Wednesday, June 10, 2015
सबालको जवाफ दिएर आफ्नै मृत्यु परीक्षण
अघिल्लो पाँच वर्ष अर्थान् सन् २०२० सम्म तपाईँ जिवितै रहनुहुन्छ? यसको जवाफ हाकी कसैसँग पनि छैन। किनकि मृत्युको भविष्यवाणी गर्न असम्भवजस्तै छ। तर वैज्ञानिकहरुले यस्ता प्रश्नहरु बनाएका छन्। जसले सन् २०२० सम्म मृत्यु निश्चित हो/होइनबारे पता लगाइदिनेछ। ४० देखि ७० वर्षका मानिसमा मात्र लागू हुने यी सबालले मृत्युबारे ८० प्रतिशतमात्र निश्चित रहने वैज्ञानिकहरुले बताएका छन्।
वैज्ञानिकहरुका अनुसार यो परीक्षण कुनै शारीरिक जाँच होइन। यो त स्वास्थ्य र हिँडाइको गतिसँग सम्बन्धित छ। धुम्रपान, ढुकढुकी र ब्लड प्रेसरको तुलनामा हिँडाइको गति फरक हुने बताउँदै वैज्ञानिकहरुले यही आधारमा तयार पारिएको प्रश्नपत्रको जवाफमा मृत्युबारे निश्चित गर्नसक्ने बताएका छन्।
स्विडेनको अपसला विश्वविद्यालयका एरिक इनगलसनका अनुसार युब्बल वेवसाइटमा ब्रिटेनका सबै नागरिकले प्रश्नको उत्तर दिएर आफूलाई परीक्षण गर्न सक्नेछन्। उक्त वेवसाइटमा पुरुषका लागि १३ र महिलाका लागि ११ प्रश्न राखिएका छन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment