानीबाट पुगेको क्षतिको विवरण सङ्कलन हुँदैछ ।”
उत्पादन घटेपछि किसानले मूल्य बढाउन तयारी गरेका छन् । गत वर्ष प्रतिकिलो ६० मा बिक्री गरेका किसानले यस वर्ष ७० सम्म पुराउने तयारी गरेका छन् ।
मुस्ताङमा पछिल्लो समय व्यक्तिगतभन्दा सामूहिक र सहकारीको माध्यमबाट स्याउखेती गर्ने परम्परा बढ्दै गएको छ ।
No comments:
Post a Comment